भर्खरै :

चिनियाँ कम्युनिस्ट पार्टीः इतिहासमा सबैभन्दा बलियो उद्यमी टोली

सन् २०२० जुलाई १ तारिख चिनियाँ कम्युनिस्ट पार्टीको ९९ औँ स्थापना दिवस हो । प्रारम्भमा यो पार्टीको लगभग ५० जना सदस्य थिए । हाल पार्टी सदस्य ९ करोडभन्दा बढी पुगेका छन् । ७१ वर्षदेखि सत्तारूढ रहेको यो पार्टीले चीनको तीव्र विकासको नेतृत्व गरेको छ । यो पार्टी चिनियाँ नागरिकबाट इतिहासमा सबैभन्दा बलियो उद्यमी टोली मानिएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीको प्रारम्भिक इच्छा र लक्ष्य चिनियाँ जनताको सुख र चीनको पुनः उत्थान गर्नु हो ।
गत शताब्दी ७० औँ दसकदेखि हालसम्म चालीस वर्षमा चिनियाँ कम्युनिस्ट पार्टीले जनताको नेतृत्व गरेर गरिबीसँग युद्ध गर्दै आएको छ । जसबाट लगभग ७० करोड व्यक्ति गरिबबाट मुक्त भएका छन् । चिनियाँ ग्रामीण क्षेत्रमा गरिबी दर सन् १९७८ को ९७.५ प्रतिशतबाट सन् २०१९ मा ०.६ प्रतिशतमा झरेको छ ।
सन् २०२० चीनको ग्रामीण क्षेत्रमा ५५ लाख १० हजार गरिब बाँकी छन् । चिनियाँ कम्युनिस्ट पार्टीको लक्ष्य यसै वर्षसम्म ग्रामीण गरिबीको खानपान तथा कपास समस्याको समाधान गर्नुका साथै निःशुल्क शिक्षा, आधारभूत चिकित्सा तथा बसोबासको प्रत्याभूति गरेर मापदण्डभन्दा ग्रामीण गरिबीलाई गरिब उन्मूलन गर्नु हो ।
सन् २०२० मा कोभिड–१९ महामारी अकस्मात् फैलिएको छ । महामारीको रोकथाम तथा नियन्त्रणमा चिनियाँ कम्युनिस्ट पार्टीका धेरै श्रेष्ठ सदस्यहरूले अग्रगामी र नमुनाको भूमिका खेलेका छन् ।
तथ्याङ्कअनुसार, महामारीविरूद्धको पहिलो लाइनमा लगभग ३ करोड सदस्यहरूले भाग लिएका छन् । त्यसमध्ये ३९६ जनाले ज्यान गुमाउनुका साथै कार्यमा २ हजार ३ सय ३७ जना कोरोनाबाट सङ्क्रमित बनेका थिए । त्यसका साथै महामारीको विरूद्धमा २५ हजार नयाँ सदस्यता लिएका छन् ।
रोकथाम तथा नियन्त्रण युद्ध जित्नका लागि चीनले सबैभन्दा श्रेष्ठ चिकित्सा शक्ति र सबैभन्दा परिष्कृत उपकरण सङ्कलन गरेर सर्वसाधारणको जीवन अधिकारको सुरक्षा गरेको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीले चिनियाँ जनताको सुखको लागि मात्र नभई मानव जातिको प्रगतिका लागि पनि प्रयास गरेको छ । चीनले आफ्नो विकासलाई विश्वको विकासमा राखेर मानव जाति भाग्य समुदायको धारणा लिएर ठुलो देशको जिम्मेवार बहन गरेको छ ।
चीनका राष्ट्राध्यक्ष सी चिनफिङले बेल्ट एन्ड रोड प्रस्तावको प्रस्तुत गर्नुभएको छ ।
सन् २०१९ मार्चसम्म चीन र बेल्ट एन्ड रोडमा सम्बद्ध मुलुकले विभिन्न देशमा ८२ सहयोगात्मक क्षेत्रको स्थापना गरेर आयोजक देशलाई करिब २ अर्ब डलरको कर तिर्नुका साथै करिब ३ लाख रोजगार दिएको छ ।
दक्षिण अफ्रिकी अफ्रिका–चीन अनुसन्धान केन्द्रका प्रमुख डेभिड मोन्याएले मूल्याङ्कन गर्दै भन्नुभयो, “बेल्ट एन्ड रोड प्रस्ताव चीनको हुनुका साथै विश्वको पनि हो । यो अफ्रिकी सङ्घको सन् २०६३ योजनासँग मिल्नुका साथै चीन र अफ्रिकाको विकास योजनालाई जोडेको छ । यो अफ्रिकाको विकास चाहनासँग अनुकूल रहेको छ ।
अर्थतन्त्रको विकासका साथै चीनले वातावरणको सुरक्षामाथि पनि उच्च महत्व दिएको छ । राष्ट्राध्यक्ष सीले आँखाको सुरक्षाजस्तै पर्यावरणीय वातावरणको सुरक्षा गर्नुपर्ने कुरा व्यक्त गर्नुभयो ।
धेरै वर्षको प्रयासमा चीनमा वन आवरण दर सन् १९४९ को ९ प्रतिशतबाट हालको २३ प्रतिशत पुगेको छ । जग्गाको मरुभूमि प्रवृत्ति प्रभावकारीरूपमा सुधार भएको छ ।
सन् २०१९ फेब्रुअरीमा नासाबाट प्रकाशित समाचारका अनुसार, विगत बीस वर्षमा पृथ्वी झन्–झन् हरियो बन्दैछ । यो चीन र भारतले मुख्यतः योगदान दिएको नतिजा हो ।
नौ करोड सदस्य भएको चिनियाँ कम्युनिस्ट पार्टी विशाल पार्टी हो । यो पार्टीले १ अर्ब ४० करोड जनसङ्ख्याको देशमा दीर्घकालीन शासन तथा नेतृत्व गरेको छ । त्यसैले चिनियाँ कम्युनिस्ट पार्टीले सधैँ नै आफ्नो निर्माणमाथि महत्व दिएको छ ।
चीनका राष्ट्राध्यक्ष सी चिनफिङले यसरी भन्नुभयो, “सार्वजनिक कोष सर्वसाधारणको हो । कुनै पनि दुष्प्रयास गर्नुहुँदैन । अधिकार सर्वसाधारणको लागि हो । निजीका लागि कुनै पनि प्रयोग गर्नुहुँदैन ।”
अल्बानियाको संवाददाता लेफ्सन पेरिस्टेरीले लेखमा यसरी प्रशंसा गर्नुभयो, भ्रष्टाचारको विरोध प्रक्रियाले चीनलाई दुःख दिनेछ होला तर चिनियाँ कम्युनिस्ट पार्टीले देखाएको निर्धारण र धैर्यले नतिजा दिएको छ । महत्वाकाङ्क्षी लक्ष्यका लागि उनलाई दुःखबारे चिन्ता लाग्दैन ।
– (सीआरआई)

Leave a Reply

Your email address will not be published. Required fields are marked *