विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
भक्तपुर नगरपालिकाले जनताको स्वास्थ्यलाई ध्यानमा राखी निरन्तररूपमा विभिन्न चिज वस्तुलाई केन्द्रित गरेर बजार अनुगमन गरिरहेको छ । बजार अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, महानगरीय प्रहरी, भक्तपुर उद्योग वाणिज्य सङ्घ, राष्ट्रिय उपभोक्ता मञ्च, घरेलु तथा साना उद्योग, सङ्घ, स्वास्थ्य कार्यालय, खाद्य विभाग तथा दक्ष जनशक्तिलगायतका प्रतिनिधिहरूको सहभागितामा बजार अनुगमन भइरहेको हो ।
विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ को कारण हाल लाखौँ जनताको मृत्यु, करोडौँ सङ्क्रमित, लाखौँ जीवन र मृत्युको दोसाँधमा छन् । धेरै धनजनको क्षति भइरहेको छ । जनतालाई यस विषम परिस्थितिमा जनतालाई रोगबाट बचाउनु हामी सबैको दायित्व र कर्तव्य हो । अनाहकमा जनता रोगबाट नमरुन्, सङ्क्रमित नहोऊन्, धनजनको नोक्सान नहोऊन् भन्नका लागि नेपाल सरकार, स्थानीय सरकार तथा जिल्ला प्रशासनले विभिन्न माध्यमद्वारा प्रचारप्रसार गरी व्यवसायी तथा जनतालाई सचेत बनाइरहेको विदित्तै छ । भक्तपुर वासीहरूको जीउ धन जोगाउन, रोगबाट टाढा राख्न भनपाका जनप्रतिनिधि, कर्मचारी तथा स्वयम्सेवक, समाजसेवी, कार्यकर्ताहरू आफ्नो जिउ ज्यानभन्दा जनताको जीवनलाई प्रमुख मानी अहोरात्र खटिरहेका छन् । जनतालाई रोगबाट बचाउने सिलसिलामा धेरै जनप्रतिनिधि कर्मचारी, स्वयम्सेवक तथा कार्यकर्ताहरू सङ्क्रमित भएका छन् ।
जनताको स्वास्थ्यलाई मध्यनजर राखी नेपाल सरकार, स्थानीय नगरपालिका, जिल्ला प्रशासनको अनुरोधलाई बेवास्ता गर्ने, अत्तेरी गर्ने, हेप्ने, रोग सङ्क्रमणलाई बढावा दिने क्रियाकलापहरू पनि हामीले देखिरहेका छौँ । हामी आफै अनुशासनलाई पालना गर्न सकिरहेका छैनौँ । यस्ता कमजोरी सुधार्न सम्पूर्ण व्यवसायी, तथा उपभोक्ताहरूको ध्यान जानु आवश्यक छ ।
निश्चित खाद्य पसल, तरकारी पसल खोल्न बिहान ७–१० बजेसम्म छुट दिइएको छ । माता तीर्थ औँसी, देवाली पूजाजस्ता चाडपर्वमा मान्छे भेला हुने हुँदा कोभिड–१९ रोग फैलिने धेरै सम्भावना हुन्छ । अतः सोसँग सम्बन्धित मिठाइलगायतमा नियन्त्रण गर्नु आवश्यक छ । मिठाइ परिकारहरूबारे जनताले गुनासो गरेअनुसार पनि पसल बन्द, अखाद्य रङ्ग प्रयोग, बढी रङ्ग प्रयोग, म्याद नाघेको रङ्ग प्रयोग, बासी, धुसी परेका मिठाइहरू प्रयोग भइरहेको सन्दर्भमा टोलीले अनुगमन गर्नु आवश्यक छ । अखाद्य मिठाइहरू जफत गर्ने, नष्ट गर्ने र औँसीलाई मध्यनजर राखी मिठाइ नबनाउन, नबेच्न र पसल नखोल्न व्यवसायीहरूलाई नपाले अनुरोध गरेको हो । पसल खोल्दा मिठाइ बनाउँदा जनता मिठाइ किन्न लाग्दा सङ्क्रमण अझै बढ्ने सम्भावना हुन्छ । यसर्थ, नगरपालिकाको बजार अनुगमन टोलीले त्यस्ता अखाद्य मिठाइहरू जफत गरेको प्रस्ट पार्न चाहन्छु ।
हामी आफ्नो जीवनभन्दा ठुलो मापदण्डविपरीत बेचिएको अखाद्य मिठाइ तथा फलफुल हुनसक्दैन । जनताको जीवनभन्दा पैसा ठुलो हुनसक्दैन । अखाद्य मिठाइ तथा अन्य सामान जफत गर्दैमा, नष्ट गर्दैमा चित्त दुखाउनु उपयुक्त छैन । कतिपयले पसल बन्द गराउँदा, अखाद्य चिज बेच्दा, जफत गर्दा नगरपालिकालाई सराप्ने मानसिकता भएका मान्छे पनि नभएका होइनन् । यसमा हामी संवेदनशील हुन आवश्यक छ ।
स्वास्थ्य विज्ञ, खाद्य विज्ञ तथा डाक्टरहरूको भनाइअनुसार अखाद्य रङ्ग, आवश्यकता भन्दा बढी रङ्ग, बासी, धुसी परेका मिठाइ, त्यही तेलमा पटक–पटक पकाइएका परिकारले मृगौला, मुटु रोग, क्यान्सर रोग फैलिरहेको छ । यस्तो विषयमा न व्यवसायीलाई चासो छ ¤ न जनतालाई चासो छ ! यस्ता जटिल रोगहरूबाट हामीले जनतालाई बचाउने कि नबचाउने ? बजार अनुगमन समितिले जहाँ त्यस्ता अखाद्य मिठाइ पसल, भीडभाड भएको क्षेत्र तथा आवश्यक भएका ठाउँहरूमा बजार अनुगमन गरेको हो । उपभोक्ताहरू बढी रङ्ग भएको मिठाइ खरिद गर्न रुचाउँछन् । कति व्यवसायीहरू उपभोक्ताको रुचिअनुसार रङ्ग बढी हाल्छन्, म्याद नाघेका रङ्ग प्रयोग गर्छन् । यसबारे हामी सचेत हुने कि नहुने ?
जनतामा भ्रम नफैलियोस् भनी पाठकले उठाउनुभएका केही जिज्ञासाबारे स्पष्ट गर्न चाहन्छु ।
अनुगमन टोलीले कसैलाई अव्यवहारिक शब्द प्रयोग गरेको छैन । अव्यवहारिक व्यवहार गरेको छैन । बरु, झूट कुरा सम्प्रेषण गर्नु झन् अव्यवहारिक छ । निन्दनीय छ । टोलीले आवश्यकताअनुुसार विषय विज्ञ, दक्ष जनशक्ति सहभागी गराइरहेको छ । म्याद नाघेको रङ्ग मनपरी हाल्ने, बासी, धुुसी परेका बढी रङ्ग प्रयोग भएको सामान बेचिरहेको टोलीको अनुभव छ । त्यस्ता अखाद्य मिठाइ जफत नगरी बेचबिखन गर्न दिँदा जनताको स्वास्थ्यमा कस्तो असर पर्ला ? के जनताको स्वास्थ्य बिग्रोस् भन्ने मनसाय हो पाठकको ? होइन भने अखाद्य मिठाइ जफत गर्दा किन टाउको दुखाउने ?
अनुगमन टोलीले अखाद्य मिठाइ जफत गरेको हो । त्यस्ता अखाद्य मिठाइ तथा सामानहरू जफत गरिन्छ, नष्ट गरिन्छ र जरिवाना पनि हुनसक्छ । यो प्रक्रिया अघि बढाउनुपर्छ ।
खाद्य विज्ञ तथा चिकित्सकको भनाइअनुसार सकभर कलर हाल्दै नहाल्दा हुन्छ, हाल्नै परेमा खान योग्य कलर ५ केजी मैदालाई १ ग्राममात्र राख्न मिल्छ । तर, रङ्ग मनपरी हालेको छ, म्याद नाघेको रङ्ग राखिएको पाइएको छ । लड्डु भन्दैमा या मिठाइ भन्दैमा कलर नै हाल्नुपर्छ भन्ने छैन । आकर्षक कलर नै औषधि सम्झनु ठीक होइन । जनताको स्वास्थ्य हेर्ने कि आकर्षक मिठाइ !
रोइकराइ गर्र्दैमा अखाद्य मिठाइ जनतालाई बेच्न दिने विचार ठीक होइन । के जनताको स्वास्थ्त्न्दा पैसा र मिठाइ ठुलो हो ? टोलीमा कसैले कुनै पनि व्यवसायीलाई तँ बढी कराउने होइन भनेर अपशब्द प्रयोग गरेको छैन । बरु सम्झाइबुझाइ गरिएको छ । औँसीलाई मध्यनजर राखी मिठाइ नबनाउन, नबेच्न र नखोल्न अनुरोध गरिएको हो । यदि अत्तेरी गरी खोलेमा टोलीले अखाद्य सामान जफत गरी लान सक्छ भनी बुझाउने काम के गलत हो ?
टोलीले कसैलाई काखापाखा, नातागोता, आफ्नो वा पराइ, दाजुभाइ भनी भेदभाव गरेको छैन । आफूले भनेजस्तो भए राम्रो नभए नराम्रो भन्ने हुँदैन । यो पाठकको दृष्टिदोषमात्र हो । बिहान ७ देखि १० बजेसम्म खाद्यान्न किनमेल गर्न दिइएको छ । फलफुल पसलमा पनि अत्तेर गर्नेको सामान जफत गरिएको छ । वैशाख २६ र २७ गते मिठाइ पसलमा अनुगमन गर्ने निर्णयअनुसार भएको हो ।
ध्यानाकर्षणको लागि धन्यवाद ! तर, ध्यानाकर्षण जनताको स्वास्थ्यलाई ख्यालमा राखेर गर्नु उचित हुन्छ । नगरपालिकाले जनताको स्वास्थ्यलाई ख्याल गरेर अनुगमनलाई निरन्तरता दिन्छ । कुनै विषयमा उपकरण आवश्यक होला, कुनैमा नहोला, आवश्यकताअनुसार अनुभवी दक्ष जनशक्ति तथा विज्ञहरू सहभागी गराउँदै आएको छ । जफत गरिएका अखाद्य मिठाइहरू सबै नष्ट गरिएका छन् । नियन्त्रणमा लिइएका ढक, तराजु तीन दिनभित्र नगरपालिकामा लिन आउन सकिन्छ ।
यी यस्ता विषयमा सामाजिक सञ्जाल, पत्रपत्रिका, रेडियो एफ.एम, माइकिङ्ग, पम्प्लेटिङ्गजस्ता विभिन्न माध्यमबाट सूचना सम्प्रेषण भइरहेको छ ।
नगरवासीहरूमा उचित राय, सल्लाह तथा सुझावको लागि अनुरोध गर्दछु । धन्यवाद !
Leave a Reply