भर्खरै :

कोरोना कहरमा सूचना सङ्क्रमणको अर्को महामारी–२

त्यसैगरी सरकारी समाचार एजेन्सी राससले सम्प्रेषण गरेको समाचार यस्तो थियो–
नेपाल कोरोना भाइरसको अति उच्च जोखिमबाट एक तह तल झरेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले ‘कोभिड–१९’ को रोकथाम तथा नियन्त्रणमा खेलेको भूमिकाको कारणले गर्दा केही दिनअघि नेपाललाई अति उच्च जोखिमबाट उच्च जोखिममा झारेको हो ।
छिमेकी मुलुक चीनको उहान सहरमा कोरोना भाइरस देखिएको र भारतसँगको खुला सीमाका कारण नेपाललाई अति उच्च जोखिममा राखिएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले नेपालले कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा गरेको उपचार पद्धति देखेर डब्लुएचओले अति उच्च जोखिमबाट उच्च जोखिममा झारेको जानकारी दिए । उनका अनुसार नेपालले बन्दाबन्दी तथा अन्तर्राष्ट्रिय र भारतीय नाका बन्द गरेपछि सङ्क्रमणको जोखिम कम गरेकोले उच्च जोखिममा झारिएको हो ।
“नेपालले समयमै लकडाउन गरेर बाहिरबाट सङ्क्रमित आउने सम्भावना देखिएन”– उनले भने । उनले भने, “त्यसैले नेपाललाई कोभिड–१९ को अति उच्च जोखिमबाट उच्च जोखिममा झारेको हो ।”
नेपालमा कोभिड–१९ सङ्क्रमण फैलिन नदिनका लागि गत चैत ११ गतेदेखि ‘लकडाउन’ गरिएको छ । कोभिड–१९ को परीक्षणको दायरासमेत बढाइएकोले अति उच्च जोखिमबाट तल झरेको बताइएको छ ।
राससको समाचारमा स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीको मात्र कोट छ भने गोरखापत्रले सेवा विभागका महानिर्देशक मन्द्रप्रसाद श्रेष्ठको पनि कोट राखेको छ । दुई सरकारी अधिकारीको कोट भएका कारण यो समाचार विश्वसनीय देखिन सक्छ । तर तथ्य फरक छ ।
हामीले विश्व स्वास्थ्य सङ्कठनको नेपालस्थित कार्यालयका अधिकारीहरूसित सम्पर्क ग¥यौँ । उनीहरूले यसमा अनभिज्ञता जनाए । “हामीले पनि समाचार सुन्यौँ, डुब्लुएचओको कुनै पनि डकुमेन्टमा नेपालको स्थान यसरी झरेको हामीले देखेको छैनौँ’, उनीहरूले भने ।
डब्लुएचओले तीन वटा ग्रेडिङ गर्छ । सम्पूर्ण विश्व स्वास्थ्यलाई असर पर्ने हिसाबको भए गे्रड थ्री इमरजेन्सी भन्ने गरिन्छ । कोभिड–१९ लाई डब्लुएचओले एबलमझष्अ भनेर ग्रेड थ्री इमर्जेन्सी घोषणा गरेको छ । यो भनेको ग्लोबल हाइ रिस्क हो । यो विश्वका सबै देशमा लागू हुन्छ ।
अर्को, डब्लुएचओले सिचुएसन रिपोर्टको दैनिक अपडेट दिने गर्छ । यसमा ट्रान्समिसन क्लासिफिकेसनको चार लेभल हुन्छ । त्यसमा नेपाल दोस्रो चरण अर्थात् स्पोरेडिक केसेजमा थियो । डब्लुएचओले अर्को एउटा वर्गीकरण गर्छ–प्रत्येक देशको तयारीको अवस्था (कन्ट्री प्रिपेर्डनेस एन्ड रेस्पन्स स्टाटस) का बारेमा । गएको अप्रिल २० तारिखका दिन यसको पछिल्लो रिपोर्ट आएको थियो । त्यसमा नेपाललाई लेभल ३ मा देखाएको थियो ।
गोरखापत्रको समाचारमा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले भनेका कुरा यसैमा छन् । यसमा लेभल एकदेखि पाँचसम्म छ । तर श्रेष्ठले भनेका कुरा मिल्दैन । उनले सार्क मुलुकका भारत, श्रीलङ्का, बङ्गलादेश, भुटान, माल्दिभ्स लेभल तीनमा अनि पाकिस्तान लेभल चार र अफगानिस्तान अहिले पनि लेभल पाँचमा छ भनेका छन् । तर यो डकुमेन्टअनुसार पाकिस्तान र अफगानिस्तान लेभल दुईमा छन् ।
पाकिस्तान र अफगानिस्तानको लेभलमा बाहेक यहाँसम्म नेपाल लेभलको कुरा ठीक छ । तर बुझ्नुपर्ने कुरा के हो भने सरकारी अधिकारीहरूले नेपालको लेभल झरेको बताएका छन् अर्थात् नेपाल लेभल ४ बाट लेभल ३ मा झरेको हुनुपर्ने । यसका लागि २० अप्रिल २०२० भन्दाअघिको रिपोर्ट हेर्नुप¥र्यो । हामीले मार्च १९, २०२० को रिपोर्ट हे¥यौँ । त्यसमा पनि नेपालको लेभल ३ नै थियो । त्योभन्दा अझै अगाडि फेब्रुअरीमा पो नेपाल लेभल ४ मा थियो र त्यसपछि घटेर लेभल ३ मा गएको हो कि भनेर त्यो पनि खोज्यौँ । फेब्रुअरी २८ को रिपोर्टमा पनि नेपाल लेभल ३ मा नै थियो । यसबाट प्रस्ट हुन्छ कि नेपाल लेभल ४ मा भएको र अहिले घटेर लेभल ३ मा अर्थात् नेपालले कोरोनाविरुद्ध कार्य गरेको आधारमा डब्लूएचओले नेपाललाई अति उच्च जोखिमको सूचीबाट उच्च जोखिमको सूचीमा झारेको दाबी गलत छ । तर, आजका मितिसम्म पनि कुनै पनि मिडियाले यो गल्ती सच्याएका छैनन् ।
भुटानमा हुँदै नभएको लकडाउन नेपाली मिडियामा सूचना विभागमा दर्ता भएका सेतोपाटीलगायतका अनलाइनदेखि एभिन्युजलगायतका मूलधारका टेलिभिजन र रेडियोले समेत भुटानमा २१ दिनसम्म लकडाउन गर्ने खबर चैत १७ र १८ गते राखे । खोज्ने क्रममा यो खबर सरकारी समाचार एजेन्सी राससले पनि राखेको पाइयो । राससले यसको स्रोत एएनआई अर्थात् भारतीय समाचार एजेन्सी एसियन न्युज इन्टरनेसनल भएको लेखेको थियो । के एएनआईले यो समाचार राखेको हो त ?
हामीले एएनआईको समाचार पनि खोज्यौँ । एएनआईको समाचारमा कतै पनि लकडाउन लेखिएको थिएन । यसमा त क्वारेन्टिनको अवधि २१ दिन बनाउने लेखिएको थियो । कुन चाहिँ अजासुले अनुवाद गर्दा लकडाउन भनेर लेखिदिएछ, सबैतिर त्यही फेक न्युज फैलियो ।
‘भुटानका प्रधानमन्त्रीको आधिकारिक ट्वीटर एकाउन्टमा सरकारले २१ दिने लकडाउन गर्ने निर्णय गरेको उल्लेख भएको र उच्च सतर्कताका लागि लकडाउन अत्यावश्यक बाध्यता बनेको प्रधानमन्त्रीको भनाइ’ भएको समाचारमा उल्लेख थियो । समाचारमा दाबी गरिएको थियो, “भूपरिवेष्ठित मुलुक भुटानमा कोरोना भाइरसको सङ्क्रमण थप बढ्ने सम्भावनालाई मध्यनजर गर्दै २१ दिने लकडाउन घोषणा गरिएको हो ।’
हामीले फ्याक्टचेक गर्ने क्रममा न भुटानमा लकडाउनको घोषणा भएको भेट्टायौँ, न भुटानी प्रधानमन्त्रीको ट्विटर एकाउन्टमा नै त्यस्तो केही लेखिएको देख्यौँ ।
समाचारले भुटान पनि नेपालमा जस्तै सर्वसाधारण घरबाहिर निस्कन नपाउने गरी ‘लकडाउन’ घोषणा गरिएझैँ भान हुन्छ । यो गलत थियो । भुटानी प्रधानमन्त्रीले त्यहाँका विभिन्न जिल्लाहरूमा बनाइएका क्वारेन्टिन फेसिलिटीमा रहेका ३ हजार ४ सय जनालाई सम्बोधन गरेका थिए । विदेशबाट आएका उनीहरूलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने नियम बनाइएकोमा त्यसलाई बढाएर २१ दिन बनाइएको थियो ।
मार्च २८ मा भुटानी प्रधानमन्त्रीले लकडाउन नगरिने उल्लेख गरेका थिए । भुटानी सरकारी समाचार एजेन्सी बीबीएसमा राखिएको समाचारअनुसार उनले एउटा समुदायबाट अर्को समुदायमा सर्ने गरी कम्युनिटी ट्रान्समिसन भएमा मात्र त्यसलाई रोक्न लकडाउन गरिने बताएको उल्लेख छ ।
हुँदै नभएको डिस्चार्ज
‘फ्रान्सबाट फर्किएकी कोरोना सङ्क्रमित युवती डिस्चार्ज, घरमा टपरीमा खान्छिन् खाना’ शीर्षकमा चैत १४ गते लोकान्तर अनलाइनमा एउटा समाचार छापियो । समाचारमा फ्रान्सबाट फर्किएर कोरोना सङ्क्रमण पुष्टि भएकी किशोरी अस्पतालबाट डिस्चार्ज भएको दाबी गरिएको थियो । सामाचारमा डिस्चार्ज गरिएको समयसमेत तोकिएको थियो । तर पछि त्यो समाचार गलत ठहरियो । अस्पतालले पनि उनी डिस्चार्ज नभएको बतायो ।
समाचार गलत ठहरिएपछि लोकान्तरले स्पष्टीकरण लेख्दै परिवारको दाबीकै आधारमा समाचार लेखेको प्रष्टीकरण दियो । तत्काल समस्त पाठक र समाजमा पर्न गएको अन्योलप्रति क्षमा माग्यो ।
समाचार प्रकाशित भएको तीन सातापछि बल्ल उनी साँच्चिकै डिस्चार्ज भइन् ।
सङ्ख्यामा गडबड
यो अवधिमा मिडियाहरूले सङ्क्रमितको सङ्ख्या कसले पहिले लेख्ने भन्नेमा होडबाजी गर्दा पटक–पटक चिप्लिए ।
राजधानी दैनिकले चैत १० गतेको अङ्कमा ‘असुरक्षित अस्पताल, स्वास्थ्यकर्मी जोखिममा’ शीर्षकको समाचारको सुरुको वाक्यमा नै “नेपालमा गरिएको कोभिड–१९ परीक्षणमा २ हजार जनामा पोजिटिभ देखिएको छ” लेखिएको थियो ।
यो समाचार छापिँदासम्म दुई हजार जनामा पोजेटिभ देखिनु त के, त्यसको आधा एक हजार जनामा परीक्षणसमेत भएको थिएन । भोलिपल्ट राजधानीले असावधानीवश भएको भन्दै गल्ती सच्यायो ।
वैशाख १७ गते सरकारी मिडिया नेपाली टेलिभिजन र गोरखापत्रबाट गलत जानकारी दिइयो । बाराका दुई र पर्साका दुई पुरुषमा सङ्क्रमण देखिएको भन्दै मिडियाले कुल सङ्क्रमितको सङ्ख्या ५८ पु¥याएको थियो । सरकारी मिडियामात्र होइन, अनलाइनखबर, सेतोपाटी, बाह्रखरी, इमेजखबर, थाहाखबर, राजधानीलगायतका अनलाइनमा बाराका दुई र पर्साका दुई पुरुषमा सङ्क्रमण देखिएको भन्दै मिडियाले कूल सङ्ख्या ५७ मात्रै थियो । बाराका दुई र पर्साक एक जनामा मात्रै सङ्क्रमण भेटिएको हो ।
स्वास्थ्य मन्त्रालयले गर्ने सवा ४ बजेको नियमित पत्रकार सम्मेलनमा बारामा दुई र पर्सामा एक गरी कुल सङ्क्रमित सङ्ख्या ५७ पुगेको प्रवक्ता डा. विकास देवकोटाले पुष्टि गरे ।
त्यसैगरी प्रदेश २ को सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले पनि पछिल्लो २४ घण्टामा बारामा दुई जना र पर्सामा एक जना गरी तीन जना सङ्क्रमित भेटिएको बताए । “आज बिहान केही सञ्चारमाध्यमहरूमा अलिकता कन्फ्युजन भएको थियो चार वटा भन्ने’ घिमिरेले लात् प्रेस ब्रिफिङमा भने, ‘एउटा पोजिटिभ रिपोर्ट योभन्दा अगाडि प्रस्तुत गरिएकै विषय भएको हुँदा तीन वटामात्रै पोजिटिभ भएको व्यहोरा यहाँहरूसमक्ष स्पस्ट राख्न चाहन्छु ।”
२०६४ सालको संविधानसभाको चुनावमा एउटा रमाइलो घटना भएको थियो । त्यतिबेला कुन पार्टीले कति सीट जित्यो भन्ने ब्रेकिङ न्युज हाल्ने प्रतिस्पर्धा हुन्थ्यो । एभिन्युज टेलिभिजन सधैँ अगाडि हुन्थ्यो । उसले मतगणना हुँदै गर्दा प्रत्यक्षतर्फ माओवादीको सीट सङ्ख्या १२१ सम्म पु¥यायो । तर जित्ने १२० सीटमात्रै जित्यो । अन्तिममा एभिन्युज टेलिभिजनले माओवादीले जितेको भनी ब्रेकिङ् दिइसकेको १२१ सीटमा १ घटाएर १२० कायम ग¥यो ।
कुल सङ्क्रिमतको सङ्ख्या ५८ लेखेर फेरि ५७ मा झार्दा कुन मिडियाले कसरी सच्चाए त ? गोरखापत्रले समाचारको शीर्षक र समाचार सच्याइ समाचारको अन्त्यमा नोट राख्दै ‘यसबाट पाठक वर्गमा पर्न गएको असुविधाका लागि क्षमापूार्थी छौँ’ लेख्यो । नेपाल टेलिभिजनले समाचार र शीर्षक सच्यायो । तर सच्याएको बारेमा कुनै जानकारी राखेन । न गलत समाचार दिएकोमा माफी माग्यो । समाचारको लिङ्कमा ५८ देखिए पनि समाचार भने गुपचुप सच्याइयो ।
अनलाइनखबरले समाचार र शीर्षक परिर्वतन गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीले नयाँ केसको रूपमा गणना गरेको सूचनाका आधारमा समाचार प्रकाशित गर्दा हुन गएको त्रुटिप्रति क्षमाप्राथी छौँ लेखेको छ ।
सेतोपाटीले समाचार र शीर्षक परिर्वतन गरेको छ । तर गलत समाचार राखेकोमा माफी भने मागेको छैन । बरु समाचारको अन्त्यमा यसअघि फलानोले सङ्क्रमित सङ्ख्या चार बताएका थिए भनेर सम्पादकको नोट राखेको छ ।
थाहाखबरले समाचार र शीर्षक त सच्याएको छ तर सच्याएकोबारे कुनै जानकारी राखेको छैन । आफूले गलत लेखेको र सच्याएको थाहा पाउलाझैँ गरी गुपचुप समाचार र शीर्षक सच्याएको देखिएको छ । १२ खरीले समाचार शीर्षक र समाचार सच्याएको छ । समाचारको अन्त्यमा राससको तथ्याङ्क गलत आएकोले सच्याएको जानकारी पनि राखेको छ ।
अन्तर्राष्ट्रिय मिडियाले गलत समाचार आउँदा के हुनुपर्ने र के भएको स्पष्ट उल्लेख गरी समाचार सच्याउने गरेका छन् । हाम्रोमा भने सकेसम्म गल्ती कसैले थाहै नपाओस् झैँ गरी गुपचुप सच्याउँछन् । सच्याउनै परे पनि फलानोथोक हुनुपर्नेमा अन्यथा भएकोमा सच्याएको छ लेखिन्छ । अन्यथा के भएको हो भनेर लेख्न डराएजस्तो । यदि पाठकलाई सही सूचना दिने हो भने पहिले के गलत भएको थियो र के हुनुपर्ने थियो, दुबै स्पष्ट लेख्नुपर्छ ।
त्यसैगरी अर्को पटक सङ्ख्याको होडबाजी वैशाख २२ गते देखियो । नेपालगञ्जमा सो दिनमात्रै २४ जना सङ्क्रमित भेटिएको र कुल सङ्क्रमित सङ्ख्या ८४ पुगेको समाचार नेपाललात्, स्वास्थ्यखबरलगायत धेरै मिडियामा आए । धेरै नेपालीले एकदमै विश्वास गर्ने वलर््डोमिटर्स डट इन्फोले पनि सङ्क्रमित सङ्ख्या ८४ पुगेको देखाएपछि त धेरैले यो समाचारलाई सही माने । तर यो सही थिएन । यो वेबसाइटले नेपाल लात्मा प्रकाशित समाचारलाई आधार बनाएको थियो ।
नेपाल लात् र स्वास्थ्य खबरले सोदिन राति अबेर ‘आइतबार पुष्टि भएका कोरोना सङ्क्रमितको सङ्ख्या १६ मात्र’ शीर्षकमा सो सच्याउँदै ‘समाचार पुनः पुष्टि गर्दा गलत भएको देखिएकाले क्षमायाचनासहित हटाइएको छ । नेपालमा आइतबार १६ जनामात्र कोरोना सङ्क्रमित पुष्टि भएको छ र नेपालमा हाल कोरोना सङ्क्रमितको सङ्ख्या ७५ छ’ लेख्यो । मूल स्रोतले सच्याए पनि यो गलत समाचार अनलाइनमा सङ्क्रमण जसरी फैलिएको थियो । ६० भन्दा बढी अनलाइनले यो समाचारलाई राखे तर सच्याएनन् ।
जबकि भोलिपल्ट बल्ल कूल सङ्क्रमितको सङ्ख्या ८२ पुगेको थियो । तर एक दिनअघि नै आधिकारिक तथ्याङ्कभन्दा बढी ८४ को समाचार आइसकेको थियो ।
फ्लाइट नम्बर नै गलत
कतार हुँदै आएका यात्रु कोरोना सङ्क्रमित भेटिएपछि कन्ट्याक्ट टे«सिङका लागि उनीहरू चढेर आएको विमानका यात्रुहरू खोज्न जरुरी थियो । तर सङ्क्रमित यात्रु चढेको विमानको फ्लाइट नम्बर नै गलत प्रवाह भयो । क्युआर ६५२ फ्लाइट नम्बर हुनुपर्नेमा क्युआर ६५० धेरै मिडियाले लेखे । सोसले मिडियामा पनि क्युआर ६५० लेखे । यसले गलत फ्लाइट यात्रुहरू पनि सङ्क्रमित आएको विमानमा सँगै आएको भन्ठानी जाँच गराउन पुुगे । उनीहरूले व्यर्थमा तनाव सहनुप¥यो ।
त्यसैगरी बेल्जियमबाट काठमाडौँ अनि पोखरा हुँदै बाग्लुङ गएकी किशोरीको पनि मिडियामा फरक फरक विवरण आयो । सेतोपाटीलगायतका केही अनलाइनले ती किशोरी काठमाडौँबाट पोखरा माइक्रोमा चढेर पुगेको लेखे । जबकि उनी यति एयरलाइन्सको विमान चढेर पोखरा पुगेकी थिइन् । विमानका यात्रुहरूको समेत कन्ट्याक्ट हुनुपर्ने यो संवेदनशील विषयमा मिडियाले दिएको गलत खबरले जनस्वास्थ्य नै हानि पुग्नसक्ने थियो ।
मुख्य समस्या
यो अवधिमा नेपाली मिडियाको मुख्य समस्या आधिकारिक व्यक्ति र संस्थाबाट आधिकारिकरूपमा आउने जानकारीभन्दा अघि नै समाचार राखेर सङ्क्रमितको सङ्ख्याको समाचार लेख्न होडबाजी गरेको देखियो । स्वास्थ्य मन्त्रालयले पनि निश्चित समयमा मात्र आधिकारिक जानकारी दिने नगरेको देखियो, फ्लाइट नम्बरजस्ता संवेदनशील विषय मिडियाले पुष्टि गरेरमात्र लेख्नुपथ्र्यो । त्यसैगरी सनसनीपूर्ण शीर्षक बनाउने क्रममा केही मिडिया चुकेको देखियो । उदाहरणको लागि नेपालखबरले पत्नीलाई नसरेको कोरोना भाउजूलाई कसरी स¥यो शीर्षकमा समाचार राखेर केही समयपछि त्यसलाई परिवर्तन गरेको थियो ।
गल्ती महसुस भएपछि सच्याउने तत्परता भने धेरै मिडियामा देखिएन । यो समस्या मूलधारका कान्तिपुरदेखि अनलाइनहरू र कपिपेस्ट गर्ने अनलाइनहरूमा समेत छ । मिडिया बुझेकाहरूका लागि नामै नसुनिएका कपिपेस्ट अनलाइनमा आएका समाचारहरूले केही माने नराखे पनि मिडिया साक्षर नभएका र फेसबुकमा आएका सबै कुरालाई समाचार भन्ठानेर पत्याउने ठूलो जमातका लागि भने ती पनि मिडिया नै हुन् । त्यसमा आएका गलत खबरले पनि समाजलाई दिग्भ्रमितमात्र पारिरहेको हुँदैन, असली पत्रकारहरूको बदनाम पनि गरिरहेको हुन्छ । सूचना सङ्क्रमणको यो प्रवाहलाई रोक्न जरुरी छ ।
यति हुँदाहुँदै पनि महामारीको यो समयमा जब छापा पत्रकारिताको पहुँच साँघुरिएको छ, अनलाइनहरूले सुसूचित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । कोरोना भाइरसबाट जोगिने उपायदेखि लिएर यससँग सम्बन्धित समाचार, जनचासोका विषय, समस्या र राजनीतिक नेतृत्वको उदासिनताप्रति प्रहार गरी झकझक्याउने कामसमेत मिडियाले गरेको छ ।
स्रोत ः संहिता
(चैत २०७६÷जेठ २०७७)
– समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *