विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
मुलुकमा कोभिड–१९ सङ्क्रमणबाट नेपाली मरिरहँदा सरकार कहाँ छ, के गर्दै छ ? यो प्रश्नको जवाफ स्पष्ट छ – आजसम्म मन्त्री भएका शासक दलका नेताहरू सरकारको भागबन्डाको लुछाचुँडीमा छन् ।
यादव देवकोटाले ट्वीट गरे, अस्पतालमा अक्सिजन नपाएर मरिरहेकाहरूको शवको चाङमाथि उभिएर सत्ता उन्मादको शुभकामना वितरण गरिरहेका अपराधीहरू !
सुभाष अधिकारीले ट्वीटमा लेखे, अध्यक्षज्यू, धारा ७६(३) बमोजिम अल्पमतको सरकार बनिहाल्यो, माधव कामरेडलाई मिलाउनुपर्छ कि पर्दैन ? केपी ओली – त्यो पर्दैन ।
निर्मला ढकालले ट्वीट गरे, दिनदिनै मरेका लासका आफन्तको अगाडि तपाईंको पार्टी भोलि कुन मुख लिएर जाला, विपक्षको कुरै नगरौँ, जनताले आँगनबाट नै खेद्ने दिन नजिकै पो देख्दै छु !
बालुवाटारमा दिनदिनै पार्टीको बैठक होइन, सीसीएमसीको बैठक र राजनीतिक दलहरूको सर्वदलीय बैठक बस्नु आवश्यक छ । प्रम ओली र एमालेका अर्का नेता माधवबीचको बैठक मेरियट होटल र रामेश्वर थापाको घरमा होइन, प्रज्ञा भवन, राष्ट्रिय सभा गृह, संसद् भवनमा बस्नुपर्ने थियो । शासक दलका नेताहरूले बाटो बिराउँदा र ‘स्थायी सरकार’ दाबी गरेको राज्य कोषबाट पारिश्रमिक र सुविधा पाएका अधिकारीहरू मूकदर्शक हुँदा सङ्क्रमणबाट नेपालीको मृत्यु बढेको हो । चिकित्सा समाजशास्त्री अमोद प्याकुरेलले प्रश्न गरे, हामीले नेतृत्व छान्ने बेला यस्ता गम्भीर विषयलाई सोच्यौँ वा अन्धभक्त भएर मत दियौँ ?
एक महिनाअघि सङ्क्रमणबाट मृत्यु शून्य थियो । अहिले मृत्युको सङ्ख्या ३०० पुग्दै छ । तर, शासक दलका नेताहरू जनताको अगाडि भन्दै छन्, “महामारीको बेला सत्ता स्वार्थको रोटी सेक्न खोज्नु हुँदैन ।”
Leave a Reply