भर्खरै :

जार कम्पनीले उपभोक्ता ठगेको हो ?

उपभोक्ताहरूमाझ सहज ढङ्गले खानेपानी पु¥याउन व्यवसायी–व्यापारीहरूले पानी राख्ने भाँडा या सामान बनाए । त्यो समयको आवश्यकता पनि हो । हरेक कार्यालय, कलकारखाना, उद्योग, सङ्घ संस्था र घर–घरमा धारा हुँदैन । सडकमा आवतजावत गर्दा, काम गर्दा गदै प्यास लाग्दा पानी खानुपर्ने हुन्छ । कहीँ कतै धारा नै भए पनि सञ्चयको लागि या आवश्यकताअनुसार पानी खाने भाँडोको खाँचो हुन्छ । त्यही आवश्यकता ठानेर व्यापारी व्यवसायीहरूले पानी राख्न प्लाष्टिकका सिसी र जार तयार गरे ।
जार तयार गरेर बिक्री वितरण गरिएकोमा कसैको दुःखेसो छैन । सुरुमा तयार गरिएको जार २० लिटरको पानी थियो । पानी पूरा भरेरै बिक्री हुन्थ्यो र सोहीअनुसार रकम निर्धारण गरिन्थ्यो । तर, पछि व्यापारी व्यवसायीहरूले बनाएका पानी राख्ने जार सानो बनाएको उपभोक्ताको भनाइ छ । पहिले तयार भएको जारमा २० लिटर पानी हुन्थ्यो भने पछि बिक्री वितरणमा ल्याइएको जारमा १८–१९ लिटर मात्रै पानी भएको उपभोक्ताहरूको गुनासो छ ।
२० लिटरको जार नबनाई जार कम्पनीहरूले उपभोक्ता ठगेको चर्चा पसल पसलमा भइरहेको छ । यसरी उपभोक्ता ठगे पनि प्रहरी प्रशासन मौन रहेको उपभोक्ताहरूको भनाइ छ । प्रहरी प्रशासनले २० लिटरको जार नबनाई सानो जार बनाउने कुन–कुन हुन्, ती सानो जार कहिलेदेखि बनाइएको हो सोको छानबिन गर्नुपर्ने कुुरा सहर बजारमा चर्चाको विषय बनेको छ । खानेपानी वितरण गर्ने सङ्घ संस्थाले त जस्तो जार हो त्यसमा पानी राख्ने हो, भर्ने हो । मुख्य दोषी त जार बनाउने कम्पनी नै हो । उपभोक्ता ठग्ने जार कम्पनीमाथि छानबिन गरी कारबाहीको प्रक्रिया अघि बढाउनुपर्छ ।
सानो जार बनाउने काम कम्पनीले अनजानमा गरेको होइन । पानी राख्ने जार सानो भएको हो भने उत्पादन कम्पनी पत्ता लगाई कारबाहीको प्रक्रियामा जान विलम्ब गर्नु हुँदैन । तौल नपुगेका,े मात्रा पर्याप्त नभएको, म्याद नाघेको गुणस्तरहीन भएको कुनै खाद्यान्न, वस्तु छ भने उपभोग्य ऐन र उपभोक्ता नियमावलीअनुसार दोषी कारबाहीमा पर्नुपर्छ । यसतर्फ जिल्ला प्रशासन कार्यालयमात्र होइन सम्बन्धित अन्य सरोकारवाला निकायको पनि ध्यान पुग्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *