भर्खरै :

दसैँभित्रको राजनीति

आज विजया दशमी । अधिकांश नेपालीहरूले मनाउने यो चाडलाई देशकै सबभन्दा ठूलो चाड मानिन्छ । विविध भाषा, संस्कृति र धर्मको देश नेपालमा लामो समयदेखि हिन्दु शासकहरूले शासन गर्दा दसैँ–तिहारजस्ता हिन्दु चाडबाडले विशेष प्राथमिकता पाएको देखिन्छ । हिन्दु धर्मावलम्बीले मात्र होइन, हिन्दुकरण भएका अन्य विभिन्न समुदायले पनि यो चाडलाई धुमधामसँग मान्ने गरेका छन् । राज्यसत्ताको दमनबाट जोगिन अन्य समुदायले पनि यो चाडलाई अवलम्बन गरेको देखिन्छ । शासकले मनाएको चाड नै मुलधारको चाड र उत्सव हुने संसारभरकै नियति हो । नेपाललाई ‘असली हिन्दुस्तान’ बनाउने पृथ्वीनारायण शाहको चाहनादेखि राजा महेन्द्रको ‘राष्ट्र’ बनाउने अभियानले दसैँलाई सबै नेपालीको चाडको रूपमा स्थापित गरियो । दसैँलाई ठूलो चाड बनाउन राणा प्रधानमन्त्रीहरू पनि यो समयमा ‘जुवा फुकाउँथे’ । अर्को शब्दमा तत्कालीन शासकहरूले दसैँलाई अरू समुदायमाथि सांस्कृतिक दमनको औजारको रूपमा समेत प्रयोग गरेका थिए ।
कुनै पनि खालको उत्पीडनबाट मुक्त समाज नै वास्तवमा सभ्य र लोकतान्त्रिक समाज हो । इतिहासले बोकाएको त्यो उत्पीडनले आजको लोकतान्त्रिक व्यवस्थामा कदापि निरन्तरता पाउनु ठीक होइन । दसैँ वा अमुक कुनै एउटा चाडलाई बढी प्राथमिकता वा ठूलो देखाउने हिजोका शासकहरूले गरेका कामले यतिबेला निरन्तरता पाउनु हुन्न । बरु सबै समुदायका सांस्कृतिक उत्सव र निधिलाई राज्यले समान प्राथमिकता दिई राज्यका पदाधिकारीहरू कुनै पनि धार्मिक आस्थाबाट निरपेक्ष हुनसक्नुपर्छ । संविधानमा उल्लेखित धर्मनिरपेक्षताको मूल आशय पनि यही हो ।
विडम्बना ! नेपालका शासक वर्गले हिजोकै सांस्कृतिक पथलाई निरन्तरता दिइरहेका छन् । उनीहरू अमुक धर्म वा आस्थाको तुलो गहुँगो बनाई अन्य समुदायमाथि अझै विभेदको अनुभूति गराइरहेका छन् । लोकतन्त्र र गणतन्त्र स्थापना भए पनि शासक वर्गमा त्यहीअनुसारको व्यवहारको अभावले शासकहरूको अनुहार फेरिएको छ, राजनीतिक पद्धति अझै फेरिन सकेको छैन । कुनै एउटा आस्थालाई राज्यका पदाधिकारीबाट जोड दिने र अरूले राज्यबाट त्यही अनुसारको प्राथमिकता नपाउने अवस्थामा राज्य स्वयम् विभेदकारी भएको ठहरिन्छ ।
सबै नेपाली जनताको साझा नेपाल सेनामा दसैँको अवसरमा विभिन्न गतिविधि गरिन्छ । सबै नेपाली जनताले नमान्ने दसैँमा राष्ट्रिय सेनाभित्र यसरी दसैँ मान्नु विभेदको अर्को नमुना हो । ‘असली हिन्दुस्तान’ का पक्षपाती शासकहरूले जग बसालेका भए पनि आजको नेपाली सेना ‘असली हिन्दुस्तानी’ बनाउन बनेको सेना होइन । यो सबै नेपाली जनताको सेना हो । त्यसकारण सेनामा एकाध समुदायको पल्ला भारी बनाउने कुनै पनि खालका गतिविधिलाई निरुत्साहित गर्दै जान आवश्यक छ ।
सरकारमा पद ओगटेर बसेका पदाधिकारीहरूले दसैँमा टीका लगाउने चलन सदाको लागि अन्त्य आवश्यक छ । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र नेताको दैलोमा गएर दसैँमा टीका लगाउने चलन राणाकालीन चाकडी प्रथाकै शिलशिला हो । चाकडी गर्नसक्ने जतिसुकै अयोग्य भए पनि राज्यको सहुलियत र सेवा पाउने विभेदको अन्त्य गर्नुपर्छ । राणाहरूबीच कसको दरबारमा कति चाकडी छन् भन्ने प्रतिस्पर्धा भएजस्तै आजका शासकहरूबीच पनि चाकडीको प्रतिस्पर्धा गर्नु सर्वथा उचित होइन । अझ आफूलाई कम्युनिस्ट भन्ने दल र नेताहरूको निम्ति त यो अझ कदाचित ठीक होइन ।

विडम्बना ! नेपालका शासक वर्गले हिजोकै सांस्कृतिक पथलाई निरन्तरता दिइरहेका छन् । उनीहरू अमुक धर्म वा आस्थाको तुलो गहुँगो बनाई अन्य समुदायमाथि अझै विभेदको अनुभूति गराइरहेका छन् । लोकतन्त्र र गणतन्त्र स्थापना भए पनि शासक वर्गमा त्यहीअनुसारको व्यवहारको अभावले शासकहरूको अनुहार फेरिएको छ, राजनीतिक पद्धति अझै फेरिन सकेको छैन । कुनै एउटा आस्थालाई राज्यका पदाधिकारीबाट जोड दिने र अरूले राज्यबाट त्यही अनुसारको प्राथमिकता नपाउने अवस्थामा राज्य स्वयम् विभेदकारी भएको ठहरिन्छ ।
सबै नेपाली जनताको साझा नेपाल सेनामा दसैँको अवसरमा विभिन्न गतिविधि गरिन्छ । सबै नेपाली जनताले नमान्ने दसैँमा राष्ट्रिय सेनाभित्र यसरी दसैँ मान्नु विभेदको अर्को नमुना हो । ‘असली हिन्दुस्तान’ का पक्षपाती शासकहरूले जग बसालेका भए पनि आजको नेपाली सेना ‘असली हिन्दुस्तानी’ बनाउन बनेको सेना होइन । यो सबै नेपाली जनताको सेना हो ।

संस्कृतिको जग राजनीति भए पनि पुरानो राजनीतिलाई नयाँ राजनीतिले त्याग्दै जान सक्नुपर्छ । कुनै पनि चाडबाडभित्रको दमनकारी र विभेदकारी राजनीतिलाई पाखा लगाएर मात्र हामी अझ अगाडिको बाटोमा फड्को मार्न सक्छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *