भर्खरै :

क्युवाली समाजवादसामु संरा अमेरिकी साम्राज्यवाद पराजित

नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को निर्देशनमा यो कार्यक्रममा सहभागी हुन पाउँदा मलाई गौरव अनुभूति भइरहेको छ ।
सन् १९६२ देखि संरा अमेरिकी सरकारले समाजवादी देश क्युवाविरुद्ध आर्थिक, व्यापारिक र वित्तीय नाकाबन्दी लगाउँदै छ । हाम्रो पार्टीका श्रद्धेय अध्यक्ष कामरेड रोहितले यो नाकाबन्दी अविलम्ब हटाउन तथा संरा अमेरिकाको यो मानवताविरोधी अपराध अन्त्य गर्न धेरै दबुहरूमा आवाज राख्नुभएको छ । आजको अनलाइन कार्यक्रममार्फत पनि नेपाल मजदुर किसान पार्टीको तर्फबाट हामी क्युवाविरुद्ध संरा अमेरिकी सरकारको आर्थिक नाकाबन्दीलगायत २४० भन्दा बढी प्रतिबन्धको विरोध एवम् भत्र्सना गर्दछौँ । यी सम्पूर्ण नाकाबन्दी र प्रतिबन्ध अविलम्व खारेज गर्न जरुरी भएको हाम्रो मत पुनः जाहेर गर्दछौँ ।
संयुक्त राष्ट्र सङ्घको महासभामा क्युवाविरुद्ध संरा अमेरिकी सरकारको नाकाबन्दी खारेज गराउन सभाको अत्याधिक बहुमतबाट २८ औँ पटक प्रस्ताव पारित भइसकेकोे छ । क्युवा सरकारले यस पटक संयुक्त राष्ट्र सङ्घको महासभामा पेश गरेको २९ औँ प्रस्तावमा अहिले छलफल र मतदान भइरहेको छ । हामीलाई विश्वास छ, संरा अमेरिकी सरकार र तिनका पिछलग्गू देशहरूको पुनः हार हुनेछ र क्युवाको पक्षमा अत्यधिक बहुमत प्राप्त हुनेछ ।
संरा अमेरिकाले क्युवाविरुद्ध लगाएको नाकाबन्दीको विरोधमा गत आइतबार संसारका पचासभन्दा बढी देशमा प्रदर्शन भएको थियो । संरा अमेरिकाभित्र १५ सहरमा प्रदर्शन भएको विश्वकै न्यायपे्रमी जनताको निम्ति उत्साहकोे विषय हो । क्युवाविरुद्धको नाकाबन्दी हटाउन संसारभरि आवाज उठिरहे पनि संरा अमेरिकी सरकारले विदेशबाट क्युवामा रेमिटेन्स पठाउनसमेत रोक लगाएको अर्को मानवताविरोधी काम हो ।
संरा अमेरिकी सरकारको नाकाबन्दी र प्रतिबन्धको विरोधमा क्युवाका बैङ्कहरूले गत सोमबारदेखि संरा अमेरिकी डलरलाई रोक लगाउनु क्युवाली जनताको अर्को साहसिक कदम हो । यसले अमेरिकी साम्राज्यवादको नाकाबन्दीलाई प्रतिरोध गर्नसक्ने वीर क्युवाली जनताको क्षमता पुष्टि गर्छ ।
क्युवाली कम्युनिस्ट पार्टी, सरकार र जनताले कोभिड–१९ विरुद्धको लडाइँमा पनि विजय प्राप्त गरेका छन् ।
क्युवाली क्रान्तिका नेता साम्राज्यवादविरोधी सङ्घर्षका योद्धा एवम् विश्व कम्युनिस्ट आन्दोलनका एक जाज्वल्यमान तारा फिडेल क्यास्त्रोको निर्देशनमा स्थापना भएको क्युवाली औषधि उद्योग र थेरापीका नयाँ प्रविधिबाट कोभिड–१९ महामारी रोकथाम गर्न सम्भव भयो ।
क्युवामा कोभिड–१९ महामारी रोकथामको पाँच ओटा खोपको परीक्षण भएकोमा Soberana-02 Abdala गरी दुई खोपमा सफलता प्राप्त भइसकेको छ । Abdala खोपको प्रभावकारिता ९२.२८ प्रतिशतभन्दा बढी भएको विश्वकै जनताको निम्ति खुसीको विषय हो ।
यो अवसरमा क्युवाली कम्युनिस्ट पार्टी, सरकार र खोप अनुसन्धान एवम् आविष्कारमा संलग्न वैज्ञानिक टोलीलाई नेपाल मजदुर किसान पार्टी र नेपाली जनताको तर्फबाट बधाई एवम् धन्यवाद ज्ञापन गर्न चाहन्छौँ । संसारका न्यायपे्रमी जनताले क्युवाको खोप प्राप्त गर्ने र कोभिड–१९ महामारीलाई पराजित गर्नेमा हामी विश्वस्त छौँ ।
बाँकी तीन वटा खोप अनुसन्धानमा पनि क्युवाली कम्युनिस्ट पार्टीलाई सफलता मिलोस् भनी शुभकामना दिन चाहन्छौँ ।
गएको १६ अप्रिल २०२१ मा सम्पन्न क्युवाली कम्युनिस्ट पार्टीको आठौँ महाधिवेशनमा प्रस्तुत क्युवाली नेता राउल क्यास्त्रोको प्रतिवेदनमा राजनीतिक ब्युरोले गठन गरेका तीन आयोगमध्ये पहिलो आयोगले कोभिड–१९ ले ल्याएको विश्व आर्थिक सङ्कटसँग सामना गर्ने र अर्थतन्त्रलाई उकास्ने रणनीति कार्यान्वयन गर्ने उल्लेख छ ।
दोस्रो आयोगले सातौँ महाधिवेशनद्वारा तय भएको उद्देश्य पूरा भए नभएको लेखाजोखा गर्ने र तेस्रो आयोगले पार्टी, युवा कम्युनिस्ट सङ्घ, जनसङ्गठनहरू, राज्य र सरकारभित्र कार्यकर्ता नीतिमा पार्टीको भूमिकाबारे अध्ययन गर्ने उल्लेख छ ।
क्युवाली कम्युनिस्ट पार्टीको ७ लाख सदस्य, ५८ हजार प्रारम्भिक (सेल) समितिहरु संरा अमेरिकी सरकारको नाकाबन्दी र कोभिड–१९ विरुद्ध लड्ने अपराजित हतियार हुनेमा हामी विश्वस्त छौँ ।
कोभिड–१९ महामारीविरुद्ध लड्न पुँजीवाद असफल भएको छ । तर, क्युवा, चीन र प्रजग कोरियालगायत समाजवादी देश सफल भएका छन् ।
क्युवाले कोभिड–१९ विरुद्ध लड्न संसारका धेरै देशलाई चिकित्सक र स्वास्थ्य सामग्री पठाएर सहयोग गरेको छ । अमेरिकी साम्राज्यवादले यसलाई ‘सेतो पोशाकको कूटनीति’ भनी दुष्प्रचार ग¥योे ।
यो अमेरिकी दुष्प्रचार क्युवाको समाजवाद र पराक्रमी क्युवाली जनताको प्रतिकार क्षमतासामु पराजित भएको छ ।
नेपाल मजदुर किसान पार्टी र क्युवाली कम्युनिस्ट पार्टीको मित्रता आगामी दिनमा थप घनिष्ट हुनेमा हामी विश्वस्त छौँ ।
(नेपाल मजदुर किसान पार्टीद्वारा २०७८ असार ९ गते संरा अमेरिकी नाकाबन्दी र कोभिड–१९ महामारीविरुद्धको सङ्घर्ष विषयक छलफल कार्यक्रममा पार्टी सचिव प्रेम सुवालले राख्नुभएको मन्तव्यको सारसङ्क्षेप)

Leave a Reply

Your email address will not be published. Required fields are marked *