भर्खरै :

भक्तपुर काण्डः पञ्चायतको अन्त्य

‘भक्तपुर काण्डः पञ्चायतको अन्त्य’ भनेमा फरक नपर्ला । पञ्चायती राज्यस्तरबाट नेपाल मजदुर किसान पार्टी (तत्कालीन नेपाल मजदुर किसान सङ्गठन ) लाई कसरी फसाउने, कसरी पार्टीलाई तहसनहस बनाउने भनी बनाइएको योजनालाई पूर्वरापस कर्णप्रसाद ह्योजूलाई ‘बलिको बोको’ बनाई कथित योजना सफल बनाउन खोजिएको थियो ।
नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ भन्नुहुन्छ, “जो पानीमा खेल्छ ऊ पानीमै मर्छ, जो आगोसँग खेल्छ ऊ आगोमै मर्छ । नेमकिपालाई सखाप पार्न बुनेको षड्यन्त्र, जालझेल र योजना ‘सफल’ भए पनि जनताको मनमा भिजेको पार्टी नेमकिपा सखाप भएन । बरु पञ्चायती व्यवस्था नै सखाप भयो ।”
सन्दर्भ २०४५ साल भदौ ५ गते बिहान ५ बजेर ५ मिनेट जाँदा गएको भूकम्प पञ्चायती शासकको लागि नेमकिपा खत्तम पार्ने मेसो बन्यो ।
भदौ ५ गतेको भूकम्पले उपत्यकामा भक्तपुर धेरै क्षति भएको जिल्ला थियो ।
भक्तपुर नगरमा भूकम्पले क्षति भएकाको उद्धारमा तत्कालीन भक्तपुर नगर पञ्चायतका जनप्रतिनिधि सक्रिय भएका थिए ।
नगर पञ्चायतको कोषबाट ‘श्री ५ को सरकार’ ले भन्दा पहिले नै राहत नगद वितरण गर्ने र आवश्यक बन्दोबस्त गर्ने तयारी गरेको थियो ।
तर, पञ्चायतको योजना भक्तपुरका जनतालाई धोका दिएर पार्टीबाट निष्काशन गरिएको, भूकम्प पीडितलाई राहत वितरणको कुनै पनि उद्धार समितिमा नरहेको ह्योजूमार्फत राहत वितरण गर्न दिइयो । योजनाअनुसार भदौ ९ गते राहत कुपन वितरण भयो । तर, वास्तविक भूकम्प पीडितले राहत कुपन पाएनन् । ह्योजूले आफ्नै आउरेबाउरे मान्छेलाई मात्र कुपन वितरण गरे जो भूकम्पपीडित थिएनन् ।
जनताप्रति विश्वासघात गर्ने र भूकम्प पीडितलाई राहत नदिने भ्रष्ट नीतिको विरोधमा वास्तविक भूकम्प पीडितहरूको रिसको सीमा नाघ्यो । यसरी पीडितलाई राहत नदिने र आफ्ना मान्छेलाई बोलाएर राहत दिने बदमासीको जनताले विरोध गरे । तर, मौका कुरिरहेका पञ्चहरूले यही बेला आफ्नो योजना कार्यान्वयन गर्ने अवसर ठाने ।
सुरक्षा प्रशासनले भ्रष्ट व्यक्तिलाई गाडीमा राखी लगिसकेपछि फेरि बाहिर निकाल्नु, हिँड्न सक्नेलाई सीधै भक्तपुर अस्पताल र त्यहाँबाट रिफर गरी वीर अस्पताल पु¥याइयो । एउटा पञ्चायती सुईले ह्योजूको निधन भयो ।
भदौ ९ गते राति नै नेमकिपाका नेता नारायणमान बिजुक्छेँलगायत दर्जनौँ जनालाई पक्राउ गरियो । भदौ १० गते बिहान प्रधानमन्त्री मरिचमान सिंह, राष्ट्रिय पञ्चायतका अध्यक्ष नवराज सुवेदीसमेत सडकमा उत्रेर ‘फाँसी दे’ को नारा लगाए । अदालतबाट सजायको भागीदार र ज्यान मुद्दाको फैसला नहुँदै स्वयम् व्यवस्थापिका र कार्यपालिकाले सडकमा उत्रेर फाँसीको माग गर्नु कति ठीक थियो ? के यसले ह्योजूको हत्या षड्यन्त्रमूलक भएको प्रस्ट भएन र ?
भक्तपुरमा खाने बाघले, काठमाडौँ र अन्य जिल्लामा नखाने कुरै थिएन । नेमकिपा सखाप पार्न खोज्नेले अरु पार्टी सखाप नपार्ला कसरी भन्ने ? नेमकिपामाथि भएको अन्यायको विरोधमा वकिल उठे, मानव अधिकारवादी उठे, राजनीतिज्ञ उठे, लेखक, प्राध्यापक, डाक्टर सबै न्यायप्रेमी जनता उठे । त्यही एकताको सूत्रले २०४६ फागुन ७ गतेको जनआन्दोलन उठ्यो ।

मध्यरातमा घेरा हाली बिहानी पख समात्ने योजनासहित घरमा खानतलासी गरे पनि श्रीकृष्ण महर्जनलाई समात्न सकेनन् । तर, प्रहरीले छिमेकी कृष्ण महर्जनलाई समातेर लगे । नक्कली श्रीकृष्णलाई समातेकोमा राति नै रिहा गर्न प्रहरी बाध्य भए । काठमाडौँमा मात्र होइन नेमकिपाले कम्युनिस्ट झन्डा गाडेका जुम्ला, दैलेख, कालिकोटमा समेत प्रहरी प्रशासनले जनतामाथि अत्याचार गरे । भक्तपुर काण्डले नेपालको वामपन्थी आन्दोलनमा मात्र होइन, सबै तह र तप्कालाई सचेत गराएको पक्कै हो ।

काङ्ग्रेस र वामपन्थी दल जनआन्दोलनको कार्यगत एकता भयो । आन्दोलनले उत्कर्ष रूप लियो । २०४७ चैत २६ गते पञ्चायती व्यवस्था नै अन्त्य भयो । यसरी भक्तपुर काण्ड नै पञ्चायतको अन्त्यको कारण बन्यो ।
नेपाल मजदुर किसान पार्टीका नेता–कार्यकर्तामाथिको मुद्दा अन्तरिम सरकारले फिर्ता लियो । २०४८ वैशाख ५ गते राजबन्दी रिहा भयो ।
भक्तपुर काण्ड भक्तपुरमा सीमित भएन
नेमकिपाको सङ्गठन जहाँ जहाँ थियो, त्यहाँ त्यहाँ प्रहरीले दुःख दिनु, धरपक्कड गर्नुले पनि भक्तपुर काण्ड राज्यस्तरबाट गरिएको षड्यन्त्र भएको प्रस्ट हुन्छ ।
काठमाडौँको टोखा, बलम्बु, कीर्तिपुर पनि पञ्चायती प्रहरीको तारो बन्यो ।
कीर्तिपुरमा तत्कालीन प्रधानपञ्चले घर देखाई नेमकिपाका कार्यकर्ता श्रीकृष्ण महर्जनको घरमा घेरा हाली धरपक्कड गरिएको थियो ।
मध्यरातमा घेरा हाली बिहानी पख समात्ने योजनासहित घरमा खानतलासी गरे पनि श्रीकृष्ण महर्जनलाई समात्न सकेनन् । तर, प्रहरीले छिमेकी कृष्ण महर्जनलाई समातेर लगे । नक्कली श्रीकृष्णलाई समातेकोमा राति नै रिहा गर्न प्रहरी बाध्य भए । काठमाडौँमा मात्र होइन नेमकिपाले कम्युनिस्ट झन्डा गाडेका जुम्ला, दैलेख, कालिकोटमा समेत प्रहरी प्रशासनले जनतामाथि अत्याचार गरे । भक्तपुर काण्डले नेपालको वामपन्थी आन्दोलनमा मात्र होइन, सबै तह र तप्कालाई सचेत गराएको पक्कै हो ।
पञ्चायती शासकहरू यति क्रूर हुन्छन् भन्ने कुरा तत्कालीन घटना र प्रहरी प्रशासनले भक्तपुरमा चालेको श्वेत आतङ्कबाट समेत प्रस्ट हुन्छ । ढोका लगाइएको घरमा समेत भ्mयालबाट प्रवेश गरेर खानतलासी गरेको इतिहास अझै ताजै छ । त्यसबेला भक्तपुरभरि नै कोही केटा वा युवकहरू देख्नु हुँदैनथ्यो, नेमकिपा भन्दै पक्रिन्थ्यो ।
महिलाहरूको साहसले भक्तपुरलाई सुरक्षित गरेको थियो । दिन र रात नभनी महिलाहरूले घरघरमा टोलटोलमा पहरा बसे । जेलमा खाना पु¥याउनेदेखि चिट्ठी आदानप्रदान गर्ने काम महिलाहरूले नै गरे ।
सरजमिन हुँदा एकतर्फी र झूटो सरजमिनको विरोधमा महिला नै जागे ।
अन्ततः नेमकिपाको नेता तथा कार्यकर्तालगायत मजदुर, किसान, विद्यार्थी, युवा, प्राध्यापक, वकिल, मानवअधिकारवादीको सहयोग र सङ्घर्षले नेपालको राजनीतिक परिवर्तनले सफलता मिल्यो । नेमकिपा आज नेपालको राजनैतिक धरोहरको रूपमा र प्रकाशस्तम्भको रूपमा स्थापित छ ।
नेमकिपाले नेपालको राजनीतिमा समाजवादको झन्डा उच्च पारेको वर्तमान अवस्थामा पँुजीवादी र प्रतिक्रियावादीहरू भारतीय विस्तारवाद र साम्राज्यवादका पिछलग्गूहरूले फेरि ‘भक्तपुर काण्ड’ फरक ढङ्गले दोहो¥याउन सक्ने भएकोले हामी सबै सचेत र सतर्क हुनैपर्दछ । भक्तपुर काण्डले सिकाएको पाठ यही हो ।
नेमकिपा माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधारा आत्मसात गरी प्रतिक्रियावादी तरवारको धारको सामना गर्न तयार छ ।
देश र जनताको स्वार्थमा क्रियाशील समाजवादको झण्डा उच्च पार्ने सफलता नेमकिपाको काँधमा छ । जनता र नेमकिपाको विजय निश्चित छ ।

One response to “भक्तपुर काण्डः पञ्चायतको अन्त्य”

  1. Ram Sundar Basi says:

    काठमाडौँमा मात्र होइन नेमकिपाले कम्युनिस्ट झन्डा गाडेका जुम्ला, दैलेख, कालिकोटमा समेत प्रहरी प्रशासनले जनतामाथि अत्याचार गरे । भक्तपुर काण्डले नेपालको वामपन्थी आन्दोलनमा मात्र होइन, सबै तह र तप्कालाई सचेत गराएको पक्कै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *