संयुक्त राष्ट्रसङ्घ तटस्थ किन भएन ?
- आश्विन ९, २०८३
पाकिस्तानमा रहेको विश्वकै दोस्रो सर्वोच्च शिखर माउन्ट केटुको हिउँदयाममा आरोहण गर्न नेपाली युवाहरू सफल भएका छन् । दस जना नेपाली युवाहरूको टोली गत माघ ३ गते केटुको चुचुरो पुगेको थियो । नेपालका निर्मल पुर्जा, मिङ्मा जी शेर्पा, मिङ्मा डेभिड शेर्पा, मिङ्मा तेन्जी शेर्पा, गेल्जे शेर्पा, दावा तेम्बा शेर्पा, पेमछिरी शेर्पा, किलुपेम्बा शेर्पा, दावा तेन्जिङ शेर्पा र सोना शेर्पा केटुको सर्वोच्च उचाइमा पुगेका थिए । केटु हिमालमा अरू याममा आरोहीहरूले आरोहण गरे पनि हिउँदयाममा भने नेपाली युवाहरू त्यहाँ पुग्न पहिलो पटक सफल भएका हुन् । उनीहरूले नेपालको राष्ट्रिय गान गाउँदै केटुको उचाइमा पाइला राखेका थिए । यसले नेपालीहरूलाई थप गौरवको अनुभव गराएको छ ।
पुस्तौँपुस्तादेखि हिमाललाई पुज्दै, चढ्दै र खेल्दै आएका शेर्पा समुदायका नेपालीहरूले हिमाल आरोहणको क्षेत्रमा नेपाल र नेपालीको शान उँचो पार्दै आएका छन् । हिमाल आरोहणमा नेपाली युवाहरूले धेरै कीर्तिमानहरू राख्न सफल भएका छन् । हिउँदयाममा केटुको सफल आरोहण नेपालीहरूले हिमाल आरोहणमा राखेको अर्को कीर्तिमान बनेको छ । सरकारले केटुको उचाइ नाप्ने नेपाली युवाहरूलाई सम्मान गर्ने निर्णय गरेको छ ।
हिम आरोहणका कीर्तिमानबारे चर्चा गर्दै गर्दा नेपालका कतिपय हिमालमा भने हिउँ देखिन छोडेको, हिमाल विगतमा जस्तो टिलिक्क नटल्केको भनी आएका समाचार भने दुःखदायी छ । विशेषतः विश्वव्यापी तापमान वृद्धि र जलवायु परिवर्तनको कारण हिमालको सौन्दर्य ¥हास हुँदै गएको छ । हिमालमा हिउँ कम हुनुले नेपालको पर्यावरण, संस्कृति, मानव बसोबास आदि धेरै पक्षमा दूरगामी असर पार्नेछ । उत्तरी र दक्षिण गोलाद्र्धमा वरफ पग्लिंदा आज जसरी संसारका धेरै देशहरू प्रभावित बनेका छन् र यो प्रभाव अझ गहिरो हुने अध्ययनले देखाएको छ, त्यसरी नै हिमालमा हिउँ कम हुँदाको प्रभाव विशेषतः दक्षिण एसियाली देशमा दूरगामी पर्नेछ । हिमाल आरोहण जति गौरवको विषय हो, हिमालको स्याहार नहुनु र संसारकै चुनौती बनेको तापमान वृद्धिबारे चिन्ता नलिनु उत्तिकै विस्मात्को विषय हो ।
नेपाल हिमालयको देश हो । संसारका दस सर्वोच्च शिखरहरूमध्ये अधिकांश नेपालमा छन् । नेपालको हावा, पानी, माटोदेखि संस्कृति आदि हिमालमा आधारित छ । त्यसकारण, हिमालमा आउने कुनै पनि परिवर्तनको प्रभाव प्रत्यक्षतः नेपालका सबै क्षेत्रमा पर्नेछ । हिमालको संरक्षण नेपाली जीवनसँग अत्यन्त गाँसिएको विषय हो ।
नेपाल सरकारले हिमाल आरोहण गर्ने साहसिला युवाहरूको सम्मानसँगै हिमालको संरक्षणको पहलकदमी गर्ने समय आएको छ । जलवायु परिवर्तन रोकथामको निम्ति संसारमा भइरहेका प्रयासमा नेपालले पनि हात जोड्न ढिला गर्नु हुन्न । जलवायु परिवर्तनको रोकथामको निम्ति उठेको सङ्घर्ष आजको पुँजीवादविरोधी सङ्घर्षको रूप हो । पुँजीवादको नाफामुखी चरित्र नै जलवायुमा ऋणात्मक प्रभाव पार्ने पहिलो कारण हो ।
नेपाल हिमाल आरोहीहरूको देश हो । नेपाललाई सगरमाथाको देशको रूपमा संसारले चिनेको छ । त्यसकारण, हिमालको स्वास्थ्यमा आएको समस्याबारे संसारलाई सजग बनाउने जिम्मेवारी नेपालको पनि हो । यसको निम्ति नेपाल सरकारले अन्तर्राष्ट्रिय दबुहरूको भरपुर उपयोगमात्र होइन, नेपालमै पनि विभिन्न जनचेतनामूलक र प्रचारात्मक गतिविधि र सम्मेलनहरूको आयोजना हुन आवश्यक छ । हिमाललाई सबभन्दा बढी माया गर्ने हिमाल आरोहीहरूको देशमा हिमालको संरक्षणबारे हुने गतिविधि र अभियानले विशेष महत्व राख्दछ । कुनै दाताको दानबिना नै पनि नेपालले यस्ता गतिविधिको पहल किन नगर्ने ?
माउन्ट केटुको सफल आरोह गर्ने नेपालीहरूलाई हार्दिक बधाई दिंदै गर्दा यसले नेपालीहरूको काँधमा थप जिम्मेवारी थपिएको पनि अनुभव गरौँ ।
Leave a Reply