भर्खरै :

सी चिनफिङ र उनका पिता दुई पुस्ता पार्टी सदस्यबीचको हस्तान्तरण

पेइचिङ, १९ जून । राष्ट्राध्यक्ष सी चिनफिङ र उहाँका बुबा सी चुङस्युन दुवै इमानदार चिनियाँ कम्युनिस्ट पार्टीका सदस्य हुनुहुन्छ ।
चिनियाँहरूका आँखामा सर्वसाधारणबाट जन्मिएका नेताको रूपमा सी चुङस्युन सधैँ नै जनतामाझ उभिरहनुहुन्छ । उहाँको जीवन क्रान्तिको जीवन हो, युद्धको जीवन हो र जनतालाई सम्पूर्ण मन दिएर सेवा गर्ने जीवन हो । सी चिनफिङले बुबाप्रति गौरव गर्नुका साथै बुबाबाट धेरै मूल्यवान गुणवत्ता सिक्नुभयो ।
बुबा सी चुङस्युनजस्तो सी चिनफिङ पनि सर्वसाधारण लक्षित, सर्वसाधारण निर्भर, सर्वसाधारणबाट सर्वसाधारणतर्फ भन्ने सर्वसाधारण लाइनमा अडिग रहने गर्नुहुन्छ । सी चुङस्युङको विचारमा नेता र सर्वसाधारण समान हुन् र नेता सर्वसाधारणमाझ बस्नुपर्छ ।
सी चिनफिङले बुबाको कार्य शैलीको बिँडो थाम्नुभयो । उहाँले भन्नुभयो कि जुन पार्टीको सदस्य र कार्यकर्ता भए पनि जनताको सेवा गर्ने जिम्मा र कर्तव्यमात्रै छ तर अधिकारी बन्न खोजेमा हित छैन ।
सी चुङस्युनले अनुसन्धानमा ध्यान दिइरहनुहुन्थ्यो । उहाँ कार्यालयबाट निस्केर सर्वसाधारणबीच गई सर्वसाधारणबाट सबभन्दा लायक र सही उपाय खोज्ने गर्नुहुन्थ्यो ।
यस्तो कार्य शैलीको प्रभाव उहाँका छोरा सी चिनफिङमा पनि देखिन्छ । चिनियाँ कम्युनिस्ट पार्टीको अठारौँ महाधिवेशन यता सी चिनफिङले पहाडी क्षेत्र र खेतीपातीस्थलमा पुगेर स्थानीय अनुसन्धान गर्नुभएको छ । यसबाहेक सी चिनफिङले बुबाबाट मेहनती र मितव्ययीको भावना पनि सिक्नुभएको छ ।
नमुनाको प्रभाव ठूलो छ । बुबाको दैनिक भनाइ र व्यवहारबाट सी चिनफिङले कसरी जनताका सामु समाजसेवी मानिस बन्ने भन्नेबारे सिक्नुभएको छ । सर्वसाधारण लाइन, अनुसन्धान, मेहनती तथा मितव्ययितालगायत चिनियाँ कम्युनिस्ट पार्टीको प्रमुख भावना नै सी चुङस्युन र सी चिनफिङसमेत दुई पुस्ताका चिनियाँ कम्युनिस्ट पार्टीबीच बिँडो थामेको भावना पनि हो ।

(सीआरआई)

One response to “सी चिनफिङ र उनका पिता दुई पुस्ता पार्टी सदस्यबीचको हस्तान्तरण”

  1. प्रमोद न्यौपाने (दैलेख) says:

    महान नेतृत्व वान ब्याक्ती!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *