भर्खरै :

बङ्गलादेशको पद्मा नदीमा बन्यो विशाल पुल

ढाका, २७ सेप्टेम्बर । यसरी बङ्गलादेशी जनताको सपना साकार भयो । दक्षिण बङ्गलादेशका दर्जनौँ जिल्ला र राजधानी ढाका भएर बग्ने विशाल पद्मा नदी फेरी र डुङ्गामा टर्ने कुरा अब इतिहासमा मात्र सीमित हुने भयो ।
बङ्गलादेशमा ‘पद्मा पुल सपना’ नामकरण गरिएको बृहत् बहुउद्देश्यीय सडक–रेलमार्ग पुल परियोजना मजदुरहरूले कोभिड–१९ महामारीले निम्त्याएका चुनौतीसहित अथाह चुनौतीमाथि जीत हासिल गरेपछि अब निर्माणको अन्तिम चरणमा पुगेको छ ।
पद्मा बहुउद्देश्यीय पुल परियोजना बङ्गलादेशको दक्षिणपश्चिममा अवस्थित छ ।
६.१५ किलोमिटर लामो यो बृहत् पूर्वाधार चीनको चाइना रेलवे मेजर ब्रिज इन्जिनियरिङ ग्रुप कम्पनी लि. (एमबीइसी)ले बनाएको हो । बङ्गलादेशको इतिहासमा नै यो सबभन्दा ठूलो र सबभन्दा चुनौतीपूर्ण पूर्वाधार परियोजना हो ।
यो पुलले उत्तरपूर्वी र दक्षिणपश्चिम बङ्गलादेशलाई जोड्ने भएको छ । साथै ‘अन्तर–एसियाली रेलमार्ग’ को पनि यो महत्वपूर्ण हिस्सा हो ।
गत महिना रोड स्लाब जडानको काम सम्पन्न भएपछि पद्मा बहुउद्देश्यीय पुल निर्माणको कामले कोशेढुङ्गा पार गरेको छ । त्यसको अर्थ दीर्घप्रतिक्षित यो परियोजना अब झन्डै अन्तिम चरणमा पुगेको छ ।
बङ्गलादेश सरकारको तर्फबाट परियोजनाका कार्यकारी इन्जिनियर दिवान मोहम्मद अब्दुल कादेरले पुलको हरेक हिस्सा र भाग बनाउन निकै चुनौतीपूर्ण भए पनि चिनियाँ इन्जिनियरहरूले सबै खालका अवरोध पार गरेको बताए ।
“बङ्गलादेश सरकारले लगानी गरेको सबभन्दा उच्च प्राथमिकताको परियोजना हो पद्मा । त्यसको सुरुवात सन् २०१४ को डिसेम्बरमा भएको थियो”, उनले भने ।
सन् २०२० को मार्चको सुरुवातमा बङ्गलादेश कोभिड–१९ को प्रहारबाट थला प¥यो । त्यसबीच परियोजनाको काम निरन्तर गर्न चीन र बङ्गलादेश सरकारले संयुक्त प्रयास ग¥यो । त्यही भएर पुल निर्माणको काम महामारीमा पनि विथोलिएन”,देवानले भने ।
“विशाल पद्मा नदीमा पुलको जग हाल्ने काम सबभन्दा जटिल प्रक्रिया थियो र त्यसको निम्ति उनीहरूले ठूलो दुःख झेल्नुप¥यो”, उनले थपे ।
मुख्य पुलमा जम्मा २९४ वटा खम्बा छन् । ४० खण्डका २६२ खम्बा नदीमै छन् भने ३२ वटा खम्बा दुईतिरका खण्डमा छन् ।
पुलको काम पूर्णरूपमा सन् २०२२ को जूनमा सम्पन्न हुनेछ । बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले सो पुलको उद्घाटन गर्ने कार्यक्रम तय भइसकेको छ । ढाकाबाट बङ्गलादेशको दक्षिण पश्चिम भागको यात्रा गर्ने मान्छेको यात्रा त्यो पुलले निकै सहज बनाउने अपेक्षा गरिएको छ ।
भविष्यमा पुलमै रेलमार्ग, ग्यास, विद्युत् लाइन र फाइबर अप्टिक केबल पनि जडान गर्न सकिने गरी निर्माण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *