भर्खरै :

युवाहरूले गरे भक्तपुर काण्डको भत्र्सना

भक्तपुर, ८ भदौ । नेपाल क्रान्तिकारी युवा सङ्घ चाँगुनारायण नपा ५, छालिङ एकाइ समितिको आयोजनामा आइतबार सामाजिक दुरी कायम गर्दै पञ्चायती राज्यस्तरबाट रचिएको ‘भक्तपुर काण्ड’ (कालो दिवस) को विरोध तथा भत्र्सना कार्यक्रम सम्पन्न भयो ।
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोजूले नेमकिपाका कार्यकर्ताहरू लेनिनवादी नीतिअनुसार पञ्चायती निकायभित्र छिरेर देश र जनताको हितमा काम गर्दै भ्रष्टाचारविरोधी अभियान सञ्चालन गरेको कारण पञ्चायती राज्यस्तरबाट कर्णप्रसाद ह्योजूलाई बलिको बोका बनाएर नेमकिपालाई समूल नष्ट गर्न खोजेको बारे प्रस्ट पार्नुभयो ।
उहाँले कामदार वर्गको पक्षमा काम गर्ने कम्युनिस्ट कार्यकर्तालाई प्रतिगामीहरूले जतिखेर पनि षड्यन्त्र गरेर सिध्याउन खोज्ने भएकाले कार्यकर्ताहरू सचेत हुनु जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा नेमकिपा चाँगुका चक्रबहादुर चाकतूले कम्युनिस्ट नामधारी वर्तमान नेकपाको सरकार पनि पञ्चहरूकै पदचापमा हिँडेकाले युवाहरू सचेत हुनु जरुरी रहेको बताउनुभयो ।
नेक्रायुसङ्घ छालिङ बाटा टोल एकाइ समितिका बुद्धराम बाटाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेमकिपा छालिङ सम्मेलन तयारी समितिका संयोजक रत्नबहादुर ह्यौँमिखा र नेक्रायुसङ्घ भजिसका अध्यक्ष मिनबहादुर बाटाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *