भर्खरै :

लेनिनका जीवनका पानाहरू – ११/ सहृदयी लेनिन

आफ्ना साथीहरूको लागि लेनिनको सुचिन्ता सुविदित छ । उहाँले यो वा त्यो व्यक्तिलाई मद्दत गर्नु भनी संस्थाका सञ्चालकहरूलाई नोट र पत्र लेखिरहनुहुन्थ्यो । तर, उहाँले यस्ता कुरालाई आदेशको रूपमा नभएर आग्रहको रूपमा लेख्नुहुन्थ्यो । फल्ना–फल्ना व्यक्तिको लागि खाना, दाउरा, कपडा, चिकित्सा वा छुट्टीको व्यवस्था गरी उसको सहायता गर्नुपर्छ भन्ने आशयका ती पत्रहरू हुन्थे । लेनिनको यस्तो चिन्तामा उदारतामात्र होइन, दूरदर्शीता र कोमलता पनि थियो । उहाँ मानिसको अत्यावश्यक कुराप्रति आश्चर्यजनकरूपले संवेदनशील पनि हुनुहुन्थ्यो ।
यस सम्बन्धमा स्वास्थ्य सुरक्षाका जनकमिसार सेमाश्कोको नाममा लेनिननले लेखेको पत्र उदाहरणीय छ । त्यसमा लेखिएको थियो ः “कृपया तन तनोभिच स्क्वोत्र्सोभ–स्तेपानोभको लागि (‘इज्वेस्तिया’ समाचारपत्रका सम्पादक तथा पुराना क्रान्तिकारी) गर्मीको छुट्टीको लागि मस्को आसपासमा निवास–स्थानको व्यवस्था गर्नुहोस् । सम्भव भएमा खानपान सहित । कृपया मलाई सूचित गर्नुहोस् ।”
केन्द्रीय साङ्ख्यिकीय निर्देशनालयका उपनिर्देशक ख्रियाश्चेभा जनकमिसार परिषद्की सदस्य नभएपनि ठीक समयमा परिषद्का सबै बैठकहरूका सामेल हुन्थिन् । त्यसबेला बैठकहरू साँझ साढे सात बजे सुरु भएर राती एक वा दुई बजे सकिन्थ्यो । लेनिनले यस्तो देखेर एक बैठकको क्रममा आफ्नो सेक्रेटरीलाई लेख्नुभयो, “यदि ख्रियाश्चेभा टाढा बस्छिन् र उनलाई पैदल हिँड्नुपर्छ भने मलाई उनको लागि अफसोस छ” उनीसँग भन्नुस् कार्यसूचिमा साङ्ख्यिकीसँग सम्बन्धित कुनै प्रश्न नभएमा छिटो जाने गरुन् वा बैठकमै नआउन् ।” तर, उनले नराम्रो मान्छिन् कि भन्ने डरले उहाँले अगाडि लेख्नुभयो, “उनीसँग उपयुक्त अवसरमा होसियारीपूर्वक कुरा गर्नुस् ।”
यस्ता नोटहरू लेनिनले प्रायजसो आफ्नो सानो नोटबुकका पानामा लेख्ने गर्नुहुन्थ्यो । यस्ता नोटहरू धेरै हुन्थे । तर, त्योभन्दा धेरै हुन्थे उहाँका आदेशहरू, जुन उहाँले सेक्रेटरीलाई मौखिकरूपमा दिनुहुन्थ्यो – फलानो साथीलाई टेलिफोन गर्नुस्, सहायता दिन सकिन्छ वा सकिँदैन राम्रोसँग पत्ता लगाउनुस्, निश्चित व्यवस्था गर्नुस् र आवश्यकता परेको साथीलाई सूचित गर्नुस् । केन्द्रीय साङ्ख्यिकीय निर्देशनालयका सञ्चालक पोपोभले श्रम तथा प्रतिरक्षा परिषद्को बैठकको कार्यसूचिमा उहाँको नाममा एउटा कार उपलब्ध गराइयोस् भन्ने अनुरोध दायर गर्नुभयो । बैठकले उहाँको अनुरोध स्वीकृत ग¥यो । तर, पछि लेनिनले मसँग भन्नुभयो, “उहाँलाई कार अवश्य दिनुपर्छ, तर यस्ता प्रश्न श्रम तथा प्रतिरक्षा परिषद्को बैठकहरूमा पेश हुनु नै दुःखको कुरा हो । हाम्रा साथीहरूले निस्पृह भावले काम गरिरहेका छन् र निजी सुख–सुविधाका मामिलामा प्रायः विवश छन् । उनीहरूको सहायता गरिनुपर्छ । उनीहरूले अत्यधिक काम गर्नुछ र उनीहरूलाई दुःख दिन सकिँदैन । यसकारण उनीहरूको चिन्ता गर्नु हजुरको काम हो । तपाईँ हरेक जनकमिसारको आमा, बहिनी र परिचारिका हुनुपर्छ ।”
लेनिनले मलाई यस प्रकारका काम प्रायजसो दिइरहनुहुन्थ्यो । मैले खाद्य जनकमिसार त्सुरूपाको स्वास्थ्यको हेरचाह गर्नुपर्छ भनी लेनिनले मलाई लिखित आदेश पनि जारी गर्नुभएको थियो । उहाँले उत्तम खुराक र आराम पाउनुभएको छ कि छैन ? उहाँ ठिक समयमा स्वास्थ्य निवासमा जानुहुन्छ वा जानुहुन्न साथै डाक्टरहरूको आदेशलाई पालना गर्नुहुन्छ वा गर्नुहुन्न भनी मैले निगरानी राख्नुपथ्र्यो ।
लेनिनले १९१८ मा त्सुरूपालाई एउटा पत्रमा लेख्नुभएको थियो, “सरकारी सम्पत्तिप्रति तपार्इँको व्यवहार एकदम असह्य छ ।” उहाँको सरकारी सम्पत्तिको अर्थ थियो एक कार्यकर्ताको स्वास्थ्य । कुनै कार्यकर्तालाई दीर्घकालीन उपचारको लागि पठाउनुपर्ने भएमा लेनिनले त्यसको व्यवस्थाको लागि आग्रह गर्नुहुन्थ्यो । र, यसलाई उहाँले “व्यक्तिलाई सम्पूर्ण मर्मतको लागि पठाउनु” भन्नुहुन्थ्यो ।
लेनिनको पहलकदमीमा जनकमिसार परिषद्को एउटा भोजनालय स्थापना गरियो । देशमा अकाल परेको थियो । प्रमुख कार्यकर्तालाई अरूभन्दा केहीमात्र राम्रो खाना उपलब्ध थियो । एक रात खाद्यका जनकमिसार त्सरूपा जनकमिसार परिषद्को बैठकमा मूर्छा पर्नुभयो । डाक्टरहरूलाई बोलाइयो । उनीहरूले त्यसको मुख्य कारण भोक बताए । त्यसपछि लेनिनले मसँग भन्नुभयो, “साथीहरूमा राम्रोसँग नजर राख्नुस् । केही त दुर्बलताका कारणले भयानक देखिन थालेका छन् । एउटा भोजनालय स्थापना गर्नुस्, जसमा शुरुमा ३० जनासम्मलाई खुवाउन सकियोस् । र, त्यसमा एकदम दुर्बल, भोकले अति पिडित मात्र सामेल गर्नुस् ।” भोजनालय क्रेमलिनको घोडासवार–विभागमा खोलियो र त्यसमा सुरुमा ३० जना “एकदम दुर्वल” मानिसलाई खानाको बन्दोबस्त गरियो । विस्तारै–विस्तारै भोजनालयको काम बढ्यो । अन्त्यमा त्यसलाई क्रेमलिनको डाक्टरी तथा सफाइ विभाग अन्तर्गत राखियो ।
केन्द्रीय समितिको डाक्टरी आयोग पनि लेनिनकै पहलकदमीमा खोलिएको थियो । प्रायजसो कुनै न कुनै साथी अत्यधिक काममा खटेको कारणले डाक्टरहरूले उसलाई तुरुन्त आराम दिन र उसको उपचार गराउन कठोर आग्रह गर्थे । यस्ता मामिलामा लेनिनले डाक्टरको आदेशलाई पूर्णतः पालना गर्न माग गर्नुहुन्थ्यो । तर, आदेशको पालना सधैँ हुन्नथ्यो । फलस्वरूप, शक्ति र स्वास्थ्य दुवै नष्ट हुन्थ्यो । किनकि हरेक व्यक्तिलाई लाग्थ्यो, उसको स्थान अरू कसैले लिन सक्दैन र उसले छुट्टी लिएमा काम रोकिनेछ । मामिला यहाँसम्म पुग्यो, लेनिनले त्यसलाई पोलिटब्यूरोमा पेश गर्नुभयो । आदेशको पालना गर्ने अर्थात् सम्बन्धित साथीले छुट्टी लिएर उपचार गराउने कुराको निगरानीको काम केन्द्रीय समितिले सचिवलाई सुम्पियो । जुन उत्साह र आत्मत्यागको साथ मानिसले काम गर्थे, त्यसको कारण उनीहरूसँग यस आदेशको पालना गराउन हम्मेहम्मे भयो । केन्द्रीय समितिको कार्यालयले विवश भएर यस सम्बन्धमा धेरै समय र श्रम खर्चिन परेको थियो । यसैकारण त्यसबाट छुटकारा पाउन लेनिनको आदेशमा केन्द्रीय समितिको एउटा डाक्टरी आयोग नै खोलियो ।
लेनिन अत्यन्त निश्छल हृदयका, उच्च सिद्धान्तनिष्ठ हुनुहुन्थ्यो । साना–ठुला सबै मामिलालाई गहिराइबाट जाँच्नुहुन्थ्यो । क्रुप्सकाया भन्ने गर्नुहुन्थ्यो, विशुद्ध वैयक्तिक प्रश्नहरूको निर्णय गर्ने समयमा पनि लेनिनले उहाँसँग सोध्नुहुन्थ्यो, “मजदुरले के भन्ठान्लान् ?” जनकमिसार परिषद्को अध्यक्षको हैसियतले पनि लेनिन प्रवासका दिनमा झैँ सुलभ र सरल भइरहनुभयो । लेनिनले जुन विचारहरूको प्रचार गर्नुहुन्थ्यो ती उहाँको जीवनसँग पूर्ण सामंजस्य थिए । उहाँको व्यक्तित्वमा व्यष्टि र समष्टि एकाकार थिए ।
लेनिनले आफ्नो परिवारको सदस्यहरूको एकदम ख्याल राख्नुहुन्थ्यो । उहाँले आफ्नी पत्नी र बहिनीलाई अति माया गर्नुहुन्थ्यो । उहाँहरू चिन्ता गर्नुहुन्थ्यो । क्रुप्सकाया विरामी हुनुभएमा आफैले उहाँको ओखती–मुलो र हेरचाह गर्नुहुन्थ्यो । यस्तो बेलामा लेनिनले कहिलेकाँही जनकमिसार परिषद्को बैठक चल्दाचल्दै क्रुप्सकायालाई कुनै चिजको खाँचो त छैन भनेर सोध्न मलाई अह्राउनुहुन्थ्यो । उहाँले मलाई आफ्नो निवासको साँचो दिनुहुन्थ्यो, ताकि मेलै ढोकाको घण्टी बजाउँदा क्रुप्सकायालाई झिझ्याहट नहोस् । उहाँको आराम भङ्ग नहोस् ।
लेनिन मित्रतालाई मुल्यवान ठान्नुहुन्थ्यो । तर, मित्रता जति बलियो भएपनि त्यो कहिल्यै यस्ता व्यक्तिसँग निर्णयात्मकरूपले सधैँका लागि सम्बन्ध–विच्छेद गर्न वाधक हँुदैनथ्यो, जो मजदुर वर्गको ध्येयका साथमा गद्दारी गथ्र्यो र विचारधारमा उहाँसँग अलग हुन्थ्यो । यसैप्रकार उहाँले मार्तोभसँग सम्बन्ध–बिच्छेद गर्नुभयो, जो उहाँका किशोरावस्थाका मित्र थिए । यसैप्रकार उहाँले प्लेखानोभ, पोत्रेसोभ तथा अरूहरूसँग पनि सम्बन्ध–बिच्छेद गर्नुभयो । तर लेनिनलाई यस्तो गर्न सरल थियो भनी बुझ्नु भुल हुनेछ । लेनिनका लागि यस्ता मानिसहरूसँग सम्बन्ध–बिच्छेद गर्न एकदम दुःखद हुन्थ्यो, जो उहाँका प्रियपात्र हुन्थे ।
कामदार जनताहरू लेनिनलाई दिलज्यानले माया गर्थे । मजदुर र किसानहरूले उहाँको नाममा लेखेका अनगिन्ति पत्रहरूमा त्यस्तो मायाको अभिव्यक्ति हुन्थ्यो ।
लेनिनलाई लेखिएको एक पत्रमा क्लिन्त्सी सूती मिलका मजदुरहरूले अक्टोबर क्रान्तिको पाँचौँ वर्षगाँठको उपलक्ष्यमा लेनिनको नाममा आफ्नो मिलको नामाकरण गर्ने निर्णय गरे । उनीहरूले लेखेका थिए ः
“यो उत्सवको अवसरमा हामीले आफ्ना शुभकामना र आफैले बनाएको एक सानो चीज उपहारमा पठाएका छौँ ।
हाम्रा शिक्षक र नेता, यदि हजुरले हाम्रो हातले बुनेको कपडाको यो सुट पहिरिनुभएमा हामी असाध्यै हर्षित हुनेछौँ । इल्यीच, यसलाई हाम्रो शुभकामनाको साथमा पहिरिनुस् र सम्झिनुस्, हामी सधैँ हजुरकै साथमा छौँ ।
क्रान्ति र हजुरप्रति वफादारीका साथमा
लेनिन क्लिन्त्सी सूती मिल मजदुर ।
क्लिन्त्सी, ३ नोबेम्बर, १९२२”
भ्लादीमिर इल्यीचले यस पत्रको उत्तर औधी सहृदयताका साथ दिनुभएको थियो ः
“प्रिय साथीहरू,
मैले शुभकामना र उपहारका लागि तपार्इँहरूलाई सच्चा हृदयले धन्यवाद दिन चाहन्छु । तर, मैले तपार्इँसँग गुप्त रूपले भन्छु, मलाई उपहार दिनु आवश्यक छैन । तपार्इँले यस गुप्त प्रार्थनालाई धेरैभन्दा धेरै मजदुरहरूमा पु¥याइदिनुहुन पनि आग्रह गर्न चाहन्छु ।
धन्यवाद, सम्मान र शुभकामना सहित,
हजुरको भ्ला. उल्यानोभ (लेनिन)”
१९१९ को सुरुमा तनोभ नामक एकजना किसान लेनिनलाई भेट्न आए । आगन्तुकको ख्यालमा लेनिनको अध्ययन–कक्ष एकदम ओसिलो थियो । जब तनोभ आफ्नो कामकाजी यात्राबाट फर्किएर घर पुगे, तब उनले गाउँको कार्यकारिणी समितिमा आफ्नो रिपोर्ट पेश गरे । उनले लेनिनले समितिको नितिलाई अनुमोदन गरेको र त्यसमा आफ्नो सम्मान तथा धन्यवाद पठाएको जानकारी गराए । त्यसै सिलसिलामा तनोभले लेनिनकोे काम गर्ने कोठा ओसिलो भएका उल्लेख गरे । यसको जवाफमा भ्लादीमिर प्रदेशको सूदोगदा जिल्लाका मिलिनोभो तहसीलको कार्यकारिणी समितिले फेब्रुअरी १९१९ मा “साथी लेनिनलाई कार्यकारिणी समितिद्वारा मालगाडीको एक डिब्बा बाल्नको लागि दाउरा पठाउने र आवश्यकतानुसार हाम्रा लोहारहरूले बनाएको मकल पेश गर्ने” फैसला ग¥यो ।
यस्तै–यस्तै अन्य धेरै पत्र तथा दस्तावेजहरूबाट कामदार जनताले लेनिनलाई आफ्नो नेताको रूपमा माया गर्ने तथा उहाँमाथि भरोसा गर्नुको साथसाथै उहाँलाई आफ्नो घनिष्ट र प्रिय व्यक्ति मान्थे भन्ने कुरा प्रस्ट हुन्छ ।
लगभग अविराम अर्थात् विना आराम काम गर्ने गरेको कारणले हदभन्दा धेरै थकान, लामो समयसम्म प्रवासमा झेलेका कठिनाइहरू र एकजना आतङ्कवादीद्वारा घाइते भएको फलस्वरूप लेनिनको स्वास्थ्य समत्न्दा पहिल्यै खराब भयो । १९२२ को डिसेम्बरमा उहाँलाई बिमारीले झनै च्याप्यो । तर, कडा बिमारीको अवस्थामा पनि उहाँले त्यस क्षणसम्म काम गरिरहनुभयो जुन वस्तुतः मानिसको सहनशीलताको आखिरी सीमा थियो । ओछ्यानमा पल्टिँदा, आफ्नो क्रेमलिनको निवासमा लेनिनले त्यस ध्येयको चिन्ता गरिरहनुभयो, जुन ध्येयलाई उहाँले जीवनपर्यन्त सेवा गर्नुभएको थियो ।
प्रस्तुति ः आरम्भ

Leave a Reply

Your email address will not be published. Required fields are marked *