भर्खरै :

‘हामी दासहरूले कति लामो यात्रा ग¥यौँ’– एक अध्ययन

‘How far we slaves have come’ अर्थात् ‘हामी दासहरूले कति लामो यात्रा ग¥यौँ’ पुस्तकले अफ्रिका र क्युवाबीचको ऐतिहासिक सम्बन्ध तथा मित्रताबारे प्रकाश पार्छ । दक्षिण अफ्रिकामा नेल्सन मन्डेलाको नेतृत्वमा उठेको रङ्गभेदविरोधी तथा जातिभेदविरोधी सङ्घर्षका परिच्छेदहरू पुस्तकमा छन् । अफ्रिकालाई उपनिवेशबाट मुक्त गर्न, सार्वभौम बनाउन समानताका निम्ति उठेका आन्दोलनका शृङ्खलाहरू पुस्तकले स्मरण गराउँछ । दक्षिण अफ्रिकालाई साम्राज्यवादी चङ्गुलबाट मुक्त गर्न ल्याटिन अमेरिकी टापु देश क्युवाबाट पनि स्वयम्सेवीहरू पुगेका थिए । समाजवादी देश क्युवाका कामरेडहरू एवम् नेता फिडेल क्यास्ट्रोका सिपाहीहरू अन्तर्राष्ट्रवादी भावना सहित अफ्रिकी जनताको मुक्ति आन्दोलनमा लडेका थिए । पुस्तकले क्युवाको अन्तर्राष्ट्रवादी नीति तथा भावना थप उजागर गर्दछ ।
सन् १९९१ जुलाई २६ का दिन अफ्रिकी राष्ट्रिय काङ्ग्रेस (ANC) का अध्यक्ष नेल्सन मन्डेला र क्युवाका राष्ट्रपति फिडेल क्यास्ट्रोले क्युवाको मान्टान्जाज् (Mantanzes) मा क्युवाली क्रान्तिको ३८ औँ वर्षगाँठको अवसरमा आयोजित भव्य एवम् ऐतिहासिक समारोहमा सँगै सम्बोधन गर्नुभयो । त्यो समारोहमा नेल्सन मन्डेलालाई ‘होसे मार्टी तक्मा’ ले सम्मान गरिएको थियो । समारोहमा नेल्सन मन्डेला र फिडेल क्यास्ट्रोले दक्षिण अफ्रिकी भूमिमा सफल दुईवटा सङ्घर्षका बारेमा चर्चा गर्नुभयो । एउटा क्रान्तिकारी प्रजातान्त्रिक आन्दोलन जसले कानुनीरूपमा स्थापित जातिभेदी तथा रङ्गभेदी प्रणालीको अन्त्य ग¥यो, दोस्रो क्युवाली क्रान्तिको कम्युनिस्ट मार्ग र तेस्रो अन्तर्राष्ट्रवादको शक्ति । नेल्सन मन्डेला र क्यास्ट्रोको ऐतिहासिक मन्तव्य पुस्तकमा सङ्ग्रहित छ ।
मानव सभ्यता र मानवजातिमाथि अन्याय, अत्याचार एवम् शोषण गर्ने जातिवादी र रङ्गवादी नीतिविरुद्ध लड्न क्युवाले दक्षिण अफ्रिकालाई सघायो । मन्डेलाले क्युवाको सहयोग र लडाकु भावनाको मुक्तकण्ठले प्रशंसा गर्नुभयो । अफ्रिकी जनताको चाहना मुक्ति, स्वतन्त्रता र सामाजिक न्याय हो, अफ्रिकी जनता समानतासँगै सार्वभौम जिन्दगी चाहन्छन् । अफ्रिकी जनताको चाहना या सपना पूरा गर्न क्युवाले सघायो भन्नुहुन्छ मन्डेला ।
“अङ्गोलाको एउटा सहर कुइटो क्वानाभाल (Cuito Cuanavale) मा जातिवादी सेना विफल हुनु समग्र अफ्रिकाका निम्ति विजयको शङ्खघोष बन्यो । रङ्गभेदी (Apartheid) सेनालाई पराजित बनाउनुले दक्षिण अफ्रिकामा उमङ्ग, सङ्घर्षशील भावनाको सञ्चार सम्भव भयो । कुइटो क्वानाभालमा जातिवादी सेना नहारेका भए अफ्रिकी राष्ट्रिय काङ्ग्रेस खारेज भइसक्ने थियो । त्यो विजयले आज म यस भव्य समारोहमा छु ।” सम्बोधनका क्रममा नेल्सन मन्डेलाले भन्नुभयो ।
मन्डेलाले क्युवाली क्रान्तिको सम्मान, नेता फिडेल क्यास्ट्रोको नेतृत्वबारे चर्चा गर्नुभएको छ । अन्तर्राष्ट्रवाद किन समाजवादको रगत र शरीरको मेरुदण्ड जस्तै हो भन्ने महत्वपूर्ण सन्देश क्युवाली सरकार र जनताले अफ्रिकी भूमिमा पनि दिए ।
मन्डेला भन्नुहुन्छ – “गरिब र अधिकारबाट वञ्चित बनाइएका जनताले नै आपूm जन्मेको भूमिको नेतृत्व गर्नेछन् । त्यसका निमित्त हामी सङ्घर्ष गर्छौँ ।” मन्डेलाले क्युवाली समाजवादी क्रान्ति अफ्रिकी मुक्ति आन्दोलनको निम्ति उर्जा बनेको उल्लेख गर्नुभयो । क्युवाली क्रान्तिका नायक फिडेल क्यास्ट्रो, चे ग्वेभाराको जीवनले अफ्रिकी लडाकुहरूले ऊर्जा प्राप्त गरेको जाहेर गरे । रङ्गभेदको नीति अफ्रिकामा हिजोमात्रै सुरु भएको विषय होइन । गोरो जातिको सर्वोच्चता अर्थात आतङ्क धेरै शताब्दी पुरानो हो । त्यसकारण, जातिवाद र रङ्गभेदको जरा उखेल्नु सजिलो विषय होइन भन्नुहुन्छ नेल्सन मन्डेला ।
काला जातिमाथिको अन्याय र शोषणविरुद्ध लड्दा–लड्दै मन्डेला धेरैपटक जेल पर्नुभयो, मृत्युदण्डको कुरा पनि उठ्यो । आजीवन जेल सजायको घोषणा भएको थियो । रङ्गभेद, जातिभेद र लिङ्गभेद अन्त्य गरी प्रजातान्त्रिक मुलुक बनाउने नेल्सन मन्डेलाको सपनालाई सघाउन क्युवाले खेलेको बेजोड भूमिका पुस्तकमा व्याख्या गरिएको छ ।
रङ्गभेदी नीतिका हिमायतीहरूले अर्थात् त्यो साम्राज्यले अफ्रिकी जनतालाई हतियार उठाउन बाध्य पारेको अन्यथा अफ्रिकी जनता शान्तिपूर्ण ढङ्गबाट समस्या समाधानको पक्षमा रहेको जानकारी पुस्तकबाट मिल्छ ।
‘हामी दासताको ब्यारेकहरूमा कहिल्यै फर्कने छैनौँ’ शीर्षकको क्यास्ट्रोको मन्तव्य आज पनि उत्तिकै उत्साह सञ्चार गर्ने खालको छ । क्युवा दासहरूको देश थियो । सम्पूर्ण दासताका जन्जीरहरू चुँडालेर क्युवा स्वतन्त्र र सार्वभौम बन्यो । क्युवाली जनतालाई कुनैपनि तरिकाको दासता अब स्वीकार्य नहुने प्रस्ट छ ।
रङ्गभेद र जातिभेद पुँजीवाद या साम्राज्यवादको फासीवादी रूप हो । अफ्रिकामा रङ्गभेदमात्र होइन, काला जाति हिंस्रक असमानता र राजनीतिक दमनमा परेका थिए । आर्थिक शोषण भयानक थियो । सबैभन्दा महत्वपूर्ण कुरा अफ्रिकामा पश्चिमले आँखा गाड्यो । त्यसकारण, रङ्गभेदी सेना (Apartheid) र नीति दुवै पश्चिमकै डिजाइन थियो । पश्चिम भन्नाले पुँजीवादी या साम्राज्यवादी पश्चिम । पश्चिमले रङ्गभेदी (Apartheid) लाई प्रविधि, असीमित लगानी, अनगिन्ती हातहतियारसँगै राजनैतिक सहयोग गरिरह्यो । यता क्युवामा भने पश्चिमले नाकाबन्दी थोप¥यो । क्युवाको सफल समाजवादी क्रान्ति र जनताले प्राप्त गरेको सामाजिक न्यायविरुद्ध पश्चिमले नाकाबन्दी नामको सजाय थोप¥यो । आजपनि क्युवा नाकाबन्दीलाई युद्धको रूपमा सामना गर्दै छ ।
अफ्रिकी राष्ट्रिय काङ्ग्रेस कम्युनिस्ट पार्टी होइन यद्यपि क्युवाको असल मित्र बन्यो । संसारका कुनाकाप्चामा न्याय र मानवताको निम्ति उठेका सङ्घर्षमा क्युवाको साथ र समर्थन रहन्छ । अङ्गोलामा मात्र क्युवाले १५ वर्ष व्यतित ग¥यो । सयौँ – हजारौँ क्युवाली अङ्गोला पुगे । लाखौँ – लाख अन्य देशहरूमा पुगे । पश्चिमले क्युवा र अफ्रिकाबीचको मित्रवत् सम्बन्ध र ऐक्यबद्धता टुटाउने खुब प्रयत्न ग¥यो तर असफल रह्यो । अङ्गोलामा शान्ति र सुरक्षा कायम राख्नु दक्षिण अफ्रिकाकै शान्ति र सुरक्षाका निम्ति जरुरी बन्यो । त्यसकारण, आक्रमणको प्रतिकारका निम्ति शक्ति र हातहतियार जोहो जरुरी भयो । कुइटो क्वानाभालमा अफ्रिकीहरूसँगै क्युवालीहरूले पनि लडे ।
फिडेलले बोल्नुभयो – “अङ्गोलीहरूको रगत – हाम्रो रगत, नामिबियालीहरूको रगत –हाम्रो रगत, दक्षिण अफ्रिकीहरूको रगत – हाम्रो रगत ¤ मानवताको रगत – हाम्रो रगत ¤”
फिडेलको यही भावना आत्मसात् गर्दै क्युवालीहरू अफ्रिकी मुलुकहरूमा लडे । मन्तव्यमा फिडेलले मातान्जाज्को राजनीतिक, सामाजिक, आर्थिक महत्व उजागर गर्नुभयो । मातान्जाज् नै हिजो र आजको क्युवामा आएको परिवर्तनको एउटा दसीको रूपमा उहाँले व्याख्या गर्नुभयो । क्रान्ति अघि र पछिको क्युवाली समाज, महिला, बालबच्चाहरूको अवस्थाबारे चर्चा पुस्तकमा छ ।
क्युवा साम्राज्यवादले हुर्काइरहेको नवउदारवाद, नीजिकरण, नव उपनिवेशवाद, उपनिवेदशवादविरुद्ध आजपनि सङ्घर्ष गर्दै छ । मानव सभ्यतामा देखिएका सबैखाले शोषणको जड पुँजीवाद अर्थात् साम्राज्यवाद हो भन्नेमा क्युवा प्रस्ट छ । मान्छेले मान्छेलाई गर्ने शोषणसँगै शक्तिशाली देशले कमजोर देशलाई गर्ने शोषण र दमनको स्रोत साम्राज्यवाद हो । फिडेलले बोल्नुभएको थियो – “अन्याय कहाँबाट आयो ? असमानता कहाँबाट उत्पन्न भयो ? गरिबी कहाँबाट जन्म्यो ? अविकास कहाँबाट आयो ? यो सम्पूर्ण प्रकोप कहाँबाट आयो ? यदि स्रोत पुँजीवाद होइन भने ? उपनिवेशवाद कहाँबाट आयो ? यदि स्रोत पुँजीवाद होइन भने ¤ नवउदारवाद र साम्राज्यवादको स्रोत पुँजीवादी दर्शन नभए के ?”
वास्तवमा पुँजीवादसँग क्षमता नै छैन प्रकोपहरूसँग लड्ने । पुँजीवाद आपैm प्रकोपको कारण हो । पुँजीवादसँग मानव जातिको गरिबी मेट्ने क्षमता, नैतिकता, आदर्श केही पनि छैन । बरु असमानताको अग्लो खाडल निर्माण गर्दै छ ।
पुँजीवादी मुलुकहरूमा सबैभन्दा बढी सामाजिक, आर्थिक र राजनीतिक समस्या रहेको कुरा पुस्तकले पुष्टि गर्छ । गरिबी अमेरिकामा छ । सडक बालबालिका अमेरिकामै छन् । भोकले मर्ने जनसङ्ख्याको दर अमेरिकामै छ । स्कुल जाने उमेरका बालबालिका शिक्षाबाट वञ्चित अमेरिकामै हुनुपर्दछ । बेरोजगारी समस्या जटिल छ । स्वास्थ्य जनताको पहुँचमा छैन । क्युवामा ठिक विपरीत बन्दोवस्त छ । फिडेलले बोल्नुभयो – “हिजो यहाँ दासहरू काम गर्थे, आज स्वतन्त्र मानिस – महिला र पुरुष काम गर्छन् ।”
ल्याटिन अमेरिकालाई आफ्नो मुठ्ठीमा राख्ने साम्राज्यवादी नीतिविरुद्ध क्युवा सङ्घर्षरत छ । अफ्रिका ल्याटिन अमेरिका लगायतका देशहरूबाट पेटो«लियम र कच्चापदार्थ आयात गरी धनी बनेको देश संरा अमेरिकामा समस्याको पहाड छ । अन्य देशहरूमा पुँजी लगानी गर्ने, आर्थिक अनुदान या ऋण प्रदान गर्ने र आर्थिक, राजनीतिकरूपमा आफ्नो उपनिवेश बनाउने संरा अमेरिकी नीति असफल हुँदै छ । चीनलाई पश्चिमले पुँजीवादमा गइसकेको देश भनी प्रचार गर्छ तर वास्तवमा चीन समाजवादी मूल्य मान्यतामा अघि बढ्दै छ । संरा अमेरिकाको टाउको दुखाइ बन्दै छ भन्ने विश्लेषण फिडेलले उतिबेलै गर्नुभएको उल्लेख छ ।
पुँजीवाद राजनीतिकरूपमा मात्र असफल व्यवस्था होइन, आर्थिकरूपमा पनि अत्यन्त कमजोर व्यवस्था हो भन्ने प्रमाणित भइसकेको छ । बाँकी विश्वले संरा अमेरिकालाई सहयोग गर्न बन्द गरेको दिन उसको असली अनुहार बाहिर आउँछ । ल्याटिन अमेरिका मात्रले ६० प्रतिशत इन्धन र कच्चा पदार्थ निर्यात गर्छ । संरा अमेरिकाबाट निर्मित अन्तिम वस्तु निर्यात गर्ने बजार पनि ल्याटिन अमेरिका हो । अफ्रिका, युरोपका मुलुकहरू साथै सम्पूर्ण देशलाई बजार बनाएर अघि बढेको संरा अमेरिका आफ्नै सहकर्मी या व्यापार साझेदार देशहरूसँग व्यापार संरक्षणवादी नीति लाद्न खोज्छ । युरोप, जापान हुँदै पछिल्लो समय चीनसँग संरा अमेरिकाले निहुँ खोज्यो । आर्थिकरूपमा अघि बढ्न खोज्ने देशलाई दुःख दिने संरा अमेरिकी नीतिबारे फिडेलले स्पष्ट पार्नुभएको छ ।
सैन्य मामिलामा बढी केन्द्रित रहने, विश्वमा हतियार निर्यात गर्ने संरा अमेरिका सङ्कुचित राष्ट्रवादको रोगबाट ग्रसित छ । विश्वमा हिंसा र अशान्ति मच्चाई आफ्नो दमनचक्रको इतिहास रच्न व्यस्त संरा अमेरिकालाई हेक्का छैन ऊ सबैभन्दा परनिर्भर र आर्थिकरूपमा कमजोर राष्ट्र हो भनेर । समाजवादी व्यवस्था र विचारले आत्तिने संरा अमेरिकाको पतन निश्चित छ ।
फिडेलले समारोहमा बोल्नुभएको थियो – “मानव इतिहासमै ब्वाँसाहरू जन्माउने व्यवस्था पुँजीवाद हो । साम्राज्यवादले ब्वाँसाहरू मात्र जन्माउँदैन ऊ आपैm संसारको सबैभन्दा ठूलो स्याल हो, ब्वाँसो हो ।”
विश्वमा सन्त्रास मच्चाउने, शोषण र दासताको चक्रव्यूह रच्ने ब्वाँसाहरूको मृत्यु अवश्यम्भावी छ । साम्राज्यवादविरुद्ध अन्तर्राष्ट्रवाद खरो उत्रेको छ । क्युवाले अन्तर्राष्ट्रवादको झन्डा उँचो फहराइरहेको छ । त्यसकारण, यो साम्राज्यवादले विजय गीत गाउने समय होइन यो समय अन्तर्राष्ट्रवादको विजय गीत गाउने समय हो । संसारबाट शोषण, अन्याय, असमानता, विभेद हटाउन अन्तर्राष्ट्रवाद विजयी बन्नुपर्छ । क्युवाले यही सन्देश दिँदै छ । फिडेलको भनाइ छ – “हाम्रो विचारको कुनै सिमाना छैन । हामी एउटै साझा विश्वमा बस्छौँ । यही विश्वलाई सुन्दर र बस्न उत्कृष्ट बनाउन हामी लडिरहेका छौँ । माक्र्स र एङ्गेल्सले कल्पना गर्नुभएको विश्व निर्माणका लागि हामी सङ्घर्षरत छौँ जहाँ मान्छेलाई मान्छेले भातृत्वको व्यवहार गर्छ, ब्वाँसाहरूले जस्तै चिथोर्दैन ।” क्युवा सुन्दर विश्व निर्माणको निम्ति अन्तर्राष्ट्रिवाद हुर्काउँदै छ । ‘समाजवाद या मृत्यु’ को सन्देश विश्वमा प्रवाह गर्दै छ । विश्वमा समाजवादको विजयका निम्ति लडिरहेको छ ।
पुस्तकमा नेल्सन मन्डेला र फिडेल क्यास्ट्रोको व्यक्तित्वको सङ्क्षिप्त चर्चा छ । क्युवाली राष्ट्रिय काउन्सिलले नेल्सन मन्डेलालाई प्रदान गरेको सम्मान पदकबारे लेखिएको छ । लामो समय दक्षिण अफ्रिकालाई रङ्गभेद र जातिभेदबाट मुक्त गर्न नेतृत्व गर्ने, जेलदेखि सडकसम्म सङ्घर्षको मैदानमा उत्रन नेतृत्व गर्ने नेल्सन मन्डेलालाई क्युवाले सम्मान गर्नु आपैmमा अन्तर्राष्ट्रवादको ज्वलन्त उदाहरण हो । यो समाजवादी विचारले दिएको संस्कार पनि हो । ‘समाजवाद जिन्दावाद !’ ‘अन्तर्राष्ट्रवाद जिन्दावाद !’
आजभन्दा ३० वर्ष पहिले प्रकाशित यस पुस्तकले अफ्रिका र क्युवाको इतिहास र मित्रता त अवगत गराउँछ नै साथै आजको विश्वलाई पनि समाजवाद र अन्तर्राष्ट्रवादको सन्देश दिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *