भर्खरै :

भारतीय कम्युनिस्ट नेता ज्योति बसुको राजनीतिक संस्मरण जनतासँग– ७

भूमिगत जीवन
सन् १९४८ को मार्च २६ । झिसमिसे उज्यालोमै मलाई प्रहरीले पक्राउ ग¥यो । घरमा परिवारका अन्य सदस्य ब्युँझेका पनि थिएनन् । प्रहरीले लर्ड सिन्हा सडकमा रहेको प्रहरीको विशेष विभागमा लिएर गए । पार्टीका धेरै कमरेडहरूलाई त्यहाँ ल्याइसकेको रहेछ । त्यहाँ पुगेरमात्र मलाई कम्युनिस्ट पार्टीको प्रान्तीय समितिलाई अवैधमात्र घोषणा गरिएको रहेनछ, बरु हाम्रो पार्टीको कार्यालयमा पनि सिल गरिएको र पार्टीको दैनिक अखबारसमेत प्रतिबन्ध लगाइएको थाहा भयो । पार्टीका असङ्ख्य कमरेड र साथीहरूलाई घेरा हालेर जथाभावी गिरफ्तार गरिएको रहेछ । विशेष विभागमै मेरो भेट कमरेड गोपाल हल्डरसँग भयो । उनले मलाई देख्नासाथ सोधिहाले, “तपाईँले ओछ्यान ल्याउनुभएको छ कि छैन ?”
“किन ओछ्यान ल्याउनुपर्ने हो र !” जिल्ल परेर मैले सोधेँ ।
तत्कालै जवाफ पनि आयो, “तपाईँले यसअघि जेल जीवन बिताउनुभएको छैन । हामी त जेल जानुपर्दा पुरै तयारी भएर जाने गरेका छौँ किनभने जेल परेपछि कहिले रिहाइ हुने हो, कुनै टुङ्गो हुँदैन ।”
हामीमध्ये केहीलाई दम दममा रहेको केन्द्रीय कारागार चलान गरियो । मलगायत केही साथीहरूलाई प्रेसिडेन्सी कारागारमा पठाइयो । अनि केहीलाई भने अलिपोर कारागारमा चलान गरियो ।
जेलमा मेरो पहिलो अनुभव थियो । यद्यपि मेरो वरपर धेरै परिचित अनुहार थिए । हामी एउटा हलमा लाइनबद्ध हुन्थ्यौँ । हामी सम्भव भएसम्म नजिकका आफन्तजस्तै जीवन बितायौं । खासमा जेलमा मैले निकै सक्रिय दिन बिताएँ । नकारात्मक विचारबाट टाढा रहन म हिँड्ने, विभिन्न खेल लेख्ने र पुस्तक पढ्ने काम गर्थें । केही कमरेडहरू तास पनि खेल्थे । मलाई तास आउँदैनथ्यो, त्यसकारण म उनीहरूको त्यो खेलमा कहिल्यै सहभागी भइनँ । अम्बिका चक्रवर्तीको जेलमा सहज पहुँच थियो । त्यसकारण त्यत्तिबेलाका हाम्रा सबै समस्याको समाधान उनले गर्थिन् ।

भाकपाका संस्थापक नेता मुजफर अहमदलगायत कमरेडहरूसँग ज्योति बसु । (दायाँबाट तेस्रो)


हरेक तीन–तीन महिनामा सुरक्षा समितिका अध्यक्षले पश्चिम बङ्गाल सुरक्षा कानुनअन्तर्गत हामीलाई पक्राउ पुर्जी ठमाउने गर्थे । प्रहरीले मविरुद्ध केही बेतालका र पूर्णतः झूटा आरोप लगाएको थियो । त्यसमध्ये एउटा आरोप बर्माको किसान सङ्गठनले मलाई औपचारिकरूपमा आमन्त्रण गर्नु पनि समावेश थियो । उनीहरूले ममाथि मजदुर आन्दोलन उछालेको पनि आरोप लगाएका थिए । तथापि, समितिले अन्ततः मलाई रिहा ग¥यो । मलाई रिहा हुँदासम्म मैले कारागारमा तीन महिना बिताइसकेको थिएँ । मेरो जीवनको आधार र मेरा ऊर्जा र जीजिविषाका अजस्र स्रोत जनताबाट यो अवधिमा म पूर्णतः अलग र सम्पर्कविहीन थिएँ । जेलको दैनिकीमा अभ्यस्त हुन मलाई कुनै असहजता भएन । तथापि, त्यहाँको बसाइ मेरो लागि पानीबाट निकालेको माछाजस्तै भएको थियो ।
जेल बाहिरको हावामा श्वास फेर्न पनि नपाउँदै प्रहरीले उपरान्त प्रहरीलाई जानकारीबिना मलाई आफ्नो ठेगाना नबदल्न कडा आदेश जारी ग¥यो । पार्टीमाथिको प्रतिबन्ध चालू थियो । घरतिर जाँदै गर्दा प्रहरीले मेरो पिछा छोडेन । दुई जना सादा पोशाकका प्रहरीले मेरो पिछा गरेको थिएन । उनीहरूले मेरा हरेक पाइलामाथि गिद्दे नजर लगाएका थिए । म निकै सजग थिएँ । तर, मलाई यस्तो निगरानी र मेरो गोपनीयतामाथिको हस्तक्षेपले आक्रोशित बनायो ।
सडकमा हिँड्दै गर्दा मैले यताउता नजर डुलाउन थालेँ । मलाई पक्राउ गरिएको बिहान लर्ड सिन्हा सडकतिर प्रहरीको भ्यानमा लगिंदै गर्दा देखेका दृश्यहरू मेरो आँखाअघि डुल्न थाल्यो । प्रहरी भ्यानबाटै मैले गरियाहत सडकमा काङ्ग्रेस सरकारका पूर्वमुख्यमन्त्री डा. प्रफुल्लचन्द्र घोष टहल्दै गरेको देखेँ । सबै घटनाक्रमको लागि जिम्मेवार व्यक्ति त्यही व्यक्ति थिए । कुनै बेला उनले कुख्यात ऐन (जसको हामीले निकै कडाइका साथ लगातार विरोध गरेका थियौँ) जनताको आन्दोलनविरुद्ध कदापि दुरुपयोग नगरिने वाचा गरेका थिए । उनैले यो ऐनको विषयमा मेरो भावनालाई दबाउन र कुठाराघात गर्ने अनि विपक्षी भूमिकालाई कमजोर बनाउन भूमिका खेलेका थिए । मानव अधिकारबारे मेरो गहिरो लगावप्रति उनले कति पनि पर्वाह गरेका थिएनन् । मैले जोडतोडका साथ विरोध गरेर विफल पार्न खोजेको ऐनको आधारमा म स्वयम्लाई कारागारतिर लगिंदै गर्दा मैले उनलाई देख्नु संयोगमात्र थियो त ? मैले यो कुराबारे त्यत्ति नसोच्ने प्रयास गर्दा गर्दै पनि यो संयोगलाई बेवास्ता गरिहाल्न पनि सकिन्न ।
जब हाम्रो पार्टीलाई भूमिगत हुन बाध्य पारियो, मैले अदृश्य हुँदा कस्तो हुने होला भन्ने कौतुहलता जागेको थियो । हामी त्यहीँ छौँ तर हामी देखिनु हुन्न । मेरो सन्दर्भमा म आफू कतै नदेखिनुपर्ने थियो किनभने ममाथि लगातार र कडा निगरानी जतिबेला पनि कायम रहन्थ्यो । मैले सधैँ सजग र सावधान हुनुपथ्र्यो । वास्तवमा मैले निरन्तर गुप्तवासमा चलाख चालबाज बन्नुपथ्र्यो । गोप्य र भूमिगत गहिराइमा लुक्दै जाँदा मैले आफूलाई उभयचरको जीवन बाँचिरहेको अनुभव गरेको थिएँ । एउटा बुझ्न कठिन व्यक्तित्वसहित म कतिबेला वास्तविक जीवनमा प्रवेश गर्थें त कतिबेला त्यसबाट बाहिर निस्कन्थेँ । त्यो निकै जटिल परिस्थिति थियो । हिँड्न त म खुलारूपमै हिँडिरहेको हुन्थेँ । तर, मैले आफ्नो स्वतन्त्रता गुमाएको थिएँ । प्रतिकूल अवस्थाप्रति मलाई खेद भए पनि मैले हिम्मत भने कहिल्यै हारिनँ । म ज्योति बसु हुँ र होइनको एउटा अनौठो अस्तित्व बाँच्ने यत्न गरिरहेको थिएँ ।
बम्बईमा भएको अखिल भारत मजदुर सभा (एआइटीयुसी) को सम्मेलनमा भाग लिने मेरो ठूलो धोको थियो । तर, सम्मेलनमा सहभागी बन्नु प्रहरीले ममाथि थोपरेको परिधिको उल्लङ्घन हुन्थ्यो वा हुँदैन, मलाई निश्चय थिएन । मैले मेरा मित्र अधिवक्ता निरेन देसँग यो विषयमा परामर्श गरें । उनले मलाई हरियो सङ्केत गरँे । म मेरा केही कमरेडहरूसँग रेलबाट बम्बईको यात्रामा निस्कें । बङ्गाल प्रान्तीय मजदुर सङ्गठन (बीपीटीयुसी) का तत्कालीन सभापति मृणाल कान्ति बोस हाम्रो प्रतिनिधिमण्डलका नेता थिए । बम्बईको मेरो यात्रा भने धेरै टाढा पुग्नै पाएन । कारागपुर रेल स्टेसन पुगेर रेल रोकियो । सशस्त्र प्रहरीको टोली हुरिएर हामी बसेको डब्बामा आइपुग्यो । उनीहरू मेरै खोजीमा आएका रहेछन् । उनीहरूलाई म रेलमा यात्रा गरिरहेको गोप्य सूचना दिइएको रहेछ । उनीहरूले मलाई पक्राउ गर्ने पुर्जी बोकेका थिए । बम्बईको मेरो यात्रा बीचमै रोकियो–गन्तव्य पुग्नुभन्दा धेरै अघि नै ।
म चकित भएँ । बिना प्रस्ट आधार मलाई गिरफ्तार गरेकोमा मैले असन्तोष व्यक्त गरेँ । प्रहरीलाई त्यसबारे प्रश्न गरँे । उनीहरूले चित्तबुझ्दो जवाफ दिन सक्ने कुरै भएन । उनीहरूले कोलकोत्ताका आइजीपीको आकस्मिक खबरको आधारमा मलाई गिरफ्तार गरेको जवाफ दिए । रेलबाट मलाई झारियो । स्टेसनमै मलाई दुई घण्टा वाक्क लाग्ने गरी उभ्याइयो । दुई घण्टा पछि प्रहरी अधिकारीले मलाई मदिनापुरमा लगिने जानकारी दिए । केही बेरमा एउटा यात्रुवाहक रेल आइपुग्यो । त्यसमा राखेर मलाई सशस्त्र प्रहरी चौकीमा पु¥याइयो ।

मेरो मुद्दा र भविष्यबारे त्यहाँ सहभागी वकिलहरूले निकै अप्ठ्यारो अनुमान गरिरहेका थिए । मैले मेरा मित्र स्नेहांशुलाई बोलाउन पठाएँ । उनले आवश्यक कागजातको तयारी गरे र आफूले सक्दो सबै प्रयास गरे । तर, हामीलाई हेर्दा पनि नहेरी न्यायाधीशले मेरो निवेदन खारेज गरिदिए । “श्रीमान्, किन हामीतिर एक पल्ट पनि नहेरी यस्तो निर्णय गर्दै हुनुहुन्छ । कम्तीमा हामीतिर एक नजर त लगाउनुहोस् ।”, मैले न्यायाधीशलाई भनेँ । तर, मेरो आग्रहको कुनै सुनुवाइ भएन । उनले मलाई धरौटीमा रिहा गर्न मानेनन् । मलाई अलीपुरको केन्द्रीय कारागारमा पठाइयो ।

भोकाएको र थाकेको अवस्थामा मलाई सीधैं मदिनापुरको अदालतमा पु¥याइयो । त्यहाँका वकिलहरू सबै चकित परे । मलाई मेजिस्ट्रेटसामु उभ्याइयो । त्यहाँ उपस्थित वकिलहरूजस्तै मेजिस्टे«ट आफै पनि मलाई कुन आधार पक्राउ गरियो भनी बुझ्न उत्सुक थिए । सौभाग्यवश मलाई मेजिस्टे«टले त्यही दिन कोलकोत्ता फिर्ता पठाउने निर्णय सुनाए । मलाई इजलास कक्षको बाहिर बार पुस्तकालयमा राखेका थिए । केही समयपछि मलाई फेरि मेजिस्टे«ेटले बोलाए र मलाई एउटा सरकारी आदेश देखाए । त्यो आदेशमा कम्युनिस्ट बन्दीलाई कुनै एक ठाउँबाट अर्को ठाउँमा स्थानान्तरण सशस्त्र प्रहरीले मात्र गर्न सक्ने उल्लेख थियो । झमक्क रात परिसकेको थियो । मलाई कोलकोत्ता पु¥याउन आवश्यक पर्ने प्रहरीको सङ्ख्या त्यहाँ थिएन । त्यसकारण, त्यो रात मदिनापुरमा बिताउनुको अर्को विकल्प नै भएन । मलाई केन्द्रीय कारागारमा पु¥याइयो । त्यहाँ मेरो भेट केही कमरेडहरूसँग भयो । अर्को बिहानको सबभन्दा पहिलो रेलमा मलाई कोलकोत्ता रवाना गरियो । हावडा स्टेसनबाट मलाई सीधै अलीपुर अदालतमा लगियो । बार अदालतमा बस्दै गर्दा नै मैले धरौटीमा रिहाइको लागि निवेदन दिने मैले निधो गरिसकेको थिएँ ।
मेरो मुद्दा र भविष्यबारे त्यहाँ सहभागी वकिलहरूले निकै अप्ठ्यारो अनुमान गरिरहेका थिए । मैले मेरा मित्र स्नेहांशुलाई बोलाउन पठाएँ । उनले आवश्यक कागजातको तयारी गरे र आफूले सक्दो सबै प्रयास गरे । तर, हामीलाई हेर्दा पनि नहेरी न्यायाधीशले मेरो निवेदन खारेज गरिदिए । “श्रीमान्, किन हामीतिर एक पल्ट पनि नहेरी यस्तो निर्णय गर्दै हुनुहुन्छ । कम्तीमा हामीतिर एक नजर त लगाउनुहोस् ।”, मैले न्यायाधीशलाई भनेँ । तर, मेरो आग्रहको कुनै सुनुवाइ भएन । उनले मलाई धरौटीमा रिहा गर्न मानेनन् । मलाई अलीपुरको केन्द्रीय कारागारमा पठाइयो ।
त्यो घटना बिहीबारको दिन भएको थियो । स्नेहांशुले सोमबार फेरि पनि धरौटीमा रिहाइको लागि न्यायाधीश गुहा रोयको कक्षमा निवेदन दिए । यसपटक भने मलाई धरौटीमा रिहाइ गरियो । तर, ममाथि अनेकन बन्देजहरू थोपरिएको थियो । म साताको एक दिन बेल्टाला प्रहरी चौकी (बालीगञ्ज) मा हाजिर हुनुपर्ने भयो । त्यो मेरो लागि नौलो अनुभव थियो । बम्बईको सम्मेलनमा सहभागी बन्ने मेरो निर्णयको कारण यस्तो खराब अवस्था भोग्नुप¥यो भनी मैले महसुस गरेँ । कहीं जानु वा स्टेसनबाट अन्यत्र जानुलाई ठेगाना नबदल्ने सरकारी आदेशको अवज्ञा मानियो । यो प्रतिकूल परिस्थितिमा मेरा मित्रहरू मृगन सेन र स्नेहांशुले निकै ठूलो मद्दत गरे । अदालती कारबाहीको अन्तिम दिन म अदालतमा पुगेँ । मृगन सेनले मेरो मुद्दामा ४५ मिनेट वकालत गरे । मुद्दाको फैसला मेरो पक्षमा भयो । म निर्दोष भएको फैसला भयो ।

युवा ज्योति बसु


ती दिनहरूमा हरेक दिन कोही न कोही साथीहरूलाई गिरफ्तारीमा पर्थे । हामी भूमिगत बसेको ठाउँमा कुनै पनि दिन कुनै पनि समय प्रहरीले छापा मार्नसक्थ्यो र हामीलाई प्रहरी चौकीमा पु¥याइन्थ्यो । निर्दयी सरकारसँग हामी खतरनाक लुकामारी खेल्न बाध्य थियौँ । त्यो प्रतिकूल परिस्थितिबीच मैले पूरा गर्नुपर्ने सकारात्मक जिम्मेवारीबारे म सजग थिएँ । प्रान्तीय पार्टीको गोप्य नेतृत्वले मलाई भूमिगत कमरेड र बाहिर हेर्दा ‘सामान्य’ जीवन बिताइरहेका कमरेडहरूबीच सम्पर्क माध्यमको भूमिका खेल्न निर्देशन दिएको थियो । राज्यसभामा मैले विपक्षी बेन्चबाट आफ्ना कुरा राख्दै गएको थिएँ । सदनमा मैले सरकारका जनविरोधी अपराधको उजागर गर्दै गएँ ।
बङ्गाल–आसाम रेलमार्ग मजदुर सङ्गठनको महासचिवको रूपमा मैले रेलमार्ग मजदुरहरूसँगको अन्तरक्रियालाई पनि जारी राखेँ । मजदुरहरूबीच अझ बलियो साङ्गठनिक आधार र चुस्त सङ्गठन विस्तारमा मैले गम्भीरतापूर्वक लागेँ । दक्षिण भारत रेलमार्ग मजदुर सङ्गठन (गोल्डेन रक) पनि पार्टी मातहत नै थियो । त्यो सङ्गठन अखिल भारत रेलमार्ग मजदुर महासङ्घ (एआईआरएफ) अन्तर्गत थियो । मद्रासका कल्याण सुन्दरम दक्षिण भारत रेलमार्ग सङ्गठनका एक जना नेता थिए । जयप्रकाश नारायणन अखिल भारतीय रेलमार्ग मजदुर सङ्गठनका सभापति हुनुहुन्थ्यो । कुनै पनि दलमा आबद्ध नभएका गुरुस्वामीले हामीलाई विभिन्न मामिलामा सहयोग गरे । मैले रेलमार्ग सङ्गठनका गतिविधिलाई राज्य सभाको मेरो भूमिकासँग मिलाएर अघि बढाएँ । सारमा मैले अन्याय र शोषणको विरुद्ध प्रतिरोधात्मक कामलाई अघि बढाएँ । मैले सत्ताविरुद्ध मात्र प्रतिरोध गरिनँ, बरु व्यापकरूपमा उत्पीडक वर्गविरुद्ध दिगो सङ्घर्षमा दिलोज्यानले लागेँ ।
बङ्गालका कम्युनिस्टहरूलाई पक्राउ गर्न काङ्गे्रससँग कुनै जायज आधार नै थिएन । सन् १९४८ को मार्च ३० मा काङ्ग्रेस सरकारका गृहमन्त्री किरणशङ्कर रोयले विपक्षीमाथि भइरहेको दमनलाई जायज ठह¥याउने पूर्णतः पूर्वाग्रही भाषण दिए । उनले जथाभावी गिरफ्तारीको पक्षमा दिएको तर्क कमजोर र निराधार थियो । त्यसकारण उनको कुरा कसैलाई चित्त बुझेको थिएन ।
राज्य सभाको ग्रीष्मकालीन अधिवेशनमा मैले पश्चिम बङ्गाल सुरक्षा कानुनको विरोध गरेँ । हाम्रा कमरेडहरूको स्वतन्त्रतालाई त्यही कानुनको आधारमा कुण्ठित गरेको थियो । सरकारले हामीविरुद्ध लगाएका आरोप पूर्णतः निराधार र अर्थहीन थिए । कोलकोत्ताका त्यत्तिबेलाको उच्च अदालतका मुख्य न्यायाधीशले मविरुद्धको आरोप खारेज गरेपछि यदि मलाई लगाइएको आरोपको आधारमा नागरिकलाई पक्राउ गर्न सकिने भए भारतमा जोकोहीलाई जहाँ कहीं पनि पक्राउ गर्न सकिने र सरकारका सन्काहा ध्येय पूरा गर्न कैदमा राख्न सकिने बताएका थिए ¤ यदि सुरक्षा नै सरकारको मुख्य चासो भए त्यस्तो अवस्थामा निर्वाचनमा समेत सरकारको कसैले विरोध गर्नसक्ने छैन ।
यो कालो कानुनअन्तर्गत भएका अतिवादी व्यवहारलाई फर्केर हेर्दा पछि सङ्कटकालमा इन्दिरा गान्धीले लागू गरेको ‘आन्तरिक सुरक्षा कानुन’ (मिसा) को आधारमा त्यस्तै व्यवहार गरेकी थिइन् । त्यो कालो कानुनको विरोधमा लगातार बोल्ने आवाज म एक्लैको मात्र पक्कै थिएन । मोहम्मद खुदा बस्क, अब्दुर रहमन सिद्धिकी, शेख मोहम्मद रफिक र एक जना अङ्ग्रेजी भारतीय सदस्य सीसीडी विक्सले पनि प्रजातान्त्रिक अधिकार हननको कडा विरोध गरेका थिए । निहारेन्दु दत्त मुजिम्दारले काङ्ग्रेस सरकारको रक्षा गरेका थिए ।
नेपाली अनुवाद: बर्बरिक
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *