भर्खरै :

चिनियाँ कम्युनिस्ट पार्टीको एक सय वर्षको सङ्घर्षका प्रमुख उपलब्धि र ऐतिहासिक अनुभवको समीक्षा

(चिनियाँ कम्युनिस्ट पार्टीको उन्नाइसौँ केन्द्रीय समितिको यसै साता भएको छैटौँ विस्तारित बैठकबाट जारी वक्तव्यको नेपाली अनुवाद)
सन् २०२१ को नोभेम्बर ८ देखि ११ सम्म पेइचिङमा चिनियाँ कम्युनिस्ट पार्टीको उन्नाइसौँ केन्द्रीय समितिको छैटौँ विस्तारित बैठक बस्यो ।
पार्टी केन्द्रीय समितिको कुल १९७ जना सदस्य र १५१ जना वैकल्पिक केन्द्रीय सदस्यहरू बैठकमा सहभागी थिए । केन्द्रीय अनुशासन अनुगमन आयोग स्थायी समितिका सदस्य र विभिन्न विभागको नेतृत्वमा रहेका पदाधिकारीहरू पनि बैठकमा मत हाल्न नपाउने सदस्यको रूपमा सहभागी थिए । पार्टीको उन्नाइसौँ महाधिवेशनमा प्रतिनिधित्व गरेका पार्टीको प्रारम्भिक तहमा काम गरिरहेका केही साथीहरू तथा विज्ञ र विद्वान्हरू पनि बैठकमा मत हाल्न नपाउने गरी सहभागी थिए ।
पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोले बैठकको अध्यक्षता गरेको थियो । पार्टी केन्द्रीय समितिका महासचिव सी चिनफिङले बैठकमा महत्वपूर्ण मन्तव्य दिनुभएको थियो ।
विस्तारित बैठकमा पार्टीको राजनीतिक व्युरोको तर्फबाट सी चिनफिङले प्रस्तुत गर्नुभएको राजनीतिक ब्युरोको प्रतिवेदनमाथि छलफल भएको थियो । बैठकले बितेको एक शताब्दीमा पार्टीले हासिल गरेका प्रमुख उपलब्धि र ऐतिहासिक अनुभवसम्बन्धी प्रस्ताव तथा चिकपाको बीसौँ राष्ट्रिय महाधिवेशनमा आयोजनासम्बन्धी प्रस्ताव पनि पारित ग¥यो । बितेको एक शताब्दीमा पार्टीले हासिल गरेका प्रमुख उपलब्धि र ऐतिहासिक अनुभवसम्बन्धी मस्यौदा प्रस्तावबारे सी चिनफिङले व्याख्यात्मक मन्तव्य दिनुभएको थियो ।
विस्तारित बैठकमा चिकपा केन्द्रीय समितिले उन्नाइसौँ केन्द्रीय समितिको पाँच वटा विस्तारित बैठकयता राजनीतिक व्युरोले गरेका कार्यलाई अनुमोदन ग¥यो । बैठकले बाह्य परिस्थिति अझ जटिल बन्दै गएको निष्कर्ष निकालेको छ । बितेका एक शताब्दीमा नदेखिएको परिमाणको विश्वव्यापी परिवर्तन र विश्वव्यापी कोरोनाभाइरस महामारीको प्रभावस्वरूप बितेको वर्ष कठिन भएकोमा पनि बैठक एकमत रह्यो । चीनभित्र चिनियाँ जनताले कोभिड–१९ रोकथाम र नियन्त्रणका साथै आर्थिक र सामाजिक विकासको निम्ति निकै कठिन परिस्थिति सामना गरे । राजनीतिक व्युरोले माक्र्सवाद–लेनिनवाद, माओ त्सेतुङ विचारधारा, तेङ स्याओपिङ सिद्धान्त, तीन प्रतिनिधित्वको सिद्धान्त, विकासको वैज्ञानिक दृष्टिकोण र नयाँ युगको लागि चिनियाँ विशेषतासहितको समाजवादबारे सी चिनफिङ विचारधारा पछ्याउँदै चिनियाँ विशेषतासहितको समाजवादको झन्डा अझ उच्च उठाएको छ । त्यस्तै पार्टीको उन्नाइसौँ महाधिवेशन, उन्नाइसौँ केन्द्रीय समितिको दोस्रो, तेस्रो, चौथो र पाँचौँ विस्तारित बैठकका निर्देशक सिद्धान्तको पालना गरेको छ ।
राजनीतिक ब्युरोले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै अवस्थालाई पूर्ण ध्यान दिएको छ । आर्थिक र सामाजिक विकाससँगै कोभिड–१९ नियन्त्रणमा समन्वय गरेको छ । विकास र सुरक्षामा समान जोड दिँदैआएको छ । राजनीतिक ब्युरोले प्रगतिको सिद्धान्त पछ्याउन चालु राखेको छ । स्थायित्व सुनिश्चित गर्दै राजनीतिक ब्युरोले विकासको नयाँ दर्शनको पूर्ण पालना गर्नुका साथै विकासको नयाँ ढाँचा प्रबद्र्धन गर्ने प्रयासलाई गति दिएको छ । अर्थतन्त्रले चीनको वैज्ञानिक र प्राविधिक आत्मनिर्भरताको लागि राम्रो गति र सकारात्मक प्रगति गरेको छ । सुधार र खुलापनमा थप उपलब्धि हासिल भएका छन् । गरिबीविरूद्धको लडाइँमा पूर्ण विजय हासिल गर्नुका साथै सिमान्त जनताको जीवनस्तरमा सुधार भएको छ, सामाजिक स्थायित्व कायम गरिएको छ । राष्ट्रिय सुरक्षा र सेनाको आधुनिकीकरणमा चुस्त प्रगति भएको छ । सबै क्षेत्रमा चीनको प्रमुख–देश कूटनीति अघि बढेको छ । पार्टी इतिहासको अध्ययन गर्ने अभियानबाट मूर्त परिणाम हासिल भएको छ । विभिन्न थरीका कठिन प्राकृतिक विपत्तिको प्रभावकारी सामना गरियो । यी पहलबाट पार्टी र देशले सबै क्षेत्रको सङ्घर्षमा उल्लेखनीय प्रगति हासिल गरेको छ ।
पार्टी स्थापनाको एक सय वर्षको अवसरमा विभिन्न गतिविधिको आयोजना गरियो । जुलाई १ मा महासचिव सी चिनफिङले दिनुभएको भाषणमा चीनले सबै हिसाबमा मध्यम ढङ्गले समृद्ध समाज निर्माण गर्ने पहिलो शताब्दी लक्ष्य हासिल गर्न चीन सफल भएको घोषणा गर्नुभयो । उहाँले सबै पार्टी सदस्य र सबै जातिका चिनियाँ जनतालाई आत्मविश्वासका साथ दोस्रो शताब्दी लक्ष्य हासिल गर्ने नयाँ यात्रातिर अघि बढ्न आह्वान गर्नुभयो ।
विस्तारित बैठकमा पार्टी केन्द्रीय समितिले निम्न कारणले बितेको एक शताब्दीमा पार्टीले हासिल गरेका प्रमुख उपलब्धि र ऐतिहासिक अनुभवको समीक्षा आवश्यक भएको बताएको छः

  • पार्टी स्थापनाको एक सय वर्ष पुगेको ऐतिहासिक सन्दर्भमा सबै हिसाबले आधुनिक समाजवादी देश निर्माणको नयाँ यात्रा थालनी गर्न,
  • नयाँ युगमा चिनियाँ विशेषतासहितको समाजवाद बनाउन र विकास गर्न,
  •  राजनीतिक एकता कायम गर्न, बृहत् ढङ्गले सोच्न, मूल नेतृत्वलाई पछ्याउन र केन्द्रीय पार्टी नेतृत्वप्रति कटिबद्ध हुन हाम्रो चेतनालाई बलियो बनाउन
  • चिनियाँ विशेषतासहितको समाजवादको बाटो, सिद्धान्त, प्रणाली र संस्कृतिप्रति हाम्रो आत्मविश्वास बलियो बनाउन,
  • सबै पार्टी सदस्यबीच एकता सुनिश्चित गर्न समग्रतामा पार्टी र केन्द्रीय समितिमा कमरेड सी चिनफिङको मूल नेतृत्वलाई उँचो राख्न, केन्द्रीय समितिको अधिकार र त्यसको केन्द्रीकृत र एकीकृत नेतृत्व स्थापित गर्न दृढतापूर्वक लाग्न,
  • पार्टीको आत्मसुधार अघि बढाउन, हाम्रो सङ्घर्षशील क्षमता विकास गर्न, जोखिम र चुनौती सामना गर्ने हाम्रो क्षमता सुदृढ गर्न र उत्साह एवम् जाँगर कायम राख्न,
  • राष्ट्रिय पुनःजागरणको चिनियाँ सपना सफल बनाउन लगातारको पहलमा जनतालाई सङ्गठित र नेतृत्व गर्न ।

सबै पार्टी सदस्यले पार्टी इतिहासबारे बुझ्न ऐतिहासिक भौतिकवादी र आलोचनात्मक दृष्टिकोण अङ्गीकार गर्नुपर्छ । बितेको शताब्दीमा पार्टीको सङ्घर्षलाई फर्केर हेर्दा विगतमा हामी किन सफल भयौँ र भविष्यमा यो सफलतालाई कसरी चालु राख्न सक्छौँ भन्ने कुरा हामी बुझ्न सक्छौँ । त्यसबाट पार्टी स्थापनाको लक्ष्यमा हामी अझ थप प्रतिबद्धताका साथ लाग्ने र ती लक्ष्यमा दृढतापूर्वक अडिग रहने बलियो आधार पाउने सुनिश्चित गर्नेछ । हामीले नयाँ युगमा चिनियाँ विशेषतासहितको समाजवादलाई प्रभावकारी ढङ्गले अघि बढाउने र विकास गर्न सक्नेछौँ ।
विस्तारित बैठकले पार्टीले बितेका एक सय वर्षमा गौरवपूर्ण यात्रा गरेकोमा जोड दिएको छ । सन् १९२१ मा पार्टी स्थापना भएयता पार्टीले चिनियाँ जनताको खोजी र चिनियाँ राष्ट्रिय पुनःजागरणलाई नै आफ्नो लक्ष्य बनायो । कम्युनिस्ट आदर्श र समाजवादी विचारमा अडिग रहेर पार्टीले राष्ट्रिय स्वाधीनता तथा जनताको मुक्ति हासिल गर्न तथा हाम्रो देशलाई समृद्ध र बलियो बनाउन अनि जनतालाई खुशी बनाउन अथकरूपमा काम गर्न चिनियाँ जनतालाई सङ्गठित र नेतृत्व ग¥यो । बितेको शताब्दीमा पार्टी र जनताको सङ्घर्षले चिनियाँ राष्ट्रको शताब्दी लामो इतिहासको सबभन्दा भव्य अध्यायको प्रतिनिधित्व गर्छ ।

नयाँ प्रजातान्त्रिक क्रान्तिको अवधिमा साम्राज्यवाद, सामन्तवाद र नोकरशाही–पुँजीवादको विरोध गर्नु, राष्ट्रिय स्वाधीनता स्थापना र जनतालाई मुक्त बनाउनु र राष्ट्रिय पुनःजागरण हासिल गर्न आधारभूत सामाजिक अवस्था बनाउनु नै पार्टीका प्रमुख जिम्मेवारी भएको विस्तारित बैठकमा बताइयो । कमरेड माओ त्सेतुङ प्रमुख प्रतिनिधिको रूपमा रहेको क्रान्तिकारी सङ्घर्षको क्रममा चीनको विशिष्ट परिस्थितिमा माक्र्सवाद–लेनिनवादका आधारभूत पक्ष पछ्याउँदै कष्टसाध्य प्रयोग र महान् बलिदानबाट प्राप्त चीनको मौलिक अनुभवको सैद्धान्तिक संश्लेषण गरियो । त्यही संश्लेषणको आधारमा गाउँले सहरलाई घेर्ने र सैनिक शक्तिले राज्यसत्ता कब्जा गर्ने सही क्रान्तिकारी बाटो अघि बढाइयो । त्यसले माओ त्सेतुङ विचारधाराको स्थापना भयो जसले नयाँ प्रजातान्त्रिक क्रान्तिमा विजयको लागि सही बाटो खन्ने काम ग¥यो । सम्झौताहीन प्रतिबद्धतासहितको रक्तपातपूर्ण लडाइँ लड्न, नयाँ प्रजातान्त्रिक क्रान्तिमा महान सफलता हासिल गर्न, जनवादी गणतन्त्र चीन स्थापना गर्न र राष्ट्रिय स्वाधीनता तथा जनताको मुक्ति हासिल गर्न पार्टीले जनताको नेतृत्व ग¥यो । त्यसले अर्ध उपनिवेशवादी, अर्ध सामन्ती चिनियाँ समाजलाई समाप्त ग¥यो । मुट्ठीभर शोषकहरूले कामदार जनतामाथि गर्ने शासन, पुरानो चीनमा विद्यमान पूर्णतः विग्रहको अवस्था, विदेशी शक्तिहरूले चीनमा थोपरिएका असमान सन्धि र चिनियाँ भूमिमा साम्राज्यवादीहरूले उपभोग गर्दै आएका सुविधा सबै खारेज गरियो । जसले चीनलाई शताब्दियौँ लामो सामन्ती तानाशाहीबाट जनताको प्रजातन्त्रतिर ठूलो रूपान्तरण ग¥यो ।
त्यसले विश्वको राजनीतिक नक्सामा पनि हेरफेर ल्यायो । संसारभर राष्ट्रिय मुक्तिको लागि लडिरहेका उत्पीडित राष्ट्र र जनतालाई ठूलो प्रोत्साहन पनि दियो । कष्टसाध्य सङ्घर्षमार्फत पार्टी र जनताले संसारलाई चिनियाँ जनता उठेको र चिनियाँ जनतालाई अरूले अपमान गर्ने र दुव्र्यवहार गर्ने समय समाप्त भएको र अब कहिल्यै नफर्किने सन्देश दियो । चीनको विकासमा यो नयाँ युगको आरम्भ थियो ।
चिनियाँ कम्युनिस्ट पार्टीको उन्नाइसौँ केन्द्रीय समितिको छैटौँ विस्तारित बैठकमा पार्टीको समाजवादी क्रान्ति र निर्माणको कालखण्डमा पार्टीको प्रमुख जिम्मेवारी नयाँ प्रजातन्त्रलाई समाजवादतिर डो¥याउने, समाजवादी क्रान्ति अघि बढाउने, समाजवादी निर्माणको पवबद्र्धन गर्ने र राष्ट्रिय पुनःजागरणको लागि आधारभूत राजनीतिक अवस्था र संस्थागत आधार तयार गर्ने बारे चर्चा गरियो । त्यो अवधिमा माओ त्सेतुङको नेतृत्वमा चिनियाँ कम्युनिस्टहरूले समाजवादी क्रान्तिका महत्वपूर्ण सिद्धान्तहरू प्रतिपादन गरे । माओ त्सेतुङ विचारधाराले चीनमा माक्र्सवाद–लेनिनवादको सिर्जनात्मक प्र्रयोग र विकासको प्रतिनिधित्व गर्छ । माओ विचारधारा व्यवहारबाट सही प्रमाणित भएको चीनको क्रान्ति र निर्माणको सिद्धान्त, विचारधारा र अनुभवको सार हो । माओ विचारधारा चीनको विशिष्ट परिस्थितिमा माक्र्सवाद कार्यान्वयनको पहिलो ऐतिहासिक कदम हो ।
पार्टीको नेतृत्वमा जनताले आत्मनिर्भरताको भावनासहित बलियो चीन स्थापनाको निम्ति दिलोज्यानले काम गरे । फलतः समाजवादी क्रान्ति र निर्माणमा ठूलो सफलता हासिल भयो । त्यसले चिनियाँ राष्ट्रको इतिहासमा सबभन्दा विस्तृत र महत्वपूर्ण सामाजिक परिवर्तन निम्त्यायो । विशाल जनसङ्ख्या भएको एउटा गरिब र पछाडि परेको पूर्वीय देशबाट चीन एउटा समाजवादी देशमा रूपान्तरण भयो । त्यसको साथै, एउटा स्वाधीन र तुलनात्मकरूपमा पूर्ण औद्योगिक प्रणाली र राष्ट्रिय आर्थिक ढाँचा पनि स्थापित भयो । कृषि उत्पादनको अवस्थामा उल्लेखनीय सुधार भयो । शिक्षा, विज्ञान, संस्कृति, स्वास्थ्य र खेलकुदजस्ता सामाजिक कार्यमा पनि प्रभावशाली प्रगति भयो । जनमुक्ति सेनाको शक्ति विस्तार हुँदै गयो । पुरानो चीनको अपमानजनक कूटनीति समाप्त भयो । कठिन सङ्घर्षमार्फत पार्टी र जनताले संसारलाई चीनका जनता पुरानो व्यवस्था भत्काउनमात्र होइन, बरु नयाँ व्यवस्था बनाउन पनि सिपालु भएको देखायो । समाजवादी व्यवस्थाले चीनलाई जोगाउन सक्ने र समाजवादी व्यवस्थाले मात्र चीनको विकास गर्नसक्ने पुष्टि ग¥यो ।
विस्तारित बैठकमा सुधार, खुलापन र समाजवादी आधुनिकीकरणको नयाँ अवधिमा पार्टीको प्रमुख कार्यभार चीनमा समाजवाद निर्माणको सही बाटो खन्ने, उत्पादक शक्ति जन्माउने र विकास गर्ने, गरिबीबाट जनतालाई उकास्ने र सकेसम्म छोटो अवधिमा जनतालाई समृद्ध बनाउने तथा राष्ट्रिय पुनःजागरणलाई नयाँ, गतिशील संस्थागत सुनिश्चितताका साथै तीव्र विकासको भौतिक अवस्था बनाएर अघि बढाउनु भएको पनि उल्लेख गरियो ।
चिकपाको एघारौँ केन्द्रीय समितिको तेस्रो विस्तारित बैठकपछि तङ स्याओपिङको नेतृत्वमा चिनियाँ कम्युनिस्टहरूले जनगणतन्त्र स्थापनायता प्राप्त अनुभव र शिक्षाको समीक्षा गर्दै सिङ्गो पार्टी र सम्पूर्ण चीनलाई नेतृत्व गरे । त्यही आधारमा समाजवाद के हो तथा कसरी निर्माण गर्ने भन्ने आधारभूत प्रश्नलाई जोड दिएर संसारमा समाजवादको इतिहासबाट पाठ सिकेर उनीहरूले तङ स्याओपिङ सिद्धान्त प्रतिपादन गरे । उनीहरूले चिन्तनलाई स्वतन्त्र गर्न र तथ्यबाट सत्य खोज्न आफ्नो जोडबल लगाए । यो ऐतिहासिक निर्णय पार्टी र देशलाई आर्थिक विकासमा केन्द्रित गर्न तथा सुधार र खुलापनको कार्यक्रम थालनी गर्न गरिएको थियो । चिनियाँ कम्युनिस्टहरूले समाजवादको मूल आन्तर्यलाई प्रकाशमा ल्याए, समाजवादको प्रारम्भिक चरणका आधारभूत कार्यदिशा निर्धारण गरे र चीनले चिनियाँ विशेषताको समाजवादको बाटो पछ्याउने र निर्माण गर्ने कुरा प्रस्ट पारे । चिनियाँ विशेषतासहितको समाजवादका अनेकन आधारभूत प्रश्नको उत्तर त्यो सिद्धान्तले दियो । साथै एक्काइसौँ शताब्दीको मध्यसम्ममा तीनपाइले अवधारणामार्फत मूलभूतरूपमा समाजवादी आधुनिकीकरण हासिल गर्ने रणनीति विकास गरियो । फलतः उनीहरू चिनियाँ विशेषतासहितको समाजवाद स्थापना गर्न सफल भए ।
विस्तारित बैठकमा चिनियाँ कम्युनिस्ट पार्टीको ते¥हौँ केन्द्रीय समितिको चौथो विस्तारित बैठकपछि चियाङ चमिनको नेतृत्वमा चिनियाँ कम्युनिस्टहरूले पार्टीको आधारभूत सिद्धान्त र कार्यदिशा तय गर्न, समाजवाद के हो र कसरी स्थापना गर्ने, कस्तो खालको पार्टी बनाउने र कसरी बनाउनेबारे बुझाइ गहन बनाउन सिङ्गो पार्टी र सम्पूर्ण देशलाई सङ्गठित र नेतृत्व गरेको उल्लेख गरे । त्यही आधारमा उनीहरूले तीन प्रतिनिधित्वको सिद्धान्त प्रतिपादन गरे । जटिल आन्तरिक, अन्तर्राष्ट्रिय परिस्थिति र विश्व समाजवादले सामना गरिरहेको गम्भीर प्रतिगमनको सामना गर्दै उनीहरूले चिनियाँ विशेषताको समाजवादको रक्षा गरे । उनीहरूले सुधारको लक्ष्यको रूपमा समाजवादी बजार अर्थतन्त्रको विकासलाई परिभाषित गरे र त्यसको निम्ति मूलभूत ढाँचा तय गरे, समाजवादको प्रारम्भिक चरणको लागि आधारभूत आर्थिक प्रणाली स्थापना गरे । जसअन्तर्गत सार्वजनिक स्वामित्वलाई केन्द्रमा राखेर विभिन्न प्रकारका स्वामित्व स्थापना गर्नुका साथै आय वितरण प्रणालीको विकास गरे । सो प्रणालीअन्तर्गत कामअनुसार ज्यालालाई केन्द्रमा राखेर विभिन्न प्रकारका वितरण प्रणालीको विकास गरियो । फलतः सबै क्षेत्रमा सुधार र खुलापनको नयाँ क्षितिज उजागर भयो र पार्टी निर्माणको बृहत् नयाँ परियोजना अघि बढाइयो । यी सबै प्रयासले एक्काइसौँ शताब्दीमा चिनियाँ विशेषतासहितको समाजवाद सफलतापूर्वक अघि बढ्यो ।
विस्तारित बैठकमा चिकपाको सो¥हौँ महाधिवेशनपछि कमरेड हु चिन्ताओको नेतृत्वमा चिनियाँ कम्युनिस्टहरू सबै हिसाबले मध्यम ढङ्गले समृद्ध समाज निर्माण गर्ने प्रक्रियाको क्रममा व्यवहारिक, सैद्धान्तिक र संस्थागत विकास अघि बढाउन सिङ्गो पार्टी र सम्पूर्ण देशलाई सङ्गठित र नेतृत्व गरेको उल्लेख गरियो । उनीहरूले कस्तो खालको विकास गर्ने र नयाँ परिस्थितिमा त्यस्तो विकास कसरी अघि बढाउने जस्ता प्रमुख प्रश्नहरूबारे गहन समझदारीको विकास गरे । फलतः उनीहरू विकासको वैज्ञानिक दृष्टिकोण प्रतिपादन गर्न सफल भए । रणनीतिक अवसरको महत्वपूर्ण अवधिको लाभ उठाउँदै उनीहरूले आफ्नो ऊर्जा विकासमा लगाए । जनतालाई पहिलो स्थानमा राखेर उनीहरूले विस्तृत, सन्तुलित र दिगो विकास अघि बढाउनमा जोड दिए । उनीहरूले जनताको जीवन सुनिश्चित र सुधार गर्न, सामाजिक छरितोपना र न्याय प्रवद्र्धन गर्न, पार्टी परिचालन क्षमता विकास गर्न र पार्टीको अग्रगामी चरित्र कायम राख्न कडा मिहिनेत गरे । त्यसो गरेर उनीहरू नयाँ परिस्थितिमा चिनियाँ विशेषतासहितको समाजवाद अघि बढाउन र विकास गर्न सफल भए ।
यो अवधिमा पार्टीले नयाँ अभ्यास र समयको विशेषताअनुसार माक्र्सवादको विकास ग¥यो । अनि विकासको बाटो, विकासको चरण, आधारभूत कार्यभार, विकासको चालक, विकास रणनीति, राजनीतिक सुनिश्चितता, राष्ट्रिय पुनःएकीकरण, कूटनीति र अन्तर्राष्ट्रिय रणनीति, नेतृत्व र भर पर्न सकिने शक्ति आदि विषयमा चिनियाँ विशेषतासहितको समाजवादका आधारभूत प्रश्नको प्रभावकारी उत्तर दिइयो । फलतः चिनियाँ विशेषतासहितको समाजवादको सिद्धान्त बनाउनुका साथै चीनको सन्दर्भमा माक्र्सवादको कार्यान्वयनले नयाँ फड्को मा¥यो । पार्टीले जनताको चिन्तनलाई स्वतन्त्र बनाएर अघि बढ्न नेतृत्व ग¥यो । सुधार, खुलापन र समाजवादी आधुनिकीकरणमा ठूला सफलता हासिल गरियो । चीनले केन्द्रिकृत योजनाबद्ध अर्थतन्त्रबाट आधारभूत सिद्धान्तमा आधारित समाजवादी बजार अर्थतन्त्रतिर ऐतिहासिक रूपान्तरण ग¥यो । मुख्यतः उपेक्षामा रहेको एउटा देशलाई बाहिरी संसारको निम्ति खुला देशमा रूपान्तरण गरियो । तुलनात्मकरूपमा पछाडि परेको उत्पादन शक्तिले संसारको दोस्रो ठूलो अर्थतन्त्र भएको देशमा ऐतिहासिक फड्को मा¥यो । गर्जो टार्ने जनताको जीवनस्तरबाट समग्रतामा मध्यम ढङ्गले समृद्ध देश हुँदै अन्ततः सबै क्षेत्रमा समृद्ध देशमा चीनले फड्को मा¥यो । यी सबै उपलब्धिले चिनियाँ राष्ट्रलाई जागरणबाट समृद्धितिर अघि बढ्ने व्यापक विकासतिर अघि बढायो । कठिन सङ्घर्षमार्फत पार्टी र जनताले चीनलाई आजको अवस्थामा पु¥याउन सुधार र खुलापन अपरिहार्य कदम थियो भन्ने कुरा देखाए । चिनियाँ विशेषतासहितको समाजवाद सही बाटो थियो जसले देशलाई विकास र समृद्धिको बाटोमा डो¥याएको र चीनले समयसँगै ठूलो फड्को मारेको कुरा पुष्टि भयो ।
विस्तारित बैठकमा पार्टीले अठारौँ महाधिवेशनपछि चिनियाँ विशेषतासहितको समाजवाद नयाँ युगमा प्रवेश गरेको उल्लेख ग¥यो । यो अवधिमा पार्टीले पहिलो शताब्दी लक्ष्य हासिल गर्ने, दोस्रो शताब्दी लक्ष्य हासिल गर्न नयाँ यात्रा थालनी गर्ने र राष्ट्रिय पुनःजागरणको महान् लक्ष्य हासिल गर्न अघि बढ्ने प्रमुख कार्यभारको सामना ग¥यो । पार्टीले जनतालाई आत्मविश्वासपूर्ण र आत्मनिर्भरताको बाटोमा नेतृत्व ग¥यो । विगतमा के कुराले काम गरेको थियो, सो आधारमा थप अध्ययन र खोजको काम अघि बढाइयो । फलतः नयाँ युगमा चिनियाँ विशेषतासहितको समाजवादमा ठूलो सफलता हासिल गरियो ।
विस्तारित बैठकमा सी चिनफिङको नेतृत्वमा चिनियाँ कम्युनिस्टहरूले नयाँ युगको लागि चिनियाँ विशेषतासहितको समाजवादबारे सी चिनफिङ विचारधारा स्थापना गरिएको चर्चा गरे । सो विचारधारा चीनको विशिष्टि वस्तुस्थिति र त्यसको उत्तम संस्कृतिमा माक्र्सवादका आधारभूत पक्ष तथा माओ त्सेतुङ विचारधारा, तङ स्याओपिङ सिद्धान्त, तीन प्रतिनिधित्वको सिद्धान्त र विकासको वैज्ञानिक दृष्टिकोणमा आधारित रहेर प्रतिपादन गरिएको हो । पार्टी स्थापनायता हासिल भएका ऐतिहासिक अनुभवको समग्रतामा समीक्षा र पूर्ण कार्यान्वयन गर्दै नयाँ यथार्थतर्फ अघि बढ्ने क्रममा सो सिद्धान्त अघि बढाइएको हो । नयाँ युगको लागि पार्टी र देशका लागि आवश्यक अनेकन प्रमुख सैद्धान्तिक र व्यवहारिक प्रश्नबारे सूक्ष्म बुझाइ र गहन चिन्तनमार्फत कमरेड सी चिनफिङले हाम्रो समयका प्रमुख प्रश्नबारे मौलिक नयाँ विचार, चिन्तन र राष्ट्रिय सुशासनका रणनीति तय गर्नुभयो । यो नयाँ युगमा हामीले कस्तो खालको चिनियाँ विशेषतासहितको समाजवादको विकास गर्ने, हामीले कस्तो खालको महान् आधुनिक समाजवादी देश बनाउने र लामो समय शासन चलाउने कस्तो खालको माक्र्सवादी पार्टी बनाउने र ती उपलब्धि कसरी हासिल गर्ने जस्ता प्रश्न नै आजका प्रमुख प्रश्न हुन् । त्यसकारण उहाँ नयाँ युगका लागि चिनियाँ विशेषतासहितको समाजवादबारे सी चिनफिङ विचारधाराका प्रमुख संस्थापक हुनुहुन्छ । सी चिनफिङ विचारधारा एक्काइसौँ शताब्दीको लागि आजको चीनको लागि माक्र्सवाद हो । त्यसमा हाम्रो समयको सर्वोत्कृष्ट चिनियाँ संस्कृति र आचरण समावेश छ । त्यसले चिनियाँ सन्दर्भमा माक्र्सवाद कार्यान्वयनको नयाँ फड्कोको प्रतिनिधित्व गर्छ । चिकपाले पार्टी केन्द्रीय समिति र समग्र पार्टीको मूल नेतृत्वमा सी चिनफिङलाई स्थापित गरेको छ । नयाँ युगको लागि चिनियाँ विशेषतासहितको समाजवादबारे सी चिनफिङ विचारधारालाई मार्गनिर्देशक सिद्धान्तको रूपमा परिभाषित गरेको छ । यसले पार्टी, सेना र सबै जातिका चिनियाँ जनताको साझा चाहनाको प्रतिनिधित्व गर्छ । नयाँ युगमा पार्टी र देशका लक्ष्य अघि बढाउन यो अहम् महत्वको विषय हो । यसले राष्ट्रिय पुनःजागरणको ऐतिहासिक प्रक्रियालाई अघि बढाएको छ ।
विस्तारित बैठकमा सी चिनफिङको नेतृत्वमा चिकपाको केन्द्रीय समितिले महान् ऐतिहासिक पहल, बृहत् राजनीतिक साहस र लक्ष्यप्रतिको शक्तिशाली चेतना प्रदर्शन गरेको बताइयो । आन्तरिक र अन्तर्राष्ट्रिय परिस्थितिलाई मध्यनजर राखेर केन्द्रीय समितिले पार्टीका आधारभूत सिद्धान्त, कार्यदिशा र नीति कार्यान्वयन ग¥यो । समितिले हाम्रो महान् सङ्घर्ष, महान् कार्यक्रम, महान् सिद्धान्त र महान् सपना अघि बढाउन एकीकृत नेतृत्व प्रदान ग¥यो । स्थायित्वका साथै प्रगतिका मूल सिद्धान्तमा काम गर्दै पार्टी केन्द्रीय समितिले अनेकन महत्वपूर्ण सिद्धान्त र नीतिको तर्जुमा गरेको छ । केन्द्रीय समितिले धेरै महत्वपूर्ण कार्यक्रम आयोजना गरेको छ, धेरै प्रमुख जिम्मेवारी बहन गरेको र प्रमुख चुनौती र जोखिमको सामना गरेको छ । केन्द्रीय समितिले लामो समयदेखि छलफल भएर पनि नसुल्झिएका धेरै कठिन समस्या सुल्झाउनुका साथै धेरै अघिदेखि गर्न चाहेर पनि हुन नसकेका काम फत्ते गरेको छ । त्यसमार्फत पार्टी केन्द्रीय समितिले पार्टी र देशका लक्ष्य हासिल गर्न ऐतिहासिक उपलब्धि र ऐतिहासिक परिवर्तन गरेको छ ।
विस्तारित बैठकमा पार्टीको अठारौँ महाधिवेशनयता समग्र पार्टीको नेतृत्व अघि बढाएको केन्द्रीय समितिको प्राधिकार र त्यसको केन्द्रिकृत एवम् एकीकृत नेतृत्व शानदार रह्यो । पार्टी नेतृत्व प्रणालीमा सुधार भएको छ । पार्टीले नेतृत्व गर्ने तरिका माझिएको छ । विचार, राजनीतिक प्रतिबद्धता र व्यवहारको आधारमा सबै पार्टी सदस्यबीच बलियो एकता कायम भएको छ । राजनीतिक नेतृत्व प्रदान गर्ने क्षमतामा पार्टीले उल्लेखनीय बिस्तार गरेको छ । पार्टीले सैद्धान्तिक मार्गनिर्देशन, जनतालाई सङ्गठित बनाउने र समाजलाई प्रोत्साहित बनाउनेमा क्षमता विस्तार गरेको छ ।
पूर्ण र समग्र आत्मानुशासनको सन्दर्भमा आफैलाई सुधार्ने पार्टीको क्षमतामा विकास भएको छ । पार्टीमा बलियो एकता कायम राखिएको छ । पार्टी सङ्गठनमा निस्क्रियता र कमजोरीलाई जरा तहमै सुधार गरिएको छ । भ्रष्टाचारविरुद्धको लडाइँमा ठूलो विजय हासिल भएको छ । यो सफलतालाई अझ विस्तार गरिएको छ । क्रान्तिकारी भावनाबाट चिकपालाई अझ बलियो बनाइएको छ ।
अर्थतन्त्रको सन्दर्भमा हाम्रो आर्थिक विकासलाई अझ सन्तुलन, समन्वयात्मक र दिगो बनाइएको छ । चीनको आर्थिक शक्ति, वैज्ञानिक र प्राविधिक क्षमता र गठिलो राष्ट्रिय शक्तिले नयाँ उचाइ हासिल गरेको छ । हाम्रो अर्थतन्त्र अहिले उच्च गुणस्तरको विकासको बाटोमा अघि बढिरहेको छ । यो थप प्रभावकारी, समतामूलक, दिगो र सुरक्षित छ ।
सुधार र खुलापनको सन्दर्भमा पार्टी लगातार व्यापक बन्दै गइरहेको छ र सुधारलाई अझ व्यापक बनाइँदै छ । चिनियाँ विशेषतासहितको समाजवादी व्यवस्था आज अझ परिपक्व र प्रस्ट परिभाषित भएको छ । चिनियाँ प्रणालीको आधुनिकीकरण र शासन क्षमता अझ उँचो बनेको छ । पार्टी र देशका लक्ष्य अझ स्वच्छताका साथ चहकिलो बनेको छ ।
राजनीतिक कार्यको सन्दर्भमा हामीले समग्र प्रक्रियाको जनताको प्रजातन्त्रलाई सक्रियतापूर्वक विकास ग¥यौँ । चीनमा समाजवादी प्रजातन्त्रका संस्था, मापदण्ड र प्रक्रियामा सुधार गर्न विस्तृतरूपमा पहल ग¥यौँ । चीनको समाजवादी राजनीतिक प्रणालीलाई बलियो बनाउन र राजनीतिक स्थायित्व, एकता र गतिशीलताको निम्ति हामीले मिहिनेत ग¥यौँ ।

कानुनी शासनलाई विस्तार गर्ने सन्दर्भमा चिनियाँ विशेषतासहितको समाजवादी कानुनी शासन प्रणालीमा लगातार सुधार भइरहेको छ । चीनलाई कानुनी शासनको देश बनाउन सामाजिक प्रगति भइरहेको छ र कानुनमा आधारित पद्धतिमार्फत देशलाई नेतृत्व र शासन गर्ने पार्टीको क्षमतामा उल्लेखनीय प्रगति भएको छ ।
सांस्कृतिक अग्रगतिको सन्दर्भमा हामीले वैचारिक क्षेत्रमा महत्वपूर्ण र आधारभूत तहमा परिवर्तन गरेका छौँ । सबै पार्टी सदस्य र सबै चिनियाँ जनताबीच हाम्रो संस्कृतिमा उल्लेखनीय ढङ्गले आत्मविश्वास बढेको छ । सिङ्गो समाजमा एकताको भावना बढेको छ । नयाँ युगमा पार्टी र देशका लक्ष्यको लागि नयाँ क्षितिज उजागर गर्न यी सबैले मूर्त वैचारिक सुनिश्चितता र शक्तिशाली प्रोत्साहन दिएको छ ।
सामाजिक विकासको सन्दर्भमा सबै पक्षमा जनताको जीवनमा सुधार भएको छ । सामाजिक शासनमा सार्वजनिक सहभागिता बढेको छ । सामाजिक शासन निपुण, थप कानुनमा आधारित र थप विशिष्ट बनेको छ । जनता शान्ति र सन्तुष्टसँग बाँच्न र काम गर्नसक्ने र सामाजिक स्थायित्व र सुव्यवस्था कायम हुने उपयुक्त वातावरणको हामीले लगातार विकास गर्र्दै गएका छौँ । परिणामतः दीर्घकालीन सामाजिक स्थायित्वको लागि चिनियाँ चमत्कार चालु छ ।
पर्यावरणीयको सन्दर्भमा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिले पहिलेभन्दा अहिले पर्यावरणीय संरक्षणमा ठूलो मिहिनेत गरेको छ र सुन्दर चीन निर्माण गर्न उल्लेखनीय प्रगति हासिल गरेको छ । वातावरण संरक्षणको लागि हाम्रो मिहिनेतले बृहत्, ऐतिहासिक र रूपान्तरणकारी परिवर्तन देखेको छ ।
राष्ट्रिय रक्षा र सेनाको सन्दर्भमा जनसेनाले अर्को चरणको तयारीमा समग्र क्रान्तिकारी पुनःसंरचना पार गरेको छ भने हाम्रो आर्थिक शक्तिसँगै हाम्रो सुरक्षा क्षमता पनि बढेको छ । हाम्रो जनसेनाले नयाँ युगको लक्ष्यलाई दृढतापूर्वक अँगालेको छ । राष्ट्रिय सार्वभौमिकता, सुरक्षा र विकासका चासोलाई अदम्य लड्ने भावनासहित मूर्त कदमको लागि हाम्रो जनसेना तयार छ ।
राष्ट्रिय सुरक्षाको सन्दर्भमा सबै क्षेत्रमा सुरक्षा अवस्था सुदृढ बनाएका छौँ र धेरै राजनीतिक, आर्थिक, वैचारिक, प्राकृतिक विपत्ति, चुनौती र असहजतासामु हामी दरिलो भएर उभिएका छौँ । त्यसले पार्टी र देशलाई दिगो स्थायित्व हासिल गर्न मद्दत गरेको छ ।
एक देश दुई प्रणालीको नीति अघि बढाउने र राष्ट्रिय पुनःएकीकरण प्रवद्र्धन गर्ने सन्दर्भमा पार्टी केन्द्रीय समितिले सम्बन्धित विषयका लक्षण र मूल कारण सम्बोधन गर्न विभिन्न निर्णयहरू गरेको छ । हङकङ र मकाउ देशभक्तहरूबाट शासित हुनुपर्छ भन्ने सिद्धान्तको कार्यान्वयनको निम्ति हामी दृढतापूर्वक लागेका छौँ । यो निर्णयले हङकङमा सुव्यवस्था पुनःस्थापना गर्न मद्दत गरेको छ । त्यस्तै सो क्षेत्रलाई सुधारतिर फर्काउन टेवा पु¥याएको छ । यी सबैले हङकङ र मकाउमा कानुनी शासनको बलियो आधार बनाएको छ र एक देश दुई प्रणालीको नीतिमा चुस्त सफलता हासिल गर्न सम्भव भएको छ । हामी एक चीन नीति र सन् १९९२ को सहमतिमा दृढ छौँ । हामी ‘ताइवानको स्वाधीनता’ को पक्षमा भएका पृथकतावादी गतिविधिको विपक्षमा छौँ । हामी वैदेशिक हस्तक्षेपको दृढतापूर्वक विरोध गर्छौँ । हामी अन्तर–जलडमरु (क्रस–स्टे«ट) सम्बन्ध बलियो बनाउन प्रयास र क्षमतालाई कायम राखेका छौँ ।
वैदेशिक सम्बन्धको सन्दर्भमा हामीले सबै क्षेत्रमा चिनियाँ विशेषतासहितको प्रमुख–देश कूटनीतिमा सफलता हासिल गरेका छौँ । साझा भविष्यसहितको मानव समुदायको अवधारणा समय र मानव प्रगतिको नेतृत्वदायी मुद्दा बनेको छ । अन्तर्राष्ट्रिय दबुमा जटिल परिस्थितिबीच सङ्कटलाई अवसरमा बदल्न र विश्वभर प्रस्ट परिवर्तनबीच कूटनीतिक पहलकदमीको निम्ति नयाँ आधार स्थापना गरेको छ । फलतः आज चीनको अन्तर्राष्ट्रिय मुद्दा निर्णय गर्न प्रभाव, अपिल र शक्ति विस्तार भएको छ । कठिन सङ्घर्षमार्फत चिनियाँ कम्युनिस्ट पार्टी र चिनियाँ जनताले संसारलाई चिनियाँ राष्ट्रले विगतको अवस्थाबाट उठेर समृद्धि बन्दै शक्तिशाली देशहरूको रूपमा ठुलो रूपान्तरण भएको देखाएको छ ।
चिकपाको विस्तारित बैठकमा बितेको शताब्दीमा पार्टीले गरेका सङ्घर्षको ऐतिहासिक महत्वलाई निम्नानुसार बुँदामा प्रकाश पारेको छ :
बितेको शताब्दीमा पार्टीले गरेको सङ्घर्षले चीनका जनताको भविष्यमा रूपान्तरण गरेको छ । विगतका अपमान, दमन र अधीनताबाट मुक्त भएर चिनियाँ जनता आफ्नो देश, समाज र आफ्नो भाग्यका मालिक भए । अहिले उनीहरू उत्तम जीवनको आफ्नो चाहना वास्तविकतामा रूपान्तरण भइरहेको देखिरहेका छन् ।
चिकपाले बितेको शताब्दीमा गरेका सङ्घर्षले चिनियाँ राष्ट्रको पुनःजागरण हासिल गर्न सही बाटो खोलेको छ । विकसित देशहरूले धेरै शताब्दी लगाएर पूरा गरेको औद्योगीकरणको प्रक्रियालाई चीनले केही दशककै अन्तरालमा पूरा ग¥यो । जसले तीव्र आर्थिक वृद्धि र दिगो सामाजिक स्थायित्वका दुवै चमत्कार सम्भव भयो ।
बितेको शताब्दीमा चिकपाले गरेको सङ्घर्षले माक्र्सवादको अहम् महत्वलाई उजागर गरेको छ । चीनमा माक्र्सवादको वैज्ञानिक सत्यको रूपमा पूर्ण परीक्षण भयो । साथै त्यसको जनमुखी र व्यवहारिक पाटो पनि पूर्णतः कार्यान्वयनमा ल्याइयो । माक्र्सवादको विकासशील चरित्र र समकालीन सान्दर्भिकताको पनि पूर्ण प्रदर्शन भयो ।
विश्व इतिहासमा चिकपाको अघिल्लो शताब्दीको सङ्घर्षले बलियो प्रभाव पारेको छ । पार्टीले जनतालाई विशिष्ट चिनियाँ बाटो हुँदै आधुनिकतातर्फ अघि बढायो । जसले मानव प्रगतिको नयाँ ढाँचा स्थापना गर्नुका साथै विकासशील देशहरूमा आधुनिकता हासिल गर्ने बाटालाई फराकिलो बनाएको छ ।
चिकपाको सङ्घर्षले पार्टीलाई समयको अग्रदूत बनायो । पार्टीले स्थापनाका महान् भावनामा जरा गाडेको सिद्धान्तको लामो शिलशिला विकास ग¥यो । आफ्नो अग्रगामी विशेषता र एकताको भावना जोगायो । साथै परिचालन र नेतृत्वको क्षमतामा सुधार ग¥यो । पार्टीले आफूलाई महान्, गौरवशाली र सही पार्टी प्रमाणित गरेको छ ।
विस्तारित बैठकमा पार्टीले बितेको शताब्दीमा ठूलठूला सङ्घर्षमा जनतालाई नेतृत्व गरेको र अमूल्य ऐतिहासिक अनुभव हासिल गरेको विषय उल्लेख भयो । तिनले दस वटा क्षेत्र समेटिएको छः पार्टीको नेतृत्व, जनता पहिलो प्राथमिकतामा, सैद्धान्तिक खोज, स्वाधीनता, चिनियाँ बाटोको अँगीकार, विश्वव्यापी दृष्टिकोण, नयाँ फड्को, आफ्नै खुट्टामा उभिनु, एकीकृत मोर्चाको प्रवद्र्धन र आत्मसुधारमा लगातार प्रतिबद्धता । यी दस बुँदाले पार्टी र जनताको संयुक्त प्रयासबाट लामो समयमा हासिल गरेको व्यवहारिक अनुभव र बौद्धिक खजानाको प्रतिनिधित्व गर्छ । हामी सबैले ती सबै बुँदालाई मानेका छौँ, लामो समयदेखि मान्दै आएका छौँ, नयाँ युगमा तिनलाई व्यवहारमा समृद्ध र विकास गरेका छौँ ।
बिस्तारित बैठकमा पार्टीले आफ्नो लक्ष्य हासिल गर्न हामीले कहाँबाट सुरु गरेका थियौँ भन्ने कुरा भुल्न नहुने उल्लेख गरियो । चिनियाँ कम्युनिस्ट पार्टी चिनियाँ राष्ट्रको लागि दिगो महानता हासिल गर्नमा केन्द्रित रह्यो र स्थापना भएको एक सय वर्ष पनि पार्टी उही सक्रियताका साथ अघि बढ्यो । एक शताब्दीको अवधिमा पार्टीले जनताको तर्फबाट असामान्य ऐतिहासिक उपलब्धिको रक्षा ग¥यो । आज चिनियाँ जनता दोस्रो शताब्दी लक्ष्य हासिल गर्न नयाँ यात्राको नेतृत्व गरिरहेको छ ।
हरेक पार्टी सदस्यले पार्टी के हो र त्यसको लक्ष्य के हो भन्ने कुरा मनमा लिनुपर्छ । हामीले कहिल्यै भुल्न नहुने यी आधारभूत विषय हुन् । हामीसँग ऐतिहासिक घटनाक्रमबारे प्रस्ट जानकारी हुनुपर्छ, हाम्रा आदर्श र मान्यतामा दरिलो विश्वास हुनुपर्छ र हाम्रो पार्टी स्थापनाका लक्ष्यप्रति इमानदार रहनुपर्छ । हामी नम्र र विवेकी हुनुपर्छ । हामी आक्रामकता र अशिष्टताबाट जोगिनुपर्छ अनि कडा मिहिनेत गर्नुपर्छ । हामी कुनै पनि खतराबाट डराउनुहुन्न वा कुनै पनि विकर्षणबाट बाटो बिराउनुहुन्न । हामीले आधारभूत मुद्दामा कुनै पनि घातक खालको गल्ती गर्नु हुन्न भन्नेमा पक्का हुनुपर्छ । हामी हाम्रो लक्ष्यमा नपुग्दासम्म नरोकिने दृढता र यात्राको अन्तिम पाइला मध्यबिन्दुमात्र भएको धारणासहित हामीले चिनियाँ राष्ट्रको पुनःजागरण अघि बढाउन अथक प्रयास गर्नुपर्छ ।
विस्तारित बैठकमा सिङ्गो पार्टीले माक्र्सवाद–लेनिनवाद, माओ त्सेतुङ विचारधारा, तङ स्याओपिङ सिद्धान्त, तीन प्रतिनिधित्वको सिद्धान्त, विकासको वैज्ञानिक अवधारणा पछ्याउने र नयाँ युगको लागि चिनियाँ विशेषतासहितको समाजवादबारे सी चिनफिङ विचारधाराको पूर्ण पालना गर्नेमा जोड दिइयो । हामीले माक्र्सवादी सिद्धान्त, दृष्टिकोण र कुनै पनि कुरालाई अवलोकन गर्ने, बुझ्ने र समयको पदचापमा अघि बढ्ने तरिका व्यवहारमा लागु गर्नुपर्छ । एउटा कम्युनिस्ट पार्टीको शासन, समाजवाद निर्माण र मानव समाजको विकासका निहित नियमबारे हामीले हाम्रो बुझाइलाई लगातार गहिरो बनाउनुपर्छ ।
हामीले पार्टीका आधारभूत सिद्धान्त, दिशा र नीति अँगीकार गर्नुपर्छ । राजनीतिक एकता कायम राख्न आवश्यक चेतनालाई बलियो बनाउनुपर्छ । हामीले बृहत् कोणबाट चिन्तन गर्नुपर्छ । मूल नेतृत्वलाई पछ्याउनुपर्छ । पार्टीको केन्द्रीय नेतृत्वप्रति झुकाव राख्नुपर्छ । चिनियाँ विशेषतासहितको समाजवादको बाटो, सिद्धान्त, पद्धति र संस्कृतिप्रति आत्मविश्वासका साथ प्रस्तुत हुनुुपर्छ । पार्टी केन्द्रीय समिति र सिङ्गो पार्टीको मूल नेतृत्वमा सी चिनफिङको स्थानलाई स्वीकार्दैै पार्टी केन्द्रीय समितिको प्राधिकार र केन्द्रिकृत एवम् एकीकृत नेतृत्वलाई अघि बढाउनुपर्छ ।
हामीले पाँच क्षेत्रको एकीकृत योजना र चार विस्तृत रणनीतिको कार्यान्वयनको विषयमा सोचेर र सुनिश्चित गर्दै प्रणालीको विकासलाई जारी राख्नुपर्छ । हामीले विकासको यो नयाँ चरणमा हाम्रो कामलाई आधारित बनाउनुपर्छ । विकासका नयाँ दर्शनको व्यवहारमा ल्याउनुपर्छ । विकासको नयाँ ढाँचालाई जोड दिनुपर्छ र उच्च गुणस्तरको विकासलाई प्रवद्र्धन गर्नुपर्छ । हामीले व्यापक स्तरमा सुधार र खुलापनलाई गहन बनाउनुपर्छ । सबैको साझा समृद्धि प्रवद्र्धन गर्नुपर्छ र विज्ञान–प्रविधिमा देशको शक्तिलाई बलियो बनाउनुपर्छ । हामीले समग्र प्रक्रियाको जनताको प्रजातन्त्रको विकास गर्नुपर्छ र जनताले नै देश चलाउने कुरा सुनिश्चित गर्नुपर्छ । हामीले सबै हिसाबमा कानुनमा आधारित शासन प्रणालीको विकास गर्नुपर्छ, हाम्रा समाजवादी मूल्यलाई प्रवद्र्धन गर्नुपर्छ, विकासको क्रममा जनताको भलाइ सुुनिश्चित र प्रवद्र्धन गर्नुपर्छ, मानवता र प्रकृतिबीच सद्भावलाई जोड दिनुपर्छ । हामीले विकास र सुरक्षाका चासोलाई सन्तुलनमा राख्नुपर्छ, राष्ट्रिय रक्षा र सेनाको तीव्रगतिमा आधुनिकीकरण गर्नुपर्छ, हाम्रा जनतालाई समृद्ध बनाउन, राष्ट्रलाई बलियो बनाउन र देशलाई सुन्दर बनाउन समन्वयात्मक कदम चाल्नुपर्छ ।
विस्तारित बैठकमा सिङ्गो पार्टीले जनतासँग बलियो सम्बन्ध कायम राख्नुपर्ने र विकासको जनताकेन्द्रित दर्शनको दिशामा काम गर्नुपर्नेमा जोड दिइयो । जसले अत्याधिक बहुमत जनताको आधारभूत हित पूरा गर्न, रक्षा गर्न र अघि बढाउन तथा उत्तम जीवनको लागि चिनियाँ जनतालाई अथकरूपमा नेतृत्व र सङ्गठित गर्न सकियोस् । सबै पार्टी सदस्यहरूले प्रतिकूलतामा पनि प्रगति गर्ने र अल्छीपना त्याग्ने कुरा सोच्नुपर्छ । दीर्घकालीन, रणनीतिक दृष्टिकोणबाट कुनै पनि विषयलाई विश्लेषण गर्नुपर्छ । सम्भावित खतराबारे हामी सधैँ सजग हुनुपर्छ । हामीले नयाँ युगमा पार्टी निर्माणका नयाँ कार्यक्रम अघि बढाउनुपर्छ । पूर्ण र गहन आत्मशासनको अभ्यास गर्नुपर्छ । पार्टी गतिविधिमा सुधार, एकताको अक्षुण्णता र भ्रष्टाचारको विरोधमा हामी कटिबद्ध रहनुपर्छ । हामीले सबै कठिनाइको सामना गर्नुपर्छ र सबै दबाबको सामना गर्नसक्नुपर्छ । अनि हरेक छाल र उभारबीच चिनियाँ विशेषतासहितको समाजवादको ठूलो जहाजलाई लगातार अघि बढाउनुपर्छ ।
केन्द्रीय समितिले विस्तारित बैठकमा चिनियाँ कम्युनिस्ट पार्टीले बीसौँ महाधिवेशन पेइचिङमा सन् २०२२ को दोस्रो छ महिनामा गर्ने निर्णय ग¥यो । बैठकमा महाधिवेशन सबै हिसाबमा आधुनिक समाजवादी देश निर्माणको नयाँ बाटो अघि बढाउने र दोस्रो शताब्दी लक्ष्य हासिल गर्ने महत्वपूर्ण समयमा हुन लागेको पनि उल्लेख गरेको छ । पार्टी र देश दुवैको लागि महाधिवेशन निकै महत्वपूर्ण र राजनीतिकरूपमा अहम् महत्वको हुने बताइएको छ । सबै हिसाबमा आधुनिक समाजवादी देश बनाउन, नयाँ युगको लागि चिनियाँ विशेषतासहितको समाजवाद स्थापनाको निम्ति महान् सफलता हासिल गर्न र राष्ट्रिय पुनःजागरणको चिनियाँ सपना हासिल गर्न र बीसौँ महाधिवेशनको समयसम्ममा उत्कृष्ट परिणाम प्राप्त गर्न कठिनाइ सामना गर्दै अघि बढ्न सिङ्गो पार्टीले चिनियाँ जनताको नेतृत्व र सङ्गठित गर्नुपर्छ ।
पार्टी केन्द्रीय समितिले सिङ्गो पार्टी, सेना र सबै चिनियाँ जनतालाई कमरेड सी चिनफिङको नेतृत्वमा नयाँ युगमा चिनियाँ विशेषतासहितको समाजवादबारे सी चिनफिङको पूर्ण कार्यान्वयन तथा पार्टी स्थापनाका महान् लक्ष्य सफलता पार्न अग्रसर हुन आह्वान गरेको छ । हामी हिजोका सबै गौर र कठिनाइ सधैँ सम्झनेछौँ, आजको लक्ष्यको लागि उठ्नेछौँ र भोलिको सपनाको निम्ति बाँच्नेछौँ । हामीले इतिहासबाट पाठ सिक्दै, कडा मिहिनेत गर्नेछौँ, सुन्दर भविष्यको निम्ति अघि बढ्नेछौँ र दोस्रो शताब्दी लक्ष्य र राष्ट्रिय पुनःजागरणको निम्ति चिनियाँ सपना हासिल गर्न अथक प्रयास गर्नेछौँ ।
चिनियाँ कम्युनिस्ट पार्टी र चिनियाँ जनताले बितेका एक सय वर्षमा बनाएका महान् गौरव विजयलाई हाम्रो अघि रहेको महान् युगको नयाँ यात्रामा अझ महान गौरव र विजय हासिल गर्नेमा हामी विश्वस्त छौँ ।
समाप्त
नेपाली अनुवाद :सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *