नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
कोभिड–१९ महामारीको कारण संसारभर नै अत्यधिक प्रभावमा परेका क्षेत्रमध्ये पर्यटन क्षेत्र पनि हो । सङ्क्रमण नियन्त्रण गर्न सबै देशले आफ्ना हवाई तथा स्थल सिमाना बन्द गरेपछि पर्यटक उद्योग धरासयी बनेको हो । देशभित्रै पनि लकडाउनको कारण आन्तरिक पर्यटन पनि झन्डै शून्यमा झरेको अवस्था थियो । कोभिड–१९ महामारी नहुँदो हो त अघिल्लो वर्ष सन् २०२० नेपाल भ्रमण वर्ष हुने थियो । पर्यटक वर्षकै अवसर पारेर विभिन्न स्थानीय पालिकाहरूले आ–आफ्नो अनुकूलतामा विभिन्न पर्यटन प्रवद्र्धनका कार्यक्रम अघि बढाउँदै थियो । सरकारले भनेजस्तै अर्थतन्त्रमा अतिरञ्जित आर्थिक सुधार नभए पनि पर्यटन गतिविधिले अर्थतन्त्रका सबै क्षेत्रमा केही न केही सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको थियो । विडम्बना ! यसबीच अनपेक्षितरूपमा कोभिड–१९ को महामारी फैलिँदा ती सबै अपेक्षा अपुरो नै रहे ।
कोभिड–१९ महामारीले संसारलाई धेरै पाठ सिकाएको छ । पर्यटन व्यवसायीहरूले पनि यो बीचमा धेरै कुरा सिकेको हुनुपर्छ । पर्यटन व्यवसायीहरूले विदेशी पाहुनालाई प्राथमिकता दिंदै गर्दा आन्तरिक पर्यटकलाई उपेक्षा गर्न नहुने वास्तविकता यो महामारीले उनीहरूलाई बोध गराएको हुनुपर्छ । आन्तरिक पर्यटन नै पर्यटन व्यवसायको दिगो आधार हो । आन्तरिक पर्यटनको प्रवद्र्धनको लागि पनि राज्य र व्यवसायीहरूले समान ध्यान दिन जरुरी छ ।
सन् २०२० पर्यटन उद्योगको लागि कालो वर्ष बन्यो । सन् २०२१ मा केही सुधारका सङ्केत देखिएका छन् भने आगामी वर्ष पर्यटन क्षेत्रको लागि उज्यालो वर्ष बनाउने विषयमा छलफल अघि बढाउन जरुरी छ । यो छलफलभित्र पूर्वाधार विकासदेखि अन्य धेरै कुरा समावेश छन् ।
कोभिड–१९ को जोखिम अझै पूर्णतः निर्मूल भइसकेको छैन । यद्यपि, पछिल्ला महिनामा घट्दो सङ्क्रमण दर र विशेषतः कोभिड–१९ प्रतिरोधी खोपको आविष्कार र वितरणको कारण अब अर्थतन्त्रका अन्य क्षेत्रमा जस्तै पर्यटन क्षेत्र पनि क्रमशः सहज बन्दै जाने अपेक्षा गरिएको छ ।
काठमाडौँलगायत देशका पर्यटकीय क्षेत्रहरूमा फाटफुट पर्यटकहरू देखिन थालेको छ । अध्यागमन विभागको तथ्याङ्कअनुसार सन् २०२१ को सुरुका दुई महिना नेपालमा १८ हजार २० जना विदेशी पर्यटक भित्रिएका छन् । पर्यटक व्यवसायीहरूले यसलाई सुधारोन्मुख मानेका छन् । अवस्था सामान्य बन्दै गएमा अब पर्यटनको सङ्ख्या क्रमशः बढ्दै जाने अपेक्षा गर्न सकिन्छ । तर, त्यसको निम्ति सबभन्दा पहिलो सर्त भनेको पर्यटकहरूलाई अब नेपाल सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्न आवश्यक छ । नेपालमा आउँदा सङ्क्रमणको सम्भावना कम छ भनी पर्यटकहरूलाई आश्वस्त बनाउने विषयमा सरकार र पर्यटन व्यवसायीले सहकार्य गर्नुपर्छ । विशेषतः पछिल्ला महिनाहरूमा नेपाल कोभिड–१९ को सङ्क्रमणको कारणमात्र नभई राजनीतिक तरलताको कारण पनि जोखिमपूर्ण मानिने सम्भावना छ । कोभिड–१९ को सङ्क्रमणको संशय घटाउने सबभन्दा उपयुक्त माध्यम भनेको कोभिड–१९ प्रतिरोधी खोप अभियानलाई अझ तीव्रता दिनु र सावधानीका उपायहरूको प्रभावकारी प्रयोग गर्नु नै हो ।
पर्यटन वर्षको मुखमै आएर कोभिड–१९ महामारी सल्कियो । त्यसकारण त्यत्तिबेला धेरै योजना त्यत्तिकै थन्किए । अब ती योजनालाई कसरी कार्यान्वयनमा ल्याउन सकिन्छ भन्ने विषयमा तयारी थाल्न जरुरी छ । देशको अर्थतन्त्र उकास्ने बलियो आधार पर्यटन उद्योग नै हो । त्यसकारण पर्यटनका लागि राज्य र व्यवसायीहरूले बनाएका योजनाहरूलाई व्यवहारमा ल्याइन जरुरी छ ।

Leave a Reply