भर्खरै :

भक्तपुरको इटापाकोमा भेटिएको लासको पहिचान

भक्तपु्र, ९ कात्र्तिक । आइतबार बिहान भक्तपुर नगरपालिका वडा नं २ इटापाको प्लानिङमा मृत अवस्थामा भेटिएको लास भारतको उत्तरप्रदेश जयन्तीपुर रोड अली मस्जित मुरादावाद घर भई हाल भक्तपुर नपा वडा नं १ इटापाकोस्थित दुवाल मेटल कारखानामा पित्तलको भाडा बनाउने ३५ वर्षका शाहिब हुसैन भएको खुलेको छ ।
महानगरी प्रहरी परिसरले दिएको जानकारीअनुसार सँगै काम गर्ने सलमान खान र सानु अन्सारीले हुसैनको शनिबार हत्या गरेका थिए । शनिबार मृतक सहित अभियुक्त तीन जना बसेर मादक पदार्थ सेवन गरी राति ९ बजे कारखाना फर्किने क्रममा सानु अन्सारीको प्रेमिकाको विषयमा विवाद भए पछि सलमान र सानु मिलेर हुसैनको हत्या गरेका थिए । प्रेमिकाको विषयमा अनुचित शब्द बोलेको भन्दै हुसैनलाई दुवै जनाले ढुङ्गाले अनुहार र टाउकोमा प्रहार गरी हत्या गरेका थिए । मृत अवस्थामा हुसैनको लास प्लानिङ क्षेत्रमा रहेको खोल्साको नरकटघारीमा फालेको प्रहरी अनुसन्धानको क्रममा खुलेको छ ।
लास भेटिएको खबर पाउनासाथ प्रहरी उपरिक्षक तारादेवी थापाको कमान्डमा गएको प्रहरी टोलीले अनुसन्धान थालेको थियो । महानगरीय अपराध महाशाखा टेकु र तालिम प्राप्त कुकुर झिकाई अपराध प्रहरी उपरिक्षक ईश्वर कार्कीको कमान्डले गरेको थप अनुसन्धानबाट मृतकको परिचय खुलेको थियो । सो क्रममा प्रहरी मृतकसँगै काम गर्ने सलमान र सानुको कोठामा पुग्दा त्यहाँ रगत लागेको लुगा, जुत्ता आदि फेला परेको थियो ।
प्रहरीले १९ वर्षका सानु अन्सारी र २३ वर्षका सलमान खानलाई पक्राउ गरेको प्रहरी परिसरका सूचना अधिकारी दिपक अधिकारीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *