भर्खरै :

खोइ नेपालमा किसान आन्दोलन ?

नेपाल एक कृषिप्रधान देश हो र बहुसङ्ख्यक नेपाली जनता किसान छन् । विभिन्न कालखण्डदेखि समाधान नभएका समस्याहरूका कारण नेपालका किसानहरू बहुआयामिक समस्याले घेरिएका छन् । जमिनमाथिको हकको कुरालाई तत्काल छोड्ने हो भने पनि अझै थुप्रै समस्या सतहमा आइरहेका छन् । पहिलो, किसानले समयमा खेती गर्नका लागि सिंचाइ र कुलोको बन्दोबस्त हुनसकेको छैन । हरेक सरकारले त्यसमा राम्रा–राम्रा आश्वासन दिए पनि नहर–कुलोको विकासको तथ्याङ्क निराशाजनक छ । हरेक वर्ष कृषि सडकका नाममा अरबौँ रूपैयाँ खर्च गरिन्छ तर किसानका फसल बजार पु¥याउन सकिने सडक बनेको हुँदैन । किसानको उत्पादनको निम्नतम समर्थन मूल्य मिलिरहेको छैन । सरकारले धान र गहुँको समर्थन मूल्य तोकेको छ तर बजारमा त्यसलाई लागू गराउन सकेको छैन । सरकारी निकायहरूले समयमै कृषि उपज खरिद नगरि दिँदा समर्थन मूल्यभन्दा प्रतिक्विन्टल ८–९ सय रूपैयाँ कममा बिचौलिया र व्यापारीलाई नै बेच्न किसान बाध्य छन् ।
उखु खेती गरेका किसानहरूको दुःखको पाटो अर्कै छ । एकातिर हरेक वर्ष चिनी मिलहरूले किसानसित उखु किन्ने वा नकिन्नेमा अलमल गर्छन् । समयमै उखु कटान र पेलान सुरू हुँदैन । समयमै उखु नकाट्दा किसानहरूको उखु खेतमै सुक्ने अवस्था निम्तिएका छन् भने किसानले उखु काटिसकेपछि लगाउन सकिने हिउँदे बाली लगाउन नसक्ने हुन्छन् । अर्कोतिर त्यसरी अनेक दुःखकष्ट गरी हुर्काएर, काटेर उद्योगका प्राङ्गणसम्म पु¥याएर बेचेको उखुको मूल्य वर्षौंसम्म भुक्तानी पाइरहेका छैनन् । आफ्नो उत्पादन बेचेबापतको रकम पाउनका लागि आन्दोलन गर्नु परिरहेको छ । किसान यस्ता यावत समस्याका बारेमा किसान सङ््घ सङ्गठनहरूले आन्दोलन गरेर सरकारको खोइ ध्यानाकर्षण गर्न सकेको ? स्वतःस्फूर्त किसान आन्दोलन उठेपछि त्यसको समर्थनमा एउटा विज्ञप्ति जारी गर्नमा ठूला भनाउँदा किसान सङ्घ महासङ्घहरू असमर्थ छन् । त्यस्ता किसान सङ्घ र महासङ्घहरू गैरसरकारी संस्थाको रूपमा विदेशी दाताका सहायता र नेपाल सरकारको अनुदान हडप्ने र पचाउने संयन्त्रमात्र बनिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *