भर्खरै :

समयको पदचाप नबुझे संरा अमेरिकाको नियति पूर्वसोभियत सङ्घको जस्तो हुनेछ

आगामी डिसेम्बर महिनामा सोभियत सङ्घ विघटन भएको तीस वर्ष पुग्दै छ । यी तीस वर्षमा रुस, चीन र पश्चिमका विद्वान्हरूले सोभियत सङ्घ विघटनका कारणबारे अध्ययन गरे । सोभियत सङ्घ विघटनको घटनाबाट आजको चीनले सिक्न सक्ने महत्वपूर्ण पाठ के के हुन् ? केही राजनीतिक नेता र विद्वान्हरू आजको संरा अमेरिका सोभियत सङ्घकै बाटोमा हिंडिरहेको भन्ने तर्क गरिरहेका छन् । ग्लोबल टाइम्सका यु चिनछुई र पाई युनयीले सनचेनको हङकङ चिनियाँ विश्वविद्यालयका प्राध्यापक, मानविकी तथा समाज विज्ञान सङ्कायका कार्यकारी डीन र विश्व तथा समकालीन चीन अध्ययन उच्च प्रतिष्ठानका संस्थापक निर्देशक चेङ योङनियानसँग यी विभिन्न विषयमा कुराकानी गरेका छन् ।
(पाठक, यो अन्तर्वार्तामा प्राध्यापक चेङ योङनियानले सङ्केत गर्नुभएको सोभियत सङ्घ मुख्यतः संशोधनवादी नेतृत्वको सोभियत सङ्घ हो, जसले अक्टोबर समाजवादी क्रान्तिको भावना र सिद्धान्तलाई धोखा दिएको थियो–अनुवादक)
ग्लोबल टाइम्स ः तीस वर्षअघि तपाईँ युवा राजनीतिक वैज्ञानिक हुनुहुन्थ्यो । त्यत्तिबेला सोभियत सङ्घ विघटनको समाचार सुन्दा तपाईँले कस्तो अनुभव गर्नुभएको थियो ? त्यसपछिका तीन दशकमा अन्तर्राष्ट्रिय राजनीतिबारे तपाईँको बुझाइमा त्यो घटनाले के प्रभाव पारिरह्यो ?
चेङः सन् १९८० दशकको उत्तर्राद्र्धतिर म पेचिङ विश्वविद्यालयमा युवा शिक्षक थिएँ । त्यत्तिबेला सोभियत सङ्घ विघटन भएको थियो । मेरो दृष्टिकोणमा सोभियत सङ्घको विघटनले चीन, पश्चिमा संसार र सोभियत सङ्घकै पनि सबै विचारकहरूलाई ज्यादै आश्चर्यचकित बनाएको थियो । मेरो जीवनमा त्यो घटनाले जति अरू कुनै पनि घटनाले मलाई आश्चर्यचकित बनाएको थिएन । म आज पनि त्यत्तिबेलाको आश्चर्यभाव र अन्योलको अवस्था सम्झन्छु –सोभियत सङ्घजस्तो शक्तिशाली देश किन यसरी विघटन भयो ? संसारले अझै पनि यो प्रश्नको एउटै उत्तर पाउन सकेको छैन ।
मैले विश्व कम्युनिस्ट आन्दोलनको इतिहास अध्ययन गरेँ । सोभियत सङ्घको विघटनले मेरो प्राज्ञिक जीवनमा गहिरो प्रभाव पा¥यो र सन् १९९० को दशकमा विदेशमा अध्ययनको क्रममा पनि मैले त्यो विषयमा विचार गरिरहेँ । मैले अङ्ग्रेजी भाषामा लेखेको लेख विकास र प्रजातन्त्र एकैसाथ अघि बढ्न सक्छ वा सक्दैन, सक्छ भने कसरी भन्ने विषयमा थियो । त्यसपछि मैले चीनको केन्द्र–स्थानीय तहको सम्बन्ध र चीनको कम्युनिस्ट पार्टीको अध्ययनमा लागेँ । यी सबै विषय सोभियत सङ्घ विघटनले मलाई पारेको प्रभावसँग नजिकबाट सम्बन्धित थिए ।
ग्लोबल टाइम्स ः सोभियत सङ्घको विघटनपछि के रुस ‘सोभियत ढाँचा’ को छायाबाट उदाएको देखिन्छ ? त्यहाँको आन्तरिक राजनीतिक ढाँचा र बाहिरी संसारसँग उसको सम्बन्धमा के कुनै उल्लेखनीय परिवर्तन आएको छ ? किन ?
चेङ ः साङ्गोपाङ्गोरूपमा भन्दा रुसले सन् १९१७ को अक्टोबर समाजवादी क्रान्तिपछि नयाँ शासन स्थापना ग¥यो । तर, त्यसमा अन्तरनिहीत राजनीतिक संरचना र सांस्कृतिक भावना दुवैको आधारमा तथाकथित नयाँ शासन व्यवस्था जारकालीन रुसी साम्राज्त्र्न्दा धेरै फरक थिएन ।
पश्चिमा दृष्टिकोणबाट हेर्दा पश्चिमा देशहरू सोभियत सङ्घलाई पश्चिमा शैलीको सुधारमार्फत संरा अमेरिका र युरोपको कुनै प्रजातान्त्रिक देशकै जस्तो शासन व्यवस्थामा रूपान्तरण गर्न सकिने विश्वास गर्थे । तथापि, गोर्भाचोभदेखि एल्सिनसम्मको नेतृत्वमा रुसी अभ्यास असफल थिए । जसले सोभियत सङ्घलाई पश्चिमा शैलीको देश बनाउन असम्भव बनायो । करबलले केही परिवर्तन भएको हुनसक्थ्यो । तर, अन्ततः त्यसले पनि कुनै सफल परिणाममा पु¥याउँदैनथ्यो । साम्राज्यवादी रुस, सोभियत सङ्घ वा अहिलेको रुसी महासङ्घबीच भावना र संरचनामा कुनै पनि आधारभूत परिवर्तन थिएन किनभने बाह्य अभिव्यक्तिको परिवर्तनमा मात्र उनीहरू ‘सभ्य’ थिए ।
रुसी सभ्यता वा ढाँचाले असफलतातिर नै दोहो¥याउँथ्यो भन्ने होइन । यी वर्षहरूमा सोभियत सङ्घ विघटनका धेरै कारणलाई राजनीति, अर्थतन्त्र र पश्चिमा प्रभावको आधारमा सारांश निकाल्न सकिन्छ । तर, मेरो विचारमा सबभन्दा प्रमुख कारण भनेको सोभियत सङ्घ समयसँग हिंड्न अक्षम हुनु हो ।
संसारका प्रमुख सभ्यताहरूमध्ये उदाहरणको लागि पश्चिमा सभ्यता रोमन साम्राज्यको अवधिदेखि अँध्यारो युग, आधुनिक क्रान्ति हुँदै एक व्यक्ति एक मतको लोकप्रियतावादी प्रजातन्त्रमा विकास भयो । त्यो सभ्यताको धेरै पक्षमा निरन्तरताको विशेषता छ । तर, हामीले पश्चिमा सभ्यताको विकासमा धेरै कष्टसाध्य रूपान्तरण भएको पनि स्वीकार्नुपर्छ ।
तर, सोभियत ढाँचाले सन् १९१७ को अक्टोबर क्रान्तिपछि आर्थिक आधार वा उपरीसंरचनामा समयको पदचापलाई पछ्याउन सकेन । सोभियत ढाँचा मूलतः प्रारम्भिक चरणमै थियो । लेनिनले सोभियत सङ्घले विकासको लागि साम्राज्यवादी सिक्रीबाट बाहिर निस्कनुपर्ने र अनि संसारमा फर्किनुपर्ने विचार राख्नुभयो । वास्तवमा सोभियत सङ्घले पश्चिमबाट विज्ञान र प्रविधिमा ‘सिकेपछि’ मात्र ठूलो प्रगति गर्न सक्यो । तर, संसारसँग जोडिसकेपछि भने ऊ त्यसबाट कहिल्यै अलग हुन सकेन ।
सोभियत सङ्घको सिङ्गो राष्ट्रिय प्रणालीलाई ‘बन्द ढोकाभित्रको खोज’ भनी व्याख्या गर्न सकिन्छ । तर, त्यसका दुई समस्या थिएः आफैले आफैमाथि थोपरेको अलगाव र बजारको अभाव । सुरुका वर्षमा केही प्रमुख सफलता हासिल गरेपछि ऊ मुस्किलले दरिलो ढङ्गले उभिन सक्यो र त्यसकारण ऊ अर्को प्रकारको व्यापारवादतिर लाग्यो । संरा अमेरिका, जर्मनी र अन्य विकसित पश्चिमा देशहरूले सुरुवाती दिनहरूमा अरूको लागि खुला गर्नुअघि आफ्ना राष्ट्रिय उद्योगको रक्षा गर्न व्यापारवादको अभ्यास गरेको भए पनि सोभियत सङ्घले आफ्नो ढोका बन्द गरेपछि उसलाई पूर्णतः एक्लो बनायो । रुसमा आजसम्म पनि यो समस्याको पूर्णतः समाधान हुन सकेको छैन ।
ग्लोबल टाइम्स ः सोभियत सङ्घको विघटनपछि रुस र पश्चिमा देशहरूको सम्बन्ध सुधारिएन । फेरि पनि पश्चिमा देशहरूले रुसलाई खतरा र शत्रुको रूपमा नै हेरिरह्यो । यस्तो खालको दुर्भावना, वैचारिक भिन्नता, भूराजनीतिक दुश्मनी र ऐतिहासिक जटिलताको जरा के हुनसक्छ ? के यस्तो दुर्भावना चीन र पश्चिमा देशहरूबीच पनि छ ?
चेङ ः रुस र पश्चिमा देशबीचको दुर्भावनाका धेरै कारण छन् ।
पहिलो, ऐतिहासिक र भूराजनीतिक कारणले रुसी साम्राज्यको विस्तारले युरोपेलीहरूमा गहिरो प्रभाव छोडेको थियो ।
दोस्रो, आज रुसलाई युरेसियाली देशको रूपमा वर्गीकरण गरे पनि रुसले आफूलाई पश्चिमा विश्वकै भाग मान्छ । जारकालीन रुसले आफूलाई पश्चिमकै प्रतिनिधित्व गर्न रुचाउँथ्यो । त्यसकारण युरोपेली ढाँचा र रुसी ढाँचाबीच वैचारिक प्रतिस्पर्धा निम्त्यायो ।
तेस्रो, दुवै युरोपेली र रुसी सभ्यता धार्मिक सभ्यता हुन् । दुवै सभ्यतामा विस्तार हुने चाहना व्याप्त छ । जसले रुस र आजभोलि जसलाई हामी पश्चिम भनिरहेका छौँ, दुवैमा पूर्ण आकारमा प्रतिस्पर्धात्मक सम्बन्ध छ । त्यस्तो प्रतिस्पर्धा भूगोल, सुरक्षा, अर्थतन्त्र, सभ्यता वा विचारकै सन्दर्भमा पनि हुने गरेको छ ।
तर, चीन र पश्चिमको सम्बन्धमा यीमध्ये धेरै पक्ष छैन । एकातिर चीन धर्मनिरपेक्ष र समावेशी सभ्यता हो, असमावेशी होइन । अर्कोतिर, चीन विस्तारवादी देश नभएको हुनाले युरोपसँग उसको भूराजनीतिक प्रतिस्पर्धा छैन । त्यसकारण, मेरो विचारमा रुस र पश्चिमबीच सम्बन्ध समाधान गर्न जस्तो कठिनाइ थियो, चीन र पश्चिमा देशहरूबीचका समस्या समाधान गर्न त्यस्तो जटिलता नहोला ।
ग्लोबल टाइम्स ः संरा अमेरिकीहरू सोभियत सङ्घको विघटन भएकोमा दशकौँदेखि खुसियाली मनाउँदै आएका छन् । उनीहरू त यसलाई ‘इतिहासको अन्त्य’ ठान्छन् । पश्चिमा देशहरू चीन पनि सोभियत सङ्घकै बाटोमा हिंडोस् भनेर ‘चीनको गोर्भाचोभ’ को प्रतिक्षा गरिरहेका छन् । यो सोचाइप्रति तपाईँको धारणा के हो ?
चेङ ः सोभियत सङ्घको अनुभवलाई वस्तुगतरूपमा सार निकाल्नुपर्ने मेरो पहिलादेखिकै विश्वास हो । त्यसको निम्ति हामीले वैचारिक वा राजनीतिक पूर्वाग्रह बोक्नुहुन्न । वास्तवमा चीनको योजनाबद्ध अर्थतन्त्र सोभियत सङ्घको भन्दा निकै फरक खालको छ ।
ऐतिहासिकरूपमा भन्दा सोभियत सङ्घको केन्द्रीय सरकारले ९० प्रतिशत उत्पादनका साधनमाथि आफ्नो एकाधिकार जमाएको थियो । चीनमा सुधार र खुलापनअघि अधिकांश सार्वजनिक सम्पत्तिमा केन्द्रीय सरकारले एकाधिकार जमाएको थिएन । बरु सबै तहका स्थानीय सरकारको स्वामित्वमा थिए । यसले सोभियत सङ्घमा गरिएको सुधारले किन कुनै प्रभाव पारेन तर तङ स्याओ फिङको नेतृत्वमा भएको सुधारको व्यापक परिचालन भयो भन्ने प्रश्नको उत्तर दिन्छ । जस्तै चीनमा घरपरिवारलाई जिम्मा दिने प्रणाली लागु भएपछि सबै स्थानीय सरकार व्यापकरूपमा परिचालन भयो ।
तसर्थ, रुसको आजको अल्पतन्त्रले त्यस्तो इतिहासमा जरा गाडेको छ । अर्कोतिर चीनमा त्यस्तो समस्या छैन पनि, हुने पनि छैन ।
ग्लोबल टाइम्स ः सोभियत सङ्घको विघटनको विषयमा चिनियाँ र पश्चिमा राजनीतिक विद्वान्हरूका धेरै थरी विश्लेषण छन् । तपाईँको विचारमा आजको चीनले त्यो घटनाबाट सिक्नुपर्ने कुरा के हुनसक्छन् ?
चेङ ः हामीले सिक्नुपर्ने धेरै गम्भीर शिक्षामध्ये एउटा शिक्षा भनेको हामीले आफूलाई कहिल्यै पनि संसारबाट अलग बनाउनुहुन्न । ताङ र सोङ वंशमा बलियो साम्राज्य रहेको चीन मिङ र छिङ वंशले लागु गरेको अलगावको नीतिको कारण क्रमशः पछाडि परेको चीनको इतिहासबाट पनि हामीले यही निष्कर्ष निकाल्न सक्छौँ ।
त्यही भएर आज चीनले ‘नयाँ प्रकारको सिङ्गो राष्ट्र प्रणाली’ मा जोड दिनुपर्छ जसले अन्तर्राष्ट्रिय सन्दर्भमा चीनको विकास हुनेछ, सोभियत सङ्घको जस्तो ‘बन्द ढोकाभित्रको खोज’मा सीमित हुनेछैन । ट्रम्पदेखि बाइडेनको युगसम्म संरा अमेरिकाले चीनबाट अलग हुने बलियो चाहना भएर पनि किन त्यसो हुन सकेन ? किनभने, चीनले आफूलाई सिङ्गो संसारसँग एकताबद्ध बनाइसकेको छ । चीनविरोधी भावना र नयाँ शीतयुद्धको वकालत जतिसुकै भए पनि चीनबाट अलग हुन अब कसैको लागि पनि असम्भव छ ।
खुलापनको अर्थ बृहत् बजार हो । खुलापनको नीतिमा चीन अडिग रहेसम्म चीनलाई पश्चिमले पराजित गर्नेमात्र होइन, चीन त्यत्ति नै थप आकर्षक रहनेछ । चीनको मध्यम वर्गको सङ्ख्यालाई नभुलौँ । उनीहरूको निकै बृहत् उपभोग्य क्षमतालाई नभुलौँ । चीनमा मध्यम वर्गको सङ्ख्या ४० करोड पुगिसकेको छ । त्यो भनेको संरा अमेरिकाको जनसङ्ख्या बराबर हो । धेरै अन्तर्राष्ट्रिय संस्था र विद्वान्हरूले आगामी सन् २०३५ सम्ममा चीनमा मध्यम वर्गको सङ्ख्या कति हुन्छ भनी अध्ययन गरिसके । धेरै भन्नेले ८० करोड भनिरहेका छन् र कम भन्नेले ६० करोड भनिरहेका छन् । त्यत्ति सङ्ख्या भनेको संसारको निम्ति निकै आकर्षक बजार हो ।
ग्लोबल टाइम्स ः रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले हालै संरा अमेरिका सोभियत सङ्घको बाटोमा अघि बढिरहेको भनी बोलेका थिए । उनको कुरामा केही विद्वान्हरूले सहमति पनि जनाएका थिए । सिङ्गापुरका राजनीतिशास्त्री किशोर महाबुबानीले अमेरिकाले सोभियत सङ्घले जस्तो व्यवहार देखाइरहेको र चीन शीतयुद्धमा अमेरिकाको जस्तो व्यवहार देखाइरहेको बताएका थिए । यो विषयमा तपाईको धारणा के छ ? यसले चीन–संरा अमेरिका प्रतिस्पर्धालाई कस्तो प्रभाव पार्ला ?
चेङ ः छोटोमा भन्दा संरा अमेरिका बाहिरबाट हेर्दा सोभियत सङ्घजस्तो र भित्रबाट हेर्दा चीनको छिङ वंशको उत्तर्राद्धकालजस्तो देखिन्छ ।
संरा अमेरिकाको आन्तरिक समस्या भनेको आधारभूत रूपमा ऊ समयको पदचापअनुसार अघि बढ्न सक्छ वा सक्दैन भन्ने हो । छिङ वंशको उत्तर्राद्धमा चीनका धेरै शासकहरूले चीनको साम्राज्यलाई ‘अमर साम्राज्य’ र ‘सभ्यताको केन्द्र’ भन्ठानेका थिए । आफू पिछडिए पनि र दुई वटा अफिम युद्धमा पराजय भोगेर पनि चिनियाँ शासकहरूले पश्चिमाहरूलाई बर्बर ठानेका थिए । पहिलो चीन–जापान युद्धमा जापानबाट पराजित भएपछि मात्र चिनियाँ बुद्धिजीवीहरूको होश खुल्यो ।
यो अवस्था आज अमेरिकी शासक र बुद्धिजीवीहरूको सन्दर्भमा ठ्याक्कै मिलेको छ । अत्यन्त बहुमत अमेरिकी जनता अहिले पनि आफूलाई नै संसारको केन्द्र ठान्दै छन् । अमेरिकी राजनीति र अन्य समस्याबारे चर्चा र छलफलको थालनी भए पनि मूलधारमा अझै पनि अमेरिकालाई केन्द्र ठान्ने समस्या बाँकी नै छ ।
बाहिरबाट हेर्दा संरा अमेरिका पहिलाको सोभियत सङ्घजस्तो देखिन्छ । जसको क्षमता सीमित भए पनि विस्तार गर्ने ठूलो चाहना पाल्ने समस्या थियो । ओबामाको पालाबाट सुरु भएको विस्तारको महत्वाकाङ्क्षाले चीन र रुसलाई संरा अमेरिकाको शत्रु बनाएको छ ।
अर्कोतिर चीन भने त्यत्तिबेलाको संरा अमेरिकाजस्तो देखिएको छ । चीन खुला र आत्मविश्वासले पूर्ण छ । इतिहासबाट सिक्नु निकै राम्रो कुरा हो । संरा अमेरिका अझै पनि कलिलो नै छ । उसको त्यत्ति लामो इतिहास छैन जसले उसलाई ऐनामा आफ्नो प्रतिच्छाया देखाउन सकोस् । त्यही भएर संरा अमेरिकाले गम्भीर गल्तीहरू गरिरहेको छ । निःसन्देह भविष्यमा संरा अमेरिकाले छिङ वशंको उत्तर्राद्धमा चीनले गरेको जस्तो अनुभव गर्नेछ र निकै कष्टसाध्य रूपान्तरणको प्रक्रिया छिचोल्नुपर्नेछ ।
ग्लोबल टाइम्स ः चीन–रुस र चीन–सोभियत सङ्घबीचको सम्बन्धका समानता र भिन्नता के के हुन् ? संरा अमेरिकाको दबाबमा चीन र रुसबीचको आजको सम्बन्धलाई ‘सहयोद्धा होइन, सहयोद्धाभन्दा नजिकको सम्बन्ध’ को रूपमा कसरी हेर्नुहुन्छ ?
चेङ ः चीन र रुसबीचको वर्तमान सम्बन्ध चीन र सोभियत सङ्घबीचको सम्बन्धबाट शिक्षा लिनुको परिणाम हो । सन् १९४९ मा पश्चिमबाट उपेक्षित भए चीनले कम्युनिस्ट शिविरसँग निकट हुने बाटो चुन्यो । त्यही बेला सोभियत सङ्घले पूर्वी युरोप र एसियामा आफ्नो प्रभाव विस्तार गर्न खोजिरहेको थियो । चीन–सोभियत सङ्घबीचको विभाजनका धेरै कारणमध्ये एउटा महत्वपूृर्ण कारण भनेको चीनले स्वाधीन बन्न चाहनु र सोभियत सङ्घले चीनलाई आफ्नो तखतमा राख्न खोज्नु थियो ।
आजको चीन–रुस सम्बन्ध समयले सिकाएको शिक्षामा आधारित छ । उदाहरणको लागि साङ्घाई सहकार्य सङ्गठनमा चीन र रुसबीच कुनै वैचारिक मनोमालिन्य र नेतृत्वको प्रतिस्पर्धा छैन । नयाँ खालको समावेशी बहुपक्षतावादको रूपमा साङ्घाई सहकार्य सङ्गठन साझा हितको लागि बनेको हो, साझा समस्या समाधानको निम्ति बनेको हो । संरा अमेरिकाको गुटबन्दी शैलीभन्दा यो निकै फरक छ । यो चीनलाई घेरा हाल्ने संरा अमेरिकी प्रयासको प्रतिरोध गर्ने चीनको शैली हो ।
स्रोतः ग्लोबल टाइम्स
नेपाली अनुवादः सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *