भर्खरै :

क्षमता पहिचान गरौँ, प्रतिभा पलायन रोकौँ

शिक्षा विकासको मेरुदण्ड हो । कुनै पनि समाज र देशको विकास शिक्षाविना सम्भव हुँदैन भन्ने तथ्य विश्व इतिहासले प्रमाणित गरिसकेको छ । शिक्षाको ज्योति नपुगेसम्म न कुनै गाउँ न त कुनै समाजको विकास हुन्छ । विकासका लागि शिक्षा अपरिहार्य तत्व हो । यो यथार्थलाई आत्मसात गर्नु अत्यावश्यक छ । यस्तो महत्वपूर्ण तत्वको रूपमा रहेको शिक्षा आम नागरिकसम्म पु¥याउन र बस्तीबस्तीमा यसको विस्तार गर्न सरोकारवालाहरू हर समय जागरुक हुनुपर्दछ । अनि विकास र समृद्धिका प्रेमीहरूसँगै नीति निर्माणको तहमा रहेकाहरू स्वयम् शिक्षाको ज्योति फैलाउन लाग्नुपर्दछ । शिक्षाको ज्योतिलाई धुलो वा कसिङ्गर बढार्ने कुचोको उपमा दिने गरिन्छ । समाजमा व्याप्त अन्धकार र अन्धविश्वासको धुलो हटाउन शिक्षाको प्रचार र प्रसार अनिवार्य सर्त हो । तर, शिक्षाको ज्योति बाली अन्धकार र अन्धविश्वास हटाउन त्यति सजिलो भने पक्कै छैन । यसको लागि निरन्तरको लगाव चाहिन्छ, निरन्तरको मेहनत आवश्यक हुन्छ । यसमा छिटो परिणामको आशा गर्नु व्यर्थ हुन्छ ।
महामारीका कारण मुलुकका सबैजसो विद्यालय लामो समयसम्म बन्द रहे । कुनै पनि कारण शिक्षालय बन्द हुनु राम्रो होइन । यसले दूरगामी असर पारेको हुन्छ । यसले समाज र विकास पछाडि धकेलेको हुन्छ । यद्यपि, शिक्षाको ज्योति बाल्ने र फैलाउने जन–जनको प्रयासले एकाएक विश्राम लिनुपर्ने बाध्यता आइप¥यो । विद्यालय बन्द हुँदा विद्यार्थीको पढ्ने र सिक्ने नैसर्गिक अधिकारसमेत खुम्चिन पुग्यो । यो सरुवा रोग विश्वव्यापी बनेसँगै सरकारले लकडाउन घोषणा ग¥यो । जसका कारण कतिपय विद्यार्थी नचाहँदानचाहँदै घरभित्र खुम्चिएर बस्न बाध्य भए । विद्यालय जाने र आप्mनो ज्ञान बाँड्ने शिक्षकहरूको कामलाई निरन्तरता दिन सकस भयो । अभिभावकको आप्mनो दैनिकीमा फेरबदल आयो । विद्यार्थीहरू केही समय पढाइको अवसरबाट वञ्चित हुनुप¥यो । यस किसिमको सावधानीको परिणामस्वरूप धेरै विद्यार्थी, शिक्षक र अभिभावक सुरक्षित भए । महामारीबाट जोगिए । यो सकारात्मक पाटो भयो ।
विद्यालयमा गएर शिक्षकले पढाएको पाठ पढ्नुमात्र शिक्षा ग्रहण गर्नु होइन । यो यथार्थलाई नजिकबाट बुझ्ने अवसर पनि यसैबेला सबैले पाए । अनि शिक्षकले विद्यालयमा गएरै पढाउनुपर्छ भन्ने मान्यतालाई पनि गलत सिद्ध गरिदिए । यो महामारीले धेरैलाई धेरै कुरा सिकाएको छ । पढ्नु सिक्नु, वा ज्ञान हासिल गर्नका लागि विद्यालय पुग्नैपर्ने वा विद्यालयबाट मात्रै ज्ञान प्राप्त गर्न सकिन्छ, विद्यालयमात्रै ज्ञानको स्रोत हो र विद्यालय गएपछि मात्र विद्यार्थी, विद्यार्थी हुने धेरैको भ्रम चिर्न सफल भएको छ । समयले शिक्षा पाठ्यपुस्तकमा मात्रै सीमित हुँदैन भन्ने पाठ पढाएको छ । साथै स्वःस्फूर्तरूपमा अध्ययनको बानी विकास भएको अनुभव पनि गरिएको छ । यो स¥हानीय विषय हो । घरमा बस्नुपर्दा किताबको भारले थिचिएका विद्यार्थीले घरायसी काम सँगसँगै अन्य थुप्रै कामहरू सिकेका छन् । विद्यालयमा पढाइने किताबका अलावा अन्य किताब पढेका छन् । शिक्षकले समेत नयाँ– नयाँ किताब पढ्न पाएका छन्, भ्याएका छन् । यसैगरी अभिभावकले आप्mना छोराछोरीलाई व्यवहारिक ज्ञान बाँड्न पाएर खुसी भएका छन् । विद्यार्थी तथा अभिभावकले आफूहरू सृजनशील हुने अवसर छोपेका छन् । आफ्ना सन्तानहरूका यस किसिमका कार्यले अभिभावक खुसी हुनु स्वाभाविक छ ।
दसैँ, तिहार र छठपछि विद्यालयहरू धमाधम खुल्न थालिसकेका छन् । शिक्षकहरू विद्यालयमा गई हाजिर गर्नुका साथै आफ्नो नियमित कर्ममा लागिसकेका छन् । यता अभिभावकहरू पनि आप्mनो काममा समय दिन थालिसकेका छन् । विद्यार्थी विद्यालयमा जाँदा विद्यार्थी ठान्दै आएका अभिभावकले अब आप्mनो नानीको सृजनामा यथोचित ध्यान दिने हुन् वा होइनन् चिन्ताको विषय छ । घरमा रहँदा होस् वा खेतमा रहँदा होस् वा अन्य कुनै ठाउँमा रहँदा र बस्दा सिकेका ज्ञानलाई निरन्तरता दिन पाउने हुन् या होइनन् विद्यार्थी स्वयम् चिन्तामा छन् । यता शिक्षकले विद्यार्थीलाई तिनीहरूको मनोभावना बुझेर व्यवहारिक एवम् सृजनशील हुने शिक्षा दिनसक्ने हुन् या होइनन् अर्को विषय छ ।
हो, समग्रमा मुलुकको शिक्षा नीति अव्यावहारिक छ । यसमा शिक्षाविद्हरू एकमत छन् । हाम्रोजस्तो विकासोन्मुख देशको माटो सुहाउँदो शैक्षिक पाठ्यक्रम बनाउन सरकार पहल गर्दैन र गरिरहेको छैन । यो अर्को वास्तविकता हो । सरकार आज जुन शिक्षा समाज रूपान्तरणको नाममा देशभर प्रसार गरिरहेको छ, यसले मुलुकभित्र शिक्षाको ज्योति बाल्ने काम गर्दैन । अधिकांश विद्यालयले दिने शिक्षा नेपाली विद्यार्थीलाई नेपालकै माटोमा उब्जनी गराई उत्पादन बढाई आयात घटाउने किसिमको नभई विदेश पलायन हुने शिक्षा बाँडिएको छ । यसले विद्यार्थीलाई सृजनशील हुन मद्दत गर्ने कुनै सङ्केतसम्म पनि गर्दैन । साथै वर्तमान शिक्षा प्रणाली धनी र गरिबको खाडल फराकिलो बनाउनेतर्फ उन्मुख छ । धनी र गरिब पढ्ने फरक–फरक विद्यालयको बन्दोबस्तले एकातिर विद्यालय सञ्चालकहरूलाई व्यापार गर्न छुट दिएको अनुभूति हुँदै छ भने अर्कोतिर विदेशका लागि सस्तो ज्यामी तयार गर्न सरकार लागिपरेको छ ।
यस्तो अवस्थामा सरकारको तर्फबाट सुुधारको अपेक्षा गर्नु समयको बर्बादीमात्र हो । व्यावहारिक रूपान्तरण बिनाको शिक्षा नीतिकै कारण आज नेपाली विद्यार्थीको क्षमता ¥हास हुँदै गइरहेको तर्फ विश्लेषकहरूले चिन्ता व्यक्त थालेको पनि दशकौँ भइसकेको छ । सीपको विकास हुनुको साटो खस्कँदो अवस्थाले थप चिन्ता उत्पन्न भएको हो । हिजो व्यावहारिक शिक्षा आप्mनै अभिभावक र छरछिमेकबाट प्राप्त गर्ने सफलता पाएका नेपाली विद्यार्थीले आज उही पुरानै शैलीमा पुरानै पाठ्यपुस्तकलाई परिपालना गरेर शिक्षा हासिल गर्ने शैलीलाई नै पछ्याउने दिशातर्फ विद्यालय उन्मुख भइरहेका छन् । केही औँलामा गन्न सकिने विद्यालयले सीपमूलक शिक्षामा जोड दिनुपर्ने अवधारणा सँगै प्रयासलाई मूर्त रूप दिन थालेका छन् । पढाइमा अब्बल हुन नसकेका र फरक क्षमता भएका विद्यार्थीलाई आप्mनो क्षमता रहेकै विषयमा शिक्षा हासिल गर्न जोड दिन लगाई सृजनाशील बनाउनुपर्ने धारणा प्रबल हुँदै गएको छ । यस किसिमको शिक्षाले मात्र विद्यार्थीले अभिरुचिका साथ शिक्षा ग्रहण गर्ने वातावरण बन्दै गएको छ । होइन भने, प्रायः सबैजसो विद्यालयले आप्mना विद्यार्थीलाई शैक्षिक उन्नति र प्रगतिको लागि उत्साहित गर्ने गरेको पाइन्छ । यसले फरक क्षमताका र सृजनशील विद्यार्थीलाई हतोत्साहित गर्ने अनुभव गरिँदै छ ।
उच्च शिक्षा हासिल गरेका र पढाइमा अब्बल ठानिएका थुप्रै विद्यार्थी मुलुकमा बस्न मन नपराउनुले हाम्रो वर्तमान शिक्षा प्रणालीले गलत उद्देश्य त बोकेको छैन ? प्रश्न पेचिलो बन्दै गएको छ । शिक्षा नीति समय सापेक्ष नभएको गुनासो पनि लामो समयदेखि सुनिँदै आएको विषय हो । तर, जति पेचिलो बने पनि समयको गम्भीरता बुझ्न नसक्दा वा बुझ्ने चेस्टा नगर्दा आज शिक्षा झ्नझन् खस्किँदै गएको छ । साथै, अध्ययनरत थुप्रै विद्यार्थी आप्mनो उच्च अध्ययनको लागि विदेश पढ्न जान रुचाउने र विदेश गएपश्चात् वा अध्ययन पूरा गरिसकेर पनि सोही देशमा अडिने अनेक प्रयासहरू गर्छन् । यसले नेपाल र नेपालीको हित नगर्ने पक्का छ । यसरी हरेक वर्ष नेपाली प्रतिभाहरू पलायन हुँदै जाने हो भने नेपाल र नेपालीजनको भविष्यसमेत चिन्ताजनक हुँदै जानु स्वाभाविक छ ।
तसर्थ, नेपाली विद्यार्थीलाई दिइने शिक्षामा परिवर्तन आवश्यक छ । समय सापेक्ष र व्यावहारिक शिक्षा प्रदानको पहल सरोकारवालाहरूसँगै स्थानीय तहहरूले गर्नु समयको माग हो । विद्यालय आएका विद्यार्थीको फरक क्षमता पत्ता लगाउनु आवश्यक छ । पाठ्यक्रम घोकाएर प्राप्त अङ्कमात्रै विद्यार्थीको शैक्षिक उपलब्धिको मापन गर्न सकिँदैन । हिजो महामारीको कारण घरमा बस्नुपर्दाका ती दिनहरूमा के कस्ता सृजनात्मक कार्य गर्ने रुचि देखाएका छन् ? के कस्ता सफलता प्राप्त गरेका छन् ? त्यसको पहिचान गर्न शिक्षक र अभिभावकले कञ्जुस्याइँ गर्नुहुँदैन । यस अतिरिक्त फरक स्वभाव भएका ती विद्यार्थीलाई शैक्षिक क्रियाकलापमा मात्र जोड नदिई क्षमता र सीप अभिवृद्धिका लागि जोड दिने हो र शैक्षिकरूपले अगाडि बढेका विद्यार्थीका लागि स्वदेशमै बसेर गाउँ र समाजको सेवा गर्न प्रेरित गर्नु आवश्यक छ । यसले आत्मनिर्भरताको बाटो पहिल्याउन सक्दछ । साथै प्रतिभा पलायनको सङ्ख्यालाई क्रमशः घटाउन मद्दत मिल्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *