भर्खरै :

भक्तपुर अस्पतालको विकासबारे

भक्तपुर अस्पतालले बुधबारबाट सघन उपचार कक्ष र आरटी–पीसीआर सेवा थालनी गरेको छ । कोभिड–१९ को सङ्क्रमण काठमाडौँ उपत्यकामा व्यापक भएसँगै नेपाल सरकारको निर्णयअनुसार भक्तपुर अस्पताल ‘कोभिड डेडिकेटेड अस्पताल’ को रूपमा सञ्चालनमा छ । बुधबार सघन उपचार कक्ष र आरटी–पीसीआर सेवाको विस्तारसँगै कोभिड महामारीविरुद्धको लडाइँमा अस्पताल अझ प्रभावकारी ढङ्गले लड्न सक्ने भएको छ । कोभिड सङ्क्रमणको सुरुवाती दिनबाट नै अस्पतालले भक्तपुर जिल्लामा सङ्क्रमितको परीक्षण र उपचारमा भूमिका खेल्दै आएको थियो ।
एक शताब्दी लामो इतिहास बोकेको भक्तपुर अस्पतालले अपेक्षित प्रगति गर्न नसकेको धेरै अघिदेखिको जनगुनासो हो । भक्तपुर अस्पताल बिरामीको उपचारको लागि भन्दा विभिन्न अस्पतालमा बिरामी पठाउने ‘रिफर सेन्टर’ मात्र थियो । भरपर्दो उपचार नपाउने भएकोले अस्पतालप्रति जनविश्वास कम थियो । आकस्मिक उपचारको लागि अस्पताल पु¥याइएका बिरामीको उचित हेरविचार र उपचार नभएको, साधन स्रोतको अभाव भएको, स्वास्थ्यकर्मीहरूको उचित व्यवहार नभएको जस्ता समस्याले अस्पताल बदनाम थियो । विशेषतः आजसम्मका सरकारले अस्पतालको हितलाई भन्दा आफ्नो मान्छे भर्ती गर्ने हेतुले नियुक्ति र भागबन्डा गर्दा अस्पतालको विकास हुन नसकेको स्पष्ट छ । स्वास्थ्यकर्मी र कर्मचारीहरू अस्पतालको सेवा र बिरामीको सुविधाप्रति जिम्मेवार नहुँदा अस्पतालप्रति क्रमशः जनविश्वास गुमाउँदै गएको थियो ।

आज भक्तपुर शिक्षा क्षेत्रमा देशकै नमुना बनेको छ । अब भक्तपुर अस्पताललगायत अन्य अस्पतालहरूको चुस्त सेवा विस्तारले स्वास्थ्य क्षेत्रमा पनि नमुना हुने आशा गर्न सकिन्छ । यसको निम्ति अस्पताल र जनताबीच होस्टेमा हैंसे नगरी भएको छैन । शासक दलहरूले कुनै राजनीतिक पूर्वाग्रह त्यागी अस्पतालको विकासलाई मुख्य ध्यानमा राखी जिम्मेवारी दिन सके अस्पतालको विकासको बाटो अझ फराकिलो बन्दै जानेछ । अस्पताललाई कसैले पनि राजनीति गर्ने थलो नबनाऔँ । अस्पताल दलीय राजनीतिभन्दा माथि हुनुपर्छ । अस्पतालको राजनीति भनेको जनताको सेवा हो ।

तथापि, कोभिड–१९ सँगको लडाइँमा भक्तपुर अस्पतालले खेलेको भूमिकाले जनताको आँखामा अस्पतालको छवि केही सुध्रिएको छ । कोभिड आइसीयुले सर्वसाधारणको मन जित्न सफल अस्पतालमा आरटी–पीसीआर सेवाको बिस्तारले जनविश्वासको परिधि अझ फराकिलो बनाउने आशा जगाएको छ । तर, अस्पतालमा सुधार गर्नुपर्ने अझ पनि धेरै पाटा छन् । अस्पताललाई ‘रिफर सेन्टर’को रूपमा नभई स्वयम्मा सक्षम अस्पताल बनाउन अस्पताल नेतृत्वले अझ मिहिनेत गर्नुपर्ने देखिन्छ । स्थानीय सरकारहरूसँगको समन्वयमा जनताबीच अस्पतालको सेवाबारे विश्वसनीयता बढाउन सक्नुपर्छ । भौतिक पूर्वाधारदेखि अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीहरूको व्यवहारसम्ममा परिवर्तन गर्न सके अस्पतालको एक शताब्दी लामो इतिहासको सार्थकता हुनेछ । प्रदेश सरकारका तहमा रहेको अस्पतालमा आगामी दिनमा थप भरपर्दो सेवा र उपचारले प्रदेशकै उदाहरणीय अस्पताल बन्ने आशा गरौँ ।
आज भक्तपुर शिक्षा क्षेत्रमा देशकै नमुना बनेको छ । अब भक्तपुर अस्पताललगायत अन्य अस्पतालहरूको चुस्त सेवा विस्तारले स्वास्थ्य क्षेत्रमा पनि नमुना हुने आशा गर्न सकिन्छ । यसको निम्ति अस्पताल र जनताबीच होस्टेमा हैंसे नगरी भएको छैन । शासक दलहरूले कुनै राजनीतिक पूर्वाग्रह त्यागी अस्पतालको विकासलाई मुख्य ध्यानमा राखी जिम्मेवारी दिन सके अस्पतालको विकासको बाटो अझ फराकिलो बन्दै जानेछ । अस्पताललाई कसैले पनि राजनीति गर्ने थलो नबनाऔँ । अस्पताल दलीय राजनीतिभन्दा माथि हुनुपर्छ । अस्पतालको राजनीति भनेको जनताको सेवा हो । भक्तपुर अस्पतालले जति जनताको प्रभावकारी सेवा गर्नसक्छ, त्यत्ति नै जनताको विश्वास बन्दै जाने हो । विगतका कमी कमजोरीबाट सिकेर अस्पतालले आगामी बाटोमा अझ प्रगति गर्दै जानेमा जनता आशावादी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *