भर्खरै :

लेनिन कथा – ३२, अलबिदा लेनिन

(विश्वका सम्पूर्ण कामदार जनताका महान् गुरु भ्लादीमिर इल्यीच लेनिनको समग्र जीवन चरित्रको झाँकी प्रस्तुत गर्ने गहकिलो एवम् प्रेरणादायी पुस्तक ‘लेनिन कथा’ लेनिनको विषयमा गहिरो अध्ययन गरेकी सोभियत लेखिका मारिया प्रिलेजायेभाले सन् १९७१ को फेबु्रअरी महिनामा प्रकाशित गरेकी थिइन् ।
अघिल्लो अङ्कमा हामीले लेनिनको बढ्दै गएको रोग, उहाँको उपचारमा खटिएका डाक्टरहरूको डर, क्रुप्सकायाले लेनिनको जीवन रक्षामा गरिरहेको अथक प्रयासका साथै लेनिनले मृत्युसँग गरिरहेको सङ्घर्षबारे सविस्तार पढ्यौँ ।)
१९२३ को शरद अप्रिलमा रूसी कम्युनिस्ट पार्टीको बा¥हौँ अधिवेशन सुरु भयो । अधिवेशनले लेनिनलाई एक अभिनन्दन सन्देश पठायो ।
“पार्टी, सर्वहारा र सबै कामदारहरूको तर्फबाट यो सम्मेलनले आफ्ना नेतालाई, सर्वहारा विचारधारा र क्रान्तिकारी कार्यका महान् प्रतिनिधिलाई अभिनन्दन र अगाध प्रेमको सन्देश पठाउँछ.. ।”
“सर्वहारा र इतिहासप्रतिको आफ्नो उत्तरदायित्व पार्टीले पहिलेभन्दा अझ बढी अनुभव गर्दछ । पार्टी आफ्नो झन्डा र आफ्ना नेताको पहिलेभन्दा अझ बढी योग्य बन्न चाहन्छ र बन्नेछ… ।”
क्रुप्सकायाले अभिनन्दन पत्र पढेर सुनाइन् । गहिरो, एकदम गहिरो भावयुक्त दृष्टिले लेनिनले त्यसको जवाफ दिए ।
लेनिनले व्यथासामु घुँडा टेकेनन् । मे महिनाको मध्यमा उनलाई गार्कीमा, ठूलो भवनमा स्थानान्तरित गरियो । जनकमिसार परिषद्का अध्यक्षले सबैभन्दा सानो, कुनाको र ठूल्ठूला झ्याल भएको कोठा चुने । झ्यालबाट बगैँचा देखिन्थ्यो । हरियालीमा डुबेको बगैँचा चराहरूको चिरबिरले ओतप्रोत थियो । हरेक हाँगाबाट तिनको उल्लासपूर्ण सङ्गीत सुनिन्थ्यो । ताजा हावामा बस्दा लेनिनको अवस्थामा केही सुधार आयो । उनलाई निद्रा लाग्न थाल्यो । गाउँको हावाले भोक पनि जगाउन थाल्यो । हराएको शक्ति पुनः फर्किन थाल्यो ।
स्वास्थ्य बिस्तारै सुध्रिएको थियो । लेनिन बायाँ हातले लट्ठीको सहारा लिएर हिँडडुल गर्न थाले । उनले बायाँ हातले लेख्ने र वाक्शक्ति फर्काउने अभ्यास पनि सुरु गरे ।
उनकी शिक्षिका क्रुप्सकाया थिइन् । पढाइको समयमा ढोका बन्द गरिन्थ्यो । उनीहरू दुई जनामात्र हुन्थे । क्रुप्सकायाले कसरी पढाएकी छन्, कसैले सुन्न पाउँदैनथ्यो ।
घरमा अलिकति खुसीको वातावरण फर्कियो । लेनिन हाँस्दा सबैजना खुसी हुन्थे । उनी सा¥है हँसिला र हरबखत खुसी रहने व्यक्ति हुन् भन्ने सबैलाई थाहा थियो । यता, स्वास्थ्यमा केही सुधार आएदेखि उनी हरेक ख्यालठट्टामा वा बुद्धिमत्तापूर्ण कुरामा रमाउन थालेका थिए । मस्कोबाट मित्रहरू आउँदा र नयाँ किताब पाउँदा त्यस्तै शरद्कालीन बगैँचाका पहेँला पातहरू देख्दा खुसीले हाँस्न थालेका थिए । १९२३ को शरद् सुरु भएको थियो ।
अक्टोबरमा एक दिन लट्ठी टेक्दै लेनिन गोर्कीको सानो ग्यारेजमा पुगे र मस्को जान चाहेको इसारा गरे । कार निकाल्नुहोस्, अहिल्यै हिँडौँ । क्रुप्सकाया र मरिया इल्यीनिच्ना अति डराए, “भोलोद्या, के कुरा गरेको ¤ यसले गर्दा के हुनसक्छ, थाहा छ ?”
डाक्टरहरू पनि मस्को जाने कुराको विरुद्धमा थिए । तर, लेनिन अडिग थिए । एकचोटि फैसला गरेपछि डगमगिन असम्भव थियो ।
कालो कार बगैँचाका हरिया पातहरू कुल्चिँदै मस्कोतिर लाग्यो । बिस्तारै, खाल्डाखुल्डीबाट बच्दै । टाढैबाट मस्को देखियो । सुनौला गुम्बज, सेता ढुङ्गाका पर्खालहरू, धुवाँ ओकलिरहेका कारखानाका चिम्नीहरू । मस्को देख्नेबित्तिकै लेनिनले टोपी फुकाले र हल्लाउन थाले । मस्को ¤
जनकमिसार परिषद्को बैठक हलको दैलो पार गर्दै गर्दा लेनिनको मुटु बेसरी धड्किन थाल्यो । यहाँका हरेक चीज लेनिनलाई प्रिय थिए । हरिया कपडाले ढाकेका लामा टेबलहरू । टेबलछेउ राखिएको बुनेको कुर्सी । यस हलमा बिताएका हरेक क्षण अविस्मरणीय थिए ।
अचानक उनको नजर कुनाको चिम्नीसहितको चुलोमा प¥यो र उनी हाँसे । उनले चुरोट पिउनेहरू कसरी त्यसको पछाडि लुकेर चुरोट पिउँथे र धुवाँ चिम्नीमा छोड्थे भन्ने सम्झिए । लेनिनले बैठकको बेला चुरोट पिउने कार्यको घोर विरोध गर्थे । कुनै जनकमिसारलाई चुरोटको तलतलले सताएको खण्डमा ऊ लुकेर चुलोपछाडि जान्थ्यो र अध्यक्षले टेबलमा कलम ठटाएर चेतावनी नदिँदासम्म धुवाँ ओकलिरहन्थ्यो । लेनिनको मनमा कठोरता र कोमलता दुवै भाव एकसाथ आए । उनी आफ्ना साथीहरूलाई अति चाहन्थे ।
लेनिनले त्यहाँ उभिएर केही समयसम्म पुराना कुरा सम्झिरहे र फेरि आफ्नो कोठाभित्र पसे । उनले सारा कोठामा नजर दौडाए । भौगोलिक नक्सा, माक्र्सको तस्वीर, टेबलमा राखिएको टेलिफोन र किताब राख्ने दराजहरू देख्ने बित्तिकै सम्झनाका तरेली फेरि सुरु भए ।
कोठामा उभिँदै उनले विभिन्न चीजबीज हेरिरहे । अनि झ्यालछेउ गमलामा रोपिएको ठूलो छायाँदार ताडको बोटनिर आए । त्यसका हाँगाहरू छाताजस्तै फैलिएका थिए । लेनिनको अनुरोधमा त्यस बोटको निरन्तर रेखदेख गरिन्थ्यो । बाल्यकालमा सिम्बिस्र्कको घरमा धेरै फूलहरू थिए । भान्सा कोठामा यस्तै ठूलो ताडको बोट उभिएको थियो । ठ्याक्कै यस्तै, बा¥हैमास हरिया पात हुने ।
त्यसपछि लेनिन मस्को घुमे, कृषि र हस्तकला उद्योगको प्रदर्शनी हेरे । यो पहिलो सोभियत प्रदर्शनी थियो र लेनिन यो प्रदर्शनी छुटाउन चाहँदैनथे ।
प्रदर्शनी मस्को नदीको तटमा नेस्कुच्नी बगानमा आयोजना गरिएको थियो । पहिला त्यो फोहोर फाल्ने ठाउँ थियो । अहिले फोहोर हटाइएको थियो । त्यसको ठाउँमा फूलहरूको ड्याङ बनाइएको थियो । पहिले फोहोरको डङ्गुर भएको ठाउँमा अहिले काठले बनेको, परिकथाहरूको जस्तो एउटा सानो सानदार सहर बसेको थियो ।
मानिसहरूले लडाइँ, भोकमरी र चिसो अझै पनि झलझली सम्झेका थिए । सायद यसकारण थरीथरीका फूलबुट्टाले सजिएका काठका मण्डप परिकथाहरू जस्तै थिए ।
परिकथाहरू जस्तो किन पनि थियो भने मण्डपहरूमा सुनौला गहुँ, रायोका थाक, ठूल्ठूला बन्दागोभीका पिरामिड र छिट्टै पाक्ने राता आलु, तरबुजा र खरबुजाहरूका थुप्रा थिए । यी सबै रूसी खेत र करेसाबारीका उब्जनी थिए ।
गाउँ फेरि फल्न–फुल्न थालेको छ भनी सजिलै देख्न सकिन्थ्यो ।
कलकारखानाहरूले पनि प्रदर्शनीमा आफ्ना उत्पादनहरू पठाएका थिए । सहर गरिबी र विध्वंशबाट तङ्ग्रिन लागेको छ भन्ने कुराको यो बलियो प्रमाण थियो ।
लेनिन थकित तर आन्तरिक उल्लासले ओतप्रोत भई मस्कोबाट फर्के ।
उनलाई देखेर क्रुप्सकायालाई बोल्साइ थियटरमा २० नोभेम्बर, १९२२ मा लेनिनले दिएको भाषण एकाएक याद आयो । बिमारी हुनुभन्दा पहिले लेनिनको यही अन्तिम भाषण थियो । त्यहाँ लेनिनले भनेका थिए, “… नयाँ आर्थिक नीति अपनाएको रूसबाट समाजवादी रूसको उदय हुनेछ ।”
जीवनप्रतिको प्रेम
घोडागाडी दौडिरहेको थियो । घोडाका टापले बालुवाजस्तै हिउँ उधिनिरहेका थिए । चिप्ला लीकहरूमा गाडीका पाङ्ग्राहरू गुडेको चुइँचुइँ आवाज आइरहेको थियो । सूर्य भर्खर अस्ताएको थियो । क्षितिजमाथि लालीमा अझै पनि छाइरहेको थियो । तर, अन्धकार बढिरहेको थियो । हिउँले पुरेका खेतहरू नीला हँुदै गइरहेका थिए । दूर क्षितिजनिर जङ्गल कालो पर्खालजस्तै उभिएको थियो । त्यति नै बेला आकाशको व्यापक बिस्तारमा एउटा शान्त तारा पनि चम्किन लाग्यो ।
लेनिन शिकारबाट फर्किरहेका थिए । अहिले उनमा बन्दुक समाउने तागत पनि थिएन । उनले अरूले शिकार गरेको हेरेका थिए । तर, यतिले पनि उनले अतुलनीय खुसी पाएका थिए । उनलाई शिकार र शिकारसँग सम्बन्धित हरेक चीज राम्रो लाग्थ्यो । जङ्गल चहार्न, वन्य जीवन सुन्न, बुझ्न, जनावरहरूलाई पछ्याउन र बन्दुक पड्काउन, सबै चीज ।
तर, प्रायः कुनै दोस्रो शिकारीले फायर गर्ने र लेनिन हेरेको हेरै हुने भइरहन्थे । एकचोटि शरद्मा उनी स्यालको शिकारमा गएका थिए । शिकारीहरूले जङ्गलको धेरैजसो भागमा राता झन्डाहरू गाड्थे । स्यालहरू ती झन्डा देखेर भाग्थे र बाहिर निस्कने बाटो खोज्थे । त्यसबेला पनि यस्तै गरिएको थियो । एकातिरबाट शिकारीहरू चिच्याउँदै थिए । स्यालहरूलाई बाहिरिने बाटोतिर भगाइरहेका थिए । लेनिन हातमा बन्दुक थामेर उभिएका थिए । भर्खरै फायर गर्ने मौका मिले पनि हुन्थ्यो भनी लेनिन सोचमग्न थिए । अचानक चमत्कारजस्तै भयो । उनको अघिल्तिर देवदारको रुखपल्तिर एउटा स्याल निस्कियो । स्याल निकै सुन्दर थियो । चम्किलो रातो रङ, लाम्चो थुतुनो र सुन्दर झुसे पुच्छर । त्यो सीधै उनीतिर आइरहेको थियो । तर, उनले फायर गरेनन् । त्यो औधी सुन्दर थियो । त्यो दिन पनि आजजस्तै हिउँ परेको थियो । घाम लागेको थियो र चम्किलो थियो ।
लेनिन त्यो घटना सम्झेर मुस्कुराए । अहिले गाडीको पाङ्ग्राको आवाज सायद बाटोका कारण मधुर भएको थियो । बिस्तारै साँझ पर्दै थियो । अँध्यारो फैलिरहेको थियो । जङ्गलमाथि उज्यालो हँसियाजस्तै चन्द्रमा बलिरहेको थियो ।
घरमा झ्यालबाट क्रुप्सकायाले पनि त्यो सानो हँसिया हेरिन् र मरिया इल्यीनिच्नासँग भनिन्, “आज चाडबाडझैँ रमाइलो छ । हेर त, चन्द्रमा पनि कति सुन्दर देखिन्छ ।”
“भोलोद्याको स्वास्थ्य सुध्रिएकोले यस्तो लागेको हो । यसो सोच त, शिकारमा पनि जान थालेका छन् । अचम्मै छ, हैन ?” मरिया इल्यीनिच्नाले जवाफ फर्काइन् ।
“याद छ, नयाँ वर्षको अवसरमा उनी खूब हाँसेका थिए नि ? पहिलाजस्तै ।”
उनीहरूले केही दिनअघि गोर्कीमा मनाएको नववर्षको पर्व सम्झन थाले । त्यतिबेला ठूलो कोठीमा नववर्ष वृक्ष पनि सजाइएको थियो । आसपासका राजकीय फर्म र कर्मचारीहरूका बालबच्चाहरूको लागि । लेनिन केटाकेटीहरूसँग खूब हाँसखेल गरेका थिए । उनीहरूले मरिया इल्यीनिच्नाले पियानो बजाएको पनि सम्झे । लेनिन सङ्गीत सुनेर अत्यन्त भावविभोर भएका थिए ।
आजको दिन लेनिनलाई सुखद क्षणहरूमात्र सम्झिरहन रहर लागेको थियो । उनी शीतकालीन वनबाट अत्यन्त उल्लासपूर्ण मुखमुद्रामा घर फर्के । उनका गाला गुलाबी भएका थिए । आँखाहरू अद्भुत रूपले चम्किरहेका थिए । चिसो हावा, शिकार र गाडीको यात्राले उनी ताजा र फूर्तिला भएका थिए । तर, अब आराम गर्न जरुरी थियो । डाक्टरहरूले लेनिनमाथि हरप्रहर नजर राख्थे । नचाहँदा नचाहँदै पनि एकै घन्टा भए पनि बिस्तरामा पल्टिनै पथ्र्यो ।
लेनिनले आराम गरुञ्जेल क्रुप्सकाया र मरियाले आपसमा कुराकानी गरेनन् । केवल मुखमा चोर औँला राखेर एकअर्कालाई चेताउँदै रहे – इश्श्श… भोलोद्या जाग्लान् !
दुवैको मनमा एक प्रकारले कुँजिएकै भए पनि मुक खुसी थियो । उनीहरू आशापूर्ण नजरले भविष्यतर्फ हेरिरहेका थिए । डाक्टरहरूले आशै आशाका कुरा गर्थे ।
एकजनाले त केही दिन अगाडि भनेका थिए –
“सायद वसन्तसम्म पूर्णरूपमा स्वस्थ हुनुहुनेछ ।”

लेनिनलाई यो कथा असाध्यै मनपथ्र्यो । यो कथामा उनलाई कुन कुराले छुन्छ, क्रुप्सकायालाई थाहा थियो । साहस, दृढता, जिउने रहर, हार नमान्ने सङ्कल्प ।
लेनिनले पनि हार मानेका थिएनन् । आजको कथाले उनको मनमा उत्पन्न गरेका विचार र भावनाहरू क्रुप्सकायाले बुझेकी थिइन् । तर, जनवरीको त्यो साँझ लेनिन अब डाँडामाथिका घाम हुन् भन्ने उनले कल्पनासम्म गरेकी हुँदी हुन् कि ।
व्यथाको नयाँ आघातले एकाएक र अत्यन्त निर्ममतापूर्वक हमला ग¥यो । यो अन्तिम र घातक हमला थियो ।

प्रत्येक साँझ क्रुप्सकायाले लेनिनलाई केही न केही पढेर सुनाउँथिन् । उनले दैनिक ‘प्राभ्दा’ पढेर सुनाउन थालिन् । यतिबेला उनले ज्याक लन्डनको कथा सुनाइरहेकी थिइन् ।
लेनिन आराम कुर्सीमा बसेका थिए । विचारमा हराउँदै उनले चिम्सा आँखाले झ्यालतिर हेरिरहेका थिए । त्यहाँ हिउँले ढाकेको पार्क थियो । पार्क देखिएको थिएन । भीषण जाडोले गर्दा झ्यालका सिसाहरूमा शीत जमेको थियो ।
क्रुप्सकायाले कथा पढेर सुनाइरहेकी थिइन् । त्यसको शीर्षक थियो ‘जीवनप्रतिको प्रेम’ । भोकले तड्पिरहेको व्यक्ति बर्फिलो मरुभूमिबाट बाहिरिने कोसिस गरिरहेको छ । ऊ असाध्यै थाकेको छ । कमजोर भएको छ र अगाडि बढ्न सकिरहेको छैन । नजिकै एउटा रोगी र मर्नै लागेको स्याल पनि रिँगिरहेको छ । स्याल र मानिसबीच लडाइँ सुरु हुन्छ । कसले जित्ला ? स्यालले त जित्ने होइन ? अहँ ! जीत मानिसको नै भयो । आफ्नो मरिन्छ कि भन्ने अकल्पनीय त्रासले उसलाई अद्भूत शक्ति दिएको थियो । कथाको मूल पात्रको एउटा लक्ष्य थियो – जहाज । बर्फिलो मरुभूमिको किनारमा समुद्री तटनिर जहाज देखिन थालेको थियो । त्यहाँ जीवन थियो । ऊ अगाडि बढ्दै गयो ।
लेनिनलाई यो कथा असाध्यै मनपथ्र्यो । यो कथामा उनलाई कुन कुराले छुन्छ, क्रुप्सकायालाई थाहा थियो । साहस, दृढता, जिउने रहर, हार नमान्ने सङ्कल्प ।
लेनिनले पनि हार मानेका थिएनन् । आजको कथाले उनको मनमा उत्पन्न गरेका विचार र भावनाहरू क्रुप्सकायाले बुझेकी थिइन् । तर, जनवरीको त्यो साँझ लेनिन अब डाँडामाथिका घाम हुन् भन्ने उनले कल्पनासम्म गरेकी हुँदी हुन् कि ।
व्यथाको नयाँ आघातले एकाएक र अत्यन्त निर्ममतापूर्वक हमला ग¥यो । यो अन्तिम र घातक हमला थियो ।
२१ जनवरी, १९२४ को साँझ ६ बजेर पचास मिनेट जाँदा गोर्कीमा लेनिनको प्राण गयो ।
अनुवाद ः माधव अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *