भर्खरै :

चियाको पातले फेरिएको एउटा गाउँ

पूर्वी चीनको चचियाङ प्रान्तको एउटा गरिब गाउँलाई चियाको एउटा पातले चियाको बगानमा रूपान्तरण गरिदिएको छ । सन् २००३ मा सी चिनपिङले त्यो गाउँको भ्रमण गर्नुभएको थियो । उहाँको त्यो भ्रमण गाउँको लागि कोशेढुङ्गा सावित भयो । तिनताक उहाँ प्रान्तीय पदाधिकारी हुनुहुन्थ्यो । उहाँले आफ्नो राजनीतिक कार्यको पहिलो प्राथमिकतामा गरिबी निवारणलाई राख्नुभएको थियो ।
गरिब गाउँमा आशा जगाउने एउटा पात
सन् १९८९ मा ह्वाङ्तु गाउँ पुग्ने एकमात्र बाटो वर्षामा हिलाम्य र अरू बेला धुलाम्य थियो । त्यहाँका घर र भवनहरू पनि जीर्ण थिए । चचियाङ प्रान्तको आन्ची गाउँका सबभन्दा गरिब गाउँमध्ये त्यो पनि एउटा थियो ।
सन् १९९७ मा चिनियाँ कम्युनिस्ट पार्टीको त्यो गाउँको एकाइका सचिवले चियाको खेती गर्ने प्रस्ताव गरे । उनले स्थानीय चिया उत्पादनलाई गाउँकै आम्दानीको स्रोत बनाउने निधो गरे । तर, गाउँलेहरूले उनको यो प्रस्ताव मानेनन् । “उनीहरू चियाको खेती गर्न चाहँदैनथे किनभने उनीहरूलाई चियाका पात नबिक्ने भय थियो”, गाउँ पार्टी समितिका तत्कालीन सचिव शेङ एलिनले भने । गाउँलेहरूलाई नमुनाको रूपमा देखाउन स्थानीय अधिकारीहरूले आफैले चिया खेती थाले । त्यस्तै चिया खेती गरे प्रतिहेक्टर जमिन ४ हजार ५ सय युआन (५४३ अमेरिकी डलर) बराबरको अनुदान दिने घोषणा गरे । गाउँलेहरू क्रमशः चिया खेतीतिर आकर्षित हुन थाले र चियाको उत्पादन पनि बढ्यो ।
सीको भ्रमण, कोशेढुङ्गा
सन् २००३ को अप्रिल ९ त्यो गाउँको लागि कोशेढुङ्गा सावित भयो । चिनियाँ कम्युनिस्ट पार्टीका चचियाङ प्रान्तीय समितिका तत्कालीन सचिव सी चिनफिङले सो दिन ह्वाङ्तु गाउँको भ्रमण गर्नुभएको थियो ।
उहाँले हिलाम्ये बाटो हुँदै चिया बगानको अनुगमन गर्नुभयो र चिया खेतीबारे जानकारी लिनुभयो । गाउँलेहरूले वर्षको १ लाख ८० हजार युआन बराबरको वार्षिक नाफा कमाइरहेको सुनेर उहाँ खुसी हुनुभयो र भन्नुभयो,“एउटा पातले उद्योग बनाउँछ र त्यसले स्थानीय जनतालाई धनी बनाउँछ ।”
“ह्वाङ्तु गाउँ चिया उमारेर धनी बन्यो । सी चिनपिङका शब्दहरूप्रति आभारी छौँ”, पार्टीका वर्तमान सचिव शेङ अवेईले भने, “उहाँ दूरदर्शी हुुनुहुन्छ र हामी सही बाटोमा छौँ भन्ने कुरा देख्नुभयो । हामीले उजाड पहाडलाई आज चिया बगानमा रूपान्तरण गरेका छौँ ।”
सीको भ्रमणपछि गाउँले चिया बगान बिस्तार ग¥यो । सन् २०१० सम्ममा चिया बगान ६६७ हेक्टर जमिनमा फैलियो । अनि चीनकै सबभन्दा उत्तम चिया खेतीमा त्यहाँको चिया खेती कहलियो । सन् २०१९ मा त्यो गाउँमा ४ करोड युआनभन्दा बढीको चिया भयो । अनि वार्षिक प्रतिव्यक्ति आम्दानी ४९ हजार युआन पुग्यो । “बीस वर्षअघि भन्दा त्यो निकै ठूलो परिवर्तन थियो !”, शेङ अवेईले खुसी पोखिन् ।
ग्रामीण आर्थिक वृद्धिको लागि चिया उत्पादनमा सीको जोड
बितेका चालीस वर्षमा सी चिनफिङले काउन्टी, सहर, प्रान्त र केन्द्रीय सरकारमा काम गर्नुभयो । उहाँले सन् २००२ देखि २००७ सम्म पाँच वर्ष चचियाङमा काम गर्नुभयो । त्यत्तिबेला चचियाङमा २६ वटा अविकसित काउन्टी र ३६१ वटा अविकसित नगर थिए । त्यहाँको प्रान्तीय समितिका सचिव बनेपछि सीले छोटो समयमै एघार नगर र २० भन्दा बढी काउन्टीको भ्रमण गर्नुभयो । ती अधिकांश ठाउँ आर्थिकरूपमा कठिन पहाडी क्षेत्र थिए ।
कु यिकाङ त्यत्तिबेला चचियाङ प्रान्तको ग्रामीण मामिला कार्यालयका उपनिर्देशक थिए । सन् २००३ र २००४ मा सी चिनफिङसँगै उनी पनि ती पहाडी क्षेत्रको भ्रमण गरेका थिए । “त्यत्तिबेला उहाँ (सी) ले अविकसित क्षेत्रले मध्यमखालको समृद्धि हासिल नगर्दासम्म हामीले चचियाङको समग्र विकास गर्न नसक्नेमा जोड दिनुहुन्थ्यो”, कुले भन्नुभयो । उनले त्यत्तिबेला सो क्षेत्रका चिया उद्योगको विकासमा जोड दिनुपर्नेमा सीले विशेष जोड दिनुभएको बताए ।
“चचियाङको चिया उत्पादन लगातार बीस वर्षदेखि बढिरहेको छ । त्यसले किसानहरूको आम्दानी लाखौँले बढाएको मात्र छैन बरु ग्रामीण आर्थिक विकासको ढाँचामा पनि रूपान्तरणको लागि नवीन विचार प्रदान गरेको छ । नयाँ समाजवादी ग्रामीण क्षेत्र निर्माणको निम्ति त्यसले आधार र अवस्था बनाएको छ”, सन् २००६ मा सीले लेख्नुभएको लेखमा उल्लेख छ ।
दिगो विकासको लागि सफा पानी र रसिलो माटो
चचियाङको कुल क्षेत्रफलमध्ये ६० प्रतिशत जङ्गलले भरिएको छ र सो प्रान्तमा अथाह पर्यावरणीय सम्भावना छन् ।
सन् २००५ को अगस्टमा सी फेरि आन्जी पुग्नुभयो र त्यहाँ पहिलो पटक ‘दुई पहाड’ को अवधारणा प्रस्ताव गर्नुभयो । “सफा पानी र रसिलो माटो ज्यादै अमूल्य सम्पत्ति हुन् । हामी भन्ने गथ्र्यौं, हामीलाई सफा पानी र रसिलो पहाडमात्र होइन बरु सुन र चाँदीका पहाड पनि चाहिएको हो । वास्तवमा सफा पानी र रसिला पहाड सुन र चाँदीका पहाडजत्तिकै मूल्यवान हुनसक्छन्”, सी भन्नुहुन्थ्यो ।
सीको नेतृत्वमा चचियाङका अविकसित क्षेत्रमा विभिन्न विकासका परियोजनाहरू लागु गरियो । सन् २००७ मा त्यहाँका ३६१ नगरका किसानहरूको प्रतिव्यक्ति आम्दानी देशभरको ग्रामीण औसत प्रतिव्यक्ति आम्दानीभन्दा बढी थियो । सन् २०१५ मा चचियाङका बाँकी २६ गरिब काउन्टीहरूलाई गरिबीको क्रमावलीबाट निकालियो । चचियाङ चरम गरिबीबाट मुक्त हुने चीनकै पहिलो प्रान्त बन्न सफल भयो ।
“चिया उमार्नुको शाब्दिक अर्थ ‘सफा पानी र रसिला पहाडलाई सुन र चाँदीको पहाडमा बदल्नु’ हो”, शेङ अवेईले भनिन् ।
सफलताको कथा
सन् २०१८ मा ह्वाङ्तुमा सीले भ्रमण गरेको पन्ध्र वर्ष पुग्यो । उहाँको सो भ्रमणपछि त्यहाँको जीवन सहज भएको छ । गाउँलेहरूले थप स्वाभिमानको अनुभव गरेका छन् । उनीहरूको चिया उद्योग र सीको दुरदर्शिता धन्य छ । शेङ अवेई र पार्टीका १९ जना अन्य सदस्यहरूले सीलाई एउटा चिट्ठी लेखेका थिए । त्यो चिट्ठीमा चीनमा गरिबी हटाउन आफ्नो गाउँको तर्फबाट १ करोड ५० लाख चियाका बुटा सरकारलाई सहायता गर्न चाहेको उल्लेख छ ।
चिट्ठीको प्रत्युत्तरमा सीले ‘इनारको पानी खाँदा त्यो इनार खन्ने व्यक्तिको नाम कदापि भुल्न नहुने, धनी भएपछि पार्टीले देखाएको सद्भाव र प्रेम भुल्न नहुने’ विचारको कदर गर्नुभयो । उहाँ जसलाई पुगिसरी भएको छ उनीहरूले गरिबीमा बाँचिरहेका मानिसहरूलाई सहायता गर्नुपर्ने चिट्ठीमा लेख्नुभएको थियो ।
गरिबी निवारण र विकाससम्बन्धी राज्य परिषद्को सरोकार समूहको कार्यालयअन्तर्गत विकास निर्देशन विभागको नेतृत्वमा ह्वाङ्तु गाउँले चीनको दक्षिणपश्चिम क्षेत्रका तीन प्रान्तका चार काउन्टीका गरिब किसानहरूलाई चिया उत्पादनमा सहयोग गरिरहेको छ । त्यसरी चचियाङको सहायता पाउने गरिब किसानहरूको सङ्ख्या हालसम्म ५ हजार ८ सय ३९ जना पुगिसकेको छ ।
स्रोत : सीजीटीएन

Leave a Reply

Your email address will not be published. Required fields are marked *