भर्खरै :

स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा कडाइ आवश्यक

काठमाडौँ उपत्यकालगायत देशका अधिकांश जिल्लाका जनता कोरोना सङ्क्रमणको महामारी र त्यसलाई रोक्न गरिएको लकडाउनबाट पीडित छन् । उपत्यकामा ३ भदौदेखि लागू भएको निषेधाज्ञा खुकुलो पार्दै यातायातका साधन सञ्चालन र व्यापार व्यवसाय गर्न सहज बनाउने निर्णय तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले गरेको सार्वजनिक भएको छ । सार्वजनिक यातायात चल्न दिने र यातायातका साधनमा जोरबिजोर प्रणाली लागू गर्दै सीट क्षमताभन्दा आधामात्रै यात्रा चढाउन पाउने व्यवस्था गरिएको छ । त्यसैगरी व्यापार व्यवसाय बिहान र बेलुकाको समयमा सञ्चालन गर्न पाउने सर्त राखिएको छ । तर, खुला स्थानमा जम्मा हुने मठमन्दिरमा नित्य पूजाबाहेक गतिविधि र व्यापार व्यवसायमा स्वास्थ्य मापदण्डविपरीतका गतिविधिमा निषेध गरिएको छ । त्यस्तै, शैक्षिक संस्था सञ्चालन, सभा, गोठी, पार्टी प्यालेस, शैलुन, ब्युटिपार्लर, जिमखाना पुस्तकालय बन्द रहने भनिएको छ ।
खुकुलोपन लकडाउनले प्रताडित हुनपुगेका व्यवसायी र कामदार जनताका लागि केही राहत पक्कै पुग्नेछ तर स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइपूर्वक पालना गरिएन भने नोबेल कोरोना भाइरसको सङ्क्रमण थप व्यापक हुनपुग्ने जोखिम पनि बढेको छ । कोरोना भाइरसको महामारीबाट जोगिने सबैभन्दा मुख्य उपाय भनेको आ–आफ्नो घरमै बस्ने र बाहिर आउनैपरेमा मास्क, स्यानिटाइजरको प्रयोग तथा भौतिक दूरी कायम गरी हिँड्नु हो । त्यसो त काठमाडौँ उपत्यका हिजो चिन्ता गरिएझैँ आज कोरोना भाइरस सङ्क्रमणको हटस्पट बनिसकेको छ । काठमाडौँलगायत उपत्यकाका तीनै जिल्लामा दिनप्रतिदिन कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । कतिपयले लकडाउनको खुकुलोपनलाई कोरोना भाइरसमाथिको विजयको रूपमा लापरबाही गर्नसक्ने सम्भावना पनि उत्तिकै छ । सार्वजनिक यातायात सञ्चालन उपत्यकाका निश्चित स्थानमा फैलिएको सङ्क्रमण चारैतिर फैलिनका लागि माध्यम त बन्ने होइन ? युरोपका विभिन्न सहरहरूमा लकडाउन खुकुलो पार्न थालेको बखत त्यहाँ सङ्क्रमणको दर पनि क्रमशः घट्दै दुई अङ्कको सङ्ख्यामा झरिसकेको थियो ।

 लकडाउनमा खुकुलोपन ल्याएसँगै नोबेल कोरोना भाइरस सङ्क्रमण कम गर्न स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा कडाइ गर्न आवश्यक छ । पहिले चीन, युरोपेली देशहरूमा मात्र होइन अहिले भारतको राजधानी दिल्लीमा समेत स्वास्थ्य सुरक्षाको मापदण्ड सिकाउने र पालना गराउने विशेष टोलीहरू गठन गरी परिचालन गरिएको समाचार सुनेका छौँ । हाम्रो देशमा पनि प्रहरी, स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधि र स्वयम्सेवकहरू सम्मिलित त्यस्तो विशेष टोलीहरूको प्रभावकारी परिचालन गर्नसकिएमा लकडाउन खुकुलो गरिए पनि सङ्क्रमणमाथि विजय पाउन सक्नेछौँ ।

अहिले काठमाडौँ उपत्यकामा सङ्क्रमणको स्थिति घटिरहेको होइन बढिरहेको अवस्था हो । यही दरले सङ्क्रमण बढ्दै गएमा उपचार गर्न निकै कठिनाइ आउने र सङ्क्रमण समेत व्यापक हुने विज्ञ र चिकित्सकहरू दाबी गर्छन् । लकडाउन पीडित जनतालाई राहत दिन नसकेको सरकारको दबाबले लकडाउन खुकुलो पार्ने निर्णय हतारको निर्णय पुष्टि हुने सम्भावना पनि उत्तिक्कै छ । लकडाउनमा खुकुलोपन ल्याएसँगै नोबेल कोरोना भाइरस सङ्क्रमण कम गर्न स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा कडाइ गर्न आवश्यक छ । पहिले चीन, युरोपेली देशहरूमा मात्र होइन अहिले भारतको राजधानी दिल्लीमा समेत स्वास्थ्य सुरक्षाको मापदण्ड सिकाउने र पालना गराउने विशेष टोलीहरू गठन गरी परिचालन गरिएको समाचार सुनेका छौँ । हाम्रो देशमा पनि प्रहरी, स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधि र स्वयम्सेवकहरू सम्मिलित त्यस्तो विशेष टोलीहरूको प्रभावकारी परिचालन गर्नसकिएमा लकडाउन खुकुलो गरिए पनि सङ्क्रमणमाथि विजय पाउन सक्नेछौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *