सामाजिक सञ्जाल अन्यायको विरोध गर्ने ठाउँ पनि हो
- भाद्र २२, २०८२
पेइचिङ, १७ मङ्सिर (एपी) । चिनियाँ अन्तरिक्ष यान चन्द्रमामा सफलतापूर्वक अवतरण गरेको चीन सरकारले बुधबार घोषणा गरेको छ । मानवरहित उक्त यानले चन्द्रमाबाट केही ढुङ्गा सङ्गलन गरी पृथ्वीमा फर्कने छ ।
छाङ–अ–५ ५ नाम दिइएको यो यान मङ्गलबार ११ बजे राति चन्द्रमामा अवतरण गरेको चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासनले जनाएको छ । अन्तरिक्ष प्रशासनले चन्द्रमामा अवतरण गर्दाका तस्वीरहरू पनि सार्वजनिक गरेको छ ।
चिनियाँ अन्तरिक्ष प्रशासनले छाङ–अ–५ यानले चन्द्रमामा ढुङ्गाहरूका नमुना सङ्कलन गरेको जनाएको छ । यानले चन्द्रमामा अवतरण गर्नेक्रममा सफलतापूर्वक आफ्ना सौर्य प्यानल फहराएको थियो जसले यानलाई आवश्यक पर्ने ऊर्जा प्रदान गर्नेछ ।
चीनको हैनान प्रान्तबाट गत नोभेम्बेर २४ मा प्रक्षेपण गरिएको यो यान चिनियाँ अन्तरिक्ष कार्यक्रमको एउटा महत्वाकाङ्क्षी परियोजना हो । हैनान अन्तरिक्ष केन्द्रबाट सन् २००३ मा पहिलो पटक एक चिनियाँ अन्तरिक्ष यात्री लिएको यान अन्तरिक्षमा पठाइएको थियो ।
चीनले हाल मङ्गलग्रहको खोज र अनुसन्धानका लागि पनि यान प्रक्षेपण गरिसकेको छ । चीनले चाँडै मानवरहित यान चन्द्रमामा उतार्ने योजना बनाएको छ ।
यसपटक चन्द्रमा पुगेको यान दुई दिनसम्म चन्द्रमाको सतहमा रहनेछ र त्यहाँबाट २ किलोग्राम ढुङ्गा र अन्य पदार्थ सङ्कलन गर्नेछ । यो यान यही डिसेम्बर महिनाको मध्यतिर उत्तरी चीनमा अवतरण गर्नेछ ।
यदि यो उडान सफल भएमा सन् १९७० को दशकपछि पहिलोपटक पृथ्वीमा चन्द्रमाको सहतबाट नयाँ नमुना प्राप्त हुनेछ । यी नमुनालाई अनुसन्धानका लागि अन्य देशका वैज्ञानिकलाई पनि उपलब्ध गराइने चीनले जनाएको छ ।
यसैबीच, अमेरिकी र रुसी अन्तरिक्ष कार्यक्रमका अधिकारीहरूले चिनियाँ सफलताका लागि बधाइ दिएका छन् ।
अमेरिकी अन्तरिक्ष संस्था (नासा) का वैज्ञानिक अभियान प्रमुख टमस जर्बुचेनले ट्वीटरमा छाङ–अ–५ अभियानको सफलताका लागि चीनलाई बधाइ दिनुभएको छ । उहाँले लेख्नुभएको छ, “यो त्यति सजिलो काम होइन ।”
पृथ्वीमा यसअघि अन्तिमपटक सोभियत रुसको अन्तरिक्ष अभियानबाट सन् १९७६ मा चन्द्रमाबाट ढुङ्गा ल्याइएको थियो ।
संयुक्तराज्य अमेरिकाका अन्तरिक्ष यात्रीले सन् १९६९ र १९७२ को अवधिमा ३८२ किलोग्राम ढुङ्गा चन्द्रमाबाट पृथ्वीमा ल्याएका थिए । ती ढुङ्गाको अध्ययन र विश्लेषण आजपर्यन्त जारी छ ।
Leave a Reply