के ‘गाँसे गुसे एकै नासे’ हो ?
- असार १५, २०८३
२०६२/६३ सालको जनआन्दोलनपछि शासक दलका नेताहरूले कैयौँ पटक ‘नेपालमा उपरान्त कहिले पनि आन्दोलन र सङ्घर्षको खाँचो नपर्ने’ भनी भाषण गरेका थिए । विशेषतः आफू सरकारमा रहेका बेला नेताहरूले यस्ता भाषण गर्ने गर्थे । सँगै समृद्धि र विकासको धेरै थरी सपनाको बिस्कुन लगाउँथे । तर, उनीहरूका त्यस्ता अभिव्यक्ति आफ्नो कुर्सी जोगाउने दाउमात्र थियो । वर्ग रहेसम्म वर्गसङ्घर्ष चालु रहन्छ र राज्यसत्ता रहेसम्म राजनीतिक सङ्घर्ष हुनु स्वाभाविक नियम हो । यथास्थितिको रक्षा प्रतिक्रियावादी राज्यसत्ताको आधारभूत चरित्र हो । उसको त्यही चरित्रको कारण परिवर्तनको मुद्दा उठाउने परिवर्तनशील जनतालाई राज्यसत्ताले सधैँ दमनको अस्त्र प्रयोग गर्ने गर्छ । त्यसकारण शासक दलका नेताहरूले भनेजस्तो न त राजनीतिक सङ्घर्ष रोकिने थियो न त परिवर्तनको प्रवाह नै । द्वन्द्ववादको पाठशालामा पढेका नेताहरू आफ्नो सत्ता जोगाउन ‘हाम्रो पुस्ताले आफ्नो सिङ्गो जीवन आन्दोलन र सङ्घर्षमा बितायो, अब नयाँ नेपाल बनेको छ, भावी पुस्ताले त्यस्तो आन्दोलन गर्नुपर्नेछैन’ भनी फलाके । तर, जब आफू सत्ताबाट फालिन्छ, तब तिनै नेताहरू जनतासमक्ष ‘भावी पुस्तालाई सडक सङ्घर्ष गर्न नपर्ने गरी अब अन्तिम पटक सङ्घर्षमा आउन’ आह्वान गर्छन् । यी दुवैै अभिव्यक्ति सत्ता रक्षाको लागि बोलिएको झूटसिवाय केही होइन ।
राजनीतिक सङ्घर्ष एउटा नियमित प्रक्रिया हो । जनतालाई वास्तविकताको जानकारी दिनुको सट्टा आफ्नो सत्तालोभ र स्वार्थको लागि ‘अन्तिम पटक’ भन्दै झूट बोल्नु शासक दलको बदमासी हो । दाहाल–नेपालको सडक सङ्घर्ष अन्तिम सङ्घर्ष कदापि हुनसक्दैन । समाजवादको कुरा गर्दै पुँजीवादको माला जप्ने राजनीतिक शक्तिविरूद्ध समाजवादका पक्षधर जनताले गर्ने सङ्घर्षका दिन पक्कै आउनेछ ।
समाज परिवर्तनको लागि सङ्घर्ष नियमित प्रक्रिया हो । द्वन्द्ववादी दर्शनले यही कुरा भन्छ । जसले समाज परिवर्तनको यो आधारभूत चरित्रलाई अस्वीकार गर्छन्, उनीहरू अधिभूतवादी हुन् ।
यतिबेला प्रतिनिधिसभा विघटनको विरोधमा दाहाल–नेपाल समूहले सडक सङ्घर्ष गरिरहेको छ । सडक सङ्घर्षको क्रममा बिहीबार देशभर घटेका घटनाले हिजो ‘अब देश स्थायित्व र विकासको बाटोमा गयो, उपरान्त आन्दोलन गर्न नपर्ने’ भनी उनीहरूले दिएका अभिव्यक्ति जनताले स्मरण गरे । आज सत्ताबाट गलहत्याइएका ती नेताहरू जनतालाई फेरि पनि ‘अन्तिम पटक’ सङ्घर्षमा आउन आह्वान गरिरहेका छन् । कदाचित उनीहरूको यो सङ्घर्ष सफल भए पनि यो कदापि अन्तिम सङ्घर्ष हुनेछैन । फेरि पनि समाजमा यथास्थितिको विरोधमा उभिने शक्ति हुने नै छन् । ती शक्तिहरूले एउटा उपयुक्त र आवश्यक परिस्थितिमा यथास्थितिको पर्खाल भत्काउन फेरि पनि सडक सङ्घर्ष वा सङ्घर्षका अन्य तरिका अवलम्बन गर्नैपर्नेछ ।
राजनीतिक सङ्घर्ष एउटा नियमित प्रक्रिया हो । जनतालाई वास्तविकताको जानकारी दिनुको सट्टा आफ्नो सत्तालोभ र स्वार्थको लागि ‘अन्तिम पटक’ भन्दै झूट बोल्नु शासक दलको बदमासी हो । दाहाल–नेपालको सडक सङ्घर्ष अन्तिम सङ्घर्ष कदापि हुनसक्दैन । समाजवादको कुरा गर्दै पुँजीवादको माला जप्ने राजनीतिक शक्तिविरूद्ध समाजवादका पक्षधर जनताले गर्ने सङ्घर्षका दिन पक्कै आउनेछ ।
भोलि दाहाल वा नेपाल वा खनाल अथवा कोही अरू सरकारको मुखिया बने उनले पनि ‘अब सङ्घर्षका दिन सके’ भनी बोल्दै आफ्नो कुर्सी जोगाउने प्रयास गर्नेछन् । तर, समाज विकासको नियम बुझेका जो कोहीले पनि बुझ्न जरूरी छ–परिवर्तनको प्रवाहमा त्यही बेला पूर्णविराम लाग्नेछ, जतिबेला समाज मृत र राख हुन्छ । समाजलाई अझ अघिको गन्तव्यमा पु¥याउन परिवर्तनशील शक्ति सदैव तत्पर भइरहनुपर्छ । बहुमत जनतालाई बाँधिएको शोषणको सिक्री नचुडाउञ्जेलसम्म सङ्घर्षको यो सिलसिला कोही पनि शासक आए पनि रोकिनेछैन । परिवर्तनको लहर यसरी नै अघि बढिरहनेछ ।
Leave a Reply