सामाजिक सञ्जाल अन्यायको विरोध गर्ने ठाउँ पनि हो
- भाद्र २२, २०८२
चीनका दुई जना वैज्ञानिकहरु भौतिकशास्त्री चाओ चोङसियाङ र औषधि वैज्ञानिक तु योयोले चीनको सर्वोच्च विज्ञान पुरस्कार जितेका छन् । सोमबार प्रतिष्ठित वैज्ञानिक र अनुसन्धानलाई पुरस्कृत गरिने वार्षिक समारोहमा चिनियां राष्ट्रपति सि जिनपिङले उनीहरुलाई सो पुरस्कारबाट सम्मान गरेका थिए ।
चाओले सुपरकन्डक्टिभिटीमा विशेषज्ञता हासिल गरेका छन् भने तुले औषधि विज्ञानमा हासिल गरेको सफलतावापत सन् २०१५ मा नोबेल पुरस्कार जितेकी थिइन् ।
पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री लि खस्याङ,ल्यु युशान र झाङ गोएलीलगायतका चिनियां कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं सरकारका उच्चाधिकारीहरु साथै विभिन्न सरकारी तथा पार्टीका निकायका ३ हजार ३ सय अधिकारीहरुको उपस्थिति थियो । समारोहमा संरा अमेरिका, जर्मनी, फ्रान्सका पांच जना वैज्ञानिकहरु र मेक्सिकोस्थित अन्तर्राष्ट्रिय मकै तथा गहुं सुधार केन्द्रलाई अन्तर्राष्ट्रिय विज्ञान प्रविधि पुरस्कार प्रदान गरिएको थियो ।
Leave a Reply