भर्खरै :

के प्रजग कोरियामा कुनै परिवर्तनको अपेक्षा गरिएको छ ?

केही पश्चिमा मुलुकहरू प्रजग कोरियालाई विकास नै नभएको पुरै एक्लो देशका रूपमा चित्रण गर्छन् । उनीहरू ‘संसारको सबैभन्दा एक्लो तथा बन्द मुलुक’ र एक ‘निरङ्कुश मुलुक’ भएको भन्दै ‘उसको परिवर्तन आवश्यक’ भएकोमा जोड दिन्छन् ।
के प्रजग कोरिया वास्तवमा एक स्थिर र बाँकी सभ्य विश्वबाट अलग रहेको मुलुक हो ?
प्रजग कोरिया एउटा त्यस्तो देश हो जहाँ हिजोभन्दा आज, बिहानभन्दा साँझ परिवर्तन भइरहन्छन् ।
क्षेत्र, गहिराइ र तिव्रताका आधारमा प्रजग कोरियामा हुने परिवर्तन र विकास बाँकी विश्वको कल्पनाभन्दा बाहिर छ ।
एपी प्योङयाङ व्युरोका पूर्वप्रमुख कोरियाबारे आफ्नो विचार यसरी पोख्छन्, “प्रजग कोरियामा भइरहेको तिव्रगतिको परिवर्तन अचम्मको छ ।”
प्रजग कोरियाको भ्रमण गर्ने धेरै पर्यटकहरू त्यहाँ दिनप्रतिदिन परिवर्तन भइरहेको बताउँछन् ।
एक सफल लगानीकर्ता जिम रोजर्स भन्छन्, “प्रजग कोरियामा भइरहेको परिवर्तनतिर ध्यान देऊ । यदि सम्भव भए म आफूसँग भएको सारा सम्पत्ति प्रजग कोरियामा लगानी गर्न चाहन्छु ।”
यो कुरा यदि सही हो भने पश्चिमाहरू किन प्रजग कोरियामा परिवर्तनको लागि निरन्तर दबाब दिन्छन् त ?
यसको कारण हो, वास्तवमा पश्चिमाहरू प्रजग कोरियामा परिवर्तन र विकासका हिमायति होइनन् । उनीहरू त प्रजग कोरियाले आफ्नो सिद्धान्त र राजनैतिक प्रणाली परिवर्तन गरोस् भन्ने चाहन्छन् ।
त्यसो भए के प्रजग कोरिया उनीहरूले चाहेजस्तै आफूलाई परिवर्तन गर्दै छन् ?
एक वाक्यमा भन्नु पर्दा यो एक जङ्गली सपनामात्र हो । किनभने प्रजग कोरियाका सेना र जनता समाजवादलाई आफ्नो जीवनभर दृढ विश्वासको एक अङ्ग मान्छन् ।
प्रजग कोरियाले परिवर्तनलाई विगतमा र आज जसरी आत्मसात गर्दै छ त्यसैलाई पछ्याउनेछ । प्रजग कोरियाली जनताको इच्छामा त्यहाँको परिवर्तन भएको थियो, छ र हुनेछ । तर, पश्चिमा मुलुकहरूको मूल्य–मान्यताको दृष्टिकोणको आधारमा होइन ।
प्रजग कोरियाली जनताले समाजवादका उपलब्धिहरू पुस्तकका पानाहरूमा मात्र पढेका होइनन् । आफ्नै जीवनमा अनुभव गरेका छन्, वास्तविकतामा भोगेका छन् ।
कोरियामा काम गरिखाने जनतालाई राज्यले नै निःशुल्क आवासको सुविधा दिएको छ । कुनै पनि थप भौतिक संरचना निर्माण गर्नुपर्ने भारबाट जनतालाई मुक्त राखेको छ ।
जनता–केन्द्रित समाजवादी प्रणालीमा बाँचेका हरेक नागरिक आफू बाँचेको समाज, यो प्रणाली र सरकारलाई आफ्नो प्राण जत्तिकै बहुमूल्य ठान्छन् र यसको रक्षार्थ आफ्नो जीवन बलिदान दिन तत्पर हुन्छन् ।
प्रजग कोरियामा पश्चिमा मुलुकहरूले चाहेको जस्तो परिवर्तन यो दस वर्ष वा सय वर्षमा त के, कहिल्यै पनि हुनेछैन ।
विलक्षण प्रतिभाका धनी सर्वोच्च नेता किम जोङ उनले समग्र प्रजग कोरियाको नेतृत्व गरिरहनुभएको छ र उहाँको साथमा त्यहाँका जनताबीच एक मनको एकता छ ।

प्रजग कोरियाको भ्रमण गर्ने धेरै पर्यटकहरू त्यहाँ दिनप्रतिदिन परिवर्तन भइरहेको बताउँछन् ।
एक सफल लगानीकर्ता जिम रोजर्स भन्छन्, “प्रजग कोरियामा भइरहेको परिवर्तनतिर ध्यान देऊ । यदि सम्भव भए म आफूसँग भएको सारा सम्पत्ति प्रजग कोरियामा लगानी गर्न चाहन्छु ।”
यो कुरा यदि सही हो भने पश्चिमाहरू किन प्रजग कोरियामा परिवर्तनको लागि निरन्तर दबाब दिन्छन् त ?

आफ्ना सर्वोच्च नेतालाई पछ्याएर नै एक सभ्य समाजवादी मुलुकको निर्माण हुनेछ र आफ्ना लागि अझ सुन्दर दिन अवश्य आउने कुरामा त्यहाँका जनता स्पष्ट छन् ।
संरा अमेरिकी रक्षा सचिव तथा प्रजग कोरिया नीति संयोजक पेरीले १९९० को दशकमा प्रजग कोरियाको भ्रमण गरेका थिए । उनले कोरियाका धेरै स्थानहरू अवलोकन गरे र समीक्षामा लेखे, “संरा अमेरिकाले सोचेको र चाहेको जसरी उत्तर कोरिया ढल्ने छैन । तसर्थ संरा अमेरिकाले उत्तर कोरिया ढलेको पूर्वानुमान गरेर बस्ने होइन बरु उसलाई स्पष्टरूपमा हेर्नुपर्छ ।”
उनको विश्लेषण र मूल्याङ्कन सही थियो । त्यसयता २० वर्षभन्दा लामो समय अवधि बितिसकेको छ । प्रजग कोरिया आज पनि अस्तित्वमा छ र अझ बढी समृद्ध र शक्तिशाली बन्दै छ ।
जुनसुकै बेला जब कोरियाली सर्वोच्च नेता किम जोङ उन कुनै स्थानमा निर्देशन गर्दैै गरेको दृश्य टेलिभिजनको सेटमा देखापर्छ, सारा कोरियाली जनता टीभी सेट सामुन्ने स्थिर बस्ने गर्छन् । उनीहरूमध्ये धेरैका आँखा गहिरो भावनाले रसाएका हुन्छन् ।
उनीहरूको बुझाइमा किम जोङ उन एउटा यस्ता नेता हुन् जसले आफ्नो देशलाई आफ्नै परिवारलाई जस्तै अँगालेका छन् । जसले भरपुर ऊर्जा र आत्मविश्वासका साथ मार्ग दर्शन गर्छन् ।
प्रजग कोरिया आफ्नै शैलीको परिवर्तन र विकासको मार्गमा अगाडि बढिरहेको छ । मुलुक यस्तो सभ्य समाजवादको यात्रामा छ जहाँ आफ्ना जनताको आकाङ्क्षा र आदर्शको सम्मान हुन्छ ।
प्रजग कोरियाले आफ्नै शैलीको समाजवादको बाटो पछ्याउनेछ जहाँ नेतृत्व र जनताबीच एक मनको एकता हुन्छ र समाज स्थिर हुन्छ । विभिन्न राजनैतिक विचारहरूबीच शक्तिको लागि सङ्घर्ष, राजनैतिक अराजकता, भद्रगोल समाज र विद्रोहको बाटो कोरियाले रोज्नेछैन ।
प्रजग कोरियामा कुनै ‘परिवर्तन’ को अपेक्षा कसैले नगरे हुन्छ ।
(यहाँ परिवर्तनको अर्थ अर्को पुँजीवादी व्यवस्था हो । – सं.)
स्रोतः लेफ्ट रिभ्यु अनलाइन, अप्रिल २९,२०२०

Leave a Reply

Your email address will not be published. Required fields are marked *