भर्खरै :

चीनले विकासोन्मुख देशमा खोपको पहुँचलाई ध्यान दिएको छ

(वाङ थिङ चाइना मिडिया ग्रुप (सीएमजी) नेपाली सेवामा कार्यरत पत्रकार हुनुहुन्छ । उहाँको नेपाली नाम राजु हो । उहाँले सन् २००० देखि सन् २००४ सम्म पेइचिङ ब्रोडकास्टिङ इन्स्टिच्युटमा नेपाली भाषाको अध्ययन गर्नुभयो । त्यहाँबाट स्नातक भएयता उहाँ चाइना मिडिया ग्रुप अर्थात् सीएमजीको नेपाली सेवामा कार्यरत हुुनुहुन्छ । यसैबीच सन् २०११ मा काठमाडौँको त्रिभुवन विश्वविद्यालयमा आधा वर्ष अध्ययन गर्नुभयो । चीनमा कोभिड–१९ फैलिन थालेको एक वर्ष पूरा भएको सन्दर्भमा हाल चीनमा चालू कोभिड–१९ को प्रतिरोधी खोप अभियान र नेपाल–चीन सम्बन्धमा वाङसँग गरिएको कुराकानी प्रस्तुत छ ः)
जनवादी गणतन्त्र चीनमा कोभिड–१९ प्रतिरोधी खोप अभियानबारे केही भन्नुहुन्छ कि ?
वाङः सन् २०२१ को जनवरी १ तारिखदेखि चीनले जनसमुदायलाई कोभिडविरूद्ध खोप लगाउन थालेको छ । चीनमा तीन चरणमा खोप लगाउने कार्य सञ्चालन गर्ने योजना छ । अर्थात् पहिलो चरणअन्तर्गत सङ्क्रमणको अति जोखिम समूह र मुख्य समूहलाई, दोस्रो चरणअन्तर्गत अति जोखिम समूह र तेस्रो चरणअन्तर्गत समस्त जनसमुदायलाई खोप लगाइने योजना छ । हाल चीनको कोभिडविरूद्ध खोप लगाउने कार्य लगातार तथा व्यवस्थितरूपमा चलिरहेको छ । खोप अभियान सहर तथा गाउँमा छुट्टै लगाउने, भन्सारमा प्राथमिकता दिने, गम्भीर अवस्थालाई प्राथमिकता दिने आदि आधारमा व्यवस्थितरूपमा चलिरहेको छ । सबै खोप निःशुल्क लगाइन्छ । हालसम्म चीनमा १ करोड ५० लाखलाई खोप लगाइएको छ ।
चीन आफैले उत्पादन गरेको खोप साइनोभ्याक्स प्रयोग गरिरहेको छ । यो खोपको प्रभावकारिताबारे केही भन्नुहुन्छ कि ?
वाङः सन् २०२० को अप्रिलयता चीनको साइनोभ्याक्सले उत्पादन गरेको खोपको क्लिनिक परीक्षण चीन, ब्राजिल, इन्डोनेसिया, टर्की र चिलीलगायत मुलुकमा सञ्चालन गरियो । चीनमा परीक्षणमा सहभागी मानिसको सङ्ख्या २२०० पुगेको छ । यो खोप विभिन्न उमेरका व्यक्तिलाई सुरक्षित र प्रभावकारिता देखिएको छ । साथै तेस्रो चरणको क्लिनिक परीक्षणअन्तर्गत गत जुलाइदेखि ब्राजिल, इन्डोनेसिया, टर्की, चिलीलगायत मुलुकमा गरी २० हजारभन्दा बढी व्यक्तिले परीक्षणमा भाग लिएका छन् । ती देशमा सुरक्षा तथा प्रभावकारिताको नतिजा चीनमा पाइएको नतिजासँग बराबर छ । सन् २०२० को जूनमा उक्त खोप चीनमा आपत्कालीन प्रयोगमा ल्याएको थियो भने जुनदेखि एकपछि अर्को गरी पेइचिङ, चच्याङलगायत ३० वटा प्रान्तमा निश्चित व्यक्तिमा आपतकालीन प्रयोग गरिएको छ ।

एक वर्षअघि महामारी नियन्त्रण गर्न उहानमा लकडाउन गरिएको थियो । चीनमा अहिले कोभिड–१९ सङ्क्रमणको अवस्था कस्तो छ ?
वाङ ः चीनको कोभिड–१९ महामारी समस्त चिकित्सक र जनताको प्रयासबाट राम्रोसित नियन्त्रित भएको छ । साथै, विश्वलाई पनि महामारी नियन्त्रणको अनुभव प्रदान गरेको छ । तर, हाल चीनका केही क्षेत्रमा फेरि महामारी फैलिएको खबरले धेरैको ध्यान तानेको छ । विशेष गरी हपै प्रान्त, हैलुङच्याङ प्रान्त आदि क्षेत्रमा प्रतिदिन निश्चित सङ्क्रमण देखिएको छ । हालसम्म चीनमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या १ लाख २ सय ९१ जना पुगेको छ । जनवरी २५ तारिख एकै दिनमा ८४ जना सङ्क्रमित फेला परेको थियो । प्रतिदिन सङ्क्रमित सङ्ख्याको हिसाबले अरू देशको तुलनामा चीनमा थोरै देखिन्छ । तर, सुरु हुन लागेको चिनियाँ नव वर्षको सामना गर्न हामीले पनि अरू ध्यान दिनुपर्छ । विभिन्न क्षेत्रमा तत्स्थानमै बसेर चिनियाँ नव वर्ष मनाउने प्रस्ताव उठाइएको छ । गत वर्ष महामारी नियन्त्रणको सफल अनुभवको आधारमा अहिले महामारीको छिट्टै नियन्त्रण हुनसक्ने विश्वास छ ।
कोभिड–१९ को महामारीबीच संसारभर अधिकांश देशले आर्थिक ¥हास सामना ग¥यो । तर, यो अवधिमा चीनले आर्थिक वृद्धि दर हासिल गर्न सफल भयो । यस्तो सफलताको खास कारण के हो ?
वाङः कोभिड–१९ महामारी विश्वव्यापी फैलिरहेको र विश्वको अर्थतन्त्र गम्भीररूपमा ¥हास भएको अवस्थामा चीनको अर्थतन्त्र सबैभन्दा पहिला स्थिर भएर पुनरोत्थान भएको छ भने सन् २०२० मा चीनको कुल गार्हस्थ उत्पादन (जीडीपी) एक हजार १६ खर्ब चिनियाँ युआन पुगेको छ । त्यसका मुख्य कारण तीनवटा छन्– एक, प्रभावकारीरूपमा महामारीको नियन्त्रण । महामारी फैलिएयता चीन सरकारले सटिक रोकथाम र स्थानीय आपत्कालीन अवस्थाको मिलेर व्यवस्थापन गर्ने अडिग व्यवस्थापन हुनु हो जसबाट महामारी नियन्त्रण भएर महामारी प्रभावित उपभोगका बजार तथा केही सेवा उद्योगमा स्थिर पुनरोत्थान हुन सम्भव भयो ।

दुई, चीन सरकारले रोजगार, बैङ्किङ, वैदेशिक व्यापार, वैदेशिक लगानी, आन्तरिक लगानी, जनजीवन, अन्न तथा ऊर्जा स्रोतको सुरक्षा, औद्योगिक तथा आपूर्ति शृङ्खलाको ग्यारेन्टी गरेबाट आर्थिक पुनरोत्थानलाई आवश्यक आधार प्रदान ग¥यो ।
तेस्रो, सुधार तथा खुलापनमा अरू स्थिर भयो । चीनले उठाएको दुईतर्फी लूप नयाँ मोडल भनेको ढोका बन्द गरेर गरिने विकास होइन । साथै, महामारीको सामना गर्ने अस्थायी नीति पनि होइन, तर दीर्घकालीन तथा स्थिर आर्थिक विकास गर्न निकालिएको रणनीति हो ।
नेपालले पनि खोप अभियान थालनी गरेको छ । नेपालको खोप अभियानलाई मित्र राष्ट्र चीनले कसरी मद्दत गर्नसक्छ ?
वाङः कोभिडविरूद्ध खोप विश्वको सार्वजनिक उत्पादित वस्तुको रूपमा न्याय र उचित मूल्यमा विश्वलाई आपूर्ति गर्नेछ भनी चीनले खोप अध्ययन गर्न थालेबाट नै विश्वसमक्ष प्रतिबद्धता जनाइसकेको छ । साथै चीनले विकासोन्मुख मुलुकमा खोपको पहुँच र किफायतीमा पनि उच्च ध्यान दिएको छ । अनि ठोस अवस्था हेरेर अनुदानलगायत विभिन्न किसिममा खोप प्रदान गर्नेछ । अवश्य पनि चीन एक्लैले त्यो काम सम्पन्न गर्नसक्दैन । त्यसैले सन् २०२० को अक्टोबर ८ तारिखका दिन चीनले विश्व खोप लिगसँग सम्झौता हस्ताक्षर गरी कोभिडविरूद्ध खोप सञ्चालन कार्यक्रममा संलग्न भएको थियो । सो कार्यक्रमले सन् २०२१ को अन्त्यअघि विश्वलाई २ अर्ब डोज खोप प्रदान गर्नेछ जसले हरेक मुलुकमा न्यायपूर्णरूपमा खोप प्रयोग गर्न दिनेछ । यो नै चीनले मानव जातिको स्वास्थ्य समुदाय विचारको आधारमा खोपलाई विश्वको सार्वजनिक उत्पादन वस्तुको रूपमा ल्याउने एक महत्वपूर्ण कदम हो ।

महामारीको समयमा नेपाल र चीनबीच भएको मैत्री सम्बन्धलाई तपाईँ कसरी हेर्नुहुन्छ ?
वाङः सन् २०२० को सुरुमा चीनमा महामारी फैलिएपछि नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलगायत राजनीतिज्ञले चीनका नेतालाई सन्देश पठाएर महामारी नियन्त्रणमा चीनको प्रयासलाई प्रशंसा र समर्थन गर्नुभयो । नेपालका प्रमुख प्रचारमाध्यमले महामारी नियन्त्रणमा चीनको उपलब्धिबारे धेरै प्रशंसा गरे भने नेपालका मैत्रीपूर्ण सङ्गठन, कलाकार, विद्यार्थीहरूले पनि विभिन्न कार्यक्रममार्फत चीनलाई समर्थन गरेका छन् । चीनमा महामारी नियन्त्रित भएपछि नेपालमा फैलिन थाल्यो । चीनले तत्काल नेपाललाई आवश्यक सामग्री अनुदान ग¥यो । नेपालमा बसेका चिनियाँ व्यापारीहरूले पनि सामग्री सङ्कलन, खाना अनुदानलगायत नेपाललाई सहयोग गरे । यसबाहेक चीनले विशेषज्ञ चिकित्सकहरूलाई निमन्त्रणा गरी भिडियोमार्फत नेपाली सम्बद्ध व्यक्तिलाई मूल्यवान अनुभव आदानप्रदान गरे । चीनको एउटा उखान छ–कठिनाइको अवस्थामा साँचो मित्र चिनिन्छ । चीन र नेपालबीच महामारी नियन्त्रण सहयोगबाट दुई देशबीच साँचो मित्र चिनियो । साथै दुई देश र जनताबीचको मैत्रीपूर्ण आवतजावतलाई पनि अरू सुदृढ बनायो ।
अन्त्यमा केही थप भन्नुपर्ने कुरा छन् कि ?
वाङः वास्तवमा हामी एउटै पृथ्वीमा बसेका छौँ । त्यसकारण हामी आपसमा अलग हुन सक्दैनौँ । विशेषगरी यो महामारीमा पनि हाम्रो भाग्य आपसमा गाँसिएको छ । त्यसैले समानता र आपसी सहयोगमा आधारित मानवजातिको भाग्य समुदायको निर्माण गर्ने अवधारणा पृथ्वीको मूल विकासको अवधारणा हो । यो चीनले विश्व व्यवस्थापनलाई प्रदान गरेको विद्वता र कार्यक्रम हो । साथै विश्वको दोस्रो ठूलो आर्थिक समुदायको रूपमा रहेको चीनको जिम्मेवारी पनि हो । चीन मानव जातिको भाग्यको सामुहिक प्रवक्ता हो । चीन सो धारणाको सक्रिय व्यवस्थापनमा लागेको छ । नेपाल पनि उक्त धारणामा अडिग रहिरहेको छ । चीन र नेपालबीचका विभिन्न क्षेत्रमा सहयोग समानता र आपसी भाइचाराको आधारमा गरिएको हो । जसले मानव जातिको भाग्य समुदायको लागि सक्रिय योगदान गरेको छ  । साथै चीन र नेपालको सम्बन्ध यो धारणालाई व्यवहारमा उतारेको सबभन्दा श्रेष्ठ नमूना पनि बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *