बाराही बचतको आयोजनामा खुला रक्तदान कार्यक्रम
- श्रावण २, २०८३
भक्तपुर, २७ कार्तिक । सामूहिक बचत तथा ऋण सहकारी संस्था लि. भक्तपुरको २४ औं स्थापना दिवसको उपलक्ष्यमा शनिबार बधाई ज्ञापन र ज्येष्ठ सदस्यलाई सम्मान कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका बचत तथा ऋण सहकारी संस्था तथा बहुउद्देश्यीय सहकारी संस्थाहरूको भक्तपुर नगरपालिकाको सहकारी ऐन, २०७४ अनुसार नियमित नियमन गर्ने काम गरिरहेको बताउनुभयो । सहकारी क्षेत्रमा देखा परेका विभिन्न विकृतिका बारेमा सम्बन्धित सरोकारवालाहरूसँग बसी आवश्यक छलफल गरेर अगाडि बढिरहेको उपप्रमुख जोशीको भनाइ थियो ।
उहाँले भक्तपुर नगरपालिका क्षेत्रभित्र कारोबार गर्ने कुनै पनि सहकारी संस्थाले भक्तपुर नगरपालिकामा स्वीकृति लिनुपर्ने भनाइ राख्नुभयो ।
कार्यक्रममा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाशप्रसाद पोखरेल, जिल्ला सहकारी सङ्घ भक्तपुरका उपाध्यक्ष कृष्णबहादुर घजु, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि.का व्यवस्थापक बालकृष्ण ध्वजु, राष्ट्रिय सहकारी बैङ्क लि. शाखा कार्यालय सूर्यविनायकका प्रबन्धक दिनेश गेलाल र सामूहिक बचत तथा ऋण सहकारी संस्था लि.का संस्थापक अध्यक्ष श्यामप्रसाद मुनंकर्मीलगायतले शुभकामना व्यक्त गर्नुभयो ।
संस्थाका अध्यक्ष धनेशराज राजोपाध्यायको सभापतित्वमा सम्पन्न कार्यक्रममा सचिव कृष्णहरि सैंजु र कार्यक्रम संयोजक संजय जोन्छेले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा मुना सदस्यस्तरीय विषयगत चित्रकला प्रतियोगिताका बिजेताहरूलाई पुरस्कृत गरिएको थियो ।
Leave a Reply