अन्धविश्वास होइन, विज्ञानसम्मत विचार राख्नु आवश्यक
- जेष्ठ ३, २०८३
चीनको स्वशासित क्षेत्र तिब्बतले सहायतास्वरूप प्रदान गरेको १५० लिक्वीड अक्सिजन कन्टेनरसहितका स्वास्थ्य सामग्री चाँडै तातोपानी नाकामा हस्तान्तरण हुने भएको छ ।
सामान नेपाल ल्याउने स्वीकृतिको विषयमा स्थानीय चिनियाँ दूतावासलाई जानकारी गराइएको र चिनियाँ पक्षले यथासक्य चाँडो हस्तान्तरण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
चीन सरकारले उपलब्ध गराउने ५ मिलियन युआन अनुदान सहायताअन्तर्गत ३५०० अक्सिजन सिलिन्डर र १० भेन्टिलेटरमध्ये उक्त सङ्ख्यामा अक्सिजन सिलिन्डर र १० भेन्टिलेटरमध्ये दोस्रो लटको एक हजार ६ सय अक्सिजन सिलिन्डर नेपाल ल्याउन नेपाल वायुसेवा निगमको चार्टर्ड उडानबारेमा सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
चीन सरकारले कोभिड सहायताअन्तर्गत नेपाललाई उपलब्ध गराउने थप ५ मिलियन युआन बराबरको सहयोग एअर बेस्ड अक्सिजन जेनेरेटर युनिट्स उपलब्ध गराइदिन अनुरोध गर्दै नेपाली राजदूतावास पेइचिङमार्फत अनुरोध गरिएको छ ।
नयाँ दिल्लीस्थित नेपाली राजदूतावासबाट प्राप्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सामग्री लिस्टमा समावेश सामग्रीहरू नयाँ दिल्लीबाट आपूर्ति गर्नसक्ने जानकारी प्राप्त भएको छ । अमेरिकाको सहयोगी संस्था कम्युनिटी पार्टनर्स इन्टरनेसनल, सानफ्रान्सिस्को र नेपाली समुदायको सक्रियतामा खरिद गरिएको १०० अक्सिजन कन्सन्ट्रेटर निकट भविष्यमा नेपाल आइपुग्ने जानकारी प्राप्त भएको छ ।
ओमानस्थित नेपाली राजदूतावासले स्थानीय नेपाली समुदायको सहयोगमा ६०० खाली अक्सिजन सिलिन्डर १५ मे, २०२१ मा विमान चार्टर गरी पठाउने भएकोले विमान चार्टर गरी ल्याउन समन्वय गरिएको जनाइएको छ ।
Leave a Reply