भर्खरै :

आइसोलेसनका चौध दिन

कोरोना भाइरस (कोभिड–१९) लाई विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले विश्वव्यापी महामारी (प्यान्डामिक) घोषणा गरिसकेको छ । कोभिडबाट सङ्क्रमित वा आशङ्का गरिएका मानिसलाई अरू मानिसबाट अलग राख्न संसारका सबै देश र क्षेत्रका सरकारले कडा कदम चालेका छन् । अलग राखिएका बिरामीलाई कोही आफन्त वा परिवारलाई भेट्न दिइँदैन । उनीहरूले आपसमा मोबाइलबाट मात्र कुराकानी गर्नसक्छन् ।
अध्ययन–अनुसन्धानले अलग बसेका (आइसोलेसन) सङ्क्रमितले मानसिक तनाव अनुभव गरेको देखाएको छ । जसले सङ्क्रमित व्यक्तिमा व्यवहारिक र मनोवैज्ञानिक प्रभाव पर्ने गर्छ । अलग बस्नु अर्थात् आइसोलेसनमा बस्नु भनेको सामान्य दिनचर्याबाट अलग हुनु हो । जसले मानिसलाई भयग्रस्त, निराश, उकुसमुकुस, तुरून्तै मुड परिवर्तन हुने अवस्थामा पु¥याउँछ ।
जब तपाईँ बिरामी पर्नुहुन्छ, तपाईँको परिवार वा नजिकको मानिसबाट हेरविचार होस् भन्ने तपार्इँको स्वाभाविक चाहना हुन्छ । तर, निर्दयी कोभिड–१९ ले तपाईलाई अनिश्चयको भयको मुठीमा कैद गरी एकान्तिकतातर्फ धकेल्ने गर्छ । रोग निको हुने हो कि होइन, म मर्छु कि बाँच्छु होला जस्ता अनेकन प्रश्नले दिमागलाई एकछिन शान्ति दिंदैन ।
मेरो स्वास्थ्यसम्बन्धी जानकारी मेरो लागि बरदान र श्राप दुवै भयो । स्वास्थ्यसम्बन्धी जानकारीकै कारण म आफ्नो शरीरमा आउने हरेक परिवर्तनका कारण खोज्ने गर्छु, त्यसको विश्लेषण गर्ने प्रयास गर्छु । कोभिडका बिरामीहरूलाई रोगको लक्षण देखापरेको १० वा १४ दिनभित्र सिटोकिन भनिने अवस्थामा फोक्सोमा थप भार गर्न गई अवस्था बिग्रने सम्भावना भएको मैले थाहा पाएँ ।
म भक्तपुरको च्याम्हासिंहस्थित जनस्वास्थ्य सेवा केन्द्रको आकस्मिक कक्षमा काम गर्ने स्टाफ नर्स हुँ । सुरुमा मलाई ढाड दुख्ने समस्या भयो । त्यो कोभिडको दुर्लभ लक्षण हो । पछि मलाई निकै थकान महसुस भयो । बाह« घण्टाभित्र मलाई ज्वरो र टाउको दुख्न थाल्यो । पछि मलाई रुघा लाग्यो, खोकी लाग्यो । साथै श्वास फेर्न केही कठिनाइ पनि अनुभव भयो । यी सबै रोगका लक्षण देखिएपछि मैले चिकित्सकसँग परामर्श लिने निर्णय गरेँ ।
चिकित्सकले मलाई मेरो मुख्य समस्या र लक्षणबारे सोधपुछ गर्नुभयो । विगतको मेरो स्वास्थ्य अवस्थाबारे पनि उहाँले सोध्नुभयो । सोधपुछपछि उहाँले कोभिड–१९ परीक्षण गराउन भन्नुभयो । परीक्षण(स्वाब दिए) पछि मलाई घरमा क्वारेन्टिनमा बस्न सल्लाह दिनुभयो ।
घरमै क्वारेन्टिन बस्ने क्रममा फोक्सोको कार्यक्षमता बढाउन शरीरको विभिन्न पोजिसन मिलाएर सुतेँ । मैले मेरो तापक्रम, पल्स रेट, अक्सिजन स्याचुरेसन आदिको नियमित रेकर्ड राखेँ । साथै बान्ता आउला जस्तो असजिलो अवस्था, शरीरको दुखाइ र टाउको दुखाइका सबै असजिला अवस्थामा ध्यान दिएँ । चिकित्सकसँग नियमितरूपमा सम्पर्कमा बसें ।
घरमा क्वारेन्टिन बसेको केही दिनपछि मलाई कोभिड–१९ भएको खबर पाएँ । मेरो रिपोर्ट पोजिटिभ आयो । त्यसपछि मेरो मोबाइलमा लगातार विभिन्न व्यक्तिको फोन आयो । पहिलो कल म काम गर्ने जनस्वास्थ्य सेवा केन्द्रबाट आयो । त्यसपछि टेकु अस्पताल, भक्तपुरको जिल्ला स्वास्थ्य कार्यालय, चाँगुनारायण नपा र मेरै वडाका जनप्रतिनिधिको फोन आयो । लगातारको कलले म झन् आत्तिएजस्तो अनुभव भयो । केही समयमै मलाई ब्रह्मायणीस्थित भक्तपुर नपाद्वारा सञ्चालित आइसोलेसन सेन्टरमा लान एम्बुलेन्स आइपुग्यो । म जान एक दिनअघि मात्र भक्तपुर नपाले त्यो आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको थियो ।
आइसोलेसन केन्द्रमा तीन वटा अलग अलग वार्ड थिए–ज्येष्ठ नागरिक वार्ड, महिला वार्ड र पुरुष वार्ड । आइसोलेसन केन्द्रमा म २१ औँ नम्बरको सङ्क्रमित थिएँ । त्यहाँका नर्सिङ स्टाफहरूले मलाई हार्दिक स्वागत गरे । केन्द्रमा कार्यरत स्टाफहरूले साथीजस्तै व्यवहार गरे । सबैजनाको राम्रो हेरविचार गरे । तर, खाँचो पर्दा उनीहरूले कडाइ पनि गरे । मलाई नियमित खान केही औषधि उपलब्ध गराइयो । जस्तैः ज्वरोको औषधि (एन्टीपाइरेटिक), भिटामिन सी आदि । त्यो सबै सङ्क्रमितको लागि दिइने औषधि हो । मलाई आइसोलेसनका नियम, समय तालिका र आइसोलेसनमा गर्नुपर्ने नियमित गतिविधिबारे जानकारी दिइयो । अनि एक थान स्यानिटाइजर, एउटा रुमाल र दैनिक रूपमा खाँचो पर्ने केही भाँडाकुँडा उपलब्ध गराइयो । ती सामानसहित मलाई महिला वार्डमा लगियो ।

आइसोलेसनका अधिकांश दिनहरू उकुसमुकुसमै बिते । कतिबेला त आफूलाई सम्हाल्नै सक्दिनँ । त्यसले मलाई निकै अत्याउँथ्यो । आइसोलेसन केन्द्रका चिकित्सक र स्वाथ्यकर्मीहरूको परामर्शमा मनमनै प्रार्थना गरेर, नकारात्मक सोच धपाएर, केही हल्का शारीरिक व्यायाम गरेर म आफूलाई सकेसम्म सकारात्मक बनाउने प्रयास गर्थें । मैले कोभिडसँग सम्बन्धित अनुसन्धान पत्र र समाचारहरूका साथै केही उपन्यासहरू पनि पढेँ ।
चौध दिनपछि क्रमशः रोगका लक्षणहरू हराउन थाले । म मानसिकरूपमा बलियो हुँदै गएँ । अन्ततः आइसोलेसन केन्द्रबाट बिदा भएर घर जाने दिन आयो ।

कोठामा एक्लै हुँदा मनमा एक्लोपना र अल्छीपना अनुभव भयो । बाँकी संसारबाट अलग भएजस्तो अनुभव भयो । वार्डमा अरू पनि बिरामीहरू थिए । उनीहरू आफ्नो अल्छीपना चलचित्र हेरेर मार्दै थिए । केन्द्रमा वाईफाईको व्यवस्था भए पनि वाईफाई नटिप्दा हामीलाई गीत सुनाएर मनोरञ्जन गराउने व्यवस्था गरिएको थियो ।
हरेक दिनको कार्यतालिका फरक–फरक हुन्थ्यो । कोठामा बारम्बार ओहोरदोहोर गर्न नपरोस् भनी आइसोलेसन केन्द्रमा कार्यरत नर्सहरूले विभिन्न हेरचाहका काम सकेसम्म समन्वयात्मक रूपमा थोरै पटक गरेकोमा मलाई आश्चर्य लागेन । यसो गर्नुको मूल अभिप्राय भनेको बिरामीसँग सकेसम्म सम्पर्क कम गर्नु थियो । त्यसले सङ्क्रमितबाट कुनै पनि किसिमको लसपस हुन कम गर्नुको साथै व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) लगाउने र फुकाल्ने झन्झट पनि कम गथ्र्यो ।
अलग बसेको व्यक्ति भएकोले उनीहरूले मैले चाहेजस्तो सबै चाहना पूरा गर्न नसक्नु स्वाभाविक थियो । उदाहरणको लागि मैले चाहेका केही खाजा र स्वस्थबद्र्धक पेय पदार्थ त्यहाँ उपलब्ध थिएन । यसले मनमा एक प्रकारको हतासभावना जाग्थ्यो । तर, आइसोलेसन केन्द्रका आफ्नै नियमहरू छन् । आइसोलेसन बस्दा पालना गर्नुपर्ने निश्चित दायित्व पनि हुन्छ । यसरी आफूले चाहेको कुरा पाउन नसक्दा आइपर्ने असजिलो भावनालाई जित्न त्यहाँ सङ्गीत, ध्यान र चिकित्सकहरूको परामर्श सेवा उपलब्ध थियो ।
आइसोलेसनका अधिकांश दिनहरू उकुसमुकुसमै बिते । कतिबेला त आफूलाई सम्हाल्नै सक्दिनँ । त्यसले मलाई निकै अत्याउँथ्यो । आइसोलेसन केन्द्रका चिकित्सक र स्वाथ्यकर्मीहरूको परामर्शमा मनमनै प्रार्थना गरेर, नकारात्मक सोच धपाएर, केही हल्का शारीरिक व्यायाम गरेर म आफूलाई सकेसम्म सकारात्मक बनाउने प्रयास गर्थें । मैले कोभिडसँग सम्बन्धित अनुसन्धान पत्र र समाचारहरूका साथै केही उपन्यासहरू पनि पढेँ ।
चौध दिनपछि क्रमशः रोगका लक्षणहरू हराउन थाले । म मानसिकरूपमा बलियो हुँदै गएँ । अन्ततः आइसोलेसन केन्द्रबाट बिदा भएर घर जाने दिन आयो ।
भक्तपुर नगरपालिकाले जे जति व्यवस्था र बन्दोबस्त गरेको छ, त्यो निकै राम्रो लाग्यो । आइसोलेसन केन्द्र भनेको बिरामीलाई जोगाउनमात्र होइन, उनीहरूका घर परिवार र आफन्तलाई पनि सङ्क्रमणबाट जोगाउन बनाइएको हुन्छ । आइसोलेसन केन्द्रका नियमहरू जो कोहीले पनि पालना गर्न जरुरी छ ।
यो समयमा मैले आफूलाई बलियो बनाउन प्रयास गरेँ । मैले मेरो इच्छाशक्तिलाई कमजोर बनाएर आफूलाई अझ कमजोर बनाइनँ । अहिले पनि मैले नियमितरूपमा तातो पानी र झोल पदार्थ खाने गरेको छु । पसिना नछुटुञ्जेल शारीरिक व्यायाम गर्ने गर्छु । साथै केही श्वासप्रश्वासका अभ्यास पनि नियमित गर्ने गरेको छु ।

One response to “आइसोलेसनका चौध दिन”

  1. Mohan says:

    I would like to thanks entire Bhaktapur Nagar Palika. I proud of Bhaktapur

Leave a Reply

Your email address will not be published. Required fields are marked *