भर्खरै :

जनतालाई प्राथमिकता’ एवम् ‘निःस्वार्थरूपले जनताको सेवा गर्ने भावना’ को विजय

नेपाल मजदुर किसान पार्टी र अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को तर्फबाट कोभिड–१९ को महामारीको रोकथाम र नियन्त्रणको सन्दर्भमा आयोजित ‘कोभिड १९ महामारीविरुद्धको लडाइँको क्रममा समाजवादको विकासः सिद्धान्त, संस्थाहरूको निर्माण र अभ्यासबारे’ को अनलाइन सम्मेलनको पूर्ण सफलताको कामना गर्दछु । नेमकिपाको केन्द्रीय सदस्य र बाग्मती प्रदेशसभा सदस्यको नाताले यो महत्वपूर्ण अनलाइन सम्मेलनको सह–संयोजनका निम्ति चिनियाँ कम्युनिस्ट पार्टीप्रति आभार व्यक्त गर्दछु ।
कोभिड–१९ को महामारीको रोकथाम र नियन्त्रणमा चीन, क्युवा, भियतनाम, प्रजग कोरिया र भारतको केराला प्रान्तका नेतृत्वहरूले गर्नुभएको साहस, योग्यता र बुद्धिमत्ताको प्रदर्शनले निश्चय पनि नाफामा चल्ने पुँजीवादभन्दा ‘जनतामा केन्द्रित’, ‘जनतालाई प्राथमिकता’ एवम् ‘निःस्वार्थरूपले जनताको सेवा गर्ने भावना’ को विजय भएको स्पष्ट छ ।
सत्य के हो भने, नवनाजीवादी ट्रम्प, बोल्सोनारो र मोदीको कोभिड–१९ महामारीको रोकथाम र नियन्त्रणमा देखिएको बेवास्ता (गैरजिम्मेवारी) र उल्टै जनताको दुःखको बेला नाफाको व्यापारको दृष्टिकोण र व्यवहारले पुँजीवादलाई २१ औँ शताब्दीमा झन् उदाङ्ग्याएको छ ।
चीनविरुद्ध संरा अमेरिकाले हिजो पनि शीतयुद्ध सुरु गरेको थियो भने त्यो आज पनि जारी छ । सन् १९८१ मा प्रकाशित र डीन क्रुत्जद्वारा लिखित ‘अन्धकारका आँखाहरू’ मार्पmत शीतयुद्ध सुरु गरियो । तिब्बतको उपद्रव र थेनआनमन चोकको समाजवादविरोधी प्रतिगामी उपद्रवपछि संरा अमेरिकी साम्राज्यवादले सोभियत सङ्घको ठाउँमा चीनलाई आप्mनो शत्रुमा राख्यो । ‘गोर्की–४००’ भाइरस भनिएको त्यस पुस्तकको नयाँ संस्करणमा सोभियत सङ्घको ठाउँमा चीन र गोर्कीको ठाउँमा ‘उहान–४००’ को रूपमा प्रकाशित गरियो । यसबाट थाहा हुन्छ, ‘उहान भाइरस’ को नाउँबाट चीनमाथि रसायनिक र जीवाणु हतियारको आरोप लगाउने योजना अमेरिकी केन्द्रीय गुप्तचर विभागको धेरै वर्ष पहिलेकै षड्यन्त्र थियो ।
सन् २०१९ को अक्टोबरमा चीनको उहानमा विश्व सैनिक खेल भएको थियो । संरा अमेरिकी सेनाको पनि त्यसमा सहभागिता थियो । डिसेम्बरको अन्त्यतिर कोभिड–१९ वा नोबेल कोरोना भाइरसको सङ्क्रमण फैलियो । सन् २०१९ को अगस्टमा फोक्सोको निमोनिया वा अज्ञात रोग संरा अमेरिकामा फैलिएको थियो । त्यो रोग फैलिनु अगाडि सुरक्षा अभाव देखाएर अमेरिकी सेनाको प्रमुख जीवशास्त्रीय प्रयोगशाला पूर्णतः बन्द गर्ने आदेश दिइएको थियो । प्रयोगशाला बन्द गरिएको केही समयपश्चात् कथित ‘ई–चुरोट’ को सङ्क्रमण फैलिएको थियो ।
अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का निर्देशक रोबर्ट रेडफिल्डले संसद्को एउटा बैठकमा कोरोना भाइरस पहिले अमेरिकामै देखिएको र त्यसलाई फ्लु भनिएको बताए । साथै, अमेरिकी सैनिक प्रयोगशाला ‘पूर्णतः बन्द’ गराउन आदेश दिनुको कारण चुहावट हुनु नै हो । यसले थाहा हुन्छ कि अमेरिकी राष्ट्रपति ट्रम्पले ‘चीनको भाइरस’, ‘उहान भाइरस’ भन्नुको कारण चीनविरोधी अपराधबाट पीडित हुनु नै हो । चीनलाई अनेक धम्की दिँदै र निहुँ खोज्दै आपूmले सुरु गरेको व्यापार युद्धमा ट्रम्प प्रशासन असफल भयो । त्यसपछि चीनलाई कोभिड–१९ फैलाएको आरोप लगाउँदै गर्दा आफ्नो पापको घैँटो फुटेपछि आफ्ना वैज्ञानिक, विशेषज्ञ र बुद्धिजीवीहरूले चीनमाथिको आरोपमा असहमति जनाउँदा पनि जिद्धि भएर राष्ट्रपति ट्रम्प आफ्नो इज्जत आफैले फाल्दै छ ।
आजको यो चुनौतीपूर्ण घडीमा चीन र चिनियाँ कम्युनिस्ट पार्टीले निर्वाह गरिरहेको सहयोगात्मक भूमिका प्रशंसनीय छ । महामारीसँग लड्दाको अनुभव चीनले विश्व समुदायसमक्ष इमानदारीपूर्वक राखेर ठूलो गुण लगाएको विश्व समुदाय अनुभव गर्दै छ । विश्वका मानिसहरूको जीवन रक्षा गर्ने हेतुले चीनले समस्यामा परेका देश र मानिसहरूलाई उपलब्ध गराइरहेको स्वास्थ्य सामग्री एवम् उपकरण तथा स्वास्थ्य जनशक्ति सहयोग विश्वका निम्ति आशाको किरण साबित भएको छ । सङ्कटको यो बेला विश्वका जनतालाई सहयोग गर्ने र महामारीविरुद्ध लड्न विश्वलाई एकताबद्ध गर्ने चिनियाँ राष्ट्रपति सि चिङ फिङको विचार तथा चीनको नीतिप्रति हामी हार्दिक समर्थन तथा ऐक्यबद्धता व्यक्त गर्दछौँ । राष्ट्रपति सिले शीतयुद्ध या सैन्ययुद्धको पक्षमा चीन नभएको घोषणा गरेर सिङ्गो विश्व र विश्वशान्ति तथा मानव समुदायको भविष्यका लागि अत्यन्त सुखद् एवम् महत्वपूर्ण सन्देश दिनुभएकोमा हामी खुसी छौँ ।
नेपालको सन्दर्भमा कोभिड–१९ महामारी फैलिनुअगाडि नै तत्काल नेपाल–भारत सीमामा सम्भावित नेपाल प्रवेशलाई ध्यानमा राखेर परीक्षण, क्वारेन्टिन, अस्पताल र उपचारको बन्दोबस्त गर्न, निर्वाचनमा खटाइएका शासक दलका कार्यकर्ताहरूलाई स्वयम्सेवक बनाई सेवा गराउन सके देशमा कोरोना रोकथाम र नियन्त्रण गर्न सकिने सल्लाह, सुझाव र उपाय नेमकिपाले सुझाएको थियो ।
तर, प्रमुख प्रतिपक्ष दल, केही उद्योगपति र व्यापारीहरूको सल्लाहमा विदेशबाट मानिस ओसार्ने र सीमा खुला गर्ने सरकारको नीतिले आज नेपालमा कोरोनाको सङ्क्रमण बढ्दै छ र काठमाडौँ उपत्यकामा र भक्तपुर अन्य जिल्लाको तुलनामा झन् सङ्कटग्रस्त छ ।
कोभिड–१९ विरुद्धको सङ्घर्षमा हासिल गरेको अनुभव र अभ्यासबारे यहाँ उल्लेख गर्नु सान्दर्भिक ठान्छु । भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरू रात–दिन जनताको घर–घरमा पुगी कोभिड–१९ महामारीबारे सचेत पार्ने काम गर्दै छन् । आवश्यक स्वास्थ्य सामग्रीलगायत विभिन्न सामग्री उपलब्ध गराउने कार्य भइरहेको छ । यसै सिलसिलामा वडाध्यक्ष र वडासदस्य साथीहरू आफै सङ्क्रमित भई उपचार र एकान्तवासमा बसेका छन् ।
महामारी रोकथामका निम्ति प्रचार कार्य, परीक्षण र ७५ शøयाको क्वारेन्टिनको बन्दोबस्त भक्तपुर नगरपालिकाले गर्नु र नियमित सरसफाइ एवम् औषधि छर्ने कामले जनतामा सकारात्मक सन्देश पनि गएको छ ।
मन्दिर, भजन, भोजभतेर जात्राले पनि कोभिड–१९ को महामारी फैलिन सहयोग गरेको देखियो । यसकारण सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने, साबुन–पानीले हात धुनेबारे जनतालाई सचेत पार्दै लगेको छ । तर, व्यापारी र उद्योगपतिहरूको दबाबले बन्दाबन्दी (लकडाउन) लाई फिर्ता लिँदा सङ्क्रमण बढेको देखिन्छ ।
गरीब र बेरोजगारहरूको बन्दोबस्त गर्न प्रदेश र स्थानीय निकायहरूलाई पहिले नै तयारी अवस्थामा राखेको भए गरीब जनतालाई अरूको भरमा पर्नुभन्दा ‘काम गरी खाने’ स्वयम् एक प्रतिष्ठाको विषय बन्ने थियो ।
नेमकिपाले पुनः यसबारे देशभरि प्रचार गर्दै जाने अवगत गराउन चाहन्छु ।
यसै अवसरमा केही समयअगाडि चिनियाँ कम्युनिस्ट पार्टीद्वारा पठाइएको मास्क उपहार भक्तपुर नगरपालिकामार्पmत विभिन्न अस्पताललाई वितरण गरिएको जानकारी गराउन पाउँदा हर्षित छु । अन्तमा पुनः एकपटक यस अनलाइन सम्मेलनको पूर्ण सफलताको कामना गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *