भर्खरै :

भर्चुएल कक्षाः खोइ त पूर्वतयारी !

सोमबार बिहान बसेको मन्त्रीपरिषद्को बैठकले वैशाख मसान्तसम्म सहरी क्षेत्रका विद्यालयहरूमा भौतिक कक्षा बन्द गर्ने निर्णय गरेको छ । विशेषतः पछिल्लो समय फैलिएको कोरोना भाइरसको नयाँ प्रजाति कम उमेरका बालबालिका र किशोरकिशोरीका लागि घातक देखिएपछि सम्भावित सङ्क्रमण रोक्न सरकारले यस्तो निर्णय गरेको हो । सरकारले भौतिक कक्षा बन्द गरेर विद्यालयहरूमा भर्चुएल कक्षा सञ्चालन गर्न भनेको छ ।
शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले विद्यालयहरूमा भौतिक कक्षा बन्द नहुने सार्वजनिक अभिव्यक्ति दिएको भुईँमा झर्न पनि नपाउँदै मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । स्वास्थ्य मन्त्रालयले केन्द्रीय विपद् व्यवस्थापन समिति (सीसीएमसी) लाई विद्यालय बन्द गर्नुपर्ने सिफारिस गरेपछि पनि शिक्षामन्त्रीले ‘भौतिक कक्षा बन्द नहुने’ ठोकुवा गरेका थिए । यसप्रकार सरकारका जिम्मेवार पदाधिकारीहरूले केही दिनअघि एकथरी कुरा गर्ने अनि लगत्तै अर्को निर्णय गर्नुले सरकारको अन्योलपूर्ण मनस्थिति बुझ्न सकिन्छ ।
निःसन्देह विद्यार्थीको स्वास्थ्य जोखिममा राखेर विद्यालय सञ्चालन गर्नु ठीक होइन । देशभर ३ हजार ५ सत्र्न्दा बढी बालबालिका कोभिडबाट सङ्क्रमित भएका छन् । तीमध्ये केहीको निधन भएको छ । यस्तो अवस्था विद्यालय सञ्चालन गर्नु ठीक होइन । विद्यालयमा भौतिक कक्षा नहुँदा उपयुक्त विकल्प भनेको भर्चुएल कक्षा नै हो । तर, भर्चुएल कक्षालाई कसरी व्यवस्थित र प्रभावकारी बनाउने भन्ने विषयमा सरकारले तयारी गरेको देखिँदैन ।
गत वर्ष सरकारले लकडाउन घोषणा गरेसँगै देशभरका शैक्षिक निकाय पनि बन्द भए । लकडाउनको केही समय शिक्षक र विद्यार्थी सबैले बिदाको रूपमा समय व्यतित गरे । तर, लकडाउनको समयावधि बढ्दै गएपछि शिक्षा क्षेत्रमा लागेका व्यक्तिहरूले शिक्षणका वैकल्पिक उपायको खोजी गर्न थाले । विभिन्न देशले लकडाउनको अवधिमा प्रयोग गरेका शिक्षण विधि नेपालमा पनि प्रयोगका प्रयासहरू भए । निजी विद्यालयहरूले त्यसमा अग्रसरता देखाए । त्यसो गर्नु पछाडि निजी विद्यालय सञ्चालकहरूका आफ्नै बाध्यता पनि थिए । कक्षा बन्द हुँदा विद्यालयको आयस्रोत पूर्ण रुपमा बन्द हुने भएपछि अनलाइन कक्षा सञ्चालन गरेर पनि विद्यालयको आम्दानी सुचारू गर्न त्यस्तो अग्रसरता लिइयो । लकडाउन भएको धेरै समयपछि मात्र शिक्षा हेर्ने जिम्मेवारी पाएका सरकारी निकायले वैकल्पिक शिक्षणका उपायको खोजी थालेको थियो । त्यहीअनुसार केही विधि–प्रक्रिया पनि निर्धारण गरिएको थियो । तर, त्यत्तिञ्जेल निकै ढिला भइसकेको थियो । स्रोत साधन भएका अधिकांश निजी विद्यालय भर्चुएल कक्षा सञ्चालन गरिसकेका थिए । सरकारी विद्यालयहरूको अन्योललाई केही हलुका बनाउन सरकारी प्रयासले काम त ग¥यो । तर, देशभरका सबै सरकारी विद्यालयमा भर्चुएल कक्षा सञ्चालन भएनन् ।

कोभिड–१९ को सङ्क्रमण दर घट्नुको अर्थ महामारी समुल अन्त्य हुनु थिएन । कोभिड–१९ को महामारी सामना गरेका अधिकांश देशले सङ्क्रमणको नयाँ लहर पनि झेलेका छन् । नेपाल सरकारलाई त्यो कुरा थाहा नभएको होइन । त्यसआधारमा कुनै पनि समयमा नेपालमा पनि दोस्रो लहरको सङ्क्रमण फैलिन सक्ने सम्भावनाबारे नेपाल सरकार सजग हुनुपर्ने थियो । भविष्यको सम्भावित सङ्कट सामना गर्न सरकारले आवश्यक पूर्वतयारी गर्नुपर्ने थियो । स्वास्थ्य पूर्वाधारको सन्दर्भमा यसबीच सरकारले उपलब्धिमूलक तयारी नगरेको अहिले सीमा क्षेत्रबाट दिनानुदिन भित्रिरहेका सङ्क्रमितको सङ्ख्याबाट प्रस्ट हुन्छ । शिक्षा क्षेत्रमा पनि सरकारले अघिल्लो पटकको अनुभवको समीक्षा गरी भविष्यको सम्भावित जोखिमको कुशलतापूर्वक सामना गर्ने तयारी गरेको छैन ।

निजी विद्यालयहरूले भकाभक भर्चुएल कक्षा सञ्चालन गरेपछि सरकारी विद्यालयमाथि परेको दबाबको कारण सरकारले भर्चुएल कक्षा सञ्चालनको औपचारिकता पुरा ग¥यो । दबाब झेल्न सरकारले औपचारिकरूपमा केही गरे पनि त्यसले अपेक्षित नतिजा भने दिन सकेन । एक त सबै ठाउँका लागि एकै थरी समाधानले काम गर्न सक्दैनथ्यो भने अर्कोतिर भर्चुएल कक्षा सञ्चालन गर्न आवश्यक प्राविधिक ज्ञान र पूर्वाधार पनि उपलब्ध थिएन । अधिकांश शिक्षक–शिक्षिकाहरूको लागि भर्चुएल कक्षाका आधारभूत प्राविधिक पक्ष सिक्न नै निकै हम्मेहम्मे प¥यो । खासमा भर्चुएल कक्षा लामो समय सञ्चालन पनि भएन । भर्चुएल कक्षामा शिक्षण गर्ने अधिकांश शिक्षक शिक्षिकाहरूको प्रतिक्रिया पनि उति उत्साहप्रद छैन । सहरी क्षेत्रका सम्पन्न परिवारका छोराछोरी पढ्ने केही विद्यालयमा भर्चुएल कक्षा केही प्रभावकारी देखिए पनि व्यापक स्तरमा यसले प्रभावकारी शिक्षण हुन सकेन । अघिल्लो पटक लकडाउनको शिक्षा क्षेत्रको अनुभव लगभग यस्तो रह्यो । कोभिड–१९ सङ्क्रमण दर ओरालो लागेसँगै भौतिक कक्षाहरू सञ्चालनमा आए । भर्चुएल कक्षाहरू क्रमशः बन्द हुँदै गए ।
कोभिड–१९ को सङ्क्रमण दर घट्नुको अर्थ महामारी समुल अन्त्य हुनु थिएन । कोभिड–१९ को महामारी सामना गरेका अधिकांश देशले सङ्क्रमणको नयाँ लहर पनि झेलेका छन् । नेपाल सरकारलाई त्यो कुरा थाहा नभएको होइन । त्यसआधारमा कुनै पनि समयमा नेपालमा पनि दोस्रो लहरको सङ्क्रमण फैलिन सक्ने सम्भावनाबारे नेपाल सरकार सजग हुनुपर्ने थियो । भविष्यको सम्भावित सङ्कट सामना गर्न सरकारले आवश्यक पूर्वतयारी गर्नुपर्ने थियो । स्वास्थ्य पूर्वाधारको सन्दर्भमा यसबीच सरकारले उपलब्धिमूलक तयारी नगरेको अहिले सीमा क्षेत्रबाट दिनानुदिन भित्रिरहेका सङ्क्रमितको सङ्ख्याबाट प्रस्ट हुन्छ । शिक्षा क्षेत्रमा पनि सरकारले अघिल्लो पटकको अनुभवको समीक्षा गरी भविष्यको सम्भावित जोखिमको कुशलतापूर्वक सामना गर्ने तयारी गरेको छैन ।
भौतिक कक्षाहरू सञ्चालन भएपछि सरकारले कति वटा विद्यालयका शिक्षक–शिक्षिकाहरूलाई भर्चुएल कक्षा सञ्चालनको विषयमा तालिम सञ्चालन ग¥यो । निजी विद्यालयको कुरा छोडौँ, कति वटा सरकारी विद्यालयहरूलाई भर्चुएल कक्षा सञ्चालन गर्न सक्ने गरी प्राविधिक रूपमा सुविधासम्पन्न बनायो ? अघिल्लो पटक सरकारी तहबाटै सञ्चालन भएका भर्चुएल कक्षाका सकारात्मक र नकारात्मक पक्षबारे सरकारले कति अनुसन्धान ग¥यो ? विगतका कमी–कमजोरी सच्याउन सरकारले के कस्ता पूर्वतयारी गरे ? अघिल्लो पटकको भर्चुएल कक्षाबारे सरकारले कति धेरै अनुसन्धान ग¥यो र ती अनुसन्धानको निष्कर्ष के कस्तो रह्यो ? अहँ सरकारले यी कुनै पनि प्रश्नको ठोस जवाफ दिने गतिविधि गरेन ।
जब भयो राति, तब बुढी ताती ! अघिल्लो पटक अरू देशलाई जस्तै नेपालीलाई पनि धेरै कुराको अनुभव थिएन । धेरै कुरा आकस्मिक थियो । त्यसकारण स्वभावतः अपेक्षित हुनसकेन । तर, यो पटक भने कसैले पनि यो छुट पाउने अवस्था छैन । सरकारी निकायसँग महामारी र त्यसका प्रभावबारे अनुभव र वैज्ञानिक जानकारी पनि छ । त्यसकारण पहिले जस्तै अनुभवहीनताको कारण क्षति भोग्नुपर्ने अवस्था कदापि बन्नु हुने थिएन । विडम्बना ¤ अहिले अवस्था भने कति पनि सुधार भएको देखिँदैन ।
सोमबार सरकारले भर्चुएल कक्षा सञ्चालन गर्ने निर्णय गर्दा धेरै विद्यालयका नेतृत्व अन्मन्यस्कभावमा परे । सरकारले जति सजिलै भर्चुएल कक्षा सञ्चालन गर्ने भन्यो, व्यवहारमा त्यत्ति सरल छैन । सरकारले भर्चुएल कक्षा गर्ने भनी बोल्यो । तर, कसरी प्रभावकारी बनाउने भन्ने विषयमा सरकारले अझै बोलेको छैन । शिक्षाप्रति राज्यले उत्तरदायित्व बहन नगर्ने नवउदारवादी नीतिको यो पनि एउटा रूप हो ।
हिजोसम्म भौतिक कक्षा नरोकिने भनी बोलेका शिक्षामन्त्री आज सञ्चारमाध्यमसमक्ष भर्चुएल कक्षाको उपादेयताको विषयमा बोल्दै छन् । महामारी सामना गर्ने सरकारको तयारी र गम्भीरताको योभन्दा उपयुक्त विरोधाभास अर्को के हुन सक्ला र !

Leave a Reply

Your email address will not be published. Required fields are marked *