भर्खरै :

चीन, भारत र नेपाल

गत शुक्रबार नेपालको परराष्ट्र मन्त्रालयले चीनका राज्य पार्षद् र रक्षामन्त्री वेई फेङ्हेले आइतबार एकदिने नेपाल भ्रमण गर्ने घोषणा गरेसँगै भारतमा यो भ्रमणको प्रभाव कस्तो पर्ने हो भन्ने विषयमा सञ्चारमाध्यमको ध्यान तानिएको छ ।
चीन–नेपाल दुईपक्षीय सम्बन्धमा आपसी सैनिक सहकार्यलाई सामान्यरूपमा लिइनुपर्ने हो । तथापि, यस्ता सहकार्यलाई खुब प्रकाशमा ल्याएर चर्चा गर्ने गरिन्छ । त्यसको निम्ति भारतका अतिरञ्जना फैलाउने सञ्चारमाध्यमहरू जिम्मेवार छन् ।
चीन र भारतबीचको सीमा समस्या अझ समाधान भएको छैन । नयाँ दिल्ली र काठमाडौँबीच सीमा विवाद पनि चालू नै छ । सीमा विवादको सन्दर्भमा नेपाली सेनाले देशको सार्वभौमिकता जोगाउन कुनै पनि सम्झौता नगर्ने दृढता देखाएको छ । भारतीय प्रधानसेनापति मनोज मुकुन्द नरभाणेले यसै महिनाको सुरुमा अघोषित लक्ष्यसहित नेपालको तीनदिने भ्रमण गरे । उनको अघोषित लक्ष्य भनेको नेपाली पक्षमाथि दबाब बढाउनु थियो । चीन र नेपालबीच कुनै पनि खालको रक्षा सहकार्यलाई नयाँ दिल्लीले असहजरूपमा लिने गरेको छ ।
कुनै समय नेपालले हातहतियार खरिदसम्बन्धी सबै सम्झौता भारतसँग मात्र गथ्र्यो । सन् १९८० को दशकबाट नेपालले चीनसँग पनि हातहतियार किन्न थाल्यो । त्यसकारण, भारत रिसाएको छ । त्यही कारण भारतले नेपालमाथि व्यापार नाकाबन्दी पनि लगायो । यस्ता निर्णयले भारतको भित्री चोट उजागर गरेको छ ।
चीनसँग सैनिक सम्बन्ध विस्तार गरेर नेपालले आफ्नो राष्ट्रिय एकता र राजनीतिक स्थायित्व पनि कायम राख्न सक्छ । सैनिक मामिलामा नेपाल भारतप्रति निकै भर परेको छ । नेपालको दक्षिण भाग ठूलो सङ्ख्यामा भारतीय मूलका नेपाली जनताको घर हो । ठूलो सङ्ख्यामा नेपाली सिपाहीले भारतबाट सैनिक तालिम प्राप्त गर्छन् । भारतले नेपालको घरेलु मामिलामा बेला–बेलामा हस्तक्षेप गर्दै आएको छ । यी सबै पक्ष नेपालको राष्ट्रिय स्थायित्वको लागि अनुपयुक्त पक्ष हुन् । त्यसकारण, नेपाल स्वतन्त्र कूटनीति अघि बढाउन चाहन्छ ।
गत वर्ष नेपालका रक्षामन्त्री ईश्वर पोखरेलले चीनको भ्रमण गर्दा नेपाली सेनालाई चीनले १५ करोड युआन (२ करोड २८ लाख डलर) बराबरको सैनिक सहायता गर्ने सहमति भएको समाचारहरूले बताएका छन् । समाचारहरूमा लेखिएको छ, “चिनियाँ रक्षामन्त्री वेईको भ्रमणको क्रममा पनि सन् २०१९ अक्टोबरकै ढाँचाको अर्को सम्झौता हुनसक्नेछ ।” नेपाललाई यस्ता सैनिक सहायताले उसको रक्षा शक्तिलाई बलियो बनाउन र माथि उल्लेखित विषय समाधानको निम्ति सकारात्मक भूमिका खेल्नसक्छ ।
भारतीय सञ्चारमाध्यमले यो भ्रमणबारे अतिरञ्जना फैलाए पनि उनीहरूको खास मनसाय भारतका विदेश सचिव हर्षबर्दन श्रृङ्गला र प्रधानसेनापति नरभाणेको नेपाल भ्रमणलाई समेत माथ पार्न वेईको भ्रमण आयोजना गरिएको हो भन्ने हो । यस्ता उच्चस्तरीय भ्रमण निकै समयअघि नै तय हुने गर्दछ । एकै समयमा पर्नु संयोगमात्र हो । बरु चीनका अधिकारीहरूको भ्रमण हुने थाहा पाएर भारतले छोटो अवधिमै आफ्ना उच्च अधिकारीलाई नेपाल भ्रमणमा पठाउने निर्णय गरेको हुनसक्छ ।

चीनसँग सैनिक सम्बन्ध विस्तार गरेर नेपालले आफ्नो राष्ट्रिय एकता र राजनीतिक स्थायित्व पनि कायम राख्न सक्छ । सैनिक मामिलामा नेपाल भारतप्रति निकै भर परेको छ । नेपालको दक्षिण भाग ठूलो सङ्ख्यामा भारतीय मूलका नेपाली जनताको घर हो । ठूलो सङ्ख्यामा नेपाली सिपाहीले भारतबाट सैनिक तालिम प्राप्त गर्छन् । भारतले नेपालको घरेलु मामिलामा बेला–बेलामा हस्तक्षेप गर्दै आएको छ । यी सबै पक्ष नेपालको राष्ट्रिय स्थायित्वको लागि अनुपयुक्त पक्ष हुन् । त्यसकारण, नेपाल स्वतन्त्र कूटनीति अघि बढाउन चाहन्छ ।

भारतले दक्षिण एसियालाई आफ्नो प्रभाव क्षेत्र मान्दै आएको छ । त्यसकारण, दक्षिण एसियाका अन्य देशहरूले चीनसँग सहकार्य गर्ने विषयमा उसले निकै सजगताका साथ हेर्ने गर्दछ । स्थानीय जनताको अभिमतलाई बङ्ग्याउन उसले आफ्ना सञ्चारमाध्यमहरूलाई प्रयोग गर्दै आएको छ । उनीहरूले तथाकथित चीनको खतरा सिद्धान्त र चीनले अरू देशहरूमाथि ‘मन्द हस्तक्षेप’ गरिरहेको हल्ला फैलाउने गरेका छन् । यसले अरू देशका विदेश नीतिलाई समेत प्रभावित बनाउने गरेको छ ।
भारतीय राजनीतिक नेताहरूले छिमेकी देशका राजनीतिक नेताहरूसँग व्यक्तिगत तहमा सम्बन्ध कायम गर्ने गरेका छन् । बेलायतले लामो समय उपनिवेशवादी शासन गरेको हुनाले भारत र अन्य दक्षिण एसियाली देशहरूबीच राजनीति, अर्थतन्त्र, संस्कृति र धर्ममा अन्योन्यास्रित सम्बन्ध कायम छ । नयाँ दिल्लीले छिमेकीको राजनीति र समाजमा आफ्नो प्रभाव विस्तार गर्न यस्ता प्रभावको उपयोग गर्ने गरेको छ ।
सन् २०१५ को श्रीलङ्काली राष्ट्रपति निर्वाचनको सुरुमा नेता महिन्दा राजापाक्षे जित्दै थिए । तर, भारतीय गुप्तचर संस्थाको चलखेलको कारण राजापाक्षेको अनपेक्षित हार भयो । यो घटनाबाट सो क्षेत्रका देशहरूमा भारतको प्रभाव कस्तो छ भन्ने कुरा पुष्टि हुन्छ ।
केही दक्षिण एसियाली देशहरूले भारतीय प्रभावबाट टाढा बस्ने प्रयास गरेका छन् । तर, उनीहरूले नयाँ दिल्लीलाई चिढाउने हिम्मत गर्नसक्दैनन् । नेपालका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सन् २००८ मा आफ्नो पहिलो आधिकारिक भ्रमण चीनमा गरे । प्रधानमन्त्री भएपछि सबभन्दा पहिलो विदेश भ्रमण भारतमा गर्ने परम्परा तोड्दै उनले गरेको यो भ्रमणको कारण केही समयपछि उनलाई भारतले पदच्यूत गरायो । चुनावमा आफ्नो पराजयपछि श्रीलङ्काका राष्ट्रपति महिन्दा राजापाक्षेले भारतलाई आफन्त र चीनलाई साथी भन्न थाले । श्रीलङ्का भौगोलिकरूपमा चीनभन्दा भारतसँग नजिक भएको आधारमा उनले त्यसो भनेका हुन् ।
दक्षिण एसियामा भारत एउटा प्रभुत्ववादी शक्ति हो जसले साना देशलाई आतङ्कित बनाइरहन्छ । तर, यस्ता हस्तक्षेपकारी व्यवहारले उसलाई नै खाल्डोमा पार्नेछ । दक्षिण एसियाली देशहरूले चीनसँग सहकार्य गहिरो बनाउँदै छन् । उनीहरूले आफ्ना हितलाई अझ वस्तुगतरूपमा बुझ्न थालेका छन् । यस अवस्थामा सो क्षेत्रमा भारतको कदमको परीक्षण हुने पक्का छ । नरभाणेको नेपाल भ्रमणले भारत सरकार आफ्ना छिमेकी देशहरूलाई बुढी औँलामुनि राख्ने नीतिलाई निरन्तरता दिने पक्षमा रहेको प्रस्ट हुन्छ ।
स्रोतः ग्लोबल टाइम्स
नेपाली अनुवादः एसएम

Leave a Reply

Your email address will not be published. Required fields are marked *