भर्खरै :

सिनेमाको टिकटभन्दा सस्तोमा नागरिकता दिने ऐन अस्वीकार्य

बुटवल, २५ जेठ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले तीन जनाको सही भएपछि जन्मको आधारमा नागरिकता दिने आठ दलको निर्णयमा नेमकिपाले नोट अफ डिसेन्ट लेखेको स्पष्ट पार्नुभयो ।
म·लबार बुटवलबाट प्रसारित बुद्ध टेलिभिजनको ‘बुद्ध राइज’ कार्यक्रमका विक्रम खड्कासँगको अन्तर्वार्तामा सिनेमा हलको टिकटभन्दा पनि सजिलो गरी नागरिकता दिने निर्णय हुन नदिन बालुवाटारमा धेरै दिनसम्म सङ्घर्ष गरेको चर्चा गर्दै अध्यक्ष बिजुक्छेँले देशै जाने सम्भावना भएको निर्णयमा सही गर्नु हुन्न भनी माधव नेपाललाई गेटसम्म बाहिर ल्याए पनि र शेरबहादुर देउवालाई घर पठाए पनि भारतीय दूतावासको दबाबमा निर्णय गरेको बताउनुभयो ।
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “आखिरीमा, सबैले सही गरे । यसमा सहमत छैनौँ भनेर हामीले नोट अफ डिसेन्ट लेख्यौं ।” सबै शासक दलहरू मिलेपछि अल्पमतमा परे पनि आफूहरूले नागरिकता वितरण खुकुलो बनाउने कानुनको विरोध गर्न नछोडेको स्पष्ट पार्दै अध्यक्ष बिजुक्छेँले नागरिकता अध्यादेशमा सरकारमा गएका सबै शासक दलहरू जिम्मेवार रहेको दाबी गर्नुभयो ।
नेपालको राजनीतिमा शोषक वर्गको राजनीति र शोषित वर्गको राजनीतिको धार फरक रहेको चर्चा गर्दै अध्यक्ष बिजुक्छेँले कोरोनाको महामारीमा शासक दलहरूको कलहले शोषित नेपाली जनता पीडित रहेको बताउनुभयो । शासकहरूले जनतालाई दिएको वचन पालना नगरेको उल्लेख गर्दै अध्यक्ष बिजुक्छेँले संसारका सबै काग कालो हुन्छ भनेजस्तै संसारका सबै पुँजीवादी शासकहरू जनताप्रति जवाफदेही हुँदैनन् भन्नुभयो ।
राजनीतिकरूपमा अप्ठ्यारो परेको बेलामा शासकहरूको मतभेद जनतासामु उदाङ्ग्याउन चुनाव नै उत्तम उपाय हुने हुँदा प्रधानमन्त्रीको कदमलाई स्वीकार गरेको स्पष्ट पार्दै अध्यक्ष बिजुक्छेँले शासक दलहरू चुनावमा नगई बरोबर सरकारमा जान पाउने गरी म्युजिकल चेयर बनाउन खोजिरहेको बताउनुभयो ।
देशको आधाभन्दा बढ्ता बजेट भ्रष्टाचारमा खर्च भइरहेको र सरकारले भ्रष्टाचार रोक्न नसकेको उल्लेख गर्दै अध्यक्ष बिजुक्छेँले पुँजीवादी व्यवस्था पुँजीपति वर्गले आफ्नो वर्गको हितमा ऐन कानुन बनाउने व्यवस्था हो भन्नुभयो ।
गिट्टी बालुवा भारतलाई बेच्ने सरकारी बजेटको विरोध गर्दै उहाँले भन्नुभयो, “चुरे भनेको चुन ढु·ाको खानी हो । ट्याब्लेट औषधिमा असी प्रतिशत चुन ढु·ा हुने हुँदा हामीबाट लगेको चुनढु·ा हामीले नै लाखौँ तिरी किन्नुपर्ने हुन्छ ।
अध्यक्ष बिजुक्छेँले यसमा मन्त्रीहरूमात्र नभई प्रशासन संयन्त्र पनि जिम्मेवार छ भन्नुभयो ।
राष्ट्रियता र राष्ट्र भन्ने शब्दहरू नेपालमा गलत ढ·बाट प्रयोग भइरहेको उल्लेख गर्दै अध्यक्ष बिजुक्छेँले पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यका जितेपछि नेवार राज्य नभएको तर नेवार बाँकी रहेकोले २०१५ सालमा आफ्नै पासपोर्टमा नागरिकतामा नेपाली र राष्ट्रियतामा नेवार लेखिएको उदाहरण दिनुभयो । देशमा सङ्कीर्ण राष्ट्रवाद र अन्धराष्ट्रवादको विकासबारे चिन्ता गर्दै अध्यक्ष बिजुक्छेँले कट्टर राष्ट्रवादले नै मुसोलिनी र हिटलर जन्माएको हो भन्नुभयो । एउटा राष्ट्र, एउटा भाषा र एउटा धर्मको आधारमा बनेको राज्य फासीवादमा पतन भएको स्पष्ट पार्दै अध्यक्ष बिजुक्छेँले अहिले भाजपाको सरकार पनि फासीवादी नै हो भन्नुभयो ।
कोरोना कहरमा सरकारलाई चीनसँग सहयोग माग्नुपर्छ भन्ने दबाब बढेपछि मात्र सरकारले चीनसँग सहयोग मागेको र चीनले सहयोग गरेको चर्चा गर्दै अध्यक्ष बिजुक्छेँले चीनले दिएको सहयोग कहाँ कहाँ प्रयोग भइरहेको छ भन्नुभयो । चिनियाँ कम्युनिस्ट पार्टीले नेमकिपालाई दिएको स्वास्थ्य सामग्री देशका विभिन्न जिल्लामा वितरण गरिरहेको अध्यक्ष रोहितले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *