जीवनयापनको उच्च लागतविरुद्ध ग्रीसमा हजारौँ विद्यार्थी र शिक्षकको प्रदर्शन
- कार्तिक ५, २०८३
भक्तपुर, ५ कार्तिक । ‘जनता म्वाःसा भाषा म्वाइ’ अर्थात् जनता बाँचे भाषा बाँच्छ भन्ने मूल नाराका साथ नेपाल संवत् ११०० देखि सुरु भएको नेपालभाषा साहित्य तःमुंज्याको ४६ औँ शृङ्खला कार्तिक ६ र ७ गते सभ्य र भव्य रूपमा सम्पन्न गर्न आह्वान गर्दै बिहीबार तःमुंज्या आयोजनास्थल गोल्मढी याताबाट सुकुन्दा ¥याली निकालियो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाई, भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी र आयोजक समितिका अध्यक्ष उकेश कवांले संयुक्त रूपमा सुकुन्दामा दीप प्रज्ज्वलन गरी ¥यालीको शुभारम्भ गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले तःमुंज्यालाई सभ्य र भव्य रूपमा सफल पार्न प्रत्येक वर्ष सुकुन्दा ¥याली आयोजना गरिँदै आएको चर्चा गर्दै तःमुंज्या सबैका लागि चाडपर्वजस्तै बनिसकेको धारणा राख्नुभयो ।
तःमुंज्या भक्तपुरको संस्कृतिमा थप आयामका रूपमा स्थापित भइसकेको उल्लेख गर्दै उहाँले सबैलाई हर्षोल्लासपूर्वक कार्यक्रममा सहभागी हुन अनुरोध गर्नुभयो ।
आयोजक समितिका अध्यक्ष उकेश कवांले नेपालभाषा साहित्य तःमुंज्या सम्पूर्ण जनताको साझा दबु भएकोले यसमा जनपक्षीय साहित्य तथा सांस्कृतिक विधालाई कुनै भेदभावविना समावेश गरिँदै आएको उल्लेख गर्दै तःमुंज्या साहित्यिक अभियानमात्र नभई वर्गीय तथा राजनीतिक विचारबाट प्रेरित अभियान भएको बताउनुभयो ।
तःमुंज्याको सफलताका लागि व्यापक प्रचारप्रसार गर्ने र सबै नेपालीमा शुभकामना व्यक्त गर्ने उद्देश्यले सुकुन्दा ¥याली आयोजना गरिएको उहाँले बताउनुभयो ।
बिहान ११ बजेदेखि सुरु हुने तःमुंज्यामा सहभागी हुन सबैलाई आह्वान गर्दै उहाँले तःमुंज्यालाई सफलतापूर्वक सम्पन्न गर्न सबै महानुभावलाई आआफ्नो तर्फबाट आर्थिक, भौतिक तथा नैतिक सहयोग गर्न अनुरोध गर्नुभयो ।
धिमाय् बाजासहित ठुलो आकारको सुकुन्दा खर्पनमा बोकेर गोल्मढीबाट सुरु भएको ¥याली गाईजात्राको प्रदर्शन मार्ग हुँदै नगर परिक्रमा गरी पुनः गोल्मढी यातामै पुगेर समापन भएको थियो ।
¥यालीमा ख्वप लाखे आजु, सिद्धि गणेश बाँसुरी बाजा, महेश्वरी बाँसुरी बाजा खल, डम्बरेश्वर दाफा भजनमण्डललगायतका बाजागाजा समूह तथा सर्वसाधारणको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रमको समापनमा आयोजक समितिका उपाध्यक्ष कृष्णगोविन्द खाइजुले पनि बोल्नुभएको थियो ।
Leave a Reply