भर्खरै :

भारतीय कम्युनिस्ट नेता ज्योति बसुको राजनीतिक संस्मरण जनतासँग– ८

 
दमनकारी शासनको सामना
सन् १९४८ डिसेम्बर ५ । मेरो विवाहको दिन । त्यो दिन म र कमल दाम्पत्य जीवनमा प्रवेश गरेका थियौँ । मेरी पहिलो श्रीमतीको असामयिक निधन भएको थियो । मेरो दोस्रो विवाह त्यस्तै वियोगान्त नहुनेमा म आशावादी थिएँ । यसपालिको मेरो विवाह सुखद, स्वस्थ र जीवनमा स्थिरता ल्याउने खालको होस् भन्ने मेरो कामना थियो । कमललाई मेरो वाक्कलाग्दो जीवन, मेरो राजनीतिक दृष्टिकोण र मेरो भूमिगत जीवनबारे राम्ररी थाहा थियो । उनी कम्युनिस्ट पार्टीकी सदस्य थिइनन् । बुबा मेरो विवाह भएकोमा प्रसन्न हुनुहुन्थ्यो । विवाह दर्ता कार्यालयमा एउटा साधारण र निजी कार्यक्रमबीच हाम्रो विवाह भयो । मेरा केही नजिकका मित्र र कमरेडहरू त्यहाँ उपस्थित थिए । कमलको तर्फबाट उनका पिता र मामा सहभागी हुनुहुन्थ्यो । कमलले सुन्दर ढाकाको साडी लगाएकी थिइन् । म धोती र पञ्जाबी कुर्तामा थिएँ ।


सङ्घर्षका दिनहरू


विवाह गर्ने मेरो निर्णयबारे पार्टीमा केही असमझदारी भयो । केन्द्रीय र प्रान्तीय पार्टी नेतृत्वले मेरो त्यो निर्णयलाई भूमिगत नजान मैले रचेको चालबाजीको रूपमा बुझेछ । यो उनीहरूको पूर्णतः गलत ठम्याइ थियो । विवाह गर्नुको मेरो शुद्ध व्यक्तिगत कारण थियो । लामो समयदेखि मैले मेरो जीवनमा एक जना जीवनसाथीको खाँचो अनुभव गरिरहेको थिएँ । जसले मलाई बुझ्न सकौँ र जोसँगै मेरो अस्तव्यस्त जीवनका आरोह–अवरोह साटफेर गर्न सकूँ ।
हाम्रो पार्टीको भूमिगत मुख्यालयबाट मैले विवाह गर्ने मेरो निर्णयबारे स्पष्टीकरण माग गर्दै पत्र पाउँदा म निकै चकित परेको थिएँ । मैले पनि जवाफमा उस्तै औपचारिक पत्र लेखेको थिएँ । जवाफमा मैले आफू पार्टीको निर्देशनमा सार्वजनिकरूपमा काम गरिरहेको, कदाचित पार्टीले भूमिगत जान निर्देशन दिन्छ भने आफू त्यसको लागि तयार भएको लेखेको थिएँ । मैले पठाएको जवाफ पार्टी कार्यकर्ताहरूबीच पठाइयोस् भन्ने मेरो चाहना थियो । तर, मेरो पत्र त्यसरी सर्कुलर भयो वा भएन भन्ने विषयमा मलाई थाहा भएन ।
सन् १९४८ का अन्तिम महिनाहरू त्यसै बित्यो । म विभिन्न गतिविधिमा सामेल भएँ । कमरेडहरूसँग देशका विभिन्न क्षेत्रको यात्रामा नहुँदा मेरो अधिकांश समय बोबजार र कलेज मार्गको दोबाटोमा रहेको रेलमार्ग सङ्गठनको कार्यालयमा बित्थे । हामी अखिल भारत रेलमार्ग हड्तालको तयारीमा जुटेका थियौँ ।

जनसङ्घर्षमा ज्योति बसु (दायाँबाट पहिलो)


अखिल भारतीय रेलमार्ग मजदुर महासङ्घको सम्मेलनमा सहभागी बन्न मलाई धनपुर पुग्नु थियो । त्यत्ता जानुअघि मैले भर्खर विवाह गरेकी श्रीमतीलाई मलाई अनिश्चित समयावधिको लागि पक्राउ गर्न सक्ने बताएँ । मलाई अघि नै यसको सम्भावनाबारे जानकारी दिइएको थियो । त्यो समय अप्ठ्यारो समय थियो । तथापि, कमलले मेरो कुरा बुझिन् । कमरेडहरूसँग म धनपुर पुगेँ । तर, सुरक्षालाई ध्यानमा राखी धनपुर नजिकको गाउँमै बसेँ । महाधिवेशनमा भइरहेको सबै गतिविधिबारे अवगत हुन नजिकको त्यो गाउँमा रहनु उपयुक्त मानियो । मार्च महिनाको ९ तारिखमा मजदुर हड्ताल गर्ने सुरुको प्रस्ताव महाधिवेशनले अस्वीकार ग¥यो । हाम्रो प्रस्ताव खारेजीमा प¥यो र महासङ्घबाट मलाई फिर्ता बोलाउने निधो गरियो । खासमा मैले मजदुरहरूको नाडी छाम्दा हड्तालको लागि उनीहरू तयार नभएको बुझिसकेको थिएँ । तर, व्यक्तिगतरूपमा मलाई जे–जस्तो लागे पनि पार्टी नेतृत्वले दिएको नीति मान्नुको मसँग विकल्प थिएन । धेरै समयपछि त्यत्तिबेलाको परिस्थितिको आफ्नो गलत बुझाइ स्वीकार्दै मलाई पुनः पुरानो स्थानमा निरन्तरता दिइयो ।
कोलकोत्ता फर्किने क्रममा केही साथीहरू पक्राउमा परे । घुमाउरो बाटोबाट आएकोले हुनाले म पक्राउ हुनबाट जोगिएँ । हवाईजहाजबाट कोलकोत्ता झरेलगत्तै म भूमिगत भएँ । लगातारको सजगताले प्रहरीको लामो हातबाट म जोगिंदै गएँ र पार्टी गतिविधिमा निरन्तर निडरतापूर्वक सामेल भएँ । कोलकोत्तामा एउटा साथीको घरमा भूमिगत बसेको थिएँ । पछि लगभग प्रत्येक दुई–दुई दिनमा भूमिगत बस्ने ठाउँ सार्नुपर्ने अवस्था आयो । कमरेड अब्दुल हमिलको भूमिगत वासस्थानमा नपुगुञ्जेल अवस्था त्यस्तै थियो । भूमिगत वासस्थानबाटै मैले मेरी श्रीमतीलाई एउटा छोटो पत्र लेखेँ । आफूलाई सञ्चो भएको र केही थप दिन यसरी नै भूमिगत बस्नुपर्ने अवस्था रहेको जानकारी गराएँ । भर्खरै विवाहको क्या गज्जबको स्वाद ¤ सामान्यतः विवाहपछिका केही साता श्रीमान–श्रीमती सँगै बस्ने अवस्थाभन्दा फरक म यहाँ एउटा घरबाट लुक्दै अर्को घरको सहारामा बसिरहेको छु, नितान्त एक्लै !
भूमिगत बस्ने क्रममा केही दिन म उत्तरी कोलकोत्तामा रहेको इन्द्रजीत गुप्ताको घरमा बसेँ । त्यहाँ मैले रेलमार्ग मजदुर सङ्गठनभित्रका पार्टी सदस्यहरूको गोप्य बैठक डाँके । तर, त्यो बैठकको परिणाम घातक बन्यो । बैठकको छनक पाएर प्रहरीले सन् १९४८ को मार्च ९ मा हामी बसेको ठाउँमा छापा मा¥यो । रातभरमा पूरै नगरका विभिन्न स्थानमा छापा मार्दै साथीहरूलाई भकाभक गिरफ्तार गरियो । हजारौँ जना हाम्रा साथीहरू त्यसक्रममा फन्दामा परे । रेलमार्ग हड्ताल गर्ने हाम्रो प्रस्ताव विफल भयो । हाम्रो मिहिनेत व्यर्थ गयो । मैले हाम्रा विगतका कमी कमजोरीबाट अझ धेरै कुरा सिक्न बाँकी नै भएको अनुभव गरेँ । परिस्थिति तीव गतिमा परिवर्तन भइरहेको थियो । तर, हामी भने अझै पुरानै रणनीतिमा अल्झिबसेका थियौँ । नयाँ परिस्थितिले नयाँ उपचारको माग गरिरहेको थियो । परिस्थितिको विश्लेषणमा हामीले ध्यानकेन्द्रित गर्नुको सट्टा हामीले परिस्थितिको गलत मूल्याङ्कन गरिरहेका थियौँ ।
‘एउटा गम्भीर असफलता ¤’ सन् १९४७ मा भएको पश्चिम बङ्गाल प्रान्तीय पार्टी सम्मेलनबाट निर्वाचित प्रान्तीय समितिलाई पार्टी पोलिटव्युरोले यसरी मूल्याङ्कन ग¥यो । पोलिटव्युरोले सो समिति विघटन गर्ने र नयाँ समिति गठन गर्ने निर्णय ग¥यो । मोहम्मद इस्माइलको अध्यक्षतामा नयाँ कार्यसमितिको गठन गरियो । भुपेश र ममात्र होइन, सरोज मुखर्जी, निरञ्जन सेन गुप्ता, प्रमोद दास गुप्ता र अब्दुल हलिमजस्ता नेताहरू नयाँ समितिमा परेका थिएनन् ।
भूमिगत जीवनमा म चाँडै अभ्यस्त भएँ । म लगातार घर बाहिर हुनुलाई मेरी जहानले कसरी लिइन्, थाहा भएन । तर, उनले मसँग कहिले पनि गुनासो गरिनन् । भूमिगत बस्ने ठाउँ भने फेरि फेरि हिँड्नुपर्ने अवस्था लामो समय रहेन । पार्टीले सबै भूमिगत बसेका कमरेडहरूको लागि स्थायीरूपमा बस्ने ठाउँको बन्दोबस्त गरेको थियो । मेरी श्रीमतीले मलाई त्यत्तिबेला भेट्न सक्ने भएकी भए ¤ भूमिगत वासमा मलाई भाँडाकुँडा सफा गर्ने जिम्मेवारी दिइएको थियो । मलाई खाना पकाउन, लुगा धुन वा बढार्न वा सरसफाइ गर्नभन्दा भाँडाकुँडा मस्काउन र धुन खुब मनपथ्र्यो । हाम्रा पाठ्यपुस्तकमा हामीले पढेका कुराको त्यो व्यवहारिक प्रयोग थियो । पाठ्यपुस्तकमा हामीले कुनै पनि साना–ठूला कुरालाई न्यूनाङ्कन गर्न नहुने सिकाइएको थियो । श्रमको सम्मान गर्दै सबै कमरेडहरूले जे गर्न पनि तयार हुनुपथ्र्यो ।

श्रीमती कमलसँग बसु


हाम्रो अर्को महत्वपूर्ण मान्यता भनेको कुनै पनि अवस्थामा जनतासँगको सम्पर्क कायम राख्ने थियो । भूमिगत हुँदा पनि हामीले जनतासँगको सम्पर्कबाट टाढा भएनौँ । हामीले जनतालाई कहिल्यै भुलेनौँ । जनताले पनि हामीलाई कहिल्यै भुलेनन् । सन् १९५२ मा हाम्रो पक्षमा आएको जनमतको मूल कारण त्यही थियो । हामीप्रति जनताको विश्वासले काङ्ग्रेसका सबै योजना विफल बनाइदियो । हाम्रो बारेमा बनाइएका सतही र एकोहोरो बुझाइ पनि तोडियो । काङ्ग्रेस पार्टीले हाम्रो असफलतालाई आफ्नो निम्ति बरदान ठान्यो । तर, उनीहरूलाई चकित पार्ने गरी ठूलो शक्तिका साथ हाम्रो पार्टी राज्यसभामा फेरि पनि उपस्थिति भयो ।
त्यत्तिबेला पार्टीका केही नीतिहरूमा मेरो गम्भीर मतभेद थियो । सन् १९४९ मा कमरेड भुपेश पनि भूमिगत भए । उनी आफ्ना कुरा मलाई सुनाउँथे । तत्कालीन परिस्थितिमा हामीले चाल्नुपर्ने सकारात्मक कदमबारे हामी लामो र गम्भीर छलफल गथ्र्यौं । हामीले संयुक्त अधिराज्यको कम्युनिष्ट पार्टीसँग सम्पर्क गर्ने विषयमा कुराकानी गरेका थियौँ । तथापि, हामीले संयुक्त अधिराज्यको कम्युनिस्ट पार्टीसँग सम्पर्क भने राखेनौँ । बरु, ‘वामपन्थी’ गुटबन्दीका परम्परागत बाटोमै चित्त बुझाएर बस्यौँ ।
हाम्रो बुझाइलाई पछि कोमिनफर्मको प्रकाशन ‘फर द लास्टिङ पिस, फर अ पिपुल्स डेमोक्रेसी’ (सन् १९५०, जनवरी २७) को विचारोत्तेजक सम्पादकीय लेखले पुष्टि ग¥यो । सम्पादकीयको शीर्षक थियो– ‘उपनिवेश र पराधीन देशहरूमा राष्ट्रिय मुक्ति आन्दोलनको शानदार अग्रगति’ । मोहित मैत्रको सम्पादनमा कोलकोत्ताबाट प्रकाशन हुने ‘द नेसन’ अखबारमा पनि सो लेख प्रकाशित भएको थियो । मोहित मैत्र पछि हाम्रो पार्टीमा सामेल भए । उनी प्रान्तीय समितिका सदस्य पनि बने । कोमिनफर्मको बुझाइले प्रस्टतः हाम्रो पार्टीको बुझाइ गलत भएको देखाएको थियो । पार्टी नीतिले पार्टीका कार्यकर्ता पङ्क्तिमा ठूलो प्रभाव पारेको थियो । पार्टी नेतृत्वले पनि सो आलोचनालाई गम्भीरतापूर्वक लियो । पार्टी पोलिटव्युरोले हाम्रो बुझाइमा आधारित हाम्रो रणनीतिक लाइन सदर गर्दै परिपत्र जारी ग¥यो । वास्तवमा अन्तरपार्टी छलफलको निम्ति त्यो परिपत्रले उत्साहपूर्ण आधार तयार ग¥यो ।
त्यसैको प्रभाव स्वरूप सन् १९५० मे महिनामा पार्टीको पोलिटव्युरो पुनःगठन भयो । राजेश्वर रोय महासचिवमा चुनिए । प्रान्तीय तहमा प्रान्तीय सङ्गठन समिति गठन भयो । सचिवमा रानेन सेन चुनिए । यद्यपि अन्तरपार्टी सङ्घर्ष पेचिलो बन्दै गयो । पश्चिम बङ्गालका कमरेडहरूले राजेश्वर रोय र उनका समर्थकहरूलाई देखिसहेनन् । राजेश्वर रोय र उनका समर्थकहरू पार्टी नीतिमा पहिले परिवर्तन गर्ने तयारी गर्दै थिए भने हामी पहिला नेतृत्वमा हेरफेर गर्नुपर्ने पक्षमा थियौँ । नेतृत्वमा हेरफेरपछि मात्र अन्य जटिलताको समाधान गर्न सकिने हाम्रो निचोड थियो ।
हामी भूमिगत छँदै अन्तर पार्टी सङ्घर्ष पार्टीको जीवन्त विषय थियो । अब्दुल हलिम, अब्दुल्लह रसुल, सरोज मुखर्जी, बकिम मुखर्जी, भुपेश गुप्ता, निरञ्जन सेन गुप्ता, प्रमोद दास गुप्ता र मैले तर्कहीन कार्यसञ्चालनको विरोध ग¥यौँ । हरेक दिन हामीले एकभन्दा बढी पार्टीभित्रका समूहहरूमा छलफल सञ्चालन ग¥यौँ । अन्तरपार्टी दुश्मनीको कारण पार्टी अनुशासन भने फितलो बन्दै गएको थियो ।

भारतीय कम्युनिस्ट नेताहरूसँग बसु (बायाँबाट पहिलो)


प्रहरी दमन र गिरफ्तारी पनि तीव्र बनेको थियो । सन् १९५० को सेप्टेम्बरमा निञ्जन सेन गुप्ता र म एउटा गोप्य पार्टी बैठकबाट अर्को बैठकको लागि जाँदै गर्दा बाटोमा अचानक प्रहरीको भ्यान आएर हामीलाई भित्र कोच्यो । त्यसपछि हामीलाई विशेष प्रहरीको अधिकारीहरूले आफ्नो गाडीमा हुल्यो र लर्ड सिन्हा सडकको एसबी कार्यालयमा पु¥याइयो । त्यहाँबाट हामीलाई प्रेसिडेन्सी कारागारमा लगियो । अनि त्यहाँबाट हामीलाई दम दम केन्द्रीय कारागारमा चलान गरियो । हाम्रा अधिकांश कमरेडहरू प्रमोददास गुप्ता, अब्दुल हलिम, भुपेश गुप्ता र सरोज मुखर्जीलाई प्रहरीले आफ्नो जालमा पारेको थियो । यो पटकको कारागार बसाइ मेरो लागि निकै लामो र दिक्कलाग्दो लाग्यो । झन्डै एक वर्षको कारागार बसाइको क्रममा बाहिर कहीँ कतै केही सम्पर्क हुन पाएन । मेरो अवस्थालाई मेरी श्रीमतीले कसरी सामना गरिरहेकी होलिन् भनी म विचार गर्थेँ । मेरी श्रीमतीबाट टाढा हुँदा म सधैँ जेलमा हुन्थेँ । तथापि, मैले कहिल्यै हौसला गुमाइनँ । मेरा कमरेडहरूको साथ र मेरो अध्ययनले मलाई त्यो प्रतिकूलता सामना गर्नसक्ने क्षमता दियो । अन्ततः बन्दी प्रत्यक्षीकरणको रिटमा म सन् १९५१ मा कारागारबाट मुक्त भएँ ।
नेपाली अनुवादः बर्बरिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *