भर्खरै :

ख्वप कलेजमा खेलकुद सप्ताह

भक्तपुर, २७ पुस । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप उच्च मावि, ख्वप कलेज र शारदा क्याम्पस उच्च माविमा अध्ययनरत विद्यार्थीहरुबीचको पुस २५गतेबाट सुरु भएको खेलुकद प्रतियोगिता ‘खेलकुद सप्ताह’अन्तर्गत बुधबार फूटबल र व्याडमिन्टनको क्वाटर फाइनलसम्मको खेल, भलिबलको सेमिफाइनलसम्मको खेल र चेसको फाइनल खेलहरु सम्पन्न भए ।
बुधबार भएको चेस छात्रातर्फको फाइनल खेलमा बीएस्सी तेस्रो वर्षका जेनिता प्रजापति, विज्ञान १२ का पवित्रा दुवाल र बीबीएस तेस्रो वर्षका मनिशा नाखन्दा क्रमशः पहिलो, दोस्रो र तेस्रो हुन सफल भयो भने छात्रतर्फ विज्ञान ११ का विवेक जोशी, बीबीएस तेस्रो वर्षका रोजन श्रेष्ठ र व्यवस्थापन १२ का कविशेक लाखे क्रमशः पहिलो, दोस्रो र तेस्रो हुन सफल भए ।
आयोजक विद्यालय कलेजका अनुसार बिहीबार व्याडमिन्टन र भलिबलको फाइनल खेल र फूटबलको सेमिफाइनल खेल हुनेछ ।
ख्वप कलेज र उच्च माविको आयोजनामा पुस २९ गतेदेखि माघ ४ गतेसम्म भक्तपुर–काभ्रेव्यापी मावि तथा कलेजस्तरीय ख्वप बास्केटबल प्रतियोगिता हुने भएकोले सहभागिताको लागि भक्तपुर र काभे्रपलाञ्चोक जिल्लाका शैक्षिक संस्थाहरुलाई अनुरोध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *