भर्खरै :

नेपालमा भोट युद्धको तयारी – ४

भोट व्यापारी, अफिसर, रैती ठुलाठालुसँगको अन्दाजी १५०÷२०० का दरले
टोटासमेत भएको अन्दाजी नाल –––––– १५००
खम्बा व्यापारीसँग ५०० का दरले
टोटा भएको अन्दाजी नाल – – – – ५००
सेरा घैबुङ गल्ढेन ३ गुम्बा र अरू साना ठूला
गुम्बामा समेत गरी आगो झोस्ने भरुवा
नालबाहेक कायेमी अन्दाजी नाल – – – – १५००
ल्हासासमेत ठाउँ–ठाउँमा बस्ने गरी आएका चिनियाँका साथमा रहेको अन्दाजी ५००० नालमध्ये कम्तीमा पनि ३००० नाल र ४ तोप, २ लुइसगन भोट सरकारको हातमा परेको छ । अघिको भरुवा झोसुवा ल्हासा मेगजिनमा बनेको समेत अन्दाजी ३÷४ हजार नाल होला तापनि चिनियाँ नाल र तोप बन्दुकहरू धेरै बेकम्मा छन् । बोल्ट छैन । ल्हासामा तयार भएकोले २÷४ फयरबाद (पछि) काम दिनसक्दैन । टोटा ल्हासामै तयार गर्छन् तापनि बन्दुक तातेपछि टाँसिने हुनाले त्यतिको काम दिँदैन ।
महागुरु चीनतर्फ र बुटिशतर्फ जाँदा खरखुसामत गरी दबाइ छिपाइ करीब ६÷७ सय नाल ल्याइएका छन् । ल्हासामै तयार गरेका भरुवा अन्दाजी तोप २० जति होला ।
हतियारको तेरिज
बन्दुक अन्दाजी नाल – १९,७००
भोट सरकारसँगको – १६,२००
साबुद – ८,७००
बृटिसतर्फबाट आएको लिएन्फिल्ड – ५,०००
सिलिङबाट आए चढाएका – २,२००
चिनियाँसँग लिएको ३ हजारमध्ये कायेमी नाल – १,५००
बेकायेमी चिनियाँ र पुराना नाल र झोसुवा भोटे मेगजिनमा बनेको समेत – ७,५००
गुम्बा, अफिसर र रैती व्यापारीसँग रहेको – ३,५००
तोप – ३२
बुटिसबाट आउने भएका जम्मै तोप आएको भए २ बेकम्मासमेत जम्मा तोप गोटा – ८
भोटेसँग ल्हासामा बनेका तोप अन्दाजी गोटा – २०
चिनियाँसँग लिएको थोरबहुत खजाना भएको तोप – ४
बृटिसतर्फबाट र सिलिङ चिनियाँहरूतर्फबाट समेत गरी पछि बढाएको भए जम्मा अन्दाजी कायेमी लुइसगन गोटा – ४०
बृटिशतर्फबाट र सिसिङतर्फबाट समेत गरी मिसिनगन गोटा – ४
१० गोटाका दरले भएका हातेबम बाकस – २५
गुम्बा
सेरा, घैबुङ, गल्ढेन र अरू सानातिना गुम्बासमेतमा गरी कम्तीमा पनि ३५ हजार बाँडा होलान् । २१ हजार ३ गुम्बामा मात्र होलान् ।
यी बाँडाहरूलाई खुवाउनको निमित्त गुठीजस्तो अर्थात् बिर्ता दिइएको छ । सो बिर्ताको भोगचलन यिनै गुम्बाका खेम्बुहरूले गराई आएको आयस्ताबाट सो गुम्बाका बाँडाहरूलाई खुवाई बाँकी लगानी गरी सो लगानीको नाफाबाट गुम्बाको मरमद्दत र पर्वपर्वको धर्म गरी गराई यी बाँडाहरूलाई पाठ भएका दिनको दक्षिणा र अरू दिन ३ पटक पाठपूजा गराई खान दिन्छन् । विषयपट्टिको व्यवहार नहुँदा उनीहरु एकोहोरो भई पठनपाठनतर्फ लागेका हुन्छन् । यिनैमध्येमा ५ खण्डको १ खण्ड जति घप्तो भन्ने अर्थात् मूर्खजस्तालाई गुम्बाको रखबारी र चाहिएको बोझा काम उठाउनेमा लगाइराखेको छ । त्यस्ता धप्तोहरू बहुतै बदमास र बलिया–शूरा लडाकी हुन्छन् । यस्ता लडाकी करीब १० हजारसम्म निस्कन्छन् । त्यसमा खास लडाकी खम्बा र होर्वा गरी ६ हजार निस्कन्छन् । यी तालिमी होइनन् तापनि बन्दुक हान्न सिपालु र गुम्बाका मुख्यबाट मञ्जुर गरी उर्दी भयो भने १÷२ घण्टाभित्रमा ४÷५ हजार जवान मार्च हुनसक्तछन् । यी रैतीलाई धर्ममा भर्ना गरेको भान पु¥याई काम परेका बखत लडाउने नियतले राखेका हुन् । त्यसो हुनाले एक किसिमको तालिमै सम्झनुपर्दछ । घरद्वार केही नभएकोले यिनलाई ज्यानको माया हुँदैन । बाँडाहरू रहने ३ गुम्बाको तस्वीर यसैमा छ । सो तस्वीरबाट जाहेर हुनेछ ।
बोल्शेभिकतर्फ केही ढल्केका र रसियन मङ्गोलिया सोकपुहरूले मद्दत दिने नियत हुँदा हरसाल आउँदै रहने हुनाले माथि लेखिएभन्दा पनि बढी हतियार हुने शङ्का देखिन्छ ।
झाराली
आखिर परेको बखत १८ वर्षदेखि माथि ६० वर्षदेखि मुनिका झाराली लगाएमा खम्बा, होर्बा डोक्पाहरूसमेत आए भने करीब १५ हजार लायक जवान उठ्लान् । भोटेमात्र उठेको खण्डमा ४÷५ हजारसम्म उठ्नेछन् । कारण, हुनसक्नेसम्मको जवान सिपाहीँमा र कोही गुम्बामा गइसकेकोले कम उठेको हो ।
जम्मा फौज – २१,५००
लडाकी – १३,५००
तालिमी – ६५००
बाँडा १० हजारमध्ये लडाकी जवान – ६,०००
झारालीबाट – १,०००
अरू लेखिएमध्येबाट उठेका मध्यम जवान – ८,०००
बाँडामध्येबाट – ४,०००
झारालीबाट – ४,०००
तालिमी जवान र बाँडा झारालीमा खम्बा, होर्वा, डोक्पासमेत जम्मै पूरा तवरसँग दिलोज्यान दिई उठे भने तालिमी र तालिम पाए लड्नसक्ने समेत ३५ हजार जवानसम्म जम्मा गर्नसक्ला । अघि चीन भोटका लडाइँमा पनि दुई किसिमका हतियार लिएर २५÷३० हजारसम्म जम्मा गरेका हुन् ।
यिनीहरूको रसदपानी घोडा, खच्चड, गधा, चौरीबाट जिल्ला २ का झोङ अर्थात् जिल्ला–जिल्लाका अफिसरहरूले बन्दोबस्त गरी रैतीमार्फत चलाउँछन् । यिनीहरूको सिपाहीँलाई बस्नको निम्ति चौरीपाटले बुनेको छ्याराको कालो पाल र अफिसरलाई ल्हासैमा तयार गरेको कपडाको निजायती पाल जान्छ । यी पालहरू ह्योलफोखाङ अर्थात् जङ्गीबालीतलब अड्डामा रहन्छ । यो पाल बहुतै बलियो हुन्छ । हावापानीको केही जोड चल्दैन, केही नोक्सान पनि गर्दैन । गहुँ्रगो हुन्छ, ठुलो एक गधामा एक पाल जान्छ । सो पालमा २० जवानसम्म अटाइन्छ । अफिसरहरूको पाल एकसरो हल्का हुन्छ । पानी हिउँको बचाउ कम हुन्छ । एक गधामा ४ पालसम्म चल्नसक्छ । एक पालमा ५ जवानसम्म बस्नहुन्छ ।
पल्टनलाई रासिनको हकमा ठाउँ–ठाउँ, जिल्ला–जिल्लाका झोङमा र गुम्बाहरूमा केही रासिन मौज्दात रहेकै हुनाले बाटामा ठाउँ–ठाउँबाटै भर्ना हुनसक्ने रासिन कम होला भन्ने समझ कम्तीमा लिनुपर्दछ । अन्न गुम्बा गुम्बामा र गाउँका ठुलाठालु भलादमीहरूले घरका कोठाहरूमा भरसक थाहा नहुने तवरसँग दबाइ चारैतर्फ टाली राखेको हुन्छ । ठण्डी ठाउँ भई चाँडो नबिग्रने हुँदा विशेष मटानमा राखी चोटा चलन गर्ने गरेको हुन्छ ।
उब्जाउ
ल्हासादेखि पूर्व खामतर्फ र झ्याङ अर्थात् उत्तरपूर्व उब्जनी कम छ । ठाउँ–ठाउँमा चौरी, भेडाका ठुलठुला गोठहरू छन् । सो गोठका गोठालाहरूले विशेष दही, मोही र मासुबाट जीविका चलाउँछन् ।
ल्हासादेखि पश्चिमतर्फ ज्यास्ती उब्जनी हुने हुनाले खाममा रहेको फौजलाई यसतर्फ सेकारदेखि बोकी लैजान्छन् । त्यसमा पनि विशेष ग्यांची, दिगर्चादेखि यता सेकारसम्ममा ज्यादा उब्जाउ हुन्छ । खाममा फौज नरहेका बखत यसतर्फको गहुँ लगेका थिएन । खाममा फौज रहेदेखि मात्र लैजाने गरिएको हो ।
हाम्रा सरहदबाट भोटमा जाने अन्न ल्हासामा ज्यादा जाँदैन । उत्तरतर्फबाट नुन लिएर आउने डोक्पाहरूले कुती, केरुङ, टङ्क, टिङरीमा निकासी हुने अनाज नुन, ऊनसँग सटही बिक्री गरी लैजान्छन् । सो अन्न रोकिदिएको खण्डमा केरुङ, कुती, टिङरी, भाङकामतोपे, भाङकाम्मे, डाँडापारि, लाछेवाहरूलाई पूरा सङ्कट पर्नेछ ।
भोटबाट चढाउने फौजको बयान
भोटेहरूले चिनियाँ बचावटका निमित्त भनी खाममा फौज राखेकोमा जहाँ यिनीहरुको फौज रहेको छ । अहिल्येसम्मलाई गोर्खा बृटिस सरकारले भोटलाई मद्दत दिन्छ भन्ने सम्झी चीनबाट तहाँसम्म चढाउन दिल दिएको छैन । तर, जब भोटेका मुलुकमा हाम्रोतर्फबाट गोलमाल उठ्दछ त्यस बखत यिनीहरूको मिलाप रहेनछ, यस बखत खाममा रहेको तालिमी फौज झिकी अरू जवान र केही तालिमीमात्र रहेकाले भोटेको जोड चल्न सक्तैन, उसमाथि पनि यिनीहरूको मुख्य उब्जाउ हुने ठाउँमा फौज राख्नु परेकोले त्यहाँको रासिन यहाँ पुग्न नसक्ने र ल्हासामा रहेको तालिमी फौज र बाँडाहरूसमेत टिङरीतर्फ गएको हुनाले यसै बखत हामीले खामको फौज मिची ल्हासामा हमला पु¥याउन सक्यौँ भने मुख्य राजधानी सो ल्हासामा अन्न र ठुलठुला गुम्बाहरूमा धनमालसमेत ज्यास्ती हुँदा ल्हासा हामीले हात पा¥यौँ भने भोटे २ तर्फका चढाउने गर्दा छिन्न भई जाने हुँदा अघिकैसरह भोट आक्षनै मातहतमा राख्न सकिने हुनाले चढाउ गर्ने बेस छ भनी चिनियाँले जरुर चढाउ गर्ला भन्ने शङ्का लिई भोटेले खामको गौँडामा आक्षनू मद्दत पूरै राख्नुपर्ने हुँदा खामको जम्मै फौज झिक्न नसकी, किल्लासमेत छोड्न नहुने भई पूरा मद्दत राख्नुपरेको र खाम्बाहरू राख्दा उसतर्फ मिल्ना वा आफैँ भाँडिने शङ्का हुने हुनाले झाराली भोटेमध्येबाट ३ हजार पठाई खाममा रहेको तालिमीबाट १ हजार राखी बाँकी ४ हजार तालिमी फर्काई सो ४ हजार र ल्हासामा रहेको १५०० समेत जम्मा ५५०० मा कुनै कुनै गुम्बाको र पोताला लामाको ठुलो मेल नहुनाले गुम्बाउपर शङ्का रहने भई ५०० तालिम ल्हासामै राखी बाँकी ५ हजार तालिमी र १० हजार बाँडासमेत १५ हजार फौज ल्हासाबाट रवाना गर्नेछन् ।
खाममा ५ हजार रहेकोमा ४ हजारमात्र हुँदा मद्दत कम हुन्छ कि भन्नलाई बाँकी रहेको झारालीबाट र ३ गुम्बाबाहेक अरू सानातिना गुम्बाका बाँडासमेत तालिम गर्दै रही छानीछानी बराबर दुवैतर्फ पठाउनेछन् ।
तालिमी ५ हजार फौज र बाँडा १० हजारसमेत १५ हजारमध्येबाट लडाकीबाँडा ६ हजारबाहेक बाँकी ४ हजार झुङझुङको झुङझुङमै जम्मा हुने झारालीहरूसमेतबाट ढुङ्कार, छिसुर, पैनी, नागर्चेसमेत ४ झुङमा रासिन पानी चलाउन र अरू आउने झाराली तालिम गर्न केही अफिसरसहित झुङपिच्छे १५० जवानका दरले राख्लान् । ग्यान्ची र पेलाझोङमा हावापानी बेस हुनाले तालिमी फौज केही र अरूबाट केही गरी ४ सयसम्म राख्ला ।
ल्हासाबाहेकको लडाइँको निमित्त हेडक्वाटर दिगर्चामा राख्नेछ । लडाइँमा खटिएका वडा अफिसरमध्ये केही दिगर्चामै रहनेछन् । (दिगर्चाको भोटे नाम शिगात्से हो । कुतीको भोटे नाम न्यालम हो । दिगर्चा र कुती नेपालीहरूले भन्ने नाममात्र हुन् । –सं.) त्यसका आसपासका झाराली त्यही तालिम गर्नेछन् । तालिमी फौजबाट ५०० र दिगर्चा लामासँग मेल नभएकोले दिगर्चा गुम्बाउपर पनि केही शङ्का गर्नुपर्ने हुँदा बाँडाबाट १५०० समेत २००० जवान त्यहाँ राख्नेछन् । रासिनको मुख्य गोदाम त्यहीं रहनेछ । त्यो गोदाममा चाहिने अनाज त्यसैका आसपासबाट भरिन सक्तछ ।
त्यहाँबाट हिँडेपछि ओलाङचुङ गोलाको मोहडा पर्ने र त्यसबाट चढाउ होला भन्ने ठुलो शङ्काले तालिमीसमेत कम्तीमा हजार जवान टङ्केझुङमा राख्तछ । त्यो फौजलाई रासिन दिगर्चा र ग्यान्चीबाट चलाउनुपर्छ ।
दिगर्चाबाट एक दिनको बास नेताङ गुम्बामा पनि केही राख्ने र नेताङदेखि हिँडी चरीमा बास बसी साकेगुम्बा र फिजोलिङबाट आउने बाटो जोडिने हुँदा जीलुङमा १०० सम्म राख्नेछ । रासिन यही गाउँको आसपासबाट र नपुग दिगर्चाबाट पठाउनुपर्नेछ ।
त्यहाँबाट हिँडी फिजोलिङ लचिझोङमा पनि २÷२ सयका दरले राख्लान् । बसेका फौज र मार्च हुने फौजलाई यसै ठाउँबाट रासिनको पूरा मद्दत दिनसक्दछ । सोही जवानमध्ये केही साके गुम्बामा पनि पठाउनेछन् ।
त्यहाँबाट उसले सके टिङरीमा र नसके सेकारमा मोहडामा लडाकी फौज राख्नेछ ।
टिङरीमा उसको हातमा प¥यो भने सेकारमा ३,५०० फौज राखी बाँकी टिङरी पुगेका ८ हजार फौजमध्ये २ हजार फौज त्यहीं टिङरीमा राखी ६ हजारमा केरुङतर्फ ३ हजार र कुती तर्फ ३ हजारको अन्दाज गरी पठाउला । यो केरुङ कुतीका लडाकी फौजलाई चाहिने रासिन पनि सेकारबाटै चलाइनेछ ।
टिङरीबाट कुतीतर्फ रवाना हुने फौज ३ दिनमा कुती पुग्न सक्तछ ।
ऐ. बाट केरुङतर्फ रवाना हुने फौज ५ दिनमा झुङ्गा पुग्दछ । झुङ्गाबाट २ दिनमा केरुङ पुग्न सक्तछ ।
ल्हासाबाट रवाना हुन लेखिएका १५ हजारसम्मको फौजलाई ल्हासाबाट रासिन नबोकीकन पनि सेकार, लची, दिगर्चा, साकेसमेतका रासिन र मासु पनि सोहीको आसपासको गोठबाट चौरी भेँडाले पूरा मद्दत गर्छ । चीन भोटको लडाइँमा भोट सरकारलाई यसै जग्गाको रासिनले ठुलो मद्दत गरेको हो । यी फौजलाई चाहिने दाउराको हकमा रैतीका घरमा राखी छाडेका गुइँठा, घोडाको लिदी, बाख्राको जुतो फौजहरूलाई दिई रैतीहरूले बराबर गुइँठा लिदी बटुली सुकाई हमेसा तयार पारिदिनेछन् । ठाउँ–ठाउँमा काँडाका बुट्टाहरू काटेर पनि दाउराको काम लिनेछन् । लेखिएको फौजको मार्च भएपछि भोट सरकारले सो मार्च भएका फौजका खरखजाना, बस्ने पाले र अरू ओढ्ने ओछ्याउनेसमेत जति कुरा भरियाबाट काम लिनुपर्दछ सो सबै कुरा रैतीका घोडा, गधा, खच्चड, चौरीहरू झिकाई त्यसैमा लादी झोङझोङ अर्थात् इलाका–इलाकाबाट बदल्ने गरी चलाउनेछन् । त्यसो हुँदा यिनीहरूलाई मानिसको धेरै दरकार नपरी रासिनमा पनि त्यहाँसम्मको खर्च हुँदैन । चौरी, घोडा, भँेडाहरू बास बस्दा रातमा चराएकैबाट पुग्दछ । फेरि अन्न र घाँस खुवाउन जरुरत हुँदैन । हिउँद महिनामा घोडा, खच्चड, गधालाई घाँस र दाना चाहिन्छ । केराउ र गहुँ खुवाइन्छ । माथि लेखिएसम्मको फौज मार्च गर्न भोटले सकोइन कि भन्ने सामान्य शङ्का झल्कला । त्यस्तो शङ्का लिनलाई अघि एकबाजी गोर्खासँग धोका खाइसकेको, बीचबीचमा बृटिस, चीन सरकारसँग लडभीड गर्दा, तालिमी फौजसँग लड्दा यतिसम्मको इन्तिजाम गर्नुपर्नेरहेछ भन्ने ठानी थोरै वर्षमा लेखिएसम्मको उन्नति गरेको, लेखिएको तालिमी फौज र तयारी हतियार उस बखत थिएन तापनि चिनियाँहरूसँग लडभीड गरी करिब ३÷४ हजार चिनियाँलाई हटाई कालेबुङको बाटो निकाला गरेकोले ह्याउ बढेको र रासिन नपाएका बागी चिनियाँ हुँदा जित्यो कि भनौँ भने बृटिस सरकारको यति हजारको फौज चढेको र सो फौजसँग भोटले लडी रोकियो, यो जग्गामा नोक्सान पु¥यायो भन्ने कुरा थाहा भइरहेको तालिमी फौजसँग पनि मुकाबिला गर्दोरहेछ भन्ने प्रस्ट भएका र गोर्खा सरकारको पूरा हतियारले सजिएको यतिसम्मको फौज पावर छ, ७÷८ दिनभित्र हाम्रो कुती केरुङ, टिङ्रीमा आइपुग्न सक्छ, टिङ्री उनको हातमा प¥यो भने जित्नलाई मुस्किल पर्छ भन्ने ठानी जहाँसम्म सक्छ त्यहाँसम्म भोट सरकारले आक्षनो कोशिश पु¥याई ल्याउँदा त्यतिसम्म फौज सहजै ल्याउन सक्ला भन्ने बुझिन्छ ।
भोटमा गोर्खा सरकारले मिसिन चढाउन प¥यो भने तल लेखिएका कुराहरूमा दृष्टि दिन पर्ला कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *