भर्खरै :

नेपालमा भोट युद्ध तयारी – ६

सो फिंजोलिङमा गुम्बा र झोङ गाउँ छन् । यहाँबाट फुटु टासी जिलुङ चरी नेताङ भई दिगर्चा पुग्दछ । बीच–बीचमा विकट मैदान छ । दिगर्चा बचाउको लागि नेताङमा ठुलो लडभीड पर्ने सम्भव छ । दिगर्चा लिएपछि भोटको मुलुक एक किसिमले सर भयो ।
दिगर्चा सर भइसकेपछि पनि लडिरहनुको जरुरत प¥यो भने यहाँबाट ल्हासा जाने दुई बाटो छ । बीच–बीचका झोङहरूमा आड लिई लड्नेछ । खरौला भन्ने लङ्गुरमा आड लिई सकेसम्मको जोड दिई लड्नेछन् । यसै ठाउँमा लिन मुस्किल पर्दा अघि बृटिसले सुलह गरौँ भन्ने भान देखाई भोटेहरूलाई फुल्याई छापा दिई फयेर गराई धेरै भोटेको नोक्सान पारी त्यो बाटो भई नागर्चेझुङ लिई ल्हासा गएका हुन् भनी भोटेहरू भन्दथे । बीचमा ल्हासा पुग्नुभन्दा दुई दिनअगावै छुसुरमा ब्रह्मापुत्र तर्नुपर्नेछ । भोटेले स्याम र छालाका नाउ लुकाए भने काठको स्याम नाउ तयार गरी पार गरी ल्हासा पुगिन्छ । दिगर्चा, फिजोलिङ सर भइसकेकोले छालाका नाउ त्यहींबाट मद्दत मिल्नेछ ।
कुती, केरुङ टिङ्रीसम्ममा भोटेको फौज आई सो ठाउँका रैतीहरूमाथि हातपुगाउ नहुँदै वा हाम्रातर्फबाट टिङरी सर भएपछि सो ठाउँ आसपासका रैतीहरू भोटेका रैरकम, टैटण्टाले ज्यादै चिढिएका र गोर्खाका रैयतलाई बहुतै आनन्द ऐन कानुनबमोजिम चले चलाएको देखे जानेकाले भित्री गोर्खालीकै रैयत हुन पाए हुने थियो भन्ने समझ लिई आपसमा कुरा गरेको सुनिएकोले ती रैती अवश्य चाँडै नै गोर्खा सरकारको मद्दतमा सामेल समूह हुनेछ ।
भोट सरकारको ज्यादा पीर टण्टा सहन नसकी दिगर्चा टासी लामाले भाग्नुपरेको कारणबाट भित्र दिल दुखिरहेका दिगर्चा गुम्बाका बाँडा रैयत र चिनियाँतर्फ गर्छन् भन्ने छेप लगाई फौजको जोड देखाई हातहतियार खिचिदिएको सबले दुःखी भई भित्र चिढिएको धैबुङ गुम्बा र भोटतर्फबाट ज्यादै पिरपिराउ पर्न आउने र धर्माधर्म सम्झी कानुन चलाउने हुनाले यिनकै आश्रय ठीक पर्ला भनी सेकार गुम्बाले समेत भित्री नियत यसतर्फ ढल्काएकोले यी गुम्बाहरू चाँडै नै गोर्खा सरकारको पनाह लेलान् भन्ने सम्भव देखिन्छ ।
भोटका फौजलाई टाइम टाइममा ढपचीमा तारो हान्थे । घ्यांजोलिङकामा पनि हाने हुन्, बराबर हाने होलान् । अझ झण्डी हान्ने काम पनि सिकाएको छ ।
मेगजिनतर्फ
एक महिनामा १० नाल बन्दुक, ३ महिनामा १ तोप र सो नाललाई चाहिने खजानासमेत घोती मेगजिनमा बनाउँछौँ । तर, देशको नाल ल्याई पोल्दा नोक्सान सिवाय फाइदा नभएकोले अब पाएसम्म तयारी नै खरिद गर्ने गर्नुपर्ला भन्ने लागेको छ भनी छारुङ काजीले एक पटक कुरा गरेका हुन् । सो मेगजिनमा बन्दुकहरू बनाउने मुख्य दुई चिनियाँ र अघि नेपालको बाटो भइजाने मुसलमान छ । यहाँका कलहरू पानीबाट चलाइन्छन् । त्यहाँ बन्ने बन्दुकहरूलाई चाहिने सामान देशैबाट खरिद गरिन्छन् ।
भोटेका मेगजिनमा बनेका खर खजानाले उसैका मेगजिनमा तयार भएका तोपलाई काम दिनसक्ला । सोबाहेक अरू मुलुकबाट आएका बन्दुकहरूलाई उतिसम्म काम दिन सक्तैन । त्यसकारणले मौज्दात रहेका खजानाबाट एक झमट खूब जोड दिई लड्लान् तैपनि फेरि खजानाहरू कुनैतर्फ थप मद्दत पाएन भने लेखिएबमोजिम आफ्ना मेगजिनमा बनेकोले काम दिन नसक्ने हुँदा आखिरी खजानाबेगर भोटेहरूलाई फजितै पर्न जाने सम्भव छ ।
ल्हासादेखि कुती केरुङसम्मको बास
१) नेटाङ, २) छिसुर, ३) खाम्बा, ४) मैती, ५) नागर्चे, ६) झारा, ७) रलुङ, ८) घवसी, ९) ग्यान्ची, १०) चाका, ११) पेता, १२) दिगचा, १३) नेताङ, १४) चरी, १५) जिलुङ, १६) फुटुटासी, १७) फिंजोलिङ, १८) टासो, १९) ल्हची, २०) ढउ, २१) ढक्पा, २२) लोलोस्या, २३) सेकार, २४) चाकुरा, २५) टिङरी
टिङरीबाट कुतीतर्फ २६) लङगुर, २७) घुलुङ, २८) सुना गुम्बा, २९) कुती
टिङरीबाट केरुङतर्फ
२६) … … … २७) भाङकाङमे
२८) भाङकाङतोए
२९) मेकुइथाङ्कझयामांबो
३०) दिगुथाङ्को सचीपोखरी
३१) झाङ्गा
३२) … … …
३३) … … …
३४) केरुङ
टक्सार
भोटेको घोतीमा यामुन भन्ने २ मेगजिनमा र सेटाङ् लेघुङ अर्थात् टक्सार अड्डामा समेत टकको काम गर्छन् । कालो मोहर कंती सोखाँ भन्ने ४ आनाको पैसा ज्यादा काटिन्छ । त्यसमा जो मुनाफा छ त्यसबाट जङ्गी खजानातर्फको सामान खरिद गर्छन् । दुवै मेगजिनमा बारूद टोटा बनाउँछन् । बारूद धुवाँ आउने हुन्छ । टोटा हरेक बन्दुकका बनाउँछन् । तातेपछि रसान पग्ली काम दिन मुस्किल पर्छ । थोरबहुत काम दिन्छ । जङ्गी खजानालाई चाहिने मालहरू लिनालाई पहिले व्यापारीसँग बन्दोबस्त गरी माल आइपुगेपछि तौल गरी लिई त्यसको मोल चार मासाको पैसा काटी बुझाइदिन्छ, मौज्दातबाट दिँदैन । आफ्ना–आफ्ना अड्डालाई चाहिने खर्च आफ्नै अड्डाले आम्दानी गर्नुपर्ने भई लेखिएका जग्गा जग्गामा टकको काम चलाएका हुन् । धेरैका खरिदी गर्नुप¥यो भने नोट छापी त्यसका काम गर्ने अड्डाबाट जान्छ । जमीन भन्सारलगायतबाट हुने आम्दामी भरसक खर्च नगरी मौज्दात राख्छन् । चीन भोटको लडाइँपछि यो सबै काम उठाएको हो । सरकारतर्फबाट खर्चमा जाने जिन्सी घ्यू, अन्नको पनि सोही रीतले बढाएबाट घ्यूलाई जग्गा–जग्गामा हजारौँ सरकारी गोठ राखी गोठ राख्दाका खर्च घ्यू बिक्रीबाट उपर गराई अब घ्यू नै लिई खर्च गर्ने गरे । नोट अड्डाबाट तेजारथ अड्डाको काम पनि हुन्छ । जमानत पत्यारको भरमा चलाउँछन् । असर्फीको नाफा केही हजुरिया पल्टनको मद्दतलाई र बाँकी पोताला लामाज्यूलाई जान्छ । पल्टनतर्फको लगानी गरी बढाउँदै लगेका छन् । भोट सरकार पोताला लामाज्यूको ढुकुटी बेग्लै हुन्छ । पोताला लामाज्यूको लगानी गर्न अड्डा बेग्लै छ । चिक्याप्खेम्बुबाट त्यो काम हुन्छ । भोट सरकारको ढुकुटी पोताला र ल्हासा भगवान थानमा रहन्छ ।
असबाब यामुनमा र स्योलमा रहन्छ । पुराना अनमोलको माल पोताला लामाज्यूको ढुकुटी पोतालामै छ ।
कुती केरूङको बाटो विकट र बीच बाटाबाट छापा दिने इन्तिजाम नभएकोले अघि ११ सालका चढाउमा भोटहरूले धोका दिई नोक्सान पु¥याएका त्यसका बचाउ गरी कुती, केरूङ्तर्फ भोटेको फौज रवाना भएको मौका पारी छापा दिई टिङ्री ली कुती, केरूङ्बाट चढेका फौजलाई चाँडो टिङ्रीमा पु¥याउनको निम्ति मद्दत खातिर ३÷४ दिनभित्रमा टिङ्री पुग्ने गरी खोम्बुमा माथि लेखिएबमोजिम घोडा फौज रासिनको इन्तिजाम गर्नु ठुलो जरुरी छ । त्यसतर्फबाट घोडा, खच्चड, चौरी र गधाको मद्दत पाइने हुनाले यो खोम्बु पनि चढाउलाई फाइदा दिने बाटो छ ।
मुङ, झुङमा जवान २५ र टिङरीमा ५००, टङ्केमा रहेका २ सय ७५ जवान, साकारझुङमा राखी बाँकी ४,००० तालिमी जवान र लडाकी बाँडा ४,००० समेत ८००० फौज टिङरीमा आइपुग्ला भन्ने सम्भव देखिन्छ ।
यस मौकामा आफूले जानेसम्मको भोट विषयको सबै कुरा सरकारका पाउमा जाहेर गर्नु मुनासिब कर्तव्य सम्झी भाइ मे.क. लालबहादुरले खिचिराखेको फोटो र उनको नोटबुकबाट समेत सबै कुरा बुझी निज भाइसँग भोटमा १७ वर्ष बसी काजकाम गर्ने डि. रमानाथ पाध्या र निजका छोरा नरनाथ पाध्या, बृटिस मिसनासाथ चढाउमा गएको, निज भाइसँग पनि १७ वर्ष भोटमा रहेको सुबेदार सुरवीर विष्ट क्षेत्रीहरूसँग मद्दत लिई ताबेदारको छोटो बुद्धिले भेटेसम्मको सबै कुरा विचार राखी सरकारका पाउमा जाहेर गरेको छु, प्रभु, महाराज, जो निगाह, जो हुकुम ¤
हरहमेसा सरकारको निमक सम्झी सदा पाउको सोझो चिताउने ताबेदार गंगाबहादुर बस्न्यात क्षेत्री ।
गंगाबहादुरको चर्चित ‘जाहेरी’ यहाँ टुङ्गियो । अब माथि प्रस्तावनामा ‘परिशिष्ट जस्तो गरी …’ भनिएको अर्को जाहेरी प्रस्तुत छ । यसलाई कापीमा शीर्षक पनि दिइएकोले शीर्षक सहित हुबहु उतार्ने कोशिश गरिएको छ । यो जाहेरी रुल भएको एक्ससाइज बुकमा लेखिएको छ । मसी पाको पनि, देशी पनि छ र कतै फाउनटेन पेनले लेखेजस्तो पनि लाग्छ । जम्मा ३८ पृष्ठ र एक लाइन लेखोट छ । अब ‘बयान’ हेरौँ ।
भोट्तर्फको ठाउँ–ठाउँको बयान
भोटको सुन् खानी जम्मा – – – – – – – ११
तार्चिन देउमा – १ न्याक्सुमा – १
न्यरुङमा – १ न्याचुखामा भीछुनदी – १
लिथाङमा – १ हीटो तुइ सेर्मा – १
मिलिमा – १ होर्या मुलुकमा – १
छुम्रु ग्यांमा – १ होचुखाामा – १
टाकोमा बरमपुत्र – १ ह ह
– – –
ल्हासाको नुन खानी जम्मा – ८
वाथाङमा पनि छ – १
समे भन्ने जग्गा ल्हासादेखि ३ दिनको बाटो आग्नेय
दिशामा य्युँ खानी पहाड्मा रहेछ र आजकाल
झीक्न नदी सरकारबाट बन्द गरिराखेको रहेछ – १
गन्धक्, सीसा, तामा, फलाम खानि पनि जग्गा–जग्गामा
त्येसै पडिरहेछ सरकारबाट नझिकेको रहेछ – १
– – –
श्री पोताला महागुरुज्यू लामा – १
टङ्क लिङ राजा लामाज्यू – १
गुरु फु पुच्यो जना – २
चिके खेम्बु जना – १
भैयाद् खेम्ब् नजा जति हुन्चन् उति – २
काजीमा भोटे ३, लामा १ जम्मा जना – ४
जङ्गीमा धैवुन् जना ४ मा ल्हासा २ दिगर्चामा २ – ४
चियुन् जना निजामती ल्हासामा – ३
ढुङ्पि छिम्बु निजामती जना – ४
छ्यान्जोपा निजामती जना – ६
जङ्गी रिपुन् ल्हासामा ४ दिगर्चामा २ जना – ६
घ्याक्पुन् ल्हासामा ८ दिगर्चामा ४ जम्मा जना जङ्गी – १२
ऐ ऐ घिङपुन ल्हासामा २० दिगर्चामा १० जम्मा जना – ३०
अदालति मिमुन् जना. नक्स्याल – २
ऐं.ऐं. ढुङ्गुर जना सेर्वाङ – २
ऐ ऐ चिटुङ् वाडा १, ढुङ्गुर १ जम्मा जना २
नेच्याङ अडामा – २
ऐ स्योल अड्डामा चिपुन १, वाडा चिटुङ १ जम्मा जना २
लवाराङ अड्डा मुलुकको तहसिल गर्नेमा चिपुन् १
वाडा चंम्बु १ जना – २
फोकांअ् अड्डा तलब दिनेमा भोटे फापुन् जना – १
स्याल् अड्डा टक्सारमा वाडा खेम्बु दर्जाको जना – १
ल्हासाको सिपारिटिप् बगँैचामा इन्जिन् राखी हात
हतियार बनाउने मेगजिन छ तैनाथ धैवुन् र चिटुङ्
वाडा जना – २
माहगुरुसित पोतालामा रही काम् काज् गरी हर्दम्
रहने चिटुङ् दर्जाको वाडा जना – ५००
इन्का चाकर वाडा १÷२÷३÷५÷१० छन्
भैवनु गुम्बामा वाडा जम्मा जवान – ८८००
सारा गुम्बामा वाडा जम्मा जवान – ७७००
ल्हासादेखि पूर्व कोस १० जतिमा गन्दे गुम्बा छ
वाडा जम्मा जवान – ५५००
रामुचे गुम्बामा वाडा जवान – ५००
गोर्खा लिमडु गुम्बामा वाडा जवान – ३६०
राजा हुने ४ लिङ छन्.
तेङगेलिङ १ छुङपुलिङ १ कुन्तेलीङ १ सितिलिङ १ मा
वाडा जवान् १५० का दलो छन् – ६००
याकुवालीले बनाएको टिप्का मेगजिनमा बनेको
हिन्द्रि बन्दुक् जम्मा नाल तयारी – ७००
ऐ बन्दुकको कार्टिज् तयारी – ५०,०००
तोप जम्मा ४६. धुरापैंया तयार गरेको तयारी तोप – १
स्योल अड्डामा तयारी बारुद मुरी अन्दाजी – १,९५०
ऐं.ऐं. अडामा रहेका रहेको लस्करि बन्दुक अन्दाजी – ६,०००
च्याप्सा अन्दाजी (यी नामहरूमा पछि कसैले कपिङ पेन्सिलले अङ्ग्रेजीमा लेखेको छ । जस्तैः च्याप्सा – ीगउअअजब प्लषभ, कांडको ठोक्रा – त्तगष्खभच इत्यादि) – ७,०००
धनु अन्दाजी – १०,०००
काँड्का ठोक्रा अन्दाजी – २०,०००
भाला अन्दाजी – ५,०००
श्रीछ्यास्कामिनिका थान्मा रहेको सरकारमा हतियार
दुनियाँले चढाएको गरी अन्दाजी – ४,६००
खुँडा अन्दाजी – १,२००
तरबार अन्दाजी – ७००
ल्हासाका जङ्गी फौज् गै¥ह – ३८,०००
ऐजन्मा तालिमी फौज – २,०००
ग्यान्चिमा तालिमी फौज – ५००
डिगर्चामा तालिमी फौज् – ५००
टिङ्ग्रीमा तालिमी फौज् – ५००
टिङ्ग्रीदेखि ७ दिनका बाटा उत्तरपट्टि तालिमी फौज – ५००
माखाम्मा तालिमी फौज – ३००
न्यारुङमा तालिमी फौज – ५००
ठाउँ–ठाउँका रजौटाबाट आउने जङ्गी फौज – १०,०००
कोम्बु १, छुम्बु १, करु १, न्यारु १, मखाम् १ खाम् १
जम्मा आउने ठाउँ – ६

Leave a Reply

Your email address will not be published. Required fields are marked *