भर्खरै :

संरा अमेरिकाको कोभिड–१९ को उत्पत्ति स्रोतबारेको गलत प्रतिवेदनले संरा अमेरिकाकै विश्वसनियतामा क्षति पुग्दै

संरा अमेरिकाले हालै बढाइचढाइ गरेको तथाकथित प्रयोगशालाबाट चुहिएको सिद्धान्त (Lab leak Theory) आफैमा एक ‘लङ्गडो’ तर्क हो । यस प्रतिवेदनमा पनि केही पक्षपाती सञ्चारमाध्यमहरूले प्रचार गरेझैँ र पछि केही राजनीतिज्ञहरूले त्यही आगोमा घ्यु थपेझैँ पुरानै धूर्तता प्रयोग गरिएको छ ।
तर, यस्तो पटक – पटक दोहो¥याइएको नाटकले अगाडि बढेर महामारीलाई राजनीतिकरण गर्ने र अरू देशमाथि तारो बनाउने ह्वाइट हाउसको कुरूप नियत पनि उदाङ्गो भएको छ । ‘द वाल स्ट्रिट जर्नल’ मा मे २३ का दिन प्रकाशित रिपोर्टमा पनि विवादास्पद प्रयोगशालाबाट चुहिएको सिद्धान्त (Lab leak Theory) लाई सही साबित गर्ने कोसिस गरिएको छ । उक्त रिपोर्टमा ‘पहिले नखुलेको संरा अमेरिकी गुप्तचर प्रतिवेदन’ एउटैलाई सूचना स्रोतका रूपमा लिइएको छ र यो सबै कुरा जासुसी प्रतिवेदनमा आधारित भएर पनि पाठकको नजरमा चीनले प्रयोगशालाबाट भाइरस चुहाएको भान पार्न कोसिस गरिएको छ । तर, उक्त रिपोर्टमा कुनै तथ्य अगाडि सारिएको छैन बरु अनिश्चित भनाइहरूद्वारा पूरापूर भरिएको छ र त्यसले रिपोर्टको दाबी आफैमा विश्वसनीय नरहेको उदाङ्गो पारेको छ ।
‘द वाल स्ट्रिट जर्नल’ ले भन्ने गर्छ त्यसले तथ्य, तथ्याङ्क र सूचना प्रवाह गर्छ नकि कुनै अवधारणा वा विचार । तर, माथि उल्लिखित रिपोर्टको प्रकाशनले न त्यसको उद्देश्य पूरा ग¥यो न निष्पक्ष रहेको देखायो । बरु, त्यसले संरा अमेरिकाकै विश्वसनियतामा क्षति पु¥यायो ।
तथाकथित प्रयोगशालाबाट चुहिएको सिद्धान्त (Lab leak Theory) लाई पहिले नै वैज्ञानिक अनुसन्धानहरूद्वारा अस्वीकार गरिएको छ । के ‘द वाल स्ट्रिट जर्नल’ ले भाइरसको स्रोतको सम्बन्धमा वैज्ञानिक अनुसन्धानहरूलाई भन्दा गुप्तचरी प्रतिवेदनलाई बढी विश्वसनीय मान्छ ? त्यसले कहाँबाट ‘पहिले खुलासा नभएको संरा अमेरिकाको गुप्तचर प्रतिवेदन’ पायो ? त्यो रिपोर्ट विश्वस्त सूत्रहरूबाट गुप्तरूपमा चुहाइएको हो कि जानीजानी बाहिर पठाइएको हो ? के द वाल स्ट्रिट जर्नलले त्यसबारे कुनै खोजीनीति गरेको छ ?
यहाँ स्मरणीय कुरा, उक्त रिपोर्टका लेखकहरूमध्ये एक माइकल गोर्डन पनि हुन् । संरा अमेरिकी सञ्चारमाध्यमहरूमा गोर्डन षड्यन्त्रका नयाँ नयाँ कथा प्रकाशित गर्नका लागि कुख्यात छन् । गोर्डन तिनै हुन् जसले सेप्टेम्बर २००२ मा इराकले आणविक अस्त्र तयार गर्न खोजिरहेको र आमनरसंहार गर्नसक्ने अस्त्र राखेको रिपोर्ट ‘द न्यू योर्क टाइम्स’ मा लेखेका थिए । ह्वाइट हाउसले पछि त्यसैलाई इराकविरुद्ध युद्ध घोषणाको लागि बहाना बनाएको थियो । तर, अन्तिममा गोर्डनको उक्त कथा र संरा अमेरिकाको बहाना ठूलो झूट भएको पुष्टि भएको थियो ।
कोभिड–१९ को सङ्क्रमण देखापर्न थालेदेखि केही अमेरिकी राजनीतिज्ञहरूले भाइरसमाथि राजनीति गर्न थालेका थिए भने केही अमेरिकी सञ्चार सङ्गठनहरूले दुष्टहरूलाई मैनबत्ती देखाउने कार्य गर्दै आएका थिए । गत वर्ष अप्रिलमा वासिङ्टन पोस्टले ‘कोरोना भाइरस चिनियाँ प्रयोगशालाबाट आएको’ भन्दै एक बनिबनाउ लामो कथा प्रकाशित ग¥यो र त्यही कथाका आधारमा द न्यूयोर्क टाइम्सले फेब्रुअरीमा एउटा रिपोर्ट प्रकाशित ग¥यो । उक्त रिपोर्टमा चिनियाँ वैज्ञानिकहरूले सुरुआती तथ्याङ्कहरू साझा गर्न अस्वीकार गरिएको दाबी गर्दै त्यसले विश्वलाई कोरोना भाइरस महामारीको उत्पत्ति स्रोत बुझ्न सहयोग पुगेको भनिएको छ ।
यी अमेरिकी सञ्चार सङ्गठनहरूले विज्ञान र तथ्यहरूमाथि आँखा चिम्लेका छन् र झूटहरूलाई पटक – पटक दोहो¥याएका छन् । तिनीहरूको त्यो पेशागत आचारसंहिताको उल्लङ्घन मात्र थिएन बरु तिनीहरूले अहिलेका लागि अति जरुरी रहेको महामारीविरुद्ध अन्तर्राष्ट्रिय सहयोगलाई पनि बेवास्ता गरिदिए ।
कोरोना भाइरसको उत्पत्ति स्रोतको अनुसन्धानका लागि विश्व स्वास्थ्य सङ्गठनले नेतृत्व गरेको वैज्ञानिक टीमका एक सदस्य पिटर डस्जक भन्छन् कि प्रयोगशालाबाट चुहिएको सिद्धान्त (Lab leak Theory)) को शिकार चीन बनेको छ । ‘द नेचर’ पत्रिकाले पनि औँल्याएको छ कि कोरोना भाइरस चिनियाँ प्रयोगशालाबाट चुहिएको हो भन्ने आरोपले महामारी अन्त गर्नका लागि देशहरूबीच हुनुपर्ने साझेदारीलाई असम्भव बनाइदिन्छ र अनलाइन माध्यममा एक अर्काको बेइज्जतीलाई बढावा दिन्छ ।
संरा अमेरिकी राजनीतिज्ञहरू र सञ्चार सङ्गठनहरू झूटा हल्ला फैलाउनका लागि हात धोएर लागेका छन् र चीनमाथि आरोप लगाइरहेका छन् । त्यसको एउटै कारण तिनीहरूले चीनको बढ्दो विकासलाई स्वीकार नै गर्न चाहेका छैनन् । शून्य योग सिद्धान्तको मानसिकताबाट ग्रस्त भई द्वन्द्वलाई बढावा दिइरहेका तिनीहरू शीतयुद्धको मानसिकतामा डुबेका छन् र सूचना तथा सार्वजनिक धारणालाई युद्धकला बनाइरहेका छन् । – चीनको अवैध प्रभावलाई प्रतिकार गर्नका लागि– हरेक वर्ष ठूलो रकम खर्च गर्दै हल्ला र झूटहरूको माध्यमले अमेरिकी राजनीतिज्ञहरूले चीनमाथि घातक प्रहार गरिरहेका छन् । यस्तो घातक प्रहारको कदमले फेरि एकपटक विश्वमा अमेरिकी प्रभुत्वलाई प्रदर्शित गर्छ ।
आफ्नो आचारसंहिता पालना गर्नु सञ्चारमाध्यमहरूको आधारभूत कर्तव्य र आवश्यकता हो । सत्यतथ्ययुक्त र निष्पक्ष समाचारहरूमात्र इतिहासको कसौटीमा खरो उत्रन सक्छन् । अमेरिकी सञ्चारमाध्यमहरूले छापिरहेका रिपोर्टहरूले कोभिड–१९ को उत्पत्ति स्रोतबारे धेरै नै गलत दिशानिर्देश गरिरहेका छन् र ती कदम पेशागत आचारसंहिताको गम्भीर उल्लङ्घन हो । इतिहासमा ती कालो धब्बाका रूपमा रहनेछन् ।
(‘पिपुल्स डेली’ ले विदेश नीतिसम्बन्धी आफ्नो दृष्टिकोण अभिव्यक्त गर्न झोङ शेङ नाम प्रयोग गर्छ ।)
-Misguiding U.S. reports on COVID-19 origin sourcing hurt U.S. credibility_
–People’s Daily, June 04, 2021
अनुवाद :प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *