भर्खरै :

येनानमा एड्गर स्नोको खोजी

चीनमाथि संरा अमेरिकाको पेलाइ बढिरहेको अहिलेको समयमा संसारलाई चीनको वास्तविक अवस्थाबारे बताउने एड्गर स्नोजस्ता पश्चिमा पत्रकार को होलान् र ?
एड्गर स्नोजस्तै जनवादी गणतन्त्र चीनको स्थापनाअघि वर्षौँदेखि चीनसँग नजिकको सम्बन्ध गाँसेका विदेशीहरूका सन्तानहरूको एउटा समूहले हालै उत्तरपश्चिम चीनको येनानको भ्रमण ग¥यो । येनान चिनियाँ कम्युनिस्ट पार्टीको आधारक्षेत्र थियो । सन् १९४९ मा जनवादी गणतन्त्र चीन स्थापनाअघि सन् १९३० र १९४० को दशकमा चिनियाँ कम्युनिस्ट पार्टी (चिकपा) ले येनानबाट नै क्रान्तिको नेतृत्व गरेको थियो । चीनका मित्रका सन्तानहरूको त्यो टोली येनान जानुको मूल उद्देश्य चिकपाले हासिल गरेका सफलताका आधार र हिजोआज चीनबारे पूर्वाग्रहले भरिएका प्रचारबाजीलाई मेटाएर सत्य कुरा संसारसामु पु¥याउने ‘नयाँ युगका स्नो’ले पछ्याउनुपर्ने बाटो खोज्नु थियो ।
एड्गर स्नो चीनमा ज्यादै प्रख्यात नाम हो । उनी एक जना पत्रकार थिए । सन् १९३७ मा प्रकाशित ‘चीनको आकाशमा रातो तारा’ पुस्तकको लागि उनी चर्चित छन् । त्यो पुस्तकमा उनले उत्तिबेला ‘रहस्यमय’ मानिने चिकपाले कसरी क्रान्तिको नेतृत्व ग¥यो र कसरी चीनमा आत्मसम्मान एवम् समानता ल्याउन सफल भयो भन्ने विषयमा प्रस्ट र प्रभावशाली चित्रण गरेका छन् । माओ त्सेतुङलगायत चिकपाका प्रमुख नेताहरूसँग गरिएको विचारोत्तेजक संवादमा आधारित पुस्तकले चीनका करोडौँ जनतालाई निद्राबाट ब्युँझाउन मद्दत गरेको थियो ।
आज चीन र चिकपाबारे पूर्वाग्रहले भरिएका पश्चिमा सञ्चारमाध्यमका प्रचारबाजीबीच एड्गर स्नोका महत्वपूर्ण कृतिको मूल्य स्मरण गर्नु जरुरी छ । चीन आज जुन स्थानमा छ, त्यो स्थानसम्म चीनलाई एक सय वर्ष अवधिमा सफलतापूर्वक ल्याउन चिकपाले हासिल गरेको सफलताको रहस्य बुझ्न स्नोका ती कृतिको अध्ययन सान्दर्भिक हुनसक्छ ।
समझदारीको पुल
संसारभर नै धेरै सङ्ख्यामा बिक्री भएको स्नोको सो किताब पश्चिमाहरूका लागि चिकपाको खास कुरा बुझ्ने पहिलो आँखीझ्याल बनेको थियो । ‘हरियो–नीलो (सियान) रङको अनुहार र सिङ भएका डाँकाहरू’ भनेर वर्णन गर्ने गरिएका चिकपाका नेताहरूलाई संसारसामू चिनाउन त्यो किताब पहिलो झल्को बन्यो । सन् १९४९ भन्दा अघि चीनमा शासन गरिरहेको कोमिङतान पार्टीका नेताहरू चिकपाका नेताहरूलाई त्यसरी नै अपव्याख्या गर्थे । कोमिङतान पार्टी सन् १९३० दशकयता सैनिक र आर्थिक नाकाबन्दीमार्फत चीनको क्रान्तिलाई दबाउन भरमग्दुर प्रयास गरिरहेको थियो ।
संरा अमेरिकाका कम्तीमा दुई जना राष्ट्रपति फ्राङक्लिन डी. रुजवेल्ट र रिचर्ड निक्सनको निम्ति स्नोको पुस्तक चीनबारे बुझ्ने सन्दर्भ सामग्री बन्यो । सन् १९७० को दशकमा चीन–संरा अमेरिका सम्बन्ध सहज बनाउन त्यसले योगदान ग¥यो ।
चीनका विदेश मन्त्री वाङ यीले एकपल्ट भनेका थिए, “चीन ‘सत्य, वस्तुगत र सही समाचार’ सम्प्रेषण गरी बिना ‘वैचारिक पूर्वाग्रह’ आपसी समझदारी प्रवद्र्धन गर्न विदेशी पत्रकारहरूमध्ये नयाँ युगमा अरू एड्गर स्नोहरूलाई स्वागत गर्न तयार छ ।”
“मेरो विचारमा हामीले यी कुराको स्मरण गर्नु निकै महत्वपूर्ण छ किनभने अमेरिकाको हिजोआजको राजनीतिले सक्रियतापूर्वक समझदारीको यो पुल भत्काइरहेको छ । यस्तो परिस्थितिमा हामीले त्यत्तिबेलाको कुरा सम्झनु ज्यादै महत्वपूर्ण छ । एड्गर र हेलेन फोस्टर स्नोले गरेका काम र उनीहरूले दुई देशबीचको पुल बनाउन खेलेको भूमिकाबारे स्मरण गर्न आवश्यक छ”, येनानमा चिनियाँ परराष्ट्र मैत्री जनसङ्गठन (सीपीएएफएफसी) ले आयोजना गरेको ‘नयाँ युगमा स्नोको विरासत’ विषयक गोष्ठीमा हेलेन फोस्टर स्नोका भतिजा एरिक फोस्टरले भने ।
एड्गर स्नोकी पत्नी हेलेन फोस्टर येनान सहर र चिकपाबारे संसारलाई उजागर गर्ने अर्का महान् व्यक्ति थिइन् । चिकपाका नेता र लाल सेनाबारे प्रत्यक्ष अनुभव गरेर उनले पनि संसारलाई तिनका बारेमा जानकारी दिएकी थिइन् ।
एरिक फोस्टरले अमेरिकी सञ्चारमाध्यमले इतिहासलाई बङ्ग्याउन खोजेको र युवा पुस्तालाई चीनको खास इतिहास बुझाउन महत्वपूर्ण हुने बताए ।
चीनबारे पश्चिमा देशहरूमा कसरी गलत बुझाइ व्याप्त छ भन्ने कुराको उदाहरण प्रस्तुत गर्दै उनले भने, “पाँच वर्षअघि मेरो एक जना साथी थिइन् । उनी फ्रान्सको कलेजमा पढ्थिन् । उनले आफ्नो एक जना प्राध्यापकले चिनियाँ पुरुषहरूले अहिले पनि लामो टुप्पी पाल्ने कुरा सुनाएको मलाई बताएकी थिइन् । फ्रान्सको एउटा विश्वविद्यालयका प्राध्यापक र पीएचडीधारीले यस्तो सोच्छन् । सम्भवतः यस्तो हुनुको कारण पश्चिमा देशहरूमा उनीहरूले चीनबारे खराब प्रचारबाजीबाहेक केही पनि राम्रा कुरा नसुनेकाले पनि हुनसक्छ ।”
स्नो येनान पुगेको अहिले ८५ वर्ष पुगेको छ । सञ्चारमाध्यमहरूमा धेरै विविधता आइसकेको छ । पिछडिएको चीन आज संसारकै दोस्रो ठुलो अर्थतन्त्र बनेको छ । तर, पश्चिमाहरूले भने अझै पनि चीनविरुद्ध विषवृक्ष रोप्न र चीनप्रति वैरभाव फैलाउन छोडेका छैनन् । चिकपाबारे अझै गलत व्याख्या गर्न छोडेका छैनन् ।
सीपीएएफएफसीका सभापति लिन सोङतियनले गोष्ठीमा धेरैभन्दा धेरै अन्तर्राष्ट्रिय पत्रकारहरूलाई चीनबारे विस्तृतरूपमा अझ गहिराइमा बुझ्न मद्दत गर्न आग्रह गरे ।
“हामीले एड्गर स्नो, इजरायल इप्स्टियन र रेवी ऐलीजस्ता व्यक्तिहरूको विरासतलाई निरन्तरता दिन सक्नुपर्छ । उनीहरूले चीनका कथा मन र दिमागभित्र पस्ने गरी संसारसामु पु¥याए”, साङ्घाई दैनिकमा स्तम्भकार र चलचित्र निर्माता न्यु जिल्यान्डका एन्डी बोरहमले भने ।
यद्यपि, ‘पश्चिमा विश्वलाई चीन र चिनियाँ कथा बुझ्न निकै जटिल छ । मेरो विचारमा भाषा र सांस्कृतिक भिन्नताको कारण पनि यस्तो भएको हुनुपर्छ । जसलाई हामी बुभ्mन सक्दैनौँ, उससँग मिलजुल हुन कठिन हुन्छ ।”, चीन र पश्चिमा देशबीच दुरीको सम्भावित विश्लेषण गर्दै बोरहमले भने ।
बोरहमले चीनमा काम गरेकै कारण आफ्नो कामबाट उपेक्षित भएका विदेशी पत्रकारहरूका धेरै दृष्टान्त प्रस्तुत गरे । त्यस्ता पत्रकारहरूमाथि ‘पैसाको लागि झूट फैलाएको वा दिमाग परिवर्तन गर्ने काममा लागेको आदि’ आरोप लाग्ने गरेको छ । यो ‘पीडादायक’ छ तर चीनबारे आफूले जानेका कुरा संसारसामु पु¥याउन आफ्नो उत्साहलाई कमजोर नबनाएको बताए ।
परिवारको रगतमा चिकपाको भावना
आफ्नी काकीबाट उत्प्रेरित एरिक फोस्टरले चिकपाले हासिल गरेका उपलब्धिको धेरै कोणबाट विश्लेषण गरे र उनीले ‘यति धेरै मानिसलाई गरिबीबाट उठाउन सकेको प्रभावशाली सरकारप्रति गौरव लागेको’ बताए ।
क्यानाडाका प्राज्ञ इसाबेल क्रुक र उनका बेलायती श्रीमान् डेभिड क्रुकका छोरा माइकल क्रुक जनतामा आधारित चिकपाको भावना अनुभव गरेका अर्का व्यक्ति हुन् जसको रगतमै चिकपाको त्यो भावना बगेको छ ।
स्नोको पुस्तकबाट प्रभावित भएर सन् १९४७ मा इसाबेल क्रुक र उनका पत्रकार श्रीमान चीन आइपुगे । उनीहरू त्यत्तिबेला चीनमा भइरहेको क्रान्तिकारी भूमिसुधारबारे अध्ययन गर्न चाहन्थे । उनीहरू असल शिक्षकहरू पनि थिए । उनीहरूले धेरै विद्यार्थीहरूलाई पढाए । उनीहरूले पढाएका विद्यार्थीहरूमध्ये अधिकांश पछि कूटनीतिज्ञ बने । उनीहरूले धेरै क्षेत्रका ज्ञान हासिल गरे । उनीहरूको सङ्गतले चीनका धेरै विद्यार्थी अङ्ग्रेजी भाषामा विदेशीहरूसँग संवाद गर्न पोख्त भए ।
चिकपाबारे माइकल क्रुकलाई बाल्यकालमै प्रभाव पारेको थियो । उनका आमाबुबा काम गर्ने विश्वविद्यालयमा चिकपाका सदस्यहरूले आफू बस्दै आएका उज्याला, नयाँ र दक्षिणाभिमुख घरहरू गैर चिकपा सहकर्मीहरूलाई छोडेर आफू पुरानो उत्तराभिमुख घरमा सरेको उनले बाल्यकालमै देखेका थिए ।
“उनीहरू खुसियाली मनाउन आएका थिएनन् । उनीहरू जनताको सेवा गर्न आएका थिए । मेरो विचारमा उनीहरू असल कम्युनिस्ट थिए”, उनले भने ।
पेइचिङकै ठेट लवजमा बोल्ने पश्चिमा जस्तो देखिने दुह्वा मुलर आफूलाई ‘खास पेइचिङ मान्छे’ भन्न रुचाउँछन् ।
उनका पिता हान्स मुलर जर्मन–यहुदी चिकित्सक थिए । उनले दोस्रो विश्वयुद्धमा येनानमा स्थलगत चिकित्सकको रूपमा महत्वपूर्ण भूमिका खेलेका थिए । मुलरले पछि चीनमै बसेर विभिन्न अस्पतालमा बिरामीको सेवा गरेका थिए । सन् १९९४ मा निधन हुनुअघि उनले हेपाटाइटिस ‘बी’ र त्यसको खोपबारे अनुसन्धान गर्न ठुलो योगदान गरेका थिए ।
विभिन्न देशमा वर्षौँ बिताइसकेका दुह्वा मुलर पेइचिङमा हुर्केका थिए । चीनको राष्ट्रिय झन्डा देख्दा उनलाई आफ्नो घरमा पुगेको अनुभव हुन्छ ।
दुह्वा मुलर चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा चीनमा भएका नाटकीय परिवर्तनका प्रत्यक्षदर्शी हुन् । “म सानो छँदा मेरा आमाबुबासँग प्रायशः भेट हुँदैनथ्यो किनभने उहाँहरू नयाँ देश निर्माणको लागि कम्युनिस्ट पार्टीको सदस्यको रूपमा काम गर्न व्यस्त हुनुहुन्थ्यो”, उनले भने ।
हान मुलर सन् १९५७ मा चिकपामा सदस्य बने । पेइचिङको हुतोङमा आफ्नो परिवारसँग बस्दै आएका दुह्वा आफ्नो पिताबाट निकै प्रभावित छन् । उनले भने, “कामको सहजताको लागि अमेरिकाको नागरिकता लिइसके पनि बुबा चिकपाको सदस्य बन्न निकै उत्साहित हुनुहुन्थ्यो ।”
यहुदी पत्रकार एवम् लेखक इजरायल इप्स्टियन सन् १९५७ मा चिनियाँ नागरिकता पाउने र सन् १९६४ मा चिकपाको सदस्यता पाउने पश्चिमा व्यक्ति हुन् । सन् १९४४ मा येनानबाट फर्केपछि उनले संरा अमेरिकी पत्रकारको रूपमा काम गरेका थिए ।
“यहुदी हुनुको नाताले चिनियाँ जनताप्रति हाम्रो गहिरो सद्भाव थियो । चिनियाँ जनताले फासीवादविरुद्ध अदम्य सङ्घर्ष गरेका थिए । कम्युनिस्ट पार्टीका नेताहरूसँग कुराकानी गरेपछि उनले कम्युनिस्टहरूले वास्तवमै गरिबको सेवा गरिरहेको देखे । चीनप्रति उनको विशेष भावना थियो । चीनको छविमाथि हिलो छ्याप्दा उनलाई सह्य हुँदैनथ्यो”, इप्स्टिइनका श्रीमती ह्वाङ ह्वानबीले भने, “इप्स्टिइन आज पनि हामीसँग भएका भए चीन र चिकपालाई माया गर्ने धेरै विदेशीलाई उनले भेट्न पाउने थिए ।”
आधुनिक स्नोहरू पश्चिमा सञ्चारको पेलाइमा
माइकल क्रुकले सन् १९९४ मा पेइचिङ पश्चिमा एकेडेमी नामको अन्तर्राष्ट्रिय विद्यालय स्थापना गर्न मद्दत गरे । उनी चिनियाँ औद्योगिक सहकार्य प्रवद्र्धन अन्तर्राष्ट्रिय समिति (कुङ हो–आइसीसीआइसी) मा सामेल छन् । बितेका झन्डै तीस वर्षदेखि यो समितिले चिनियाँ समुदायको हित र अवसरको निम्ति काम गर्दै आएको छ ।
उनलाई कतिले आधुनिक युगका ‘एड्गर स्नो’ पनि भन्ने गरेका छन् । कोभिड–१९ महामारीको प्रारम्भिक दिनमा उनले उहानका जनतालाई मद्दत गरेका थिए । छेन्दुको एउटा अस्पतालमा उनले चन्दा दिएका छन् । सङ्कटको समयमा उनको सहृदयता र सद्भावको कारण पनि उनलाई त्यो नाम दिइएको हुनसक्छ ।
उनी अझै पनि सम्झन्छन्, चीनले आधुनिकीकरण थाल्दा कसैले आधुनिकीकरणलाई ‘पश्चिमाकरण’ को रूपमा अनुवाद गरेका थिए । तर, हिजोआज चिनियाँ जनताले आफूमा विकास गरेको आत्मविश्वास देखेर उनी सन्तुष्ट छन् ।
स्नो जस्ता पत्रकारहरूको आज अभाव भइरहेको क्रुक विश्वास गर्छन् । स्नो अर्थात् जो सत्य बोल्न चाहन्छ । तर, व्यापारी र राजनीतिक सत्ताबाट नियन्त्रित पश्चिमा सञ्चारमाध्यमहरूले चीनबारे वस्तुगत र इमानदार आवाज दिन बन्देज लगाएका छन् ।
“बेलायत, फ्रान्स र जर्मनीजस्ता देशहरू आफूले अन्तर्राष्ट्रिय समुदायको प्रतिनिधित्व गरिरहेको अभिनय गर्छन् । मानौँ उनीहरूले नै सबै मानिसहरूको प्रतिनिधित्व गरिरहेका छन् । उनीहरूको चीनबारे बुझाइ पक्कै पनि वस्तुगत र सत्य छैन । विकासशील देशहरूले आफ्नै सञ्चार दबु बनाउन अत्यावश्यक छ । त्यो दबु पश्चिमा देशहरूबाट स्वतन्त्र हुनुपर्छ”, उनले भने ।
पेइचिङका लेखक र डिजिटल सम्पादक इआन गुडरम पनि गोष्ठीमा आमन्त्रित थिए । उनी संरा अमेरिकी कम्युनिस्ट पार्टीका सदस्य हुन् । उनले पश्चिमको ‘सानो पार्टी’ को सदस्यको रूपमा आफ्नो परिचय दिए । उनले चीनको विरोध गर्नमा संरा अमेरिकाका दुवै शासक राजनीतिक दलमा सहमति रहेको बताए ।
यो सहमति र मूलधारको बुझाइलाई शक्तिमा रहेका कसैले पनि हल्लाउन नसकेको बताए । “पश्चिममा प्रयोग भइरहेको संयुक्त मोर्चाको रणनीतिको यो प्रभावकारिता हो । त्यसकारण स्नोहरूलाई आफ्ना कुरा प्रकाशित गर्न अझ कठिन बन्दै गएको छ”, इआनले भने ।
“तर, आफ्नो कथा भन्न सक्ने चीनको आफ्नै क्षमता बढेको छ । धेरैभन्दा धेरै सञ्चारमाध्यम र सञ्चार सुविधाको विकास भएको छ जसले चीनविरुद्ध मूलधारको बुझाइलाई चुनौती दिन प्रयोग हुनसक्छ । त्यसको निम्ति थप सिर्जनात्मक तरिकाको खोजी आवश्यक छ”, इआनले भने ।
स्रोत : ग्लोबल टाइम्स
नेपाली अनुवाद : सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *