भर्खरै :

बालसाहित्यका सोह्र पुस्तक लोकार्पित

काठमाडौँ, २३ पुस । बालसाहित्यसँग सम्बन्धित विभिन्न १६ पुस्तक आज एकैसाथ लोकार्पण भएका छन् ।
खोजी प्रकाशनले प्रकाशन गरेका ती पुस्तक शिक्षामन्त्री धनीराम पौडेलले लोकार्पण गर्नुभयो ।
मन्त्री पौडेलले बालबालिकाको मनोविज्ञान बुझेर पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षणको तयारी हुनुपर्ने बताउनुभयो । उहाँले परिवर्तित समयअनुसार पाठ्यक्रममा परिवर्तन हुनुपर्नेमा विद्यमान नीतिले प्रतिवर्ष एउटा कक्षाको मात्र परिवर्तन गरिने र १ देखि १० कक्षासम्म परिवर्तन गर्न दस वर्ष लाग्ने त्रुटिपूर्ण व्यवस्था रहेको जनाउनुभयो ।
विमोचित पुस्तकहरु माया ठकुरी, डा ध्रुव घिमिरे, शास्वत पराजुली, श्यामकृष्ण खुलीमूली, अनुराधा शर्मा, जनार्दन बराल, राजेन्द्रभक्त जोशी, विजयराम शाक्य, राजकुमार प्रजापति, राजेश डङ्गोल, उजेली सुनार, दीलिप चौधरी, देव कोइमी, निर्मला चापागाईं र यशु श्रेष्ठले लेख्नुभएको हो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *