भर्खरै :

अमेरिकाले राजनीतिक हास्यास्पद नाटक पुनः प्रदर्शन

अमेरिकी विदेश मन्त्रालयले हाल तथाकथित प्रजातान्त्रिक शिखर सम्मेलनमा सहभागी हुन थाइवान पक्षधरलाई निमन्त्रणा दिएको घोषणा गरेको छ । अमेरिकाले प्रजातन्त्रको नाउँमा थाइवान स्वतन्त्र पक्षधरलाई समर्थन गर्न खोजेको छ । अमेरिकाको यस्तो कारबाहीले चीनको आन्तरिक मामिलामा हस्तक्षेप र प्रतिद्वन्द्वी तथा पृथकता अवस्थालाई उत्तेजित पार्नु एकमात्र चीन भन्ने सिद्धान्तविपरीत छ । यसले प्रजातान्त्रिक मूल्यलाई ध्वस्त पारेको छ । चीनले त्यसप्रति गम्भीर आपत्ति जनाएको छ ।
एकमात्र चीन भन्ने सिद्धान्त सबैले मान्यता दिएको अन्तर्राष्ट्रिय सम्बन्धको नियम हो । चीनको एक भूखण्डको हैसियतले थाइवानको अन्य कुनै पनि अन्तर्राष्ट्रिय स्थान छैन ।
अमेरिकी ढाँचाको प्रजातन्त्रबाट अमेरिकी जनतालाई उपभोग र सुख नल्याइएकोले त्यसमाथि पनि आशङ्का छ । अमेरिकाले अफगानिस्तानमा सेना फिर्ता गर्ने असफल गतिविधि र त्यसबाट अफगानिस्तानी जनताका लागि छाडिएका अधिकांश दुःख र चोट नै अमेरिकी ढाँचाको प्रजातन्त्र विदेशमा प्रचलित हुनुका असफल उदाहरण बनेको देखिन्छ ।
अमेरिकाले तथाकथित प्रजातान्त्रिक शिखर सम्मेलनको प्रचार प्रसार गरे तापनि अमेरिकी ढाँचाको प्रजातन्त्रको नक्कली मुकुण्डो र दोहोरो मापदण्डलाई लुकाउन सक्दैन । बरू अमेरिकाले विश्वसमक्ष राजनीतिक हास्यास्पद नाटक पुनः देखाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *