भर्खरै :

अनन्तलिङ्गेश्वरको रु १५ करोड बजेट सार्वजनिक

भक्तपुर, २७ पुस । अनन्तलिङ्गेश्वर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७४÷७५ का लागि कुल रु १५ करोड दुई लाख ८३ हजारको बजेट सार्वजनिक गरेको छ ।
नगरपालिकाले मङ्गलबार यहाँ आयोजना गरेको कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत होतराज लम्सालले तेस्रो नगर परिषद्बाट स्वीकृत नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्दै सो जानकारी दिनुभएको हो ।
विनियोजित बजेटमध्ये कार्यालय सञ्चालन एवम् खर्च रु एक करोड १२ लाख ६८ हजार सात सय ५०, सामाजिक सुरक्षा भत्ता रु दुई करोड ५० लाख, लक्षित कार्यक्रमतर्फ रु एक करोड ६६ लाख ६५ हजार र रु नौ करोड २४ लाख ४९ हजार पूर्वाधार निर्माणतर्फ विनियोजन गरेको लम्सालले बताउनुभयो ।
कार्यक्रममा सांसद रामेश्वर ढुङ्गेल, पूर्वसांसद लेखनाथ न्यौपाने, प्रजिअ द्रोण पोखरेल, स्थानीय विकास अधिकारी धु्रवप्रसाद कोइराला लगायतले स्थानीय निकायको निर्वाचन छिटो गर्नुपर्ने आवश्यकता औँल्याउँदै नगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सबै मिल्नुपर्नेमा जोड दिनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *