भर्खरै :

चीन, भारत र पाकिस्तान

चीनका राज्य पार्षद तथा रक्षामन्त्री वेई फेङ्हेले मङ्गलबार आफ्नो दुईदिने पाकिस्तान भ्रमण सम्पन्न गरे । पाकिस्तानी सञ्चारमाध्यमहरूले जनाएअनुसार भ्रमणको क्रममा दुई देशबीच सहकार्य अझ विस्तार गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । यसले भारतीय सञ्चारमाध्यमहरू विशेषतः भारतीय ट्याब्लेट मिडियाको आँखा ठूलठूलो बनायो । अतिरञ्जनात्मक प्रचारकहरूको यो बथानले चीन र पाकिस्तानबीच उनीहरूका ‘साझा दुश्मन–भारत’ लाई हानी पु¥याउन नयाँ रक्षा सम्झौता भएको भनी हल्ला फैलाए । उक्त सम्झौताले ‘दक्षिण एसियाको सैनिक अवस्था’मा परिवर्तन ल्याउने उनीहरूले दाबी गरे ।
निःसन्देह यो वास्तविकताभन्दा अतिरञ्जनात्मक व्याख्या हो । चीन र पाकिस्तान सर्वकालीक सहकार्य साझेदार देशहरू हुन् । त्यसकारण दुई देशबीच उच्च तहको रणनीतिक आपसी विश्वास कायम राख्नुमात्र होइन बरु सैनिक र रक्षा सहकार्य विस्तार गर्नु पनि स्वाभाविक विषय हो । चीन र पाकिस्तानबीच यसखाले अन्तरक्रिया हुँदा त्यो भारतसँग सम्बन्धित हुनैपर्छ भन्ने केही छैन ।
महामारीको कारण केही वरिष्ठ चिनियाँ अधिकारीहरूको विदेश भ्रमणको पूर्वनिर्धारित कार्यक्रम रोकियो । चीनका रक्षामन्त्री वेईको पाकिस्तान भ्रमण पनि धेरैअघि नै तय भएको बताइन्छ । तर, महामारीको कारण भ्रमणले अहिले मात्र मूर्त रूप लिन सम्भव भयो । पेइचिङ र इस्लामाबादबीच रणनीतिक सहकार्य साझेदार कायम राख्नु नै यो भ्रमणको प्रमुख लक्ष्य हो । यसभन्दा न कम न बढी नै यसको लक्ष्य हो ।
भारतका राजनीतिक नेता र पण्डितहरूले चीन र पाकिस्तानबीचको सम्बन्ध भारत लक्षित मात्र हो भनी सोच्नु नै गलत हो । यस्तो गलत व्याख्याको आधारमा दुश्मनीपूर्ण गतिविधि गर्नु झन् गलत हो । यसले निम्त्याउने परिस्थिति भारतको निम्ति शुभ समाचार नहुन सक्छ ।
संसारको भूराजनीतिमा यो वर्ष ठूलो परिवर्तन भयो । अहिले पनि धेरै कुरामा परिवर्तन भइरहेका छन् । भारत आफ्नो पुरानो असंलग्नताको नीतिबाट टाढा जान खोजिरहेको छ र क्रमशः चीनविरोधी शक्ति, विशेषतः संरा अमेरिकासँग आफ्नो सम्बन्ध प्रगाढ बनाउन खोजिरहेको छ । चीनको सन्दर्भमा यदि पाकिस्तानसँग सहकार्यको अर्थ भारतसँगको निश्चित खालको दूरी हो भने पनि त्यसलाई क्षेत्रीय शक्तिहरूबीच सन्तुलन गर्ने राम्रो प्रयास मान्न सकिन्छ ।
खासमा चीन र पाकिस्तानबीच उच्च तहको रक्षा सहकार्य कायम भएको देखिए पनि उनीहरूबीचको सैनिक क्षेत्रमा संयुक्त कार्य सही अर्थमा सर्वकालीक रणनीतिक सहकार्य साझेदारीको तहभन्दा अझ पुगेको छैन । यस मामिलामा अझ पनि गर्न सकिने काम प्रशस्त छन् ।
चीन र पाकिस्तान दुवै आ–आफ्नो राष्ट्रिय सुरक्षा र भौगोलिक अखण्डता रक्षाको जिम्मेवारी पूरा गरिरहेका छन् । दुवै छिमेकी देशहरूले आ–आफ्नो रणनीतिक क्षमता विस्तार गर्नुका साथै सैनिक शक्तिमा पनि स्तरोन्नति गर्न जरुरी छ ।
विगतमा दक्षिण एसियाका साना र मध्यम आकारका देशहरूको राष्ट्रिय सुरक्षा क्षेत्रले धेरैथरी चुनौतीको सामना गर्नुप¥यो । सीमा विवाद समय–समयमा बल्झिरहने विषय हो । सीमाको विषयमा नयाँ दिल्लीले छिमेकी देशहरूमाथि सधैं उत्तेजनात्मक व्यवहार गर्दै आएको छ । सन् २०१९ को नोभेम्बरमा नेपालको भूभाग समेत आफ्नो भूभागमा गाभेर भारतले आफ्नो नयाँ राजनीतिक नक्सा जारी गर्नुलाई यसको उदाहरण मान्न सकिन्छ ।
चीन र पाकिस्तानबीचको सुरक्षा र रक्षा सहकार्यले दक्षिण एसियाका अन्य देशलाई पनि आफ्नो राष्ट्रिय सुरक्षा बलियो बनाएर आफ्नै स्वतन्त्र रणनीतिक क्षमता सुदृढ बनाउने आत्मविश्वासको लागि मद्दत गर्न सक्छ । यसले दक्षिण एसियामा उपयुक्त शक्तिको पुनःसन्तुलन कायम गर्ने अवस्था बन्न सक्छ ।
समय र सन्दर्भले पनि धेरै महत्वपूर्ण भूमिका खेल्ने गर्छ । केही आतङ्कवादी समूहहरूले आफ्नो क्षमता विस्तार र संयन्त्र बलियो बनाउन महामारीको समयलाई उपयोग गरिरहेका छन् । दक्षिण एसियाका विभिन्न क्षेत्र र चीनको पश्चिमतिर आतङ्कवादी र अतिवादी शक्तिका गतिविधि रोक्न चीन र पाकिस्तानबीच सैनिक सहकार्य आवश्यक छ ।
तथापि, केही भारतीय सञ्चारमाध्यमहरूले चीन–पाकिस्तानको यो समझदारीले ‘दक्षिण एसियाको सैनिक अवस्था’ मा परिवर्तन ल्याउने फलाक्दै हिँडेका छन् । भारतबाट यस्ता विश्लेषणहरू आउनु कुनै आश्चर्यको कुरा भने होइन । चीन र पाकिस्तानबीचको सहज सहकार्यलाई पनि भारतले आफूलाई घोचेको काँडाको रूपमा लिंदै आएको छ ।
चीन–पाकिस्तान सम्बन्ध विकासको आफ्नै लय र कारण छन् । दुर्भाग्यवश भारतले यो सम्बन्धलाई सौम्यतापूर्वक हेर्न सक्दैन । भारतको सबभन्दा प्रमुख चासो नै दक्षिण एसियामा प्रभुत्व जमाउन खोज्नु हो । साथै आफ्नो प्रभाव क्षेत्रलाई विस्तार गर्ने लालसा राख्नु हो । तर, भारतले बुझ्नुपर्छ–कुनै पनि देशको स्थान र प्रभाव भनेको आखिरमा आफ्नो शासन क्षमता र विकासको अवस्थामा निर्भर हुने गर्छ । कुनै विदेशी शक्तिमा त्यो निर्भर हुने गर्दैैन ।
कुनै पनि देश अर्को कुनै देशको प्रभाव क्षेत्रअन्तर्गत बस्नु नै किन प¥यो र ¤ अथवा भारतसहित दक्षिण एसियाका सबै आठ देशहरू किन कुनै पनि शक्ति राष्ट्रको पछाडि लाग्नु नै किन प¥यो र ¤ ती सबै देशहरू आफैमा संयुक्त राष्ट्र सङ्घका सदस्य देशहरू हुन् । उनीहरू सबै आफैमा स्वतन्त्र, समान र सार्वभौम देशहरू हुन् ।
भारतले समयान्तरमा आफ्नो प्रभाव विस्तारको सोचलाई अस्तित्वमा रहने कुनै ठाउँ छैन भन्ने कुरा बुझ्दै जानेछ । आजको युगमा यस्तो सोच कुनै पनि देशलाई स्वीकार्य हुन सक्दैन ।
स्रोत: ग्लोबल टाइम्स
नेपाली अनुवाद: एसएम

Leave a Reply

Your email address will not be published. Required fields are marked *