भर्खरै :

सन् २०२१ मा ‘कुनै पनि मूल्यमा’ ओलम्पिक गर्ने जापानको तयारी

टोकियो, ९ सेप्टेम्बर । जापानले सन् २०२१ मा कुनै पनि मूल्यमा ओलम्पिक खेल गर्ने घोषणा गरेको छ । मङ्गलबार जापानका ओलम्पिक मन्त्री सैको हाशिमोतोले यस्तो घोषणा गरेका हुन् ।
नोबेल कोरोना महामारीले ते¥र्साएका चुनौतीबीच पनि खेलकुद प्रबद्र्धन गर्न ओलम्पिक खेल आयोजना गर्न आवश्यक भएको उनले बताइन् ।
ओलम्पिक अन्तर्राष्ट्रिय समितिका उपाध्यक्ष जोन कोटले पनि एक दिनअघि यस्तो आशयका अभिव्यक्ति दिएका थिए ।
“खेलसँग सम्बद्ध सबै जना तयारीमा लागेका छन् । खेलाडीहरू पनि अर्को वर्षको लागि तयारी गरिरहेका छन्”, जापानकी मन्त्रीले भनिन् ।
“मेरो विचारमा जुनसुकै मूल्यमा खेल गर्नुपर्छ । कोरोना भाइरसविरुद्ध हाम्रो पहलबीच खेल आयोजनामा हामी पूर्णतः केन्द्रित हुँदै छौँ”, उनले भनिन् ।
गत मार्च महिनामा जापान सरकारले कोरोना भाइरसको महामारीको कारण जुलाईमा हुने तय भएको खेल स्थगित गर्ने घोषणा गरेको थियो । जापान सरकारले सन् २०२१ मा सो खेल आयोजना गर्ने घोषणा गरेको थियो ।
यसैबीच टोकियो २०२० ओलम्पिकका प्रवक्ता मासा ताकायाले अवस्थामा क्रमशः सुधार भइरहेको र आयोजकहरू खेल आयोजनामा हौसिरहेको बताएका छन् ।
“टोकियो २०२० ओलम्पिक खेलका सदस्यहरू निकै उत्साहित छन्”, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *