भर्खरै :

नेपाल अलमलियो

रोगका नाम पनि के के, के के ! महामारीका नाम पनि त्यस्तै के के । हाल फैलिरहेको महामारी पनि नोवेल कोरोना भाइरस न्वारानको नाम वा राख्ने नाम । अनि ‘कोभिड–१९’ चाहिँ फार्ने वा बोलाउने नाम हो । तर, अचेल यी दुवै ‘राख्ने’ र ‘फार्ने’ नाम झन्डै झन्डै बराबरीजस्तै चलेका छन् । केही जान्ने–सुन्ने मान्छेहरू संसारभरकै – के भएको हो विश्वमा ? कहिले कहिलेदेखि के के भएको छ भन्ने हेक्का राख्छन्, हिसाब राख्छन् । सन् २०२० मा कोरोना भाइरस नामको मान्छेको श्वासबाट, थुक, ¥याल, सिङ्गानबाट एक मिटर नजिक बसेको मान्छेमा सर्छ भन्ने गरिएको छ । यो नयाँ महामारीले ७ लाखभन्दा बढी मान्छेको ज्यान लिइसकेको छ अस्ति आइतबारसम्ममा । यो नौलो महामारीले अरु कति मान्छे मार्छ भविष्यवाणी केही गर्नसक्दैनन् । नेपालमा पनि २४ साउनसम्म ७५ जना कोरोनाबाट मरिसकेका छन् । विदेशमा बसेकामा झन्डै २ सय जना नेपाली पनि बितिसके । यस्ता विश्वव्यापी महामारीबाट धेरै मान्छे स्वाहा भएका घटना इतिहासका उदाहरणका रूपमा प्रस्तुत गर्ने गर्छन् । सन् १७२० मा प्लेगको महामारीबाट, सन् १८२० मा कोलेरा (हैजा) को महामारीबाट, सन् १९२० मा स्पेनिश फ्लुबाट धेरै मान्छेको मृत्यु भएको थियो । त्यसको सय वर्षमा सन् २०२० मा कोरोना भाइरस नामको नयाँ महामारीले त्यतिका धेरै मान्छे लगिसक्यो । अझै कति लान्छ टुङ्गो भएको छैन । यो कोरोना महामारीले विश्वकै अर्थतन्त्रमा नराम्रो असर पारिसक्यो ।
कोरोना त्यति प्रवल होइन रै’ छ !
तैपनि नेपाल सरकार यो कोरोना भाइरससँग जुध्न सकिराखेको छैन । यो नितान्त नयाँ रोग भएकोले विश्वव्यापीरूपमा नै आतङ्क मच्चाएको छ । यसकै उपचार विधि पत्ता लगाइए पनि औषधि पत्ता लाग्नसकेको छैन । विश्वव्यापीरूपमा औषधिको खोजीमा महान् विज्ञहरू लागिरहेका छन् । महामारी नयाँ–नयाँ स्वरुप लिएर उत्पत्ति भइरहेका छन् । धेरै रोगहरूको औषधि पत्ता लगाए वैज्ञानिकहरूले रात–दिनको अविश्रान्त लगन र कठोर परिश्रमबाट । विज्ञहरू रोगको उपचार पत्ता लगाउँदै जान्छन् प्रकृतिले अर्को महामारी ल्याउँछ । संसारमा हाहाकार हुन्छ । प्रकृति र मान्छेको लडाइँ हुँदै आएको छ । संसार स्थापना हुँदादेखि नै । जसरी यो रोगबारे संसार नै अनभिज्ञ थिए । त्यो एउटा अवस्था थियो । तर, त्यो प्रारम्भिक अवस्था त पार ग¥यो मान्छेले । झन्डै दुई करोड मान्छेलाई झम्टिसक्यो कोरोनाले । तर, आठ लाख मान्छे पनि मरेका छैनन् कोरोनाबाट भने औषधि पत्ता नलाग्दै त रोग लागेकामध्ये त्यति धेरै मान्छे रोगसँग लडेर रोगलाई जितेको छ मान्छे जातिले भने कोरोना वास्तवमा त्यति प्रवल महामारी होइन रहेछ । यति त भन्न पाइन्छ नि ¤
लकडाउन र सटडाउनमै अलमल
कोरोनाको सङ्क्रमणबाट सरकार अलमलिएको छ  । गएको चैत ११ देखि लकडाउन , बन्दाबन्दी वा घरको घरै लगाएर सरकार लोकप्रिय हुनसकेन । चार महिना लगभगको लडकाउनले यद्यपि कोरोना समाजमा त्यति सङ्क्रमण हुन पाएन । यो सकारात्मक परिणाम थियो । तर, लामो समय लकडाउन हुँदा मान्छेहरू आत्तिए । जब ‘घरको घरै’ हटायो सरकारले तब नियन्त्रण सहज भए । गलत तरिका र गलत बाटोबाट नेपाल बाहिरबाट मान्छेहरू नेपाल पसे । कति त जबरजस्ती पनि पसे । तब सङ्क्रमण फैलन लाग्यो । त्यसपछि त अति नै सङ्क्रमण फैलियो । वीरगञ्जको नारायणी अस्पताल आफैँ सङ्क्रमित हुनपुग्यो । परिस्थिति यति अराजक भयो अस्पतालको विरुद्ध एकथरी मान्छे उठे । तोडफोड गरिए र स्वास्थ्यकर्मी नै कुटिए । स्वास्थ्यकर्मीहरू पनि त्यो आक्रोशमा परे । अब सरकारले आफ्नो नीतिमा परिवर्तन गरेर लकडाउन होइन सटडाउन गर्नथाल्यो । सटडाउनको अर्थ अत्यावश्यक परेका ठाउँ र क्षेत्रमात्र बन्द हुने सबै बन्दाबन्दी नहुने नयाँ नीति लियो सरकारले । यो नयाँ नीति साँच्चै नयाँ नै छ । तसर्थ यो सटडाउन शब्दबारे सर्वसाधारण जनता अनभिज्ञ नै छन् । स्वयम् सरकारसमेत स्पष्ट छैन ‘सटडाउन’ के हो वास्तवमा भन्नेबारेमा । तसर्थ स्वयम् सरकारी मान्छेसमेत स्पष्ट नभएको सटडाउनबारे अन्य सर्वसाधारण मान्छे अन्यौलमा पर्नु स्वाभाविक नै भयो । सरकारी मान्छे यो सटडाउनको मर्म काममा लाग्दामात्र बुझ्छ । सरकारको सूचनाले मात्र पर्याप्त भएन ।
झम्टेको धेरै तर मरेका थोरै
कोरोना रोगबाट बच्न खोज्यो साँच्चै भने बच्न सकिने रहेछ । नेपाल बाहिरबाट धेरै मान्छे ह्वारह्वार्ती भाइरस बोकेर नआउँदासम्म त सारै कम मान्छेमात्र मरेका थिए । तर जब सङ्क्रमित मान्छे धेरै आए तब मर्ने मान्छेहरूको सङ्ख्या ह्वात्तै बढ्न थालेको हो । छिमेकी भारत–जुन मुलुकसँग खुला सीमा छ – मा कोरोना ज्यादै फैलिँदै छ । अस्तिसम्मको तथ्याङ्कअनुसार संसारभरबाट ७ लाख २९ हजार ६०९ जना मान्छे लगिसक्यो कोरोनाले । कुल सङ्क्रमित १ करोड ९८ लाख ७ हजार ६०५ जनामध्ये १ करोड २७ लाख २४ हजार २९९ जना कोरोनालाई जितेर उपचारपश्चात् निको भएका छन् । झन्डै दुई करोड मान्छे कोरोना आक्रान्त भएकोमा १ करोड २७ लाख २४ हजार २९९ यति ठुलो सङ्ख्यामा त निको भई घर फर्किसके । सङ्क्रमित निको भएका र निधन भएकाहरूको विश्लेषण गर्दा कोरोना अरु महामारीभन्दा निकै कममात्र नोक्सान पार्ने महामारी हो । संरा अमेरिकामा १ लाख ६५ हजार आक्रान्तको मृत्यु भइसक्यो । ब्राजिलमा १ लाख ४४३ मान्छे मरे । यसरी मृतकहरूको तथ्याङ्क हेर्दा ब्राजिल सबभन्दा बढी जोखिममा प¥यो क्यार । अनि छिमेकी भारत ¤ त्यसो त मेक्सिको र बेलायत पनि कम क्षति भएकोमा पर्दैनन् । यसरी हेर्दा भारत पाँचौँमा पर्छ । तर, भारतमा कोरोनाको प्रहार बढी पर्दा नेपाल तर्सनुपर्छ किनभने नेपाल–भारत खुला सीमा भएका मुलुक हुन् । तसर्थ नेपाल बढी चिन्ता गर्छ । जे होस् नेपाल अब लकडाउनबाट सटडाउनतिर गएको भन्छ । परिस्थिति भने भयावह नै छ । हैन र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *